२४ घन्टामा सबैभन्दा धेरै ट्याटु बनाएको भन्दै क्याथरिन ‘गिनिस वल्र्ड रेकर्ड’ नै कायम गर्न सफल भएकी थिइन् ।
- दिनेश यादव (काठमाडौं)
सुरुमै यिनले आफ्नो करियर सुरु गरिन् । अमेरिकामा मात्रै हैन विश्वका अन्य मुलुकमा समेत आफ्नो लोकप्रियता कायम गर्न यिनी सफल भइन् । सुरुमा यिनले ट्याटु बनाउनका लागि विभिन्न पसलहरूसमेत चहार्नुपरेको थियो । थोरै तलबमा काम गर्नुपर्दा यिनी कहिलेकाही“ निराशसमेत हुने गर्थिन् । तर, आफ्नो चाहनाअनुरूपको काम गर्न पाएकामा क्याथरिन दंग र फुरुंग थिइन् । अवसरको खोजीमा यिनी सधैं थिइन् नै, मौका पाएपछि राम्रो काम देखाएपछि रातारात चर्चित भइन् । पछि यिनी अमेरिकाको लस एन्जेलसमा सबैभन्दा व्यस्त ट्याटु कलाकारसमेत बनिन् । यिनी चर्चित ‘मिआमी इन्क’ मा प्रवेश गरेपछि त्यहा“ पनि उत्तिकै लोकप्रिय भइन् । त्यसको भरमग्दुर फाइदा क्याथरिनले लसएन्जेलसमा आफ्नै हलिउड ट्याटु पार्लरबाट उठाइन् । ट्याटु व्यवसाय त छ“दै थियो, व्यस्तता पनि उस्तै । यसका बाबजुद यिनी आफ्नो प्रतिभा मोडलिङ र एक्टिङ क्षेत्रमा समेत देखाउन कमर कसिन् । त्यही क्रममा यिनले केही चलचित्रमा भूमिका निर्वाह गर्नुका साथै टेलिभिजनमा समेत कार्यक्रम सञ्चालन गर्न भ्याइन् । करियर ग्याप बढदै गएकै बेला यिनले आफ्नै फेसन ब्रान्ड र मेकअप लाइन र आर्ट ग्यालरी तथा बुटिकसमेत सञ्चालनमा ल्याइन् । विभिन्न चर्चित सेलिब्रेटीस“ग क्याथरिनको रोमान्टिक सम्बन्धको चर्चा÷परिचर्चा पटकपटक विभिन्न सञ्चार माध्यमहरूमा आएकै छन् । कहिलेकाही“ यही कारणले विभिन्न विवादमा समेत मुछिन पुगिन् यिनी । तर, हरेस भने कहिले खाइनन् ।
३५ वर्षअघि मेक्सिकोको मोन्टेमारेलसमा अर्जेन्टियाली दम्पतीकी सन्तानका रूपमा जन्मेकी यिनी हाल अमेरिकी नागरिक हुन् । यिनले ६ वर्षको छ“दै पियानो बजाउन सिकेकी थिइन् भने शास्त्रीय गायनकी पारखी पनि बनिसकेकी थिइन् । क्याथरिन १२ वर्षकी छ“दा ‘पुंक रक ब्यान्ड’ का प्रस्तुतिहरू सुन्न खप्पिस भइसकेकी
थिइन् । त्यो उमेरमा यिनी आफ्नो अधिकांश समय मिसफिट्स र ¥यामोन्सलाई सुन्ने गरेकी थिइन् । १४ वर्षको उमेरमा यिनले आफ्नो खुट्टामा अंग्रेजीको ‘जे’ अक्षर लेखेर पहिलो ट्याटुको सुरुआत गरेकी हुन् । पछि उनको कलाकारितामा बिस्तारै चमक र आकर्षण बढदै गएको हो । केही समयपछि यिनले एउटा ट्याटु यन्त्र उठाइन् र आफ्ना एकजना साथीको शरीरमा मसिफिट्सको खप्पर बनाइदिइन् । त्यसपछि त यिनको खोजी व्यापक हुन थालेको हो ।
