Thursday, 1 October 2026

Jhijhiya Dance and Its Yadav Origins: An Academic Perspective

Abstract
Jhijhiya is a ritual folk dance of the Mithila region, performed during Dashain to ward off witches and malevolent forces. While today it is celebrated collectively among Maithili speakers, historical, linguistic and cultural evidence strongly associates its origin with the Yadav community. This paper examines the ritual logic, geographic distribution and socio-religious practices that link Jhijhiya to Yadav traditions, while acknowledging later diffusion to other groups.
Introduction
Jhijhiya, performed by women balancing earthen pots with lamps on their heads, is a tantric folk ritual rooted in Mithila’s agrarian society. Scholars trace its mythological origin to King Chitrasen and Balruchi, where tantric practices were employed against witches.¹ Over time, Jhijhiya evolved into a communal dance, but its earliest associations remain tied to the Yadav caste.
Linguistic and Stylistic Evidence
Songs sung during Jhijhiya employ idioms and expressions characteristic of the Yadav (Ahir) community, reflecting their rural worldview and oral traditions.² The stylistic features—simple rustic metaphors, references to cattle, and agrarian cycles—mirror Yadav cultural life.
Geographic Distribution
Jhijhiya is most prevalent in Yadav-majority districts of Mithila, including Siraha, Saptari, Dhanusha and Mahottari.³ The dominance of Yadav settlements in these areas strengthens the argument for their custodianship of the tradition.
Belief Systems and Ritual Logic
Historically, Yadavs were more inclined toward tantra-mantra, dhamijhankri and witchcraft beliefs, aligning with Jhijhiya’s ritual purpose of countering witches.⁴ Their worldview, shaped by rural superstition and ritual conservatism, provided fertile ground for Jhijhiya’s emergence.
Occupational and Social Practices
As traditional farmers and cattle-herders, Yadavs established Dihbar Thaan (sacred village sites) where wrestling and Jhijhiya were performed together.⁵ Wrestling, a customary Yadav sport, often preceded Jhijhiya, reinforcing its caste-specific origin.
Religious Practices
The Yadav community follows Vaishnava traditions, abstaining from meat and alcohol during Dashain.⁶ Jhijhiya’s “pure” ritual form—without animal sacrifice—aligns with Vaishnava values, distinguishing it from Tharu and other Matawali groups whose rituals involve alcohol and sacrifice.
Claims by Other Communities
Tharu community: Participation noted, but ritual differences (alcohol consumption, sacrifice) suggest adoption rather than origin.⁷
Solkan Samaj (non-Brahmin groups): Later involvement reflects cultural diffusion, not custodianship.⁸
Collective identity: Over centuries, Jhijhiya became a shared Maithili folk tradition, performed across caste lines in festivals and staged programs.⁹
Conclusion
While Jhijhiya today symbolizes Maithili cultural unity, its origin and ritual logic are most consistent with Yadav traditions—their rural lifestyle, tantric beliefs and Vaishnava religious practices. Later adoption by Tharu and Solkan groups reflects diffusion rather than original ownership. Thus, Jhijhiya should be academically recognized as a Yadav-origin folk dance, subsequently transformed into a collective heritage of Mithila.
Footnotes
1.Revati Raman Lalka, Mithila Lok Nritya, 1985.
2.Rajendra Vimal, Maithili Lok Sanskriti, 1992.
3.Nepal Folklore Society, Jhijhiya in Mithila, 2008.
4.Grokipedia, “Jhijhiya Dance of Mithila,” accessed 2026.
5.Oral traditions collected in Siraha and Saptari districts, field notes (2005–2015).
6.Wikipedia (Nepali), “Jhijhiya Dance,” accessed 2026.
7.Tharu Cultural Council, Tharu Lok Nritya, 2010.
8.Local ethnographic reports, Dhanusha district archives.
9. Nepal Academy, Maithili Folk Heritage, 2012.

Friday, 11 September 2026

अस्पताल परिसर बाहिरै बच्चा जन्माएको घटना : सरोकारवाला निकाय ‘आफैँ बोक्सी, आफैँ झाँक्री’ !

