- दिनेश यादव
सन् २०१७ मा विभिन्न प्रविधिहरुको विकास भए । ती सबै अगामी केही वर्ष शक्तिशाली नै रहने छन् । केहीले विश्वको अर्थव्यस्थालाई प्रभावित पार्ने छन भने केहीले राजनीतिलाई । गत वर्ष औषधी विज्ञानका लागि पनि त्यति नै महत्वपूर्ण रहयो , थप औषधीहरु विकसित गर्ने मार्ग प्रशस्त भयो । यति मै सीमित रहेन अघिल्लो वर्षका प्रविधिहरु । हाम्रो सभ्यतालाई प्रभावित पार्ने खालका अविष्कारहरु सार्वजनिक भए । रोबोटिक दुनियाँमा कृर्षिम मानवयन्त्र ‘सोफिया’ ले नागरिकता पाईसकेकी छन, अब तिनले बच्चा जन्माउने माग चाहना व्यक्त गरेकी छन् । उत्ता ‘स्याम’ नाम गरेका मानव यन्त्रको अविष्कार भयो । त्यसले चुनावै लड्ने चाहना व्यक्त गरिसकेको छ । उसको चाहना पुरा गर्नका लागि वैज्ञानिकहरु अहोरात्री खटिरहेका छन् । रोबोटिक ‘स्याम’लाई समाजिक संजाल मार्फत् लोकव्यवहा र आचरणका लागि प्रशिक्षण दिँइदैछ । मानव बृद्धिको चमत्कारको कुराहरु पनि खुबै चर्चामा रहे । यसलाई केहीले मानव सभ्यताका लागि चुनौति भएको समेत भन्न भ्याई सकेका छन् । के र कस्ता चुनौति आउन सक्नेबारे अनुशन्धान हुँदा कृर्तिम बृद्धियुक्त यन्त्रले वास्तविक मानिसको कामलाई सजिलो बनाउने भएपनि रोजगारी र अवसर नखोस्ने निष्कर्ष निकालिसकेको छ । यी त चर्चित प्रसंगहरु भए । केही यस्ता प्रविधिहरुको अविष्कार, त्यसको परिक्षण र आधारभूत संरचनाका निर्माण गर्ने अवसर समेत सन २०१७ ले प्रदान गर्यो । त्यहाँ केही महत्वपूर्ण प्रविधिहरुको खुलासा हुन थालेको छ , अन्यको खुलासा हुन दशक लाग्न सक्छ । अझ नया नयाँ प्रविधिहरु थप्ने क्रम जारी छ । तर ती सबैको जानकारी राख्नु चाही पर्छ । ‘टेक्नोलजीरिभ्यू’ अनलाईनले सन २०१७ का ‘ब्रेकथ्रु टेक्नोलजिज’ को समिक्षा सार्वजनिक गरेको छ ।
![]() |
| paralysis stoppern |
उक्त अनलाइनका अनुसार विश्वका प्राविधिक तथा वैज्ञानिकहरुले सन २०१७ मा पक्षाघातमाथि विजय हासिल गर्ने उपकरण अविष्कार गर्न सफल भए । उपयोग मस्तिष्क प्रत्यारोपणबाट मेरुदण्डमा लागेको चोटका कारण निस्क्रियताको अवस्थामा पुगेको मानिसको अंगलाई पुर्नस्थापन गर्नमा यो प्रविधिको उपयोग गरिने छ । यो ऐतिहासिक अविष्कारले मानिसको ‘स्पाइनल कर्ड’ संग सम्बन्धित विभिन्न समस्याहरुको समाधान गर्न सहयोग पुग्ने विश्वास बैज्ञानिकहरुको छ । उक्त उपकरणको सफल परिक्षण भइसकेको छ । अगामी १० देखि १५ वर्षसम्म यो बजारमा आउने छन् ।
![]() |
| Driverless Truck |
यसैगरि सन २०१७ को अर्को उपलब्धि भनेको चालकविहीन ट्रक पनि एक हो । विश्वका विभिन्न मुलुकमा ट्रकका चालकमा मासिक करोडौ रुपैयाँ खर्चिदै आएको छ । यो खर्चलाई कसरी कटौति गर्न सकिन्छ भन्ने उद्देश्यका साथ बैज्ञानिकहरुले यो क्षेत्रमा क्रियासिल भए । यसमा केही सफलता समेत हात पारिसकिएको छ । एमआईटी टेक रिभ्युका अनुसार अगामी केही वर्षमा अमेरिकी सडकमा चालकविहीन ट्रयालर–ट्रक छयाप्छयापी गुडेको देखिने छन् । यो प्रविधि कार्यान्वयनमा आएपछि अमेरिकामा रहेका १७ लाख ट्रक चालकको रोजीरोटी गुम्ने खतराप्रति चिन्ता व्यक्त गर्न थालिएको छ ।
चीनमा गत वर्षदेखि आफ्नो अनुहारबाटै बिल भुक्तानी गर्ने प्रणाली संचालनमा ल्याइए । यसलाई पनि सन २०१७ को ‘ब्रेकथ्रुटेक’ का रुपमा चर्चा गरिएको छ । यो प्रविधिले बिल भुक्तानीका साथै विभिन्न सुविधाहरुमा पहूँच बढाउन र अपराधीको समेत पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । हालका लागि चीनमा एक अर्ब अमेरिकी डलरमा स्थापित ‘फेसप्लसप्लस’ कम्पनीको भवनमा प्रवेश गर्ने क्रममा यसको अनुभव गर्न सकिने छ । यसमा आफ्नो अनुहार एक पटक परिसकेपछि त्यसमा जडान गरिएको सफट्वेयरले ८३ वटा जति कोणहरुबाट तपाईका तस्बिर क्याच गर्न सक्छ । त्यसपछि तपाईको सबैखाले गतिविधिको रेकर्ड र निगरानी गर्नेछ । तपाई जुनसुकै कोठामा भएपनि त्यसले तपाईलाई नियालिरहने छ । चीनमा यो प्रविधिको प्रयोग गरि ‘अलिप’े मार्फत रकामान्तर समेत गर्न सकिन्छ । अलिपे एउटा मोबाइल भुक्तानी एप हो, चीनमा हाल १२ करोड मानिसले यो एपका उपयोग गर्छन । चीनमा सवारी साधन उपलब्ध गराउने कम्पनी ‘दिदी’ को ग्राहकलाई आफूले यात्रा गरिरहेको सवारीको चालक ठीक छन या छैनन भन्ने जानकारी पनि दिने हँुदा यो प्रविधिको विश्वसनियता बढेको हुन सक्छ ।
