Thursday, 19 February 2015

विकराल बन्दै ‘दहेज प्रथा’



दिनेश यादव (Dinesh Yadav) ---भाषापिच्छे ‘दाइजो’ शब्द फेरिएको पाइन्छ तर दाइजोजन्य पीडा भने उस्तै छ । कही यसलाई ‘दहेज’ त कही“ ‘वर–दक्षिणा’, केही समुदायले ‘तिलक’ त अन्य केहीले ‘जहेज’ नाम दिएका छन् । नाम जेसुकै दिएपनि हाल यो सामाजिक कूरुती र कुसंस्कृतिका रुपमा विकसित हु“दै गएको छ । तराई–मधेस क्षेत्रमा त ‘दहेज’संग सम्बन्धित समस्याले विकराल रुप लिइसकेको छ । यसलाई रोक्न वर्षौदेखि जनचेतना कार्यक्रम पनि हु“दै आएका छन् । दहेज न्यूनिकरणका नाममा दर्जनौ संस्था त्यहा“ क्रियाशिल छन् । ‘दहेज प्रथा’ विरुद्ध ती संघसंस्थाहरूले समय–समयमा गोष्ठि, अन्तरक्र्रिया, सांस्कृतिक कार्यक्रम , नाटक र अभियान गर्दै आएका छन् । ती सबै सहर केन्द्रित  छन्, गाउ“का बासिन्दा ती कार्यक्रमहरुबाट सचेत हुन सकेका छैनन् । किनभने तराई–मधेसका उल्लेख्य जनसंख्या गाउ“बस्तीमा बसोबास गर्छन्, उनीहरु सचेत र जागरुक नभएसम्म ‘दहेज प्रथा’ न्युनिकरण असम्भवप्रायः छ । त्यसैले त, यो घट्नु भन्दा बढ्दै गएको हो । अझ नया“ समस्याको रुपमा कन्या शिशूको भ्रूण हत्यामा बृद्धि भएको छ । ‘दहेज’ कै नाममा त्यस भेगका चेलीहरूले दिनहूजसो विभेद, दुव्र्यवहार, यातना खेप्न बाध्य छन् । चेलीको शरीरमा मट्टितेल छर्की जिउ“दै जलाउने घटना पनि भएका छन् । तर यी घटना मधेसी समुदायका लागि सामान्य झै बनिसकेको छ । अब त मिडियाहरुबाहेक तराई–मधेसका मुखियाहरूले यसको चर्चासम्म गर्न रुचाउ“दैनन् । मिडियाले लेखियो कि ‘सम्प्रदायिक’ भावनाले अभिप्रेरित भई आएको समाचार भन्न उनीहरुले छुट्टाउदैनन् । यस्ता घटनाहरुलाई गाउ“मै पंचायत गरी रफादफा गर्छन् । यी विषयहरु बाहिर ल्याउ“दा समाजको बेइज्जति हुने त्रास देखाएर त्यसो गर्ने गरेका हुन् । 
कन्या पक्ष र वर पक्षबीच रुपैया“–पैसा या बस्तुको लेनदेननै ‘दहेज’ हो । केहीले यसलाई विवाहका समय बेहुलीको परिवारले बेहुलाको परिवारलाई दिने सम्पतिका रुपमा परिभाषित गर्छन । तर यही सम्पत्तिका लागि भारतमा हरेक एक घन्टामा दाइजोजन्य कारणले एक जनाको ज्यान जाने गरेको छ । तराई–मधेसमा हुने दाइजोजन्य घटनाबारे सरकारी तथ्यांक नभएपनि केही गैर–सरकारी संस्थाहरुले सार्वजनिक गरेको प्रतिवेदनहरुमा दहेज लोभीहरुको आपराधिक चरित्रको ग्राफ निक्कैमाथि पुगेको देखिन्छ । 
मिथिला क्षेत्रमा प्रचलित एक किवदन्ती अनुसार अयोध्याका राजा दशरथका छोराहरू राम, लक्ष्मण, भरत र शतुध्नको विवाहमा राजा जनकले धेरै धन÷सम्पति दहजे दिइएका थिए , त्यसैको देखादेखीमा यो प्रथा शुरु भएको हो । तर, त्यसअघि पनि दहेजप्रथा अन्य मुलुकमा प्रचलनमा रहेको केही ऐतिहासिक ग्रन्थहरुमा उल्लेख छ । तराई–मधेसमा भने सांस्कृतिक नाममा यो वर्षौयता खुबै झा“गिएको पाइन्छ । अहिले त यो ‘आधा आकाश’ लाई सबै भन्दा प्रताडित गर्ने औजार नै बनेको देखिन्छ । दहेजकै कारण दुई परिवारबीचको सम्बन्धमा फाटो मात्रै ल्याएको छैन, समाजमा वैमनस्यता, चेलीद्वारा आत्महत्या, हत्या, जीवनभर कुमारी बस्नु पर्ने समस्या पनि सिर्जित गरिदिएको छ । अझ वधु पक्षले अनावश्यक मानसिक यातनासंगै आर्थिक र सामाजिक अपहेलनाको सिकार हुने गरेका छन् । हाल सामाजिक हैसियत प्रदर्शन गर्ने ‘टुल्स’ नै बन्न पुगेको छ । दहेज लिनु र दिनुलाई धेरैले घोर र जघन्य अपराधको कोटी राखेका छन् । भन्नका लागि धेरैले ‘दहेज लिनु महापाप हो, महागल्ति हो’ भन्छन् । तर भन्नेहरुले लाखौमा सौदा गर्छन् । शिक्षित परिवारमा त दहेजको रेट नै कायम भएको छ, तराई–मधेसमा । पहिले यो प्रथा साइकल र घडीमा सीमित हुन्थ्यो अहिले त ल्यापटप, चार पाङ्ग्रे गाडी, एलइडी टीभी र डिसएन्टेनासम्मको दाउजो माग्नेहरु भेटिन थालेका छन् । महंगो गरगहना र लत्ताकपडा त छदैछ । दहेज नियन्त्रण गर्न कडा कानुन पनि नबनेको होइन , तरपनि यो रोकिएको छैन , दाइजो लिएकै नाममा कानुनको कठघरामा आजसम्म कसैलाई ल्याउन नसक्नुले पनि दहेज लोभीहरुको मनोबल बढेको हुनुपर्छ । दहेजविरोधी अभियानकर्ता इन्जिनियर देवनारायण यादव भन्छन्, ‘सामाजिक वातावरणमा नकारात्मक प्रभाव पार्ने दाइजो प्रथा समाप्त गर्न सबैले आफूबाटै अभियान थाल्नु पर्छ । सबैले यो प्रण गर्नुपर्छ कि न दाइजो लिन्छौ न दिन्छौ । ’ मधेसका बुद्धिजीविहरुले भने जातिय र वर्गिय संघसंस्था तथा समाजका अगुवाहरु यो गलत प्रथालाई जरोदेखि फाल्न आफ्नोतर्फबाट पहल थाल्नु पर्ने बताउ“छन् । ‘ समाजका अगुवाहरु मञ्चहरुमा दहेजविरोधी कुरा त गर्छन तर त्यसलाई कार्यान्वयनमा ल्याउ“दैनन’ दाइजोविरोधी अभियन्ताहरु भन्छन्, ‘आफ्ना छोराहरूलाई इन्जिनियर र डाक्टर बनाउने अनि विवाहमा ब्याज र सा“वासहित सबै खर्च असूल्ने परिपाटी ठीक छैन । ’     
 नवविवाहितलाई गृहस्थी चलाउन केही आर्थिक सहयोग पुगोस, पतिको मृत्युपछि वधुको जीवन निर्वाहमा सहयोग होस र वर पक्षलाई जिम्मेदारी बोध गराउन सकियोस भनेर दान दिने र लिने गरेपनि यो विकृतिकै रुपमा मौलाउदै गएको छ । त्यसैले त ‘वधू–मूल्य’ र ‘दहेज’ को रुपमा तराई–मधेसको निम्न जातिहरु र उच्च÷सम्भ्रान्त÷पढेलेखेका वर्गले वर्षौदेखिलाई यसलाई कायमै राखेका छन् । उच्च जातिमा यो सत्ता र सम्पति बढाउने उद्देश्यले लिइन्छ भने पछाडि परेका जातजातिमा श्रम गर्ने जनशक्तिका रुपमा लिने ‘मान्यता’ भएपनि यसले उग्ररुप धारण गर्दै गएको छ । समयमै नियन्त्रण गर्न नसकिए समाजमा नानाथरिको विसंगिहरुले जन्म लिन सक्छ । यसका लागि तराई–मधेसका बुद्धिजीविहरुदेखि विदेशियाकाहरु समेत अग्रसर हुनुपर्ने देखिन्छ ।   ( Kantipur Gulf Edition, 2071, Magh 29)




No comments:

Post a Comment