(नेपाली भाषा)
राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर छटपटाउँदै एक आमाले शिशुलाई जन्म दिएको दृश्यले जोकसैको मुटु काप्छ । स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारको योभन्दा निर्मम उपहास अरू केही हुन सक्दैन । यो केवल एउटा भिडियो भाइरल भएको घटना मात्र होइन, हाम्रो सार्वजनिक स्वास्थ्य प्रणाली र प्रशासनिक संवेदनहीनताको नाङ्गो रूप हो । घटना आफैँमा हृदयविदारक छ, तर त्योभन्दा पनि उदेकलाग्दो र लज्जास्पद त त्यसपछि आएका अस्पतालका ‘स्पष्टीकरण’ र जिल्ला प्रशासन कार्यालयले गठन गरेको ‘छानबिन समिति’ देखिन्छ । जिम्मेवार निकायहरूको रबैया देख्दा लाग्छ— उनीहरू समस्या समाधान गर्न होइन, घटना ढोकछोप गर्न र ‘झारा टार्न’ मात्र तल्लीन छन् । अस्पतालको आफ्नै स्पष्टीकरण र जिल्ला प्रशासन कार्यालय (DAO) को पत्र दुवैका कमजोरीहरूलाई समेटेर तयार पारिएको ब्लग–
अस्पतालको विज्ञप्तिले नै खोलेको आफ्नै पोल (प्रणालीगत कमजोरीहरू)
अस्पतालले जारी गरेको विज्ञप्तिलाई सूक्ष्म रूपमा अध्ययन गर्दा व्यवस्थापन र कार्यप्रणालीका गम्भीर त्रुटिहरू स्पष्ट हुन्छन्:
बिरामीको सुरक्षा र अनुगमनमा ठूलो लापरबाही: असोज २४ गते बिहान करिब २:०० बजे व्यथा लागेर भर्ना भएकी गर्भवती महिला (बबिता कुमारी पासवान) बेड नं. २४ बाट बिना कुनै जानकारी बाहिरिइन् र बिहान ४:४५ बजे मूल गेटबाहिर सुत्केरी भइन् । यसले वार्डको सुरक्षा, नर्सिङ हेरचाह र बिरामीको निगरानीमा कतिसम्मको चरम लापरबाही छ भन्ने छर्लङ्ग पार् छ।
प्रभावकारी काउन्सिलिङ र सुरक्षा संयन्त्रको अभाव: घटनापछि पनि बिरामी पटक-पटक अस्पताल छाडेर जान खोजेको विज्ञप्तिमा भनिएको छ । प्रसूतिजस्तो संवेदनशील अवस्थामा बिरामीलाई सम्झाइ-बुझाइ गर्ने (Counseling) र सुरक्षित तरिकाले रोक्ने कुनै संयन्त्र वा क्षमता अस्पतालसँग नभएको यसले पुष्टि गर्छ ।
आकस्मिक उपचारमा प्रक्रियागत अल्झो: रातको समयमा भर्ना भएकी बिरामीसँग पुराना कागजात नभएको भन्दै "अतिआवश्यक जाँच गर्न सुझाव दिइएको" उल्लेख छ । आकस्मिक प्रसूति कक्षमा पुगेकी महिलालाई तत्काल आधारभूत उपचार दिनुको साटो कागजात र परीक्षणको नाममा अल्झाउनु अस्पतालको गैरजिम्मेवारपन हो ।
छवि बचाउन मात्रै नि:शुल्क सेवाको नाटक: भिडियो सार्वजनिक भएपछि र चौतर्फी आलोचना बढेपछि मात्र आमा र बच्चाको सम्पूर्ण उपचार र औषधि नि:शुल्क गर्ने निर्णय गरियो । यसले अस्पतालको गरिब तथा विपन्नलक्षित स्थायी नीति नभई केवल आफ्नो बिग्रिएको छवि बचाउने प्रयास (PR Stunt) मात्र भएको देखाउँछ ।
जवाफदेहिता र निश्चित योजनाको अभाव: विज्ञप्तिमा कारबाही गर्ने प्रतिबद्धता त जनाइएको छ, तर न त छानबिनको निश्चित समयसीमा तोकिएको छ, न त भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाइने स्पष्ट कार्ययोजना (SOP) नै उल्लेख छ ।
प्रशासनको ‘आफैं बोक्सी, आफैं झाँक्री’ छानबिन
अस्पतालको लाचारी त छँदै थियो, जिल्ला प्रशासन कार्यालय (DAO) ले गठन गरेको छानबिन समिति झनै उदेकलाग्दो छ:
‘आफैँ बोक्सी, आफैँ झाँक्री’ छानबिन: छानबिन समितिको संयोजकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख र सदस्यमा राजबिराज नगरपालिकाका प्रतिनिधि छन् । जिल्लाको स्वास्थ्य सेवा चुस्त राख्ने र अनुगमन गर्ने मुख्य जिम्मेवारी यिनै निकायको हुन्छ । जसको नेतृत्व र अनुगमनमाथि प्रश्न उठेको छ, उनीहरूलाई नै छानबिनको जिम्मा दिनु निष्पक्षताको उपहास हो । समितिमा कुनै स्वतन्त्र मानवअधिकारकर्मी, महिला अधिकारकर्मी वा कानुनविद् राखिएको छैन ।
‘भाइरल’ भएपछि मात्रै ब्युँझिने प्रशासन: पत्रको व्यहोरामै भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मात्रै समिति गठन गरिएको स्वीकार गरिएको छ । जनताको ज्यानसँग जोडिएको विषयमा हाम्रो प्रशासन पूर्व-सजग (Proactive) नभई सधैँ दबाबमा मात्र काम गर्ने (Reactive) बानी परेको छ ।
दिशाहीन छानबिन (अस्पष्ट ToR): पत्रमा "७ दिनभित्र प्रतिवेदन पेश गर्नु" भनिएको छ, तर अनुसन्धान कुन-कुन बिन्दुमा केन्द्रित हुने ? ड्युटीमा रहेका डाक्टर, नर्स, सेक्युरिटी गार्ड वा प्रशासनिक कमजोरी— के-के खोतल्ने भन्ने कुनै स्पष्ट मार्गचित्र (ToR) छैन ।
कारबाहीको ग्यारेन्टी खोइ?: विगतका कैयौँ घटनाहरू साक्षी छन्— यस्ता छानबिन समिति बन्छन्, प्रतिवेदन बुझाइन्छ र दराजमा थन्क्याइन्छ । दोषीलाई कानुनी र प्रशासनिक कारबाही गर्ने दरिलो प्रतिबद्धता नभएसम्म यस्ता छानबिन केवल आँखामा छारो हाल्ने माध्यम मात्र हुन् ।
अन्त्यमा,एउटा गरिब आमाले अस्पतालको गेटमा बच्चा जन्माउनुपर्ने यो अवस्थाले हाम्रो लोकतन्त्र र ‘स्वास्थ्य नागरिकको मौलिक अधिकार’ भन्ने संवैधानिक ग्यारेन्टीलाई नै गिज्याइरहेको छ । अब झारा टार्ने स्पष्टीकरण र औपचारिकतामा सीमित छानबिन होइन, दोषीमाथि कडा कारबाही र अस्पताल व्यवस्थापनमा आमूल सुधार आवश्यक छ । नत्र यस्ता समितिहरू बनिरहनेछन् र अस्पतालका गेटहरूमा मानवता यसै गरी निसासिरहनेछ ।
यो घटनासंग सम्बन्धित समाचारका केही लिंकहरु –
https://ekantipur.com/news/2026/09/10/what-is-the-incident-of-a-woman-giving-birth-on-a-roadside-near-gajendra-narayan-singh-hospital-51-16.html
https://nepalkhabar.com/society/286543-2026-9-10-12-38-19
https://nepallive.com/story/350142
https://nagariknews.nagariknetwork.com/social-affairs/questions-raised-over-rajbiraj-hospital-after-baby-born-at-hospital-gate-br-95-18.html
https://www.onlinekhabar.com/2026/09/2014268/hospital-refused-admission-babita-gave-birth-on-the-sidewalk
https://techpana.com/2026/159013/saptari-woman-gives-birth-on-street-due-to-rs-3200-shortage
https://www.ujyaaloonline.com/detail/131398
https://youtube.com/shorts/35hEouK76cA?si=aun_VEliYjHMaLD4
https://www.thahakhabar.com/detail/308460
https://www.nepalpress.com/2026/09/10/762330/ministry-seeks-clarification-on-pregnant-womans-expulsion-from-hospital-mobilizes-investigation-team/
https://madheshpatra.com/2026/09/10/12795/
https://www.nepalviews.com/story/425219/the-incident-of-a-woman-giving-birth-outside-a-hospital-was-raised-in-parliament
https://www.nayapatrikadaily.com/news-details/204383/2026-09-10
https://www.nayapatrikadaily.com/news-details/204398/2026-09-10
https://racekhabar.com/2026/09/10/116768/
https://www.sheershakhabar.com/2026/09/11/30289?fbclid=IwVERDUAUQiWBwZG9mBWV4dG4DYWVtAjEwAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHnhUbRYtUM7Tvf2liUcnPg8wT4lP1aij56Lh3zuOoIu-1PFCoaa-cbAAKDsD_aem_LcEbryi3dKfvVTH-mRk9YA