त्यस्तै, ‘व्यवहारिक क्वान्टम कम्प्युटर’ पनि सन २०१७ अर्को उपलब्धि हो । गुगल, इन्टेल र अन्य विभिन्न अनुशन्धान समूहले हालसम्म कल्पना नै नगरिएको कम्प्युटरको विकास भयो । अगामी पाँच वर्षभित्रै उक्त कम्प्युटर व्यवसायिक रुपमा बजारमा ल्याउने तयारी अघिल्लो वर्ष नै थालियो । एउटा डच रिसर्च संस्थाले यसको अविष्कार गरेको हो । यो कम्प्युटरले डिजिटल लेखन, पदार्थ विज्ञान, औषधी अनुशन्धान र कृर्तिम बुद्धिका लागि महत्वपूर्ण बरदान सावित हुने दाबी गरिएको छ । हाल यसको विकासमा गुगल,आईबीएम, इन्टेल र माइक्रोसफ्ट जस्ता कम्पनीले संस्थागत लगानी गरेको संचार माध्यमहरुले जनाएका छन ।
![]() |
| 360 Degree Selfie euipment |
चारैतिरको फोटो सजिलै लिन सक्ने गरि ‘३६० डिग्री सेल्फी’ क्यामेराको युगमा अघिल्लो वर्ष हामी प्रवेश गर्न सफल भयौं । अमेरिकाको म्यासाच्युसेटुसको एउटा जंगलबाट एक जना अनुशन्धानकर्मीले यो क्यामेराको सफल प्रयोग गरे । ३६० डिग्री कोणमा तस्बिर खिच्ने यो क्यामेराको प्रयोग गर्दा वेबसाईटका प्रयोगकर्ताले आफ्नो माउसको कर्सर या स्मार्टफोनमा औला चलाउँदा जमिनदेखि छतसम्मको सबैभागको तस्बिर आफूसंगै खिच्ने सक्छन् । भर्चुअल रियलिटी(भीआर) को उपयोग गरेर यसको अनुभव लिन सकिन्छ ।
अर्को चमत्कारिक अविष्कार हो, तातो सौर्य कोष(हट सोलार सेल) । तापलाई प्रकास केन्द्रित किरणमा परिवर्तन गर्ने यो नयाँ सौर्य यन्त्र हो । यसले अत्यन्तै सस्तो र लगातार लामो समयसम्म ऊर्जा उपलब्ध गराउने क्षमता राख्छ । सोलार प्यानेलहरुले धेरै जमिन र घरका छतहरु ओगटने गरेको तथा यो क्रम नरोकिने भएपछि प्राविधिकहरुले हट सोलार सेलको अनुशन्धान गरेका हुन । म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीमा सन २०१७ मा सफल परिक्षण गरिएको यो सेल परम्परागत सौर्य ऊर्जा भन्दा दोब्बर बढी क्षमताको भएको दाबी गरिएको छ । प्राविधिकहरु अगामी १० देखि १५ वर्षभित्र यसलाई व्यावसायिक रुपमा बजारमा ल्याउने सोचका साथ काम गरिररहेका छन् ।
सन् २०१७ वंशाणुगत समस्या (हेरेडिटी डिसअडर्स) भएकाहरुका लागि बरदान सावित भयो । वैज्ञानिकहरुले बिरलै देखिने वंशाणुगत रोगको उपचारका आधारभूत समस्या समाधान गर्न ‘जीन थेरापी २.०’ विकसित गर्न सफल भए । यो उपचार प्रविधिलाई क्यान्सर, मुटु रोग र अन्य सामान्य रोगहरुमा पनि प्रयोग गर्न सकिन्छ कि भन्नेबारे वैज्ञानिकहरु अनुशन्धानमा जुटेका छन् ।
सन २०१७ मा ‘बोटनेट्स अफ थिङ्ग’ ले प्रभाव पार्ने क्षेत्ररुको पहिचान गर्यो । खासगरि घरेलु उपकरणहरुलाई लगातार इन्टरनेटमा जोडिदै जादा ती खतरायुक्त हुने छैनन तथा त्यसले नकारात्मक प्रभाव पार्न सक्ने पुष्टि भइसकेको छ । यो प्रविधि हाल उपलब्ध छ । झण्डै १० वर्षदेखि ‘बोटनेट्स’ को उपस्थित छ । ह्याकरहरुले २००० मा इन्टरनेटको माध्यमबाट कम्प्युटरमा प्रवेश गरी एकीकृत प्रणालीको माध्यमबाट त्यसलाई सामुहिक रुपमा कब्जामा लिने गरेको छ । ह्याकरहरु ठूलो बोटनेटस बनाएर कम्प्युटरमाथि आक्रमण गर्न सफल भएको छन । (Published on Kantipur Online dated 24th Paush 2074)
https://www.kantipurdaily.com/technology/2018/01/08/20180108170839.html



No comments:
Post a Comment