- By Dinesh Yadav
काठमाडौं– विभिन्न शंका र अडलबाजीबीच वित्तीय बजार र विश्वव्यापी अर्थव्यवस्थाका लागि सन २०१७ सकारात्मक रह्यो । वर्षको उत्तराद्र्धमा उत्तर कोरियाको परमाणु धम्कीले युद्धको संकेत गरेपनि अर्थबजारमा त्यसको खासै प्रभाव परेको देखिएन । विभिन्न मुलुकका राजनीतिक उतारचढावले वित्त बजारमा नकारात्मक प्रभाव पर्नु स्वभाविक ठानिएपनि त्यसको खासै असर पारेन । यो वर्ष सबैभन्दा चर्चामा रह्यो, डिजिटल मुद्रा ‘बिट क्वाइन’ । विश्वका अधिकांश मुलुकले सरकारी स्तरमा मान्यता नलिएपनि क्रिप्टोकरेन्सीले रेकर्ड तोडरै उच्च विन्दूमा पुग्न सफल रहयो ।
‘बिजनेस इन्साइडर’ अनलाइनमा विल मार्टिन लेख्छन्, ‘वित्तिय बजार र विश्वव्यापी अर्थव्यवस्थाका लागि यो वर्ष राम्रो रहयो । २०१६ को उत्तराद्र्धमा अमेरिकामा ट्रम्पको राष्ट्रपति बनेपछि बजार धराशयी हुने, बेलायतमा बे्रक्सिटले मन्दी छाउने र इटालेली बैंकिङ प्रणालीको प्रभावपछि युरोजोनको पतन हुने जस्ता आशंकाले सन २०१७ मा खासै प्रभाव परेन ।’ उनले व्यापक मात्रामा सकारात्मक विकास र बढदो सेयर यो वर्षको आर्थिक कथाको प्रमुख अंश बनेको बताए । ‘यसो भनिरह“दा सन २०१७ मा अर्थव्यवस्था र वित्तिय बजार सुस्ताएकै छैन भन्ने हैन । केही परिघटनाहरु विश्व अर्थतन्त्रमा केही न केही प्रभाव पक्कै पारेकै छ,’ उनले लेखेका छन्, ‘ तर केही प्रमुख विन्दूहरुमा विश्व अर्थव्यवस्थाले फडको मारेको सत्य हो । फेडरल रिजर्भले आफ्नो कठोर चक्रलाई जारी राख्नु, बैंक अफ इंग्ल्याडले १० वर्षमा पहिलो पटक ब्याज दरमा वृद्धि गर्नु र बिटक्वाईनले अप्रत्यासित रुपमा गति लिनुलाई सकारात्मक पक्षका रुपमा लिन सकिन्छ ।
सन २०१७ को सबैभन्दा ठूलो वित्तीय कथा ‘बिटक्वाइन’को उल्का बृद्धिसंग जोडियो । डिजिटल मुद्रा (क्र्प्यिोकरेन्सी) सन २००९ यथावत थियो । सन २०१७ मा यसको पहिचानमा व्यापकतासंगै यो वास्तवमै मुलधारमा आउन सफल भयो । जनवरी १ मा बिटक्वाइनको प्रति एकाई ९ सय ८ अमेरिकी डलरमा कारोबार भएको थियो तर फास्ट फरवार्ड हुदै १२ महिनाभन्दा कम समयमै एक बिटक्वाईको मूल्य १८ हजार डलर अमेरिकी डलर भन्दा बढी हुन पुग्यो । ‘बिटक्वाइन’ले पारम्परिक वित्तीय संस्थाहरु र खेलाडीको बीच एउटा ठूलो विभाजनको रेखा कोर्न सफल भयो ।
विश्व बैंकको ग्लोबल जीडीपी तथ्यांक अनुसार सन २०१६ मा ७ सय ५० खर्ब ५० अर्ब डलर रहेको विश्व अर्थतन्त्रको आकार यो वर्ष ७ सय ८० खर्ब ४० अर्ब अमेरिकी डलर पुग्यो । सन २०१७ मा सबैभन्दा बढी ‘जीडिपी’ भएका पा“च मुलुकहरुमा अमेरिका, चीन, जापान, जर्मनी र फ्रान्स रहे । यी मुलुकहरुको कूल विश्व उत्पादन (जीडब्ल्युपी)मा आधाभन्दा बढी योगदान थियो । अमेरिका २५ प्रतिशत जीडब्ल्युपी अर्थात १ सय ९० खर्ब ४० अर्ब डलरका साथ पहिलो स्थानमा रहन सफल भयो । त्यसैगरि, दोस्रो ठूला अर्थव्यवस्था भएको मुलुक चीन हो , विश्वव्यापी जीडिपीमा उसको योगदान १४ दशमलव ९ प्रतिशत रहयो ।
ग्लोबल इकोनोमी वाचका अनुसार सन् २०१७ मा विश्वव्यापी अर्थव्यवस्थामा अमेरिका, एसिया र युरोजोनको विश्वको कूल ग्राहस्थ्य उत्पादन (जीडिपी) मा ६० प्रतिशत योगदान रहयो, जबकि पीपीपीका आधारमा २०१७ मा ७० प्रतिशत योगदान गर्ने अपेक्षा गरिएको थियो ।