Monday, 7 September 2026

जातीय कट्टरता र कर्मकाण्डमुक्त लोकजीवनमा वर्ग-चेतना र सामूहिक सहिष्णुता

(अनुसन्धानमुलक आलेख,नेपाली भाषा)
लेखकको नाम: दिनेश यादव
लेखसार (Abstract)
नेपालको तराई-मधेशसहित दक्षिण एसियाली समाजशास्त्रमा वैदिक/शास्त्रीय धर्मपरम्परा र लोकपरम्परा बिच स्पष्ट विभाजन देखिन्छ। शास्त्रीय परम्परा जहाँ जातीय पदानुक्रम, कर्मकाण्डी जटिलता र अस्पृश्यताको घेरामा बाँधिएको छ, त्यहीँ लोकजीवनमा विकसित 'लौकिक देव' को संस्कृति सहज भौतिक चेतना, जातीय अहम्‌को अन्त्य र सह-अस्तित्वमा आधारित छ । एउटै गहबर (थान) मा हिन्दु र मुस्लिम लोकदेवको सह-पूजा हुनु तथा ऐतिहासिक रूपमा उत्पीडित मानिएका डोम, चमार आदि समुदायका लोकदेवताहरू (छेछनराम, लुकेसरीदेवी) को साझा पूजन हुनु केवल धार्मिक आस्था मात्र होइन। यो ऐतिहासिक धारामा विकसित भएको शासित समुदाय वा वर्ग-चेतनाको सामूहिक सहिष्णुता र प्रतिरोधी संस्कृतिको अभिव्यक्ति हो। प्रस्तुत आलेखले लोकदेवताको अवधारणा, गहबर संस्कृतिको अभौतिक तथा भौतिक आधार र यसमा निहित वर्ग-चेतनाको विश्लेषणात्मक अध्ययन गर्दछ । निष्कर्षमा, लोकदेवताको परम्पराले जातीय तथा धार्मिक कट्टरतालाई भत्काउँदै लोकस्तरमा वास्तविक सहअस्तित्व कायम गरेको पुष्टि हुन्छ ।
शब्दकुञ्जी (Key Words)
लौकिक देव, गहबर संस्कृति,वर्ग-चेतना,सामूहिक सहिष्णुता, सांस्कृतिक प्रतिरोध
परिचय (Introduction)
शास्त्रीय धर्मशास्त्रले ईश्वरलाई अग्लो पीठ वा अलौकिक सत्तामा राखेर जटिल संस्कृत मन्त्र, विशिष्ट जातिको पुजारी (ब्राह्मणवादी प्रभुत्व) र शुद्धता-अशुद्धताको कठोर नियममा विभक्त गर्दछ । यसको विपरीत, नेपालको तराई-मधेश तथा दक्षिण एसियाली लोकपरम्परामा विकसित लोकदेवताहरू लोकजीवनकै सुख-दुःख, उत्पादन, रोग-व्याधि र सामाजिक सङ्घर्षबाट जन्मिएका हुन्। लोकजीवनमा ईश्वर 'परलोक' को विषय नभएर 'इहलोक' (भौतिक जीवन) को सहयोगी मानिन्छ। त्यसैले लोकदेवताको आराधना कुनै मोक्ष वा स्वर्ग प्राप्तिका लागि नभई दैनिक जीवनका सहज आवश्यकता, पशुधनको रक्षा, कृषि उत्पादन र महामारीबाट मुक्तिका लागि गरिन्छ। यो सहज भौतिक चेतना (Spontaneous Material Consciousness) मा आधारित संस्कृति हो, जसले शास्त्रीय कर्मकाण्ड र जातीय अहम्‌लाई अस्वीकार गर्दछ।
समस्याकथन (Statement of Problem)
परम्परागत तथा अभिजात वर्गको इतिहास लेखनले धर्म र संस्कृतिलाई प्रायः शास्त्रीय, कर्मकाण्डी र जातीय पदानुक्रमको दृष्टिकोणबाट मात्र व्याख्या गरेको पाइन्छ। यसले गर्दा पिँधमा पारिएका दलित, श्रमजीवी र सीमान्तकृत समुदायले निर्माण गरेको प्रतिरोधी लोकसंस्कृति र लोकदेवताको योगदान ओझेलमा परेको छ।तराई-मधेशको लोकजीवनमा हिन्दु र मुस्लिम लोकदेवको साझा पूजा कसरी सम्भव भयो? अस्पृश्य भनिएका डोम र चमार समुदायका लोकदेवताहरू (छेछनराम, लुकेसरीदेवी) प्रति सम्पूर्ण समाजको साझा आस्था रहनु पछाडिको सामाजिक-ऐतिहासिक कारण के हो ? शास्त्रीय जातीय अहम् र कर्मकाण्डलाई भत्काउँदै लोकस्तरमा कसरी शासित वर्ग-चेतना र सामूहिक सहिष्णुताको निर्माण भयो भन्ने प्रश्न नै प्रस्तुत अध्ययनको मुख्य समस्याकथन हो।
अध्ययनको विधि (Research Methodology)
प्रस्तुत अध्ययन प्राथमिक तथा द्वितीयक स्रोतहरूमा आधारित गुणात्मक तथा विश्लेषणात्मक अध्ययन विधि (Qualitative and Analytical Method) मा आधारित छ। यस अध्ययनमा तराई-मधेश र मिथिला क्षेत्रका लोकगाथा, गहबर (थान) परम्परा र लोकआस्थाका विषयमा पूर्वप्रकाशित पुस्तक, अनुसन्धानात्मक लेख तथा लोकसाहित्यका सामग्रीहरूलाई द्वितीयक स्रोतका रूपमा प्रयोग गरिएको छ। प्राप्त तथ्यहरूलाई समाजशास्त्रीय दृष्टिकोण, विशेष गरी माक्र्सवादी वर्ग-चेतना (Class Consciousness) र सांस्कृतिक प्रतिरोध (Cultural Resistance) को सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ ।
तथ्यहरूको विश्लेषण (Analysis of truth of Facts)
१. कर्मकाण्डहीनता र सहज भौतिक चेतना
शास्त्रीय मन्दिर र लोकदेवताको 'गहबर' वा 'थान' बिचको मुख्य भिन्नता नै कर्मकाण्ड र पहुँचको सरलता हो। लोकदेवताको पूजामा न त जटिल संस्कृत मन्त्रको आवश्यकता पर्छ, न त विशिष्ट जातिको पुजारीको। गाउँकै ज्येष्ठ नागरिक, 'भगत' वा 'धामी' (जो प्रायः दलित वा पिछडिएका वर्गका हुन्छन्) ले स्थानीय सामग्री चढाएर पूजा सञ्चालन गर्छन् । लोकदेवको निवास विशाल मन्दिरमा नभई कुनै चौतारा वा माटोको पिन्डी (गहबर) मा हुन्छ, जसले भौतिक सादगी र प्रकृतिसँगको प्रत्यक्ष सम्बन्धलाई दर्शाउँछ ।
२. हिन्दु-मुस्लिम लोकदेवको साझा गहबर र सह-अस्तित्व
तराई-मधेश र लोकमैथिली भाषी क्षेत्रका धेरै गहबरहरूमा हिन्दु लोकदेवताहरू (डिहबार बाबा,सल्हेस, कारु बाबा) र मुस्लिम लोकदेव/पिरहरू (गाजी मियाँ,मिरा बाबा, पञ्चपिरिया) को पूजा एउटै थान/गहबरमा हुन्छ । लोकजीवनमा पूजिने पिर वा लोकदेवहरू तत्कालीन सामन्त वा अत्याचारी शासक विरुद्ध लडेका ऐतिहासिक पात्र हुन्। लोकस्तरमा हिन्दु र मुस्लिम दुवै समुदायले उनीहरूलाई समान आस्थाका साथ पूज्नु कुनै राज्य-प्रायोजित धर्मनिरपेक्षता नभई शासित वर्गले आफ्नो साझा इतिहास र श्रम-सम्बन्धका आधारमा स्वतःस्फूर्त रूपमा विकसित गरेको सामूहिक सहिष्णुता (Collective Tolerance) हो ।
३. उत्पीडित समुदायका लोकदेवता: छेछनराम र लुकेसरीदेवी
सामाजिक संरचनामा 'अस्पृश्य' मानिएका डोम जातिका छेछनराम (छेछनमल) र चमार जातिका मानसरामको संयुक्त वीरता र सामन्ती दमन विरुद्धको सङ्घर्षको गाथा लोकजीवनमा पूजित छ। त्यस्तै, लुकेसरीदेवी चमार कन्याको सङ्घर्ष र निष्ठामा आधारित लोकदेवी हुन्। उच्च जातीय अहम्‌ले भरिएको शास्त्रीय मन्दिरमा प्रवेश निषेध गरिएका वर्गले आफ्नै माटो र गहबरमा आफ्ना संरक्षक देवता स्थापित गरे। सङ्कट पर्दा समाजका तथाकथित 'उच्च जाति' भनिएका मानिसहरू पनि यी गहबरहरूमा ढोग्न पुग्नुले जातीय श्रेष्ठताको अहम्‌लाई लोकस्तरमै भत्काइदिएको तथ्य पुष्टि हुन्छ ।
४. ऐतिहासिक धारामा विकसित शासित वर्ग-चेतना
शासक वर्गका लागि धर्म र जात सत्ता टिकाउने औजार थिए भने शासित वर्ग (किसान, मजदुर, शिल्पी) का लागि लोकदेवताहरू सहकार्य र सुरक्षाका माध्यम बने । सामन्ती उत्पीडनको मार हिन्दु, मुस्लिम, डोम वा चमार सबै श्रमजीवीमाथि समान थियो । यो साझा उत्पीडनले उनीहरू बिच धार्मिक/जातीय सङ्कुचितताभन्दा माथि उठेको वर्ग-सहानुभूति (Class Empathy) र सांस्कृतिक प्रतिरोध निर्माण गर्यो ।
निष्कर्ष (Conclusion)
जातीय कट्टरता, अस्पृश्यता र जटिल कर्मकाण्डबाट मुक्त लोकदेवताहरूको परम्पराले तराई-मधेश सहित दक्षिण एसियाली लोकजीवनको प्रगतिशील पक्षलाई उजागर गर्दछ। एउटै गहबरमा हिन्दु र मुस्लिम लोकदेवको उपस्थिति तथा डोम, चमार जस्ता सीमान्तकृत समुदायका लुकेसरीदेवी र छेछनराम जस्ता देवताहरूको साझा मान्यताले वास्तविक सहिष्णुता र भ्रातृत्व कुनै शास्त्रले थोपेर नभई लोकजीवनको सहज भौतिक चेतनाबाट अगाडि बढेको सिद्ध गर्छ। यो परम्परा ऐतिहासिक धारामा शासक वर्गका विरुद्ध शासित वर्गले कायम गरेको सांस्कृतिक प्रतिरोध, वर्ग-चेतना र सामूहिक सहिष्णुताको अद्वितीय प्रमाण हो ।
प्रयोग गरिएका सामग्रीहरू (Work Cited)
१.झा, रामदेव (२०५७). मिथिलाक लोकदेवता. पटना: मैथिली एकादमी।
२.तिवारी, रामचन्द्र (२००२). लोकसाहित्य का समाजशास्त्र. नयाँ दिल्ली: विश्वविद्यालय प्रकाशन ।
३.द्विवेदी, हजारीप्रसाद (१९९८). कबीर और कबीरपंथ (लोकसंस्कृति एवं प्रतिरोध). नयाँ दिल्ली: राजकमल प्रकाशन।
४.पाण्डेय, श्यामाचरण (२००५). भारतीय ग्राम र लोक-चेतना. नयाँ दिल्ली: नेसनल बुक ट्रस्ट।
५.यादव, रामअवतार (२०६५). तराई-मधेशका लोकगाथा र लोकदेवताहरू. काठमाडौँ: नेपाल प्रज्ञा-प्रतिष्ठान ।
६.यादव, दिनेश (२०७२).भाषा, साहित्य आ मानक, काठमाडौं ।
७.शर्मा, जनकलाल (२०३९). हाम्रो समाज: एक अध्ययन. काठमाडौँ: साझा प्रकाशन।
८.Narayan, Badri (2001). Documenting Dissent: Contesting Fables, Contested Memories and Dalit Identity. Shimla: IIAS.