सन् १९९८ मा क्याथरिनले १६ वर्ष उमेरमा पढाइ छाडेर एकजना ट्याटु कलाकारका रूपमा आफूलाई स्थापित गर्नतिर पाइला चालेकी हुन् । त्यसैक्रममा एकजना व्यवसायीले आफ्नो पसल ‘सिन सिटी ट्याटु’ मा यिनलाई काममा राखेका थिए । केही वर्ष ‘ब्लु बर्ड ट्याटु’ र ‘इन्फिसन’ लगायतका नाम चलेका विभिन्न पसलमा पनि आफ्नो अनुभव र प्रतिभालाई चम्काउन काम गरेको क्याथरिनले अन्तर्वार्ताहरूमा बताएकी छन् । यिनी ‘ट्र्यु ट्याटु’ मा टिम हेन्ड्रिक्स, क्ले डेकर र सिरिस गार्भरजस्ता चर्चित ट्याटु कलाकारस“ग काम गर्ने अवसर पाइन् । तिनीहरूले नै यिनलाई आफ्नो भाग्यको परीक्षा गर्न ‘मिआमी इन्क’ मा काम गर्न आग्रह गरेका थिए । सन् २००५ मा यिनले मिआमीस्थित ‘३०५ इन्क’ लाई भाडामा लिएर सञ्चालन गरिन् । त्यहा“ यिनले दुई मौसम मात्रै काम गरिन्, त्यसपछि ‘टीएलसी’ मा रियलिटी टेलिभिजन शृंखला सञ्चालन गर्न थालिन् । यो काम यिनको मालिक अमी जेम्सलाई मन परेन, कामबाट हटाइदिए । केही दिन कामविहीनको अवस्थामा पुगेपछि लसएन्जेलस फर्कने निधो गरिन् । पछि त्यही“ आफ्नै पसल खोलिन्, नाम लिइन् ‘हाई भोल्टेज ट्याटु’ । जुन पछिसम्म चर्चित रह्यो । आफ्नो व्यवसायमा कसैको भनसुन खेप्न नपरेपछि उनले टीएलसीमा ‘एलए इन्क’ नामको टीभी शृंखला सुरु गरिन् । यसमा विभिन्न ग्राहकहरूबारेका ट्याटुका कथाहरू प्रसारण गरेकी थिइन् ।
सन् २००९ मा यिनले आफ्नो पहिलो पुस्तक ‘हाई भोल्टेज ट्याटु’ सार्वजनिक गरिन् । त्यसमा क्याथरिनले ट्याटु र आर्टवर्कबारे विस्तृत जानकारी समेटेकी छन् । उक्त पुस्तक ‘न्युयोर्क टाइम्सको बेस्ट सेलर’ मा छैटौं स्थान ग्रहण गर्न सफल भयो । एक वर्षपछि सन् २०१० मा यिनले अर्को पुस्तक ‘द ट्याटु क्रोनिकल्स’ प्रकाशित गरिन् । यो पुस्तक पनि ‘न्युयोर्क टाइम्सको बेस्ट सेलर’ मा तेस्रो स्थान कब्जा जमाउन सफल भयो । सन् २०११ को अन्त्यसम्ममा ‘एलए इन्क’ चारवटै मौसममा खुल्ने अवस्थामा पुग्यो । त्यसपछि यिनले टीएलसीको करार भंग गर्दै आफ्नो सो नचलाउने निर्णय गर्न पुगिन् । सन् २००८ मा साउदर्न क्यालिफोर्नियामा ‘मसइन्क ट्याटु’ सम्मेलन र संगीत महोत्सवको आयोजनामा यिनको योगदान महŒवपूर्ण रह्यो । त्यही वर्ष यिनले आफ्नो कस्मेटिक लाइन सेफोराका लागि ‘क्या भोन डी’ को सिर्जना गरिन्, त्यसलगत्तै यिनले आर्ट ग्यालरी र बुटिकसमेत सञ्चालनमा ल्याइन् ।
