Saturday, 28 February 2015

धोती र्‍याली

१६ फागुन, काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले जुलुसको तयारी गरिरहेकै बेला शनिबार बिहान काठमाडौंमा धोती र्‍याली प्रदर्शन भयो । धोती र्‍याली सहिदगेटदेखि सुरु भएर माइतीघर, बबरमहल हुँदै बानेश्वर पुगेको थियो ।
नेपालगञ्जका युवा राजेश जलानको नेतृत्वमा निकालिएको धोती र्‍यालीमा करिब ३ दर्जन मधेसी मूलका युवाहरु धोती लगाएर सहभागी भएका थिए । धोती लगाएर जुलुसमा सहभागी भएका युवाहरुले ‘धोती हमारी शान है, मधेस की पहिचान है’ भन्ने नारा लगाएका थिए ।
धोती लगाउने मधेसी समुदायलाई ‘धोती’ भन्दै अपमान गर्ने गरिएकाले सांस्कृतिक रुपमा सचेतना जगाउन धोती र्‍याली निकालिएको पत्रकार राजेश अहिराजले अनलाइनखबरलाई बताए ।
‘हामीले मधेसी नेताहरुलाई देखाउनका लागि पनि आजकै दिन धोती र्‍याली निकालेका हौं,’ अहिराजले भने, ‘मधेसी नेताहरु पहिचानको कुरा गर्छन्, तर अमेरिकी ड्रेस लगाउँछन् ।’ राजनीतिक रुपमा नभएर विशुद्ध सांस्कृतिक रुपमा मात्रै र्‍याली निकालिएको अहिराजले बताए ।
धोती र्‍याली मधेसी दलको जुलुस भएकै स्थान वरपर धुमेको थियो । राजेशले अनलाइनखबरसँग भने- ‘मधेसी दलको र्‍याली खुल्लामञ्चतिर गयो, हाम्रो र्‍याली उनीहरुलाई क्रस गर्दै उताबाट नयाँ बानेश्वरतिर आयो ।’(Source: Onlinekabar.com, 2071/11/16)
http://www.onlinekhabar.com/2015/02/246755


मधेसी समूदायले निकाल्यो 'धोती जुलुस'

काठमाडौं, फाल्गुन १६ - डिभाइन इन्टरनेसनल युथ एसोसिएसन–मधेस (डिया मधेस)ले सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यले आज धोती पहिरनमा पदयात्रा निकालेको छ ।

काठमाडौँको सहिदढोकाबाट निकालिएको सो यात्रा भद्रकाली, माइतीघर, बिजुली बजार हुँदै नयाँबानेश्वरस्थित संविधानसभा भवन अगाडि सभामा परिणत भएको थियो । यात्रामा सहभागीले समुदायको पहिरन धोती लगाएका थिए ।
सहिद राजेश्वर ठाकुरका पिता तपेश्वरले पदयात्राको शुभारम्भ गर्दै मधेसी समुदायको पहिरनको महत्वपूर्ण सभ्यता धोती भएको भए पनि विभिन्न प्रभावले अहिले धोती लगाउने संस्कृति लोप हुन थालेकाले त्यसको संरक्षणमा जोड दिए ।
सो संस्थाका संयोजक राजेशकुमार जलानले प्राचीनकालदेखि नै विभिन्न ऋषिहरुको पहिरनका रुपमा धोतीको महत्व रहेको उल्लेख गर्दै राजा जनक तथा बुद्धले समेत धोती पहिरिएको र धोती लगाउने मानिसलाई काठमाडौँ उपत्यकालगायत केही स्थानमा नकारात्मक भावनाले हेर्ने गरेकामा दुःख व्यक्त गरे ।( http://www.ekantipur.com/np/2071/11/16/full-story/404594.html)
प्रकाशित मिति: २०७१ फाल्गुन १६ ०२:२६


काठमाडौं धोती -याली सम्पन्न
  काठमाडौं १६ फागुन । साँस्कृति संरक्षण तथा पहिचान स्थापनाका लागि शनिबार काठमाडौं धोती -याली सम्पन्न भएको छ । विभिन्न पेसा तथा क्षेत्रमा लागेका व्यक्तिहरुको उलेख्य सहभागिता रहेको थियो ।
विहान ११ बजे सहिद गेटबाट सुरु भएको धोती -याली टुडिखेल, भद्रकाली, माईतघर मण्डला, बबरमहल हुँदै नयाँ बानेश्वर पुग्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको हस्तक्षेप पछि --याली अनामनगर हनुमानस्थानमा आएर सम्पन्न भएको थियो ।
-यालीमा युवा, विद्यार्थी, कानून व्यवसायि, पत्रकार, सहिद परिवार तथा समाजसेवीहरुको सहाभागीता रहेको थियो । उक्त कार्यक्रमको आयोजना दिया मधेश नामक संस्थाले गरेको थियो ।(हुलाकी न्यूज,http://www.hulakinews.com/index.php/madhesh/265-2015-02-28-10-39-52)

काठमाडौंमा 'धोती र्‍याली'

काठमाडौं— तीस दलीय विपक्षी मोर्चाले शनिबार राजधानीमा प्रदर्शन गरेको विरोध जुलुसमा सेतो धोती लगाएको एक हुल समूह देखियो। धेरैले उनीहरुलाई टक्क अडिएरै हेरे। मधेसबाट खुलामञ्चमको सभामा सहभागी हुन आएका उनीहरुले आफ्नो पहिचान खुलाउँदै भनेका थिए- धोती र्‍याली। मधेसको परम्परागत पहिरन लगाएकाहरुले निकालेको धोती र्‍याली सहिदगेट माइतीघर, बबरमहल हुँदै नयाँ वानेश्वर पुगेको थियो। 'धोती हमारी शान है, मधेस की पहिचान है' भन्ने प्लेकार्ड बोकेका जुलुसका सहभागीले संस्कृति र परम्परा बिर्सेकोमा मधेसी नेताहरुप्रति आक्रोस पोखे।
डिभाइन इन्टरनेशनल युथ एशोसिएसन मधेसले निकालेको धोती र्‍यालीको नेतृत्व राजेस जलानले गरेका थिए। http://www.nagariknews.com/politics/party-politics/story/33930.html#sthash.Dzn9ZRTh.dpuf

No comments:

Post a Comment