Friday, 4 September 2026

एउटा मधेशी ठिटो (Euta Madheshi Thito)

(नेपाली कविता)
एउटा मधेशी ठिटो
पढ्छ गणित
पढाउँछ तथ्यांक
गुलामी,
र विवाद गर्छ नेपालीमा
कहिलेकाही झार्छ
अनि भाँज्छ हिन्दी
लेख्छ,
भडास् निकाल्छ फेसबुकमा
जब कसैको आमनेसामने हुन्छ
गलत कुरामा
बिना सित्तै तन्किन्छ
अनि अडिन्छ
सांगुरो मानसिकता लिएर
बोल्छ
राजनीतिको भाषा
तर,
गर्छ जातियताको कुरो
ठान्छ,
आफूलाई युवा
तर,
पुरातन मनोग्रन्थीको सिकार छ
सर्वव्यापी पनि
बन्न खोज्छ
तर,
मन लाग्दी लेख्छ
धेरैको नजरमा
गिर्दैछ
त्यो मधेशी
ठिटो ।
#दिनेश_यादव
(२० भदौं २०७९)
#स्केच: नेपाली टाइम्स
('नेपाल खोज'मा प्रकाशित)

Thursday, 27 August 2026

उपराष्ट्रपति यादवद्वारा बाढी पीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग

