Saturday, 21 February 2015

मधेसमा दुई वटा राजनीति धार :महन्थ ठाकुर

Mahanth Thakur 

राजविराज–तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) अध्यक्ष महन्थ ठाकुरले मधेसमा दुई वटा राजनीति धार रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘एउटा छुट्टै मधेस राष्ट्रको र अर्कोचाहि“ यही राष्ट्रमा मधेस प्रदेश तर मधेस प्रदेश नभए अलगाववाद हाबी हुनेछ ।’
आफूहरूको मुख्य माग संघीयतासहितको संविधान र मधेस प्रदेशमा पहाडी जिल्लाहरू नगाभ्ने भएको ठाकुरको भनाइ थियो । ‘हाम्रो यो अहिलेको माग होइन, गिरिजाबाबु, माधव नेपाल र पुष्पकमल दाहालसमेतले हस्ताक्षर गरेको सम्झौतामा उल्लेख छ, अन्तरिम संविधानमा पनि मधेस स्वायत्त प्रदेश हुने लेखिएको छ, त्यही सम्झौता पूरा गर्नुपर्ने हाम्रो अहिलेको माग हो ।’ संविधान निर्माण नभए
मुलुकमा ठूलो खतरा निम्तिने शंका व्याप्त रहेकाले विगतका सम्झौताहरूलाई कार्यान्वयन गरी सहमतिमै संविधान बनाउनुपर्ने अध्यक्ष ठाकुरको भनाइ छ । (Kantipur daily, Purwanchal Edition, 2071 Falgun 9)

No comments:

Post a Comment