क्याथरिनले ‘पिम्प माई राइड’ (२००८), ‘ब्याम्स अनहोली युनियन’ (२००७), ‘एमएडीटभी’ (२००८) र ‘आई लभ जेन्नी’ (२०१३) जस्ता चर्चित च्याट सोज र टीभी शृंखला चलाइन् । सन् २००८ मा यिनले ‘ब्याम मर्गेरा प्रजेन्टस ः वेयर दि फक इज सन्ता ?’ र सन् २००९ मा ‘दि ब्लिडिङ’ लगायतका केही चलचित्रमा कलाकारको भूमिकासमेत निर्वाह गरिन् ।
यिनी आफ्नो कला÷व्यवसायमा यति सफल भइन् कि सेबास्टिन ब्याच, इरिक बालफोर, रियान डन, जेन्ना जेमेसोन, निकाले रिची, ट्र्याभिस बार्कर, ग्रिन डे, मिरा सर्भिनो र भिल्ले भालोजस्ता चर्चित सेलिबे्रटीलाई आफ्ना नियमित ग्राहक बनाउन भ्याएकी थिइन् । क्याथरिनको प्रतिभा यतिमै भने सीमित रहेन, सन् २००७ मा २४ घण्टामा सबैभन्दा धेरै ट्याटु बनाएको भन्दै ‘गिनिस वल्र्ड रेकर्ड’ नै कायम गर्न सफल भइन् । यिनले त्यस्ताका चार सयवटा ट्याटु बनाएकी थिइन् । पछि यिनको रेकर्ड तत्कालीन पति ओलिभर पेकले सन् २००८ मा तोडेका थिए । पेकले २४ घण्टाभित्र ४ सय १५ वटा ट्याटु बनाएका थिए ।
क्याथरिन आफ्नो कला÷व्यवसायमा सफल भए पनि वैवाहिक जीवनलाई सफल बनाउन सकिनन् । सन् २००३ मा ‘ट्र्यु ट्याटु’ मा काम गर्ने क्रममा ओलिभस“ग नजिकिएपछि विवाह गरिन् । तर, पछि क्याथरिनले सम्बन्ध विच्छेद गरिन् । सन २००८ मा अमेरिकी ‘रक ब्यान्ड मोटले क्र्यु’ का निक्की सिक्सस“ग डेटिङमा जान थालेकी थिइन् । सन् २०१० मा उनीस“ग पनि सम्बन्ध टुट्यो । सन् २०११ मा यिनले वेस्ट कोस्ट चोपर्सका प्रमुख कार्यकारी अधिकृत र टीभी व्यक्तित्व जेसे जेम्सस“ग इन्गेजमेन्ट गरिन् । आठ महिनापछि दुवैजना अलग्गिए । सन् २०१२ मा क्यानाडेली संगीतकार जोएल जिम्मरम्यानस“ग डेटिङ सुरु गरिन्, तिनीस“ग इन्गेजमेन्ट पनि गरिन् । सन् २०१३ मा दुवैबीच सम्बन्ध बिग्रियो ।
‘द फेमस पिपुल’ अनलाइनका अनुसार यिनको कुल सम्पत्ति १ करोड अमेरिकी डलर (१ अर्ब १ करोड ८२ लाख ५० हजार रुपैया“) रहेको छ । क्याथरिनको सम्पत्तिको स्रोत आफैंले सञ्चालन गरेको ट्याटु व्यवसाय÷कला, टीभी सोज र पुस्तकहरू रहेका छन् । मेक्सिकोमा जन्मेकी र अमेरिकामा हुर्केकी ३५ वर्षीया यिनले अझै पनि आफ्नो कामलाई निरन्तरता दि“दै आएकी छन् । कम उमेरमै सफलताको शिखर चुम्न सफल यिनको व्यावसायिक जीवन सा“च्चिकै धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ । (Soures: Published on KantipurDaily dated 29th Paush 2074/ 13th Jan 2018 (एजेन्सीहरू)



No comments:
Post a Comment