काठमाडौँ (भदौ ११) – सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित नागरिकको तत्काल उद्धार, खोज तथा राहत कार्यमा सहयोगार्थ आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गर्नुभएको छ । उपराष्ट्रपतिज्यूले सो सहयोग रकम ‘प्रधानमन्त्री विपद् उद्धार कोष’मा जम्मा गर्ने निर्णय गर्नुभएको हो ।
भोटेकोशीमा आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको दुःखद समाचारले आफू अत्यन्तै दुःखित र चिन्तित बनेको उपराष्ट्रपति यादवले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
'यस विपत्तिमा अकालमै ज्यान गुमाउनु भएका नेपाली नागरिक, विदेशी पर्यटक तथा तीर्थयात्रीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछु'विज्ञप्तिमा छ,'आफ्ना प्रियजन गुमाउनु भएका परिवारजनप्रति गहिरो समवेदना र हार्दिक सहानुभूति व्यक्त गर्दछु। विपत्तीमा परेकाहरुको उद्धार, बेपत्ता भएकाहरुको खोजी तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । घाइतेहरुको यथोचित उपचारका लागि सम्बन्धीत सबैमा हार्दिक आग्रह गर्दछु । '
उहाँले बाढीबाट प्रभावितहरुको उद्धार र सहयोगका लागि सरकार र सुरक्षाकर्मीहरु सक्रियताका साथ लागि परेका उल्लेख गर्दै यस कठिन घडीमा सम्पूर्ण नेपालीहरु एकजुट भई अकल्पनीय विपत्तीको सामना गर्न र आ–आफ्नो स्तरबाट हरसम्भव सहयोग गर्न आग्रह गर्नुभएको छ ।
'यस कठिन घडीमा सम्पूर्ण नेपालीहरू एकजुट भई विपत्तीको सामना गर्न र आ–आफ्नो स्तरबाट सहयोग गर्न आग्रह गर्दछु 'विज्ञप्तिमा छ,'हामी एक–अर्काको सहारा र सहयोगी बन्नु नै हाम्रो सामूहिक कर्तव्य हो ।'

Wednesday, 26 August 2026

पत्रकारिताको हतारो : शीर्षकले बनाउने गलत सामाजिक छाप !

आज (भदौ १० गते) को 'द राईजीङ नेपाल'को प्रथम पृष्ठमा 'Madhes records higher number of girl rape cases'शीर्षकमा समाचार प्रकाशित छ । गैर सरकारी संस्था 'इन्सेक' को यो समाचारअनलाइन संस्करणमा पनि प्रकाशित छ । समाचारको शीर्षकमा 'higher number' अन्य प्रदेशको तथ्याङ्क तुलना नगरी लेख्न मिल्छ ?? एउटा प्रदेशको तथ्याङ्क दिएर यसरी लेख्नुले 'मधेशीहरूलाई बलत्कारी' भनेर डाम्न त खोजिएको होइन ?? भन्ने प्रश्न उब्जिएको छ । समाचारको 'लिड'मा उल्लेखित विववरण र शैलीलाई शीर्षकमा नपछ्याउँदा समस्या देखिन्छ ।
उपरोक्त विषय सञ्चार माध्यमको भाषागत शुद्धता, पत्रकारिताको आचारसंहिता र सामाजिक संवेदनशीलताका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण र विचारणीय छ । यस विषयलाई दुई भागमा छुट्याएर विश्लेषण गर्न सकिन्छ:
१. शीर्षकको भाषा र तुलनात्मक सन्तुलन (Journalistic Accuracy)
अन्य प्रदेशसँग तुलना नगरी 'higher number' लेख्न मिल्छ कि मिल्दैन ? सञ्चार माध्यमको सिद्धान्त अनुसार यसरी लेख्नु त्रुटिपूर्ण मानिन्छ ।
​तुलनात्मक शब्दको प्रयोग: ‘Higher’ (उच्च/बढी) शब्द आफैँमा एक तुलनात्मक (Comparative) शब्द हो । मधेश प्रदेशको तथ्याङ्कलाई अन्य प्रदेशसँग तुलना गरिएको छैन । त्यसैले यो शब्दको प्रयोग तथ्याङ्कशास्त्रीय र सम्पादकीय दृष्टिले गलत छ ।
​तथ्याङ्कको स्पष्टता: रिपोर्टमा मधेश प्रदेशभित्रै "वयस्क महिलाको तुलनामा बालिकाहरूको संख्या बढी छ" (Girls vs Women) भनिएको छ (जुन लिडमा पनि छ), अत: शीर्षक "Madhes records higher number of girl rape cases than women" हुनुपर्थ्यो । तर, दोस्रो पक्ष (काठमाडौँ/अन्य प्रदेश वा महिलाको संख्या) उल्लेख नगरी सिधै "Higher" लेख्दा पाठकमा भ्रम सिर्जना हुन्छ ।
​खबरको सनसनीकरण: नेपालका राष्ट्रिय मिडियाहरूमा धेरैजसो अङ्ग्रेजी रूपान्तरण (Translation) गर्दा वा छोटो शीर्षक राख्दा संवेदनशीलता ध्यान नदिई सनसनीपूर्ण (Sensational) शब्द छान्ने कमजोरी देखिन्छ । यहि कमजोरी यहाँ दोहरिएको छ ।
​२. के यसले मधेशी समुदायलाई नै 'डाम्न' खोजिएको हो? (Media Bias & Stereotyping)
​यस प्रश्नलाई दुईवटा पाटोबाट हेर्न सकिन्छ:
​सचेत नियत कि सम्पादकीय असक्षमता (Editorial Negligence):
नेपालका मूलधारका मिडिया (विशेष गरी सरकारी स्वामित्वको 'द राइजिङ नेपाल' जस्ता सञ्चारमाध्यम) मा बहुसांस्कृतिक, बहुभाषिक र क्षेत्रीय संवेदनशीलताको ज्ञान वा चेतनाको कमी देखिन्छ । प्रायः यस्ता गल्तीहरू संस्थागत विभेदकारी नियतभन्दा पनि 'भाषागत असवधानी' र 'अपरिपक्व सम्पादन' का कारण हुन्छन् ।
​सामाजिक प्रभाव (Stigmatization):
नियत जेसुकै भए पनि, यस्ता आधा-अधुरा वा गलत शीर्षकले समाजमा "स्टीरियोटाइप" (Stereotyping) वा निश्चित क्षेत्र/समुदायप्रति नकारात्मक धारणा बनाउन मद्दत गर्छ । अपराध जुनसुकै भूगोल वा समुदायमा हुन सक्छ (प्रहरीको तथ्याङ्कमा अन्य प्रदेशहरूमा पनि बलात्कारका घटना ठूलो संख्यामा छन् !)। कुनै एउटा प्रदेशको मात्र तथ्याङ्कलाई बिना-तुलना "बढी/उच्च" भनेर देखाउँदा त्यस क्षेत्रका जनताप्रति पूर्वाग्रह सिर्जना हुने जोखिम पक्कै रहन्छ ।
तथ्याङ्क प्रस्तुत गर्दा मिडियाले यथार्थ र वस्तुनिष्ठ (Objective) हुनुपर्छ । कुनै तुलनात्मक आधार नदिई 'Higher' जस्ता शब्द प्रयोग गर्नु मिडियाको भाषागत र सम्पादकीय त्रुटि हो । यसले समुदायमा नकारात्मक सन्देश जाने भएकाले सञ्चारमाध्यम र प्रेस काउन्सिल जस्ता निकाय यस्ता शीर्षक र शब्दावलीप्रति थप संवेदनशील हुनैपर् छ।
Nepali media bias, Madhes news headline, Journalistic ethics Nepal,Media stereotyping,INSEC report Madhes, Misleading media headlines,द राइजिङ नेपाल (The Rising Nepal), मधेश समाचार र तथ्याङ्क

