![]() |
| Published in Kantipur Gulf Edition, 2071 Magh 15 |
(दिनेश यादव)---
मैथिलीमा एउटा भनाई छ, ‘जस दुल्हा तस बने बाराता’ अर्थात बेहुला जस्तै जन्ती बन्नुपर्छ । तराई–मधेसमा बेहुलाले जन्तीले समयमा खायो/खाएन ध्यान दिएन भने जन्तलाई समस्या पर्छ, अनि होहल्ला हुन्छ, जन्तीले विद्रोह गर्छ । अहिले मधेसको राजनीति थ्याक्कै त्यस्तै छ । मधेसी नेताहरूले जनताको भावना बुझेर काम गरेनन्,सत्ताको खेलमा लागे । मधेस विद्रोहको ‘म्यान्डेड’लाई सत्ता बार्गेनिङको औजार बनाएकाले दोस्रो संविधानसभामा जनता मधेसी नेताका विरुद्ध मतदान गरे । पहिलो संविधानसभा भरी संविधान बनाउनुको साटो सत्तालिप्साको खेलमा लागेर मधेसी नेताहरु गन्ह्याए, परिणाम निर्वाचनमा देखियो । आफूलाई अमुक दलका नेताहरु र समग्र मधेसको ठेकेदार ठान्नेहरु पनि लाजास्पद हारको सामना गर्नु प¥यो । पहिलो संविधानसभाको जनाधारलाई उपेक्षा गर्ने अनि अहिलेको जनादेशलाई नमान्ने नेताहरु बलमिचाई गर्दै हिडेका छन् ।
जनता नामक जन्तीले मधेसी नेताविरुद्ध विद्रोह गरे । त्यसैले त आफ्नै क्षेत्रमा पनि नेताहरु पराजित भए, जित्नेहरुको पनि निकटम प्रतिद्वन्द्वी भन्दा झिनो मतान्तर मात्रै पाए । मधेस विद्रोहका बेला ५२ जनाले सहादत पाए , उनीहरुलाई सहिद घोषणा गरियो । हुनत, मधेस विद्रोह मात्रै होइन, नेपालको हरेक आन्दोलनमा ठूलो संख्यामा मधेसी समुदायले सहादत प्राप्त गरेका छन् । नेकपा(माओवादी) का संयोजक मातृकप्रसाद यादवका अनुसार माओवादी जनयुद्ध ताका १४ सय मधेसीले बलिदान दिएको तथ्यांक छ । उनी भन्छन्, ‘ सात सय त थारु समुदायबाटै छन् , ती सबैलाई सहिद घोषणा गर्नुपर्छ ।’ जनयुद्ध र मधेसी जनविद्रोह भएको पनि वर्षौ भइसक्यो । तर, नेताहरुले ‘खोला त¥यो, लौरो विर्सयो’ जस्तो स्थितिमा पुगेका छन् । केही दलहरु सत्तामा गएपछि उनीहरुमा आफन्तबाद, पैसाबाद, पदबाद हाबी भयो । आन्दोलनमा सहिद बनेकाहरुको बलिदानलाई विर्से, उनीहरुको परिवारको दुःख र पीडालाई कम गर्ने प्रयास गरेनन । घाइतेहरुको अवस्था त अझै बेहाल छ । उनीहरुको पीडा सुनिनसक्नु छ, नेताहरु उनीहरु उनीहरुसंग सहानुभूति सम्म राख्ने भ्याएन, सत्तामा पुग्दा । अहिले त सत्तामा नरहेको अवस्थामा सहानुभूति राख्ने कुरै भएन । अझ दोस्रो संविधानसभाको निर्वाचनपछि समानुपाति सभासद छनौटमा पत्निवाद,पैसाबाद बढी हावी भयो । यसले उनीहरु धेरै आलोचित बने, भए । नेताहरुको आलोचना अझै जारी नै छ । सबैभन्दा दुःखको कुरो त के देखियो भने २०६३÷०६४ को मधेस आन्दोलनपछि भएको निर्वाचनमा मधेस केन्द्रित तीन पार्टी रहेकोमा सत्ताको खेलमा लाग्दा झण्डै दुई दर्जन पार्टी बने । कोही सद्भावना त कोही फोरम अनि कोही तराई–मधेसको ‘ट्याग’ झुण्ड्याउदै पार्टी खोले । ती पार्टीहरुमा कुनै एकल नेतृत्वमै रहे भने कुनै त दुई÷चार नेताको वरपर केन्द्रित भई आफ्नो क्रियाशिलता देखाउन भ्याए । मधेस विद्रोहको आठ वर्षमा धेरै नेताहरु आ–आफ्नो सिद्धान्तहरुबाट स्खलित भइसकेको अवस्था छ । पहिले ५० प्रतिशतभन्दा बढी मन्त्री मधेसी रहदा केही नगर्नेहरु अहिले आफुहरु सत्तामा नरहेकाले केह ीगर्न नसक्ने अवस्था रहेको भनाई राख्नुको कुनै तुक छैन । कमजोर हालतमा केह ीगर्न नसक्ने स्वभाविकै हो । तर शक्ति सञ्चयकै लागि अनेकौ गठबन्धन वा मोर्चा बनाउनु पनि ठीक होइन । पहिलो संविधानसभा विघटनका साक्षी बनेकाहरु आफूहरु बहुमतमा हु“दा संविधान जारी गर्न सकेनन् तर अहिले बहुमतिय प्रणालीको विरोध गर्नुको कुनै तुक र अर्थ छैन । त्यसो त संविधान एउटा सहमतिय दस्तावेज बन्नु पर्छ, सबैले हाम्रो र राम्रो संविधान भन्ने स्थितिको सिर्जना हुनु पर्छ । तर, यसको नाममा भत्ता पच्चाउनकै लागि संविधानसभाको म्याद