- एउटा भ्यागुता
दुईटा बाघबीच घनिष्ट मित्रता थियो,
त्यसपछि एकअर्काका कट्टर शत्रु बन्यो,
वर्षौसम्म बोलचाल पनि बन्द रहयो,
एक पटक,
पहिलो बाघ र उसको श्रीमति–बालबच्चालाई
कुकुरहरुको एउटा झुण्डले चिथोर्दै घाइते बनाउन थाल्यो,
त्यही बेला,
दोस्रो बाघ आउछ,
ती कुकुरहरुलाई आक्रमण गरि धपाउछ,
र,फेरी टाढा गएर बस्छ ।
पहिलो बाघको एउटा बच्चाले बुबालाई सोध्छ:-
बुबा ! त्यो बाघले त तपाईसंग कुरासम्म गर्दैन,
फेरी,हामीलाई किन बचाएको होला ?
पहिलो बाघ जबाफ फर्काउछ:-
छोरा ! रिस,राग र बोलचाल बन्द हुनसक्छ,
तर मित्रता यति कमजोर पनि हुनुहुदैन कि
कुकुरहरुले फाइदा उठाओस् ।
3.एक पटक संख्या ९ ले ८ लाई बेजोड झापड हानेछ 
एक पटक संख्या ९ ले ८ लाई बेजोड झापड हानेछ 
९ ले भन्यो:-म ठूलो हूँ, त्यसैले हान्या हूँ !!
यो सुन्नेबित्तिकै ८ ले ७ लाई झापड बजाई हाल्यो,
र ९ ले भनेजस्तै जबाफ फर्कायो:- म ठूलो हूँ, त्यसैले हान्या हूँ....
त्यसपछि त झापड हानाहानको एउटा शृंखलानै शुरु भएछ–
७ ले ६ लाई....
६ ले ५ लाई....
५ ले ४ लाई....
४ ले ३ लाई....
३ ले २ लाई....
२ ले १ लाई....
अब पालो १ को आयो, १ भन्दा तल ० थियो
१ ले एकैछिन सोच्यो, त्यसपछि प्रेमपूर्वक ० लाई उठायो
र आफ्नै छेउमा बसायो ।
बसाउने बित्तिकै उसको शक्ति १० पुगेछ....
त्यसपछि ९ को हालत खराब भएछ.....
No comments:
Post a Comment