जुत्ता गन्हाउने समस्या बढी भएमा एउटा प्लास्टिक झोलामा जुत्तालाई हालेर फ्रिजमा पनि राख्न सकिन्छ । जुत्तालाई फ्रिजमा राख्दा गन्ध फैलाउने ब्याक्टेरियाको नष्ट हुन्छ ।
लामो समयसम्म #जुत्ता लगाउ“दा खुट्टाबाट अत्यधिक पसिना निस्केर #गन्हाउन सक्छ । एउटै मोजा लगातार धेरै दिनसम्म प्रयोग गरी जुत्ता लगाउ“दा पनि यो समस्या आउन सक्छ । खुट्टाबाट निस्कने पसिनाका कारण जीवाणु या ढुसी उत्पन्न भई जुत्ता गन्हाउने समस्या हुन सक्छ । जुत्ता गन्हाउने समस्याले तपाईको नजिकै कोही पनि बस्न रुचाउ“दैनन्, आफैंलाई पनि असजिलो महसुस हुन सक्छ । यो समस्याबाट मुक्त हुन दुई तरिका उपयोगमा ल्याउन सकिन्छ । एउटा प्राकृतिक तरिका र अर्को रसायनहरूको प्रयोग । ‘विकीहाउ’ र ‘वन्ली माई हेल्थ’ अनलाइन पत्रिकाले यो समस्या समाधानका लागि दिएका टिप्सहरू :-
- लामो समयसम्म तपाईले जुत्ता लगाउ“दा खुट्टामा पसिना आई गन्हाउने हुन्छ । तपाईको जुत्ताको इन्सोल (पाइताला) पसिनाले भिजेको छ भने त्यसलाई निकालेर बाहिर सुकाउनुस् । धेरै नै गन्हाउने भएको अवस्थामा नया“ इन्सोल फेर्नुपर्छ । यो इन्सोल ब्याक्टेरियाको वृद्धि रोक्नका लागि जुत्तामा प्रयोग गरिएको हुन्छ ।
- जुत्तालाई कहिलेकाही“ हिटर नजिक या घाममा राखेर सुकाउनुस् । जुत्ताको लेस फुकालेर यसको टङलाई बाहिर निकाली (भित्र रहेको सोल या कपडा) लाई माथि गरिदि“दा जुत्ता चा“डै सुक्छ । जुत्तालाई सधै सुक्खा राखेमा दुर्गन्थ पैदा गर्ने ब्याक्टेरिया वृद्धि कम हुन्छ ।
- एउटै मोजा लगातार धेरै दिनसम्म प्रयोग गर्नु हु“दैन । सम्भव भए, हरेक दिन मोजा परिवर्तन गरेर प्रयोग गर्नु राम्रो हुन्छ ।
- देवदार काठ (सेदार उड) बाट बनेको इन्सोलको प्रयोग गर्नुस् । यो एन्टीफंगल हुन्छ र गन्हाउने समस्याबाट बचाउ“छ । देवदारको गन्ध ताजा र हल्का हुने हु“दा दुर्गन्धलाई हटाउ“छ र ब्याक्टेरियाको बृद्धिलाई रोक्न सहयोग गर्छ ।
- जुत्ता गन्हाउने समस्या बढी भएमा एउटा प्लास्टिक झोलामा जुत्तालाई हालेर फ्रिजमा पनि राख्न सकिन्छ । राम्रो परिणामका लागि एक दिन घाममा पनि सुकाउनुपर्छ । जुत्तालाई फ्रिजमा राख्दा गन्ध फैलाउने ब्याक्टेरियाको नष्ट हुन्छ । तर, यो उपाय सबैलाई मन नपर्न पनि सक्छ ।
- फ्याब्रिक सफनर या कन्डिसनर सिटको प्रयोग गरेर पनि जुत्ताको गन्धलाई हटाउन सकिन्छ । एक या दुई फ्याब्रिक सफनर या कन्डिसनर सिट (जसलाई तपाई ड्रायरमा प्रयोग गर्नुहुन्छ) लाई हातले गोलो बनाएर जुत्ताभित्र राख्दा पनि गन्हाउने समस्याका समाधान हुन्छ । यसले भित्रको वाष्पलाई सोसेर लिन्छ ।
