आफूलाई घोर #मैथिली अभियानी(?) र #पाग(?)लाई सिंगो #मिथिलाको पहिचान भन्दै प्रचार गर्ने धिरेन्द्र झा ‘पे्रमर्सी’ ले आफ्नो फेसबुक वालमा १० घन्टा अघि ‘अपन माटि–पानिक आधारभूत जानकारीक लेल ई लिंक’ भन्दै एउटा विवादास्पद लिंक शेयर गरेका रहेछन् । त्यो सरसर्ती पढें, केही त्रुटिहरु समेत फेला पर्यो । यी त्रुटिहरुले झाजीको कथित अभियानप्रति मेरो मनमा अनेकौ शंकाहरु उब्जिएका छन् । मैथिलीको नाममा अनेकौं परियोजना संचालन गर्नेले मैथिली भाषाबारे के गलत या सही लेखिएको छ, त्यसको हेक्का नराख्नु दुर्भाग्य हो ।
या जानी–जानी झुठ अर्थात ‘आफ्नो माटो–पानीको आधारभूत जानकारी’ भन्दै शेयर गर्नु अर्को दुखद कु्रो हो । नपढिकनै सामग्री सार्वजनिक गर्नुले उनीमा जातियताको धङ्गधङ्गती उत्कर्षमा पुगेको पुष्टि हुन्छ ।
विश्वका भाषाहरुबारे अनुशन्धान र जानकारीहरु सार्वजनिक गर्ने ‘इथनोलोग’ ले आफ्नो अनलाइन संस्करणमा निम्म कुरा उल्लेख गरेको छ –
- ‘#मैथिली’ लाई एउटा भारतीय भाषा (अ लंग्वेज अफ इण्डिया) भनेर लेखेको छ ।
- मैथिली भाषाको ‘लोकेसन’मा विवादास्पद कुरा लेखेको छ । अनलाइनले लेख्छ ः बिहार राज्य, मुजफ्फरपुर पश्चिम, पुर्व कोसी पुर्वदेखि पश्चिम पुर्णिया जिल्ला, मुंगेर र भागलपुर जिल्ला दक्षिण तथा हिमालयको तल्लो भूभाग (फुटहिल्स) उत्तर, दिल्ली, कोलकात्ता, मुम्बई । जनकपुर, मधुवनी र दरभंगाको सांस्कृतिक, धार्मिक र भाषिक केन्द्रहरु । केही विदेशी भुभाग । यसमा नेपाल उल्लेख छैन । जनकपुर उल्लेख गरिएपनि सिंगो जंनकपुरमा मैथिली बोलिन्छ भनेर उल्लेख गरिएको छैन । केही निश्चित केन्द्रमा यो भाषा बोलिन्छ भन्ने आशयसहितको जानकारी छ । (हेर्नुस ः Bihar state: Muzaffarpur west, past Kosi east to west Purnia district, to Munger and Bhagalpur districts south, and Himalayan foothills north; Delhi, Kolkata, Mumbai. Cultural, religious, and linguistic centers are #Janakpur, #Madhubani and #Darbhanga. Many settled abroad..)
- भाषिक स्टेटसमा पनि बिहार राज्यको प्रान्तिय भाषा भनेर लेखेको छ ःM 2 (Provincial). Statutory language of provincial identity in Bihar State (1992, Constitution, Amendment 71). यहाँ पनि नेपाल कही उल्लेख गरेको छैन ।
- भाषिक वर्गिकरणमा पनि ‘इन्डो–युरोपियन, इन्डो–इरानियन, इन्डो–आर्यन, आउट लंग्वेजेज, इस्टर्न बिहारी ’ भनेर उल्लेख छ ।(Classification Indo-European, Indo-Iranian, Indo-Aryan, Outer Languages, Eastern, Bihari)
- मैथिली भाषा अन्तर्गत यसको बोलीहरु(डाएलेक्टस) मा #मगही, #बज्जिका, किसान, #देहाती, #ठेटिया, #जोलहा लगायतका समावेश गरिएको छ । तर हामी कहा गैर–मैथिल ब्राह्मणले बोल्ने भाषालाई मैथिली मानिएको छैन । ( -Dialects : Standard #Maithili, Southern Standard Maithili, Eastern Maithili (Khotta, Kortha, Kortha Bihari), Western Maithili, Jolaha, Central Colloquial Maithili (Sotipura), #Kisan, Dehati, #Bajjika, #Thetiya. Caste variation more than geographic variation in dialects. Functional intelligibility among all dialects, including those in Nepal. Reportedly most similar to #Magahi [mag]. Lexical similarity: 91% between Brahmin and non-Brahmin dialects.)
- ‘लङ्ग्वेज युज’ शिर्षकमा सबैभन्दा रोचक कुरो त के रहेछ भने यो भाषा ब्राह्मण र अन्य उच्च जाति वा शिक्षित हिन्दूहरुले बोलिने भनेर लेखेको छ ।...‘यसमा खास जातिको बर्चस्प छ’ भनेर पनि उल्लेख गरेको छ । गैर–ब्राह्मणले बोल्ने मैथिली भाषालाई हेलाको दृष्टिले हेरिन्छ ,-Language Use :Used by #Brahmin and other high caste or educated Hindus, who influence the culture and #language, and other castes. There is a Maithili Academy. Linguistics and literature taught at Patna University and at L. N. Mithila University in Darbhanga. Home, community. Mixed attitudes. Influenced by caste, ranging from superiority to resentment; #non-Brahmin speech viewed as inferior. Also use Bengali [ben], Bhojpuri [bho], English [eng], Hindi [hin], Nepali [npi].)
https://www.ethnologue.com/language/mai

No comments:
Post a Comment