Monday, 24 August 2026

कर्म से बनै हैय पहचान

(मैथिली प्रेरक गीत)

'ऐंजेरू (Aeinjerun)

(नेपाली व्यङ्ग्य कविता)
यो व्यङ्ग्यात्मक रचना केवल आलोचना होइन,समाजलाई चेताउने घण्टी पनि हो ।

Monday, 17 August 2026

हँसबाक बहाना खोजी (HANSBAAK BAHANA KHOJI)

मैथिली गीत
■दिनेश यादव
चलू हँसबाक कोनो,
आब बहाना खोजी,
कतहु दुःख नहि होए,
से ठिकाना खोजी ।
बहुत उड़लौंह अकास में,
पंख पसारि कए,
आब माटि कए चूमी,
मन कए संवारि कए ।
अपन धरती सँ जुड़ल,
कोनो जमाना खोजी,
कतहु दुःख नहि होए,
से ठिकाना खोजी ।
चलू हँसबाक कोनो,
आब बहाना खोजी,
चलू हँसबाक कोनो,
आब बहाना खोजी ।
कतहु दुःख नहि होए,
से ठिकाना खोजी,
कतहु दुःख नहि होए,
से ठिकाना खोजी ।
जिंदगीक अहि रण में,
कतेको संग छुटल,
कतेको हँसैत चेहरा,
अपनहि सँ रुठल ।
कतेको के टुटल मोन,
जोड़बाक बहाना खोजी,
कतहु दुःख नहि होए,
से ठिकाना खोजी ।
बीत गेल कते राति,
अनहारक साया में,
भटकैत रहलौंह मुदा,
मायाक काया में ।
आब अन्हरिया रातिक,
नव बिहान खोजी,
कतहु दुःख नहि होए,
से ठिकाना खोजी ।
चलू हँसबाक कोनो,
आब बहाना खोजी,
चलू हँसबाक कोनो,
आब बहाना खोजी ।
कतहु दुःख नहि होए,
से ठिकाना खोजी,
कतहु दुःख नहि होए,
से ठिकाना खोजी ।

Saturday, 15 August 2026

मैथिली कहिया शुधरत ? Maithili Kahiya Shudhrat ?)

मैथिली भाषाक लेखन शैली आ शुद्धाशुद्धि दिनानुदिन गिरैत जा रहल अछि । एतेह मानकक गप्प नै कऽ रहल छी, एकैह सामग्रीमें फरक-फरक शैलीकेँ बात हम कऽ रहल छी । हमर ई ब्लग भाषागत शुद्धता आ शब्दक औचित्य पर आधारित अछि । सामाजिक संजालमे हरेक दिन कथित मैथिली विद्वानक सामग्री सबसँ साक्षात्कार होइत रहैछ । हुनका लोकनिसँ मैथिली भाषाकेँ जाहि तरहे मानमर्दन होइछ, ओ आन भाषामे असभंव छैक । एतेह एकटा नमुना प्रस्तुत अछि (तस्बिर आ ओहिमे लिखल विषयवस्तु देखू) । ई निमंत्रण पत्र (मैथिली भाषामे) देखला पर व्याकरण, शब्दावली आ सामाजिक-साहित्यिक शिष्टाचारक दृष्टिकोणसँ निम्नलिखित मुख्य त्रुटी आ विवादास्पद बिन्दु सब स्पष्ट रूपसँ नजरि आवैत अछि :
​१. भाषागत आ व्याकरणीय त्रुटी (Language & Grammatical Errors)
​'श्रद्धाञ्जली कार्यक्रम' क औचित्य :
​मृत्यु भेल व्यक्तिकेँ स्मरण आ आदर देबाक लेल आयोजित शोक आ सम्वेदना व्यक्त करै वाला सभा केँ 'श्रद्धाञ्जली सभा' कहब उपयुक्त आ मानक होइछ । 'कार्यक्रम' शब्द सामान्य वा औपचारिक उत्सव, गोष्ठी वा कार्यसँ सम्बद्ध बुझाइछ, जे शोकक गम्भीरताकेँ किछु कम कऽ दैछ ।
​पुनरावृत्ति (Redundancy / Repetition):
​मुख्य शीर्षकमे 'श्रद्धाञ्जली कार्यक्रम' लिखल गेल अछि ।
​पुन: विवरणक वाक्यमे लिखल अछि - "श्रद्धाञ्जली कार्यक्रम इयह साओन ३१ गते..."।​ओकरा ठीक नीचाँ विवरणक बक्सा (Box) पर पुन: 'कार्यक्रम' लिखल गेल अछि । ​एहि तरहक शब्द पुनरावृत्तिसँ लेखन शैली असंतुलित आ अशुद्ध प्रतीत होइछ ।
​वर्ण विन्यास आ कारकगत अशुद्धि:
​"साओन" / "श्रावण": तिथिक विवरणमे उपर 'श्रावण' लिखल अछि आ नीचाँ 'साओन'। एकरूपता (Consistency) होएबाक चाही ।
​२. शिष्टाचार, आदर आ मृत्युपरान्त 'जी' क प्रयोग (Honorific Terms Post-Decease)
​मृत्युपरान्त 'जी' क प्रयोग (विमल जीक (?) / विमलजी(?)):
​मैथिली आ संस्कृत परम्परामे दिवंगत (मृत्यु भऽ गेल) व्यक्तित्वक लेल 'जी' सँ बेसी 'स्वर्गीय', 'दिवंगत', 'पुण्यात्मा' वा 'शोकसन्तप्त स्मरणार्थ' जकाँ शब्दक प्रयोग कएल जाइछ ।
​'जी' जीवित व्यक्तिक आदरार्थ प्रयोग होइछ । मृत्योपरान्त 'जी' कहब भाषाशास्त्र आ परम्पराक दृष्टिकोणसँ अपूर्ण आ अनुचित मानल जाइछ । ओहोमे कतौहू ‘जी’ के जोडि देब आ कतौहू अलग कऽदेब ?, ई मैथिलीके तोहिन भेल !
​३. शब्दावलीक औचित्य आ वैचारिक विवाद (Controversial Titles & Metaphors)
​'महामना' उपधिक औचित्य:
​'महामना' (उदात्त आ महान् मन भेल) ओहन व्यक्तित्वक लेल प्रयोग होइछ जे समाजमे सर्वमान्य, निष्कलंक आ महान् योगदान देने होथि (जेना महामना मदन मोहन मालवीय) ।
​यदि ककरो जीवन वा विचार विवादास्पद रहल होइन, तँ ओहन व्यक्ति लेल सार्वजनिक वा संस्थागत सामग्रीमे 'महामना' जकाँ सर्वोच्च आदरसूचक विशेषण लिखब सर्वसाधारण वा समालोचक लोकनिक लेल विचारणीय आ प्रश्नवाचक बनि जाइछ ।
​'ऐंजेरू' (परजीवी/Parasite) आ संघर्षक तुलना:
मधेशमे ​पहिचान, अधिकार आ सम्मानक लेल भेल जन-संघर्ष वा जन-आन्दोलन केँ 'ऐंजेरू' (जे दोसर गाछक रस चुसि कऽ बाँचैछ) सँ तुलना करब वा ओहि सँग जोडब अत्यन्तै अनुचित आ अपमानजनक अछि ।
​पहिचान आ अधिकारक सङ्घर्ष समाजक सजीव आ मौलिक सङ्घर्ष थिक । ओकरा नकारात्मक वा परजीवी (ऐंजेरू) रूपमे प्रस्तुत करब सामाजिक आ ऐतिहासिक सत्यक उपहास थिक ।
जे स्वयं कतेक बेर एहि विवादकेँ मिडिया मार्फत् स्वीकार कऽचुकल छलाह । जे स्वयं ‘हम विवादित छी’ कहैत छलाह, हुनका लेल ‘महामना’ उपाधि कतेक उचित ?
"...साहित्यिक वरिष्ठ साहित्यकार" लिखब शब्दावलीक अतिशयोक्ति (Exaggeration) आ मुद्रण अशुद्धिक प्रतीक थिक । ओतय 'साहित्यक' दुई बेर प्रयोग भेल अछि जे भाषिक संरचनाक त्रुटि अछि ।
अन्तमे , ​ई निमंत्रण पत्र भाषागत शुद्धता (व्याकरण), शब्द-चयन आ आदर-सूचक परम्पराक हिसाब सँ त्रुटिपूर्ण अछि । श्रद्धाञ्जली सभा जकाँ गम्भीर अवसर पर शब्दक चयन आ व्याकरणक स्वच्छता पर विशेष ध्यान देब आवश्यक होइछ । दिवंगत डा राजेन्द्र विमलप्रति भावपूर्ण श्रद्धाञ्जली ....! हम सभ शुद्ध मैथिली लिखि, हुनका लेल सबसँ पैग श्रद्धा आ सम्मान होएत ।