छिमेकी मुलुक भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि यो वर्ष धेरै कठिन रहयो । बीबीसीका अनुसार एक वर्षअघि मात्रै भारत विश्वव्यापी अर्थतन्त्रको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको थियो । यो वर्ष भने त्यसलाई निरन्तरता दिन सकेन । भारतको आर्थिक नीतिमा प्रमुख दुई कारणले प्रभाव पर्यो । पहिलो , सन २०१६ को नोभेम्बरमा करीब ८६ प्रतिशत नगद कारोबार रद्द गर्नुले त्यसको प्रभाव यो वर्षको अन्त्यसम्म रही रहयो । दोस्रो, भारत स्वतन्त्र भएयताकै सबैभन्दा ठूला कर प्रणालीमा सुधारको घोषणा थियो । एकल वस्तु तथा सेवा शुल्क (जीएसटी) लागु गर्नुले संघिय र राज्यस्तरको करहरुमा असर ग¥यो । यसबाट भारतको अर्थव्यवस्था अपेक्षा गरे अनुसार फडको मार्न नसकेको हो ।
२०१८ पनि राम्रै हुने अनुमानपीडब्ल्यूसीको म्याक्रोइकोनोमिक्स टीमसम्मिलित ‘ग्लोबल इकोनोमी वाच (जीईडब्लु)’ ले सन २०१८ विश्व अर्थव्यवस्था र वित्तीय बजारका लागि सकारात्मक संकेत दिने खालको रहेको जनाएको छ ।विश्वव्यापी अर्थव्यवस्थालाई प्रभावित पार्ने रुझान र मुद्दाहरुको विश्लेषण जीईडब्लु विश्वको अग्रणी अर्थव्यवस्थका लागि नविनतम आर्थिक अनुमानहरुको विवरण सार्वजनिक गर्छ । उक्त संस्थाका अनुसार अगामी वर्ष विश्व अर्थव्यवस्थाको बृद्धि आफ्नो ट्रयाकमा आउने भविष्यवाणी गरेको छ । सन २०११ यताकै सबै भन्दा द्रुतगतिमा आर्थिक सुधार हुने दाबी आफ्नो रिपोर्टमा गरेको छ । पर्चेचिङ पावर प्यारिटी (पीपीपी) का आधारमा विश्वव्यापी अर्थव्यवस्था ४ प्रतिशतले वृद्धि हुने उसले जनाएको छ ।अगामी वर्ष इजी मनि (सजिलो मुद्रा) को अन्त्य हुने जीईडब्लुले जनाएको छ । फेडर रिजर्भले विस्तारै आफ्नो व्यालेन्स सिट र बैंक दर बृद्धिको आधारलाई घटाउन थाले यता यसलाई कसले पछ्याउने भन्ने प्रश्न खडा गरिदिएको थियो । युरोपियन सेन्ट्रल बैंक(इसीबी) ले सन २०१८ मा मासिक सम्पति खरिदलाई घटनाउने अपेक्षा उसको छ । जीइडब्ल्युले भनेको छ, ‘यदि हाम्रो अनुमान सही भएको अवस्थामा सन २०१८ मा इसीबीले सम्पति खरिद कार्यक्रमलाई समाप्त गर्न सक्छ । जापानमा भने मौद्रिक नीतिमा नाटकिय रुपान्तरण हुने कुरा सोच्न सकिन्न तथापि ‘जी ७’ को कठोर मौद्रिक नीतिले यसका कारण उत्पन्न हुने अन्तरलाई केही हदसम्म कम गर्न सक्नेछ ।’जीइडब्लुको अर्को भविष्यवाणी ऊर्जासंग सम्बन्धित छ । उसले सन २०१८ मा विश्वव्यापी अर्थव्यवस्था सबैभन्दा ठूलो र ऊर्जाको भोक बढी हुने जनाएको छ । विश्वव्यापी अर्थव्यवस्थाको लगभग ६ सय वर्गमिटर ब्रिटिश थर्मल युनिट (बिटियू) को उपभोग गर्छ, जुन १९८० को भन्दा निक्कै उच्च हो । भारत र चीन एकै साथ विश्वव्यापी ऊर्जाको लगभग ३० प्रतिशत उपभोग गर्नेछ, जुन अफ्रिकी महाद्विपको तुलनामा झण्डै ६ गुणा बढी हुनेछ । नविकरणीय ऊर्जाको दिशामा विश्वका विभिन्न मुलुक अघि बढ्ने निश्चितप्रायः छ ।विश्व आर्थिक परिदृश्यका आधारमा सन २०१८ मा अमेरिका र जापानमा सुस्ताएको अर्थव्यवस्था फेरी आफ्नो बाटोमा आउने लख काटिएको छ । आर्थिक सहयोग तथा विकास संगठनका अनुसार जापान र अमेरिकाको अर्थव्यस्थामा १० देखि २० प्रतिशतसम्म सकारात्मक परिवर्तत आउन सक्छ । भारतको अर्थव्यवस्था विगतको नोटबन्दी र जीएटीको प्रभावबाट मुक्त हुन सक्ने संचार माध्यमहरुले जनाएका छन । यसैगरि चीनको अर्थव्यस्था पनि अपेक्षाकृत सुस्ताएकोले सन २०१८मा फेरी गति लिन सक्छ । यदि विश्वमा शान्ति कायम रहेमा, विश्वलाई कुनै पनि भू(राजनीतिक तथा ठूलो प्राकृतिक संकटको सामना गर्न नपरेमा र कच्चा तेलको मूल्य स्थिर रहेमा सन २०१८ आर्थिक दृष्टिले विश्वका लागि राम्रो हुने सम्भावना छ । (sources :my article published on Kantipur Daily Dated 1th January 2018)

No comments:
Post a Comment