- स्टिम मेसिन या ड्रायर या वासरको स्टिम फिचरको प्रयोग गरेर पनि जुत्ता गन्हाउने रोगबाट उन्मुक्ति पाउन सकिन्छ । स्टिमको उपयोगबाट ब्याक्टेरिया या फंजाई हटाउन सहयोग पुग्छ । जुत्ता हल्का भिजेको जस्तो फिल भए प्रयोग नगर्दा राम्रो हुन्छ ।
- जुत्ताको भित्र ताजा सुन्तला, कागती या मौसमीको बोक्रा राख्दा पनि दुर्गन्ध हटेर जान्छ । यी फलहरूको बोक्रामा पाइने एसेन्सिय तेलमा राम्रो बास्ना हुन्छ । ताजा बोक्रालाई रातभरि आफ्नो जुतामा राख्नुपर्छ र जुत्ता लगाउने बेला यसलाई निकाल्नुपर्छ ।
- ल्याभेन्डर तेलको केही थोपा राखेर पनि जुत्ताको दुर्गन्धलाई हटाउन सकिन्छ । हरेक जुत्ताको सोलमा यसको दुई–दुई थोपा राख्नुपर्छ । यसमा जुत्ताको जीवाणुरोधक र दुर्गन्ध हटाउने गुण हुनुका साथै वास्नादार पनि हुन्छ ।
- एन्टी–फंगल फुट पाउडरको प्रयोग गर्न सकिन्छ । एन्टी–ब्याक्टेरियल स्प्रे पनि उपयोगमा ल्याउन सकिन्छ ।
- बेकिङ सोडाको प्रयोग पनि गर्न सकिन्छ । आफ्नो जुत्तामा रातभरका लागि यो पाउडर हालेर छाडिदिने, पाउडरले सबै दुर्गन्धलाई सोस्ने गर्छ । यो एउटा एन्टी–फंगल पाउडर पनि हो ।
- बेकिङ सोडालाइ जिंक अक्साइड पाउडरस“ग मिसाएर जुत्तामा हाल्दा यो दुर्गन्धनाशक, एन्टीफंगल पाउडर बन्छ । बेकिङ सोडा र जिंक अक्साइडलाई समान मात्रामा मिसाएर रातभरि जुत्ताभित्र राख्नुपर्छ । जिंक अक्साइडमा एन्टिब्याक्टेरियल र दुर्गन्धनाशक गुण हुन्छ । लगाउनुअघि यसलाई बाहिर फ्या“क्नु पर्छ ।
- स्टोरबाट खरिद गरी ल्याएको दुर्गन्ध हटाउने रसायनको पनि प्रयोग गर्न सकिन्छ । अधिकांश ती रसायनमा इन्जाइम हुन्छ जसले ब्याक्टेरियालाई नाश गर्छ ।
- जुत्तालाई रबिङ अल्कोहलले पनि साफ गर्न सकिन्छ । जुन जुत्तालाई धुन सकिन्न, त्यसका लागि कपालको गोला या सुती कपडालाई रबिङ अल्कोहलमा डुबाएर सफा गर्नुपर्छ । यसले जुत्ताको दुर्गन्धलाई सोस्नमा सहयोग गर्छ ।
- पानी र भिनेगारको प्रयोग गरेर पनि जुत्ताको दुर्गन्ध हटाउन सकिन्छ । आफ्नो जुत्तामा ५० प्रतिशत पानी र ५० प्रतिशत सेतो भिनेगारको मिश्रणलाई छर्नुपर्छ, यो मिश्रण आफ्नो जुत्ताको लाइनिङ र सोलमाथि छर्किने र फेरि ३० मिनेटका लागि हावामा सुक्नका लागि छाडिदिनुपर्छ । (एजेन्सी) (This tips published On Kantipur Daily dated 30th 2017,Special issue On Shoes Mela In Kathmandu)
No comments:
Post a Comment