Friday, 7 August 2026

नेपालको पहिलो मुलुकी ऐनको अंश

यो तस्बिर वि.सं. १९१० मा श्री ५ सुरेन्द्र विक्रम शाहको शासनकाल (तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको समय) मा जारी गरिएको नेपालको पहिलो मुलुकी ऐनको अंश हो। यस ऐनले तत्कालीन समाजलाई जातका आधारमा विभाजन गरी कानुनी रूपमै जातीय विभेदलाई प्रश्रय दिएको थियो।
तस्बिरमा उल्लेखित विषयवस्तुको विस्तृत व्याख्या निम्न बमोजिम छ:
​१. ऐनको दफा १७ को व्याख्या
​पाठ: "छोइ छिटो हालनु पर्ने जातका कमारिहरूले विष्ट जातलाइ करणि दि हवस् भात पनि खुवाइ हवस् तागाधारि जात नमासिन्या मासिन्या मतवालि जातलाइ भात पानिमा पार्या भन्या तेस्तालाइ ३ वर्ष कैद गरि उसैका खसमका जिम्मा गरि छोडि दिनु।"
​अर्थ: यदि 'छोइछिटो हाल्नुपर्ने' (अछुत मानिएका) जातका कमारी/दासीहरूले माथिल्लो जातका व्यक्तिहरूसँग यौन सम्बन्ध राखेमा वा तागाधारी (ब्राह्मण, क्षेत्री) तथा मतवाली जातका व्यक्तिहरूलाई भात-पानी खुवाएर जात खसालेमा/भ्रष्ट गराएमा, त्यस्ता महिलालाई ३ वर्ष कैद गरी पुनः उनका श्रीमान् (खसम) को जिम्मा लगाइने कानुनी व्यवस्था थियो।
​२. ऐनमा गरिएको जातीय वर्गीकरण
​यस पृष्ठमा मानिसहरूलाई पानी र छुवाछूतका आधारमा मुख्य दुई श्रेणीमा विभाजन गरी जातहरूको सूची (तपसिल) दिइएको छ:
​क. पानी नचल्ने (छुवाछूत/छिटो हाल्नु नपर्ने) जात:
​यस श्रेणीका मानिसहरूको हातबाट माथिल्लो जातले पानी नपिउने, तर उनीहरूलाई छुँदैमा शरीरमा पानी छिट्याएर चोखिनु (छिटो हाल्नु) नपर्ने मानिन्थ्यो।
​तपसिलका जातहरू:
​मुसल्मान , ​धोबी, ​मधेसका तेलि, ​कसाहि, ​कुसल्या, ​कुलु, ​म्लेच्छ , ​चुन्याडा
​ख. छिटो हाल्नु पर्ने जात (पानी नचल्ने र छोएमा चोखिनुपर्ने):
​यस श्रेणीमा रहेका मानिसहरूलाई छुँदा समेत माथिल्लो जातका व्यक्तिहरू 'बिटुलिने' वा अपवित्र हुने मानिन्थ्यो र चोखिनका लागि पानीको छिटो हाल्नुपर्ने नियम थियो।
​तपसिलका जातहरू:
​सार्कि, ​कामी, ​चुनार/चुनारा, ​हुर्क्या, ​दमै, ​गाइने (गाइन्या), ​वादी/भाड, ​पोढ्या
​च्याह्रामलक (च्याह्रा षलक)
​ऐतिहासिक निष्कर्ष
​यो ऐतिहासिक दस्तावेजले नेपालमा राणाकालमा राज्यसत्ताले नै कानून बनाएर कसरी जातीय विभेद, छुवाछूत र लैङ्गिक असमानतालाई संस्थागत गरेको थियो भन्ने कुरा स्पष्ट पार्छ। वि.सं. २०२० को नयाँ मुलुकी ऐन लागू भएपछि भने यो कानुनी जातीय वर्गीकरण र विभेदलाई पूर्ण रूपमा खारेज गरियो।
नोट : यो जानकारी दस्ताबेजीकरणका लागि मात्र यहा संकलन गरिएखो हो ।

