Saturday, 21 February 2015

पूर्वराजा ज्ञानेन्द्रसँग कांग्रेस र एमालेको साँठगाँठ : उपेन्द्र


मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । ज्ञानेन्द्रसँग कांग्रेस र एमाले  गोप्य सहमति भएको भन्दै उनले त्यसको भण्डाफोर गर्नु पर्ने बताए ।  शुक्रबार(2071/11/08) रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा फोरम नेपालका अध्यक्ष यादवले भने-‘पूर्वराजासँग विगतमा के सहमति भएको हो त्यसको खुलासा हुनुपर्छ ।’ कांग्रेस र एमालेले नै बेबि किङ, सेरेमोनियल किङको विषय उठाएको र पहिलो संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणामा पनि आनाकानी गरेको भन्दै उनले गोप्य सहमति भएको बुझ्न सकिने बताए । कम्युनिष्ट पार्टीको महासचिव भएर माधवकुमार नेपालले प्रधानमन्त्रीका लागि दरबारमा निवेदनदिने देखि दाम चढाउने सम्म गरेबाट साँठगाँठ प्रष्ट भएको बताए । सत्ताका लागि कांग्रेस र एमालेले जे सुकै गतिविधि गर्ने गरेको आरोप लगाउँदै उनले विगतमा अपनाएको हथकण्डा पर्दाफास हुने भयले आत्तिएको बताए । इतिहासको वास्तविक घटनालाई कसैले लुकाएर नलुक्ने भन्दै फोरम अध्यक्ष यादवले जनताले कांग्रेस र एमालेको वास्तविक चरित्र थाहापाउन धेरै समय नलाग्ने बताए । फोरम अध्यक्ष यादवले बहुमतको दम्भ देखाए आन्दोलनले देशको भविष्य तय गर्ने बताए । सहमतिबाट संविधान जारी गर्नुको विकल्प नभएको भन्दै उनले भने-‘जुन बाटो रोजेपनि उहाँहरु (कांग्रेस-एमाले) लाई विकल्प खुल्ला छन्, जनपक्षीय संविधान बनाए विपक्षीको केही लाग्दैन, जनविरोधी संविधान बनाए हामी विद्रोहमा जान्छौं ।’ बहुमतलाई मान्नु हुन्न भन्ने प्रश्नमा उनले भने-‘निरंकुश पञ्चायतले जनमत संग्रहमा जित हासिल गरेको थियो, अहिले त्यसको जिम्मेवारी लिने कोही छैन ।’ कांग्रेस-एमाले शीर्ष नेताहरुले सार्वजनिक रुपमा विगतका सहमति-सम्झौता मान्दैनौं भन्न थालेको र यसले दलहरुबीच विश्वासको वातावरण नबनेको बताए । फोरम अध्यक्ष यादवले कांग्रेस र एमाले संविधान जारी गर्न सक्षम नभएको आरोप लगाए । ‘हामीले त संविधानसभा बहिष्कार गरेका थियौं तर, उहाँहरुले दुईतिहाई हुँदाहुँदै पनि संविधान जारी गर्न सक्नुभए’ उनले भने-उहाँहरुको फूर्ति एक दुई दिनमै कहाँ हरायो ?’  Source : http://www.onlinekhabar.com. 2071 Falgun 08



No comments:

Post a Comment