लम्ब्याएर बन्धक बनाउन पाइदैन । आठ वर्षको मूल्यांकन कसरी गर्नु भा’छ भन्ने प्रश्नमा मधेसी नेताहरु भन्छन्, ‘संघियता, समावेशिकता र मधेसीलगायतका वहिष्करण तथा विभेदमा परेका समुदायको पहिचान आफुहरुकै आन्दोलनबाट प्राप्त भएको हो । हो, हामीले त्यसलाई संस्थागत गर्न सकेका छैनौं, प्रयासमा छौ, तत्कालै त्यो संस्थागत नभएपनि त्यो कुनै कालखण्डमा भएरै छाड्छ, किनभने त्यसका लागि हामीले धर्सो तानिसकेका छौ । ’ तर मधेसका मतदाताहरु भने त्यो मान्न तयार छैनन् । उनीहरु मध्ये केहीको तर्क छ, ‘परिवर्तन वा रुपान्तरण त हुनेखाने समुदाय,जाति, वर्ग, व्यक्ति र नेताहरुको मात्रै भएको छ, पञ्चायतकालमा पनि तिनैले अवसर लिए, लोकतन्त्रमा पनि उनीहरुकै हाली मुहाली छ , संविधान हामीलाई चाहिएको हो, तर नेताहरु आफ्नो निर्वाचन क्षेत्र सुरक्ष ागर्ने ध्याउन्नमा लागेका छन् , यो नै दुर्भाग्य हो । ’ अझ विश्लेषकहरुको कुरो सुन्ने हो भने उनीहरु भन्छन्, ‘मधेसीहरु पहिले पनि विभाजित थिएनन, अहिले पनि छैनन्, त्यसैले त समाचखेवा, छठ, दुर्गापुजा, दियावाती, हनुमानपुजा, झिझियालगायतका पर्वहरु एकजूट भएर बनाउ“छन् , यी पर्वहरुमा कुनै विभाजनको रेखा कोरिएको छैन । मिथिला, भोजपुरा, अवधलगायतका हरेक क्षेत्रमा यी सांस्कृतिक अवसरलाई धुमधामका साथ मनाउछन्, विभाजन त नेताहरुमा छ, जनता त एकजूटनै छन् । ’
![]() |
| Laathi Julush |
माघ ५ को बलिदानी दिवसमा राजधानीमा आयोजित कार्यक्रममा नेता, कार्यकर्ता, बुद्धिजीविलगायतले यस्तै मिश्रित प्रतिक्रिया व्यक्त गरे । तर नेताहरुले आ–आफ्नै तर्क र विचार प्रस्तुत गरे । कसैले मधेसीहरु एकजूट भएर कडा रुपमा प्रस्तुत हुनु पर्ने बताए भने केहीले लचिलो बन्दै आफ्नो मुद्दामा अघि बढ्नु पर्ने जनाए । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता, जुडिसियरीलगायतका मुद्दामा कन्डिसनल सहमति भएपनि त्यो अझै लिखित हुन नसकेको बताए । ‘मधेसीलाई फेसलेस बनाइएको
अवस्था छ, हामी आफ्नो लागि आफै निर्णय गर्ने हैसियतमा छैनौ, यो नै हाम्रो समस्या हो ’ उनले भने, ‘मिथिला, अवध, विराट, जनक, बुद्धले मधेसको अस्तित्व नेपालको नामाकरण हुनुभन्दा अघिनै थियो, तर हाम्रो विगतको इतिहासलाई चुनौति दिदै मधेस र मधेसी छैनन भन्नेहरु निस्किएका छन् । ’ अध्यक्ष ठाकुरले विगत आठ वर्षमा मधेसी दलहरुले पटक–पटक सहमति र सम्झौता गर्दै अघि बढेको बताए । ‘तर, सेकेण्ड फ्लोरमा एकै पटक हाम फालेर जान सकिन्न’ उनले भने । नेकपा(माओवादी) का संयोजक मातृका यादवले मधेसी नेताहरुले विगत आठ वर्ष अवधिमा पद पाएपछि जनताको बलिदान विर्सेकाले मधेसको स्थिति नकारात्मकतिर गएको बताए । ‘ मधेस र भित्रै मधेस नेपालमा मात्रै छ, तर सत्ताधारीहरुले त्यसलाई स्वीकार गरिरहेको छैन ’ उनले भने, ‘ जनआन्दोलन, मधेस विद्रोह वा अन्य आन्दोलनका उपलब्धिहरु रक्ष ागर्न फेरी पनि आन्दोलनकै आवश्यकता छ, त्यसका लागि सबै एकजूट हुन जरुरी छ । ’ संघियत सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाको विचार भने अलिक फरक छ । उनी भन्छन्, ‘पहाडी समुदायको एउटा मात्रै जिम्मेबारी छ, लोकतन्त्र वा प्रजातन्त्रको रक्षा गर्नु । तर, मधेसी नेतामाथि लोकतन्त्र र मधेसवादलाई रक्ष ागर्ने दुई वटा दायित्व रहेकोले समस्या भएको हो । तर समस्या समाधानका लागि जुठो वीष सेवन गर्नबाट नेताहरु सचेत रहनुपर्छ, जुठो विष सेवन कसैले गर्दैन ।’ झाले संविधान ५०/१०० वर्षका लागि मात्रै नभएकाले मधेसमैत्री संविधान अपरिहार्य विषय हो, क्षतविक्षत मधेस स्वीकार्नुको साटो आन्दोलन जानु पर्ने बताए ।
![]() |
| Dhoti Julush |
| (Published in Kantipur Gulf Edition, 2071 Magh 15) |



No comments:
Post a Comment