समाचार छोटो, सिक्नुपर्ने पाठ थुप्रो

गोरखापत्र दैनिकमा प्रकाशित एउटा छोटो समाचारमा पत्रकारले सिक्नुपर्ने पाठ थुप्रो छ (हेर्नुस:सर्टस्क्रिन) । पत्रकारिताको दृष्टिले समाचारमा केही गम्भीर त्रुटिहरू देखिन्छन्, जसले यसको विश्वसनीयता र प्रभावकारिता कमजोर बनाउँछ ।
प्रमुख त्रुटिहरू
स्रोत अस्पष्टता: समाचारमा महिला मजदुरको भनाइ उद्धृत गरिएको छ, तर सरकारी तथ्यांक, श्रम कार्यालय वा आधिकारिक अध्ययनको आधार प्रस्तुत गरिएको छैन । यसले समाचारलाई व्यक्तिगत गुनासोमा मात्र सीमित बनाउँछ ।
सांख्यिकीय अभाव: पुरुष र महिलाको ज्यालामा भिन्नता उल्लेख गरिएको छ, तर कति प्रतिशत महिला प्रभावित छन्, कति क्षेत्रमा यस्तो विभेद छ भन्ने तथ्याङ्क छैन।
सन्तुलनको कमी: समाचारमा महिला मजदुरको आवाज मात्र छ । नियोक्ता, पुरुष मजदुर वा स्थानीय निकायको दृष्टिकोण समावेश गरिएको छैन । पत्रकारितामा बहुपक्षीयता आवश्यक हुन्छ ।
प्रसङ्गीय पृष्ठभूमि: नेपालमा श्रम कानुनले समान कामको समान ज्याला सुनिश्चित गर्ने प्रावधान छ। तर समाचारले कानुनी पृष्ठभूमि वा नीति–नियमको उल्लेख गरेको छैन ।
भाषिक असन्तुलन: “भोकभोकै बस्नुपर्ने बाध्यता” जस्ता वाक्यांश भावनात्मक छन्, तर पत्रकारितामा तथ्यपरक र संयमित भाषा प्रयोग गर्नुपर्छ । समाचारले महिला मजदुरको पीडा र विभेद उजागर गरेको छ, तर पत्रकारिताको दृष्टिले यसलाई अझ सशक्त बनाउन स्रोत स्पष्टता, तथ्याङ्कीय आधार, बहुपक्षीय दृष्टिकोण, कानुनी प्रसङ्ग, र संयमित भाषा आवश्यक हुन्छ।
उल्लेख गरिएको अंश — “मुख्य बाली, धान, गहुँ, दाल, तरकारीको उत्पादन” — मा पत्रकारिताको दृष्टिले केही त्रुटिहरू छन्:
त्रुटिहरूशब्दावली असंगति: “मुख्य बाली” भनेपछि फेरि धान, गहुँ, दाल, तरकारी सूचीकरण गरिएको छ । तर “मुख्य बाली” शब्दले सामान्य श्रेणी जनाउँछ, त्यसपछि सूचीमा “तरकारी” जस्तो व्यापक श्रेणी राख्दा असंगति हुन्छ ।
वर्गीकरण अस्पष्टता: धान, गहुँ, दाल स्पष्ट रूपमा अनाज वा दलहन हुन्, तर तरकारी भने सब्जीको समूह हो। एउटै स्तरमा राख्दा वैज्ञानिक वा कृषि वर्गीकरणमा भ्रम पैदा हुन्छ ।
तथ्यपरक अपूर्णता: सप्तरीको “मुख्य बाली” भन्नाले केवल यी चारवटा मात्र होइन, अन्य महत्त्वपूर्ण बाली (जस्तै मकै, तेलहन, आलु आदि) पनि समावेश हुन्छन् । समाचारले सम्पूर्णता नदिएको छ ।
भाषिक पुनरावृत्ति: “मुख्य बाली” र “उत्पादन” शब्द एकै वाक्यमा दोहोरिएको छ, जसले वाक्यलाई भारी बनाउँछ । यसलाई यसरी लेख्दा स्पष्ट हुन्छ:
“सप्तरीमा धान, गहुँ, दाल तथा तरकारी प्रमुख बालीका रूपमा उत्पादन हुँदै आएका छन् ।"
ठीकै देख्नुभयो। समाचारमा धान रोपाइँको मौसम (असार महिना) उल्लेख गरिएको छ, तर त्यसै सन्दर्भमा “दिनभरमा एक कट्ठा धान काट्नमर्ने बाध्यता” भन्ने वाक्य प्रयोग गरिएको छ।
त्रुटि
ऋतु असंगति: असार महिनामा नेपालमा धान रोपाइँ हुन्छ, धान काट्ने काम त चैत–बैशाख वा कार्तिक–मङ्सिरतिर मात्र हुन्छ। त्यसैले रोपाइँको बेला “धान काट्ने” भनाइ तथ्यगत रूपमा गलत छ।
समयगत भ्रम: समाचारले कृषिको चक्र (रोपाइँ, बढ्ने, काट्ने) स्पष्ट पार्न सकेको छैन। यसले पाठकलाई कृषि प्रक्रियाबारे भ्रमित बनाउँछ।
भाषिक असावधानी: सम्भवतः पत्रकारले “धान रोप्ने” भन्न खोज्दा “धान काट्ने” लेखिएको हो। यस्तो असावधानीले समाचारको विश्वसनीयता घटाउँछ।
यसलाई यसरी लेख्दा स्पष्ट हुन्छ: “दिनभरमा एक कट्ठा धान रोप्दा पनि महिलाले पाँच सयदेखि सात सय रुपैयाँ मात्र पाउने गरेको गुनासो गरेका छन्।

Saturday, 20 June 2026

अहाँ बस चमकैत रहू

मैथिली गीत
लोग त' जरि-जरि मरत,अहाँ बस चमकैत रहू,
अपन डगर पर पैर बढ़बैत रहू ।
दुनियाकेँ जे कहक छै कहे दियौ,
अहाँ अनकर बात पर कान नहि दियौ,
बस अपन भाग्य खुद लिखैत रहू...
लोग त' जरि-जरि मरत, अहाँ बस चमकैत रहू ।
अहाँ अपन भीतरक खूबी क' खोजू,
कमी गढ़बाक लेल त' लोग छेबे करैक ।
कदम हम्मेशा आगू बढ़बैत चलू,
पैर पाछू खींचबाक लेल त' लोग छेबे करैक ।
लोग त' जरि-जरि मरत, अहाँ बस चमकैत रहू...
सपना देखू त' अम्बर क' छुबै क',
नीचा देखेबाक लेल त' लोग छेबे करैक ।
मन में अपन जुनूनक दीप बारू,
ईर्ष्यासँ जरबाक लेल त' लोग छेबे करैक ।
लोग त' जरि-जरि मरत, अहाँ बस चमकैत रहू...
जिन्दगी में सुंदर यादक महल बनाऊ,
बात क' बतंगी बनेबाक लेल त' लोग छेबे करैक ।
प्रेम करब त' पहिने खुद स' करू,
दुश्मनी निभबाक लेल त' लोग छेबे करैक ।
लोग त' जरि-जरि मरत, अहाँ बस चमकैत रहू...
कड़ा मेहनत करू, अपन मुकाम पाबी,
ताना मारबाक लेल त' लोग छेबे करैक ।
रुकब नै कतौ, बस बढ़ैत चलू,
अपन मंजिल तरफ डेग बढ़बैत चलू ।
लोग त' जरि-जरि मरत, अहाँ बस चमकैत रहू,
अपन डगर पर पैर बढ़बैत रहू...।
@दिनेश_यादव,
कलंकी,काठमाण्डू (नेपाल)।
अहिमें किछु सम्पादन आ परिवर्तन कैएलाकेँ बाद एहन बनल अछि -