Thursday, 26 February 2015

मधेसमा शौचालय अभाव



सर्लाहीमा खुला दिशा मुक्त गाविस घोषणा गर्न आयोजित   कार्यक्रममा गाउ“लेहरुले निकालेको सांस्कृतिक झांकी । तराई–मधेसमा अझै पनि सर्वसाधारण सडकमै दिशापिसाब गर्छन ।
-दिनेश यादव (DINESH YADAV)
              सरकारले सन् २०१७ सम्म मुलुकलाई खुला दिशामुक्त बनाउने लक्ष्य लिएको छ । धेरै गाउ“, क्षेत्र र सहर खुला दिशामुक्त घोषणा भइसके । केही क्षेत्रमा त बिना पूर्वाधारकै ‘हचुवा’ का भरमा यो घोषणा भएको छ । घोषणा गरिएका क्षेत्रमा बोर्डहरु झुण्ड्याइएका छन तर ठाउ“–ठाउ“मा सार्वजनिक शौचालय बनाइएका छैनन् । अझ तराई–मधेसका अधिकांश क्षेत्रमा त सरकारको खुला दिशामुक्त क्षेत्र बनाउने अभियान शुरु नै भएको छैन । शौचालय अभावमा त्यहा“का बासिन्दा सडक, बगैचा, पोखरी वरपर, खेत, नदी किनार, बा“स झ्याङलगायतका स्थानमा शौच गर्छन । वर्षौदेखि यो एउटा संस्कृति कै रुपमा त्यहा“ कायम रहेको छ । गाउ“मा त के सहरमै पनि खुला शौच गर्ने गरिन्छ । त्यहा“का प्रमुख शहर, बजार र हटियामा समेत शौचालय छैनन, खुला ठाउ“ यसका लागि प्रयोग गरिन्छ । यसरी शौच गर्न सर्वसाधारण लोटा वा कमण्डल लिएर ‘मैदान गर्न’ जाने नाम दिएका छन् । ‘मैदान गर्न’ जानेहरु मुन्टो निहुराउ“दै थुचुक्कै सडकमा बसेर शौच गर्ने गर्छन् । नजिकैबाट कोही गइरहेको छ भने आफ्नो कुहिनाले अनुहार ढाक्छन, लाज लागेको भनेर देखाउन । तर उठ्दैनन । महिलाहरुमा भने उठ्ने चलन छ । 
धेरै गाउ“ र बस्तीमा एउटापनि शौचालय छैनन् । यसले पुरुष भन्दा पनि महिलाहरुलाई समस्या छ । सार्वजनिक जग्गाहरु केही भू–माफियाहरुले कब्जामा लिएपछि त झनै गाह्रो भएको छ । पहिला पो गाउ“ बाहिर खुला, सार्वजनिक पर्ति÷ऐलानी जग्गा थियो, सर्वसाधारणहरु त्यहा“ जान्थे, अब त ती ठाउ“हरुमा कि त घर बनाइएका छन कि त छेकबार गरिएका छन् । नीजि जग्गामा दिशापिसाब गर्दा गालीगलौजको सामना समेत उनीहरुले बेहर्नु परेको छ । सप्तरीका बुधन रामले आफूहरु एक÷डेढ किलोमिटर टाढा गई शौच गर्ने गरेको बताउ“छन् । ‘खासगरि दिउ“सो शौच गर्न समस्या छ, राति त सडकमै जसोतसो काम चलाउ“छौ’ उनी भन्छन्, ‘ पुरुष भन्दा महिलालाई झन कठिनाई छ, उनीहरुलाई बिहान चार बजे र बेलुकी अन्ध्यारोमा मात्र शौच गर्नुपर्ने बाध्यता छ । दिउ“सो त शौच गर्न समस्यै छ ।’ रामको यो भनाई सप्तरीको मात्र होइन, तराई–मधेसका अधिकांश जिल्लाका ग्रामिण क्षेत्रमा पाइन्छ । खासगरि ‘कोर मधेसी’ समुदाय भएको क्षेत्रमा खुला ठाउ“मा शौच जाने चलन पुरानै हो । बिहान सूर्य उदाउनु भन्दा अघि शौच गर्न नगए दिनभरीलाई समस्या हुन्छ । महोत्तरी मडईका रविन कुमार भन्छन्, ‘ दिउ“सो झा“डी वा बा“सगाछी खोज्दै हिड्नु पर्छ , नत्र रात पर्खनु पर्छ, महिलाहरुले ।’ उनका अनुसार कुकुर, स्याल र सर्पदंशको डरले मधेसी महिलाहरु रातीका समय हुलका हुल गाउ“÷टोलको छेउछाउको बाटो मै शौच गर्न बाध्य छन् । तराई–मधेसका धेरैले अब पनि खुला ठाउ“मा शौच जानु लाजमर्दो भएको बताउने गरेपनि त्यसको विकल्प दिन भने सकेका छैनन् । फेरी घरेलू या सार्वजनिक शौचालय अभावमा खुला ठाउमा शौच जादा वातावरण दुर्गन्धित हुन्छ भन्ने कुरो थाहा हुनेहरु पनि गाउ“ बाहिरै गएर त्यसो गर्छन् । शौचालय नभएकै कारण पछिल्लो समय त्यहा“का धनीमानी व्यक्तिहरूले यसको व्यवस्था नभएको घरमा आफ्नो छोरीको विवाह गर्न छाडेका छन् । यसले केही सकारात्मक सन्देश प्रवाह गरेपनि यो केही हुनेखाने व्यक्तिमा मात्र सीमित हुन पुगेको छ । केही वर्षअघि सिरहाको एउटा गाउ“मा विवाह गरी श्रीमान्को घर आएकी एक कन्याले शौचालयकै अभावमा ससुरालीमा बस्न नमान्दा दुई परिवारबीच विवाद चुलिएको थियो । अन्य ठाउ“मा यो समस्या नआएको होला भन्न सकिन्न ।  
नेपाल मधेस फाउण्डेसन अध्यक्ष एवं मधेसी अधिकारकर्मी दिग्विजय मिश्रले सरकारले खुला दिशामुक्त क्षेत्र घोषणाको अभियान जारी राखेपनि तराई–मधेसको स्थिति पहिले जस्तै भएको बताउ“छन् । उनले गाउ“को सामाजिक वनावटले सबै घरमा शौचालय बन्न नसकेको जनाए । कपिलवस्तु, कुशहवा–८ घर भई हाल काठमाडौंमा क्रियाशिल मिश्रले मधेसमा धेरै पहिले बिना योजनाको साना–साना घर बनाएर बस्ने परिपाटी भएकाले धेरैसंग ‘ट्वाइलेट’ बनाउने ठाउ अभाव भएको बताए । ‘ धेरै जनाको गाईगोठ र सुत्ने घर पनि संगसंगै भएकाले समस्या छ । सहरमा भने आधुनिकताले छोएको छ, भान्साकोठाबाटै शौचालयमा जाने गरिन्छ, अझ ‘अट्याच बाथरुम’ चलन पनि छ ’ उनी भन्छन्, ‘तर गाउ“का बासिन्दाहरु सामाजिक र धार्मिक रुपले यसलाई ठीक मान्दैनन,् उनीहरु बास्तुशास्त्रलाई पनि पछ्याउने गरेका छन् । अझ, पढेलेखेकाहरुलाई समाजिक डर छ, सहर जस्तै गाउ“मा शौचालय बनाए, प्रतिष्ठामै आच पुग्न सक्छ भनेर त्यसो गर्न रुचाउदैनन । फलस्वरुप शौचालय बनाउन ध्यान दिइन्न ।’ पहाडमा जस्तो तराई–मधेसमा पानीको व्यवस्था भएर पनि शौचालयको प्रयोग गरिन्न । ‘ गरीब, दलितहरुको घर एकअर्कासंग टा“सिएर बनाइएको हुन्छ , खुला ठाउ“ हु“दैन , अनि शौचालय कहा“ बनाउने ?’ मिश्र थप्छन्, ‘ सरकारले यस्तो अवस्था भएको गाउ“ वा टोेलमा साझा शौचालयको अवधारण अघि बढाउनु पर्छ । अझ जहा“–जहा“ शौचालय छन्, त्यहा“ प्रयाप्त ‘भेन्टिलेन’को अभाव हुनु अर्को समस्या हो । ’ उनका अनुसार शौचालयमा ‘ग्यास फरर्मेसन’ हुने भएकाले गन्हाउ“छ भन्दै मानिसहरु शौचालन जानै मान्दैनन् । उनी आफ्नै जिल्लाको उदाहरण दि“दै भन्छन्, ‘ केही स्कूलहरुमा शौचालय त बनाइएका छन , तर उपयोग हुन सकिरहेको छैन । ईंटाकै झ्याल राख्ने गरिएकाले शौचालय बढी गन्हाउने समस्या हुन्छ । त्यसैले विद्यार्थीहरु स्कूल नजिकैको वगैचा, पोखरी वा खेतहरुमा शौच गर्न अझै गइरहेका भेटिन्छन् ।’
सरकारले जन्मदर्ता, मृत्युदर्ता, मधेसी भएको प्रमाणपत्र, नागरिकतालगायतको सिफारिस लिन घरमा शौचालय भएको प्रमाण अनिवार्य गरेपनि मधेसमा जमिन अभावले त्यो निर्माण गर्ने अवस्था छैन । अधिकारकर्मी मिश्र भन्छन्, ‘मेरो गाउ“मा ४० घरपरिवार छन, तर मेरो बाहेक कसैसंग शौचालय छैन । मेरो घरमा पनि २५ वर्षअघि शौचालय थिएन । पहिलो चोटी मेरो श्रीमति आउदा ४ बजे राति नै गाउ बाहिर खुला ठाउ“मा शौच जान्थिन, जसरी अहिले गाउ“का महिलाहरु सडकमा जान्छन । ’ उनका अनुसार कुशहवा गाउमा चमार, तेली, केबट, यादव, ब्राह्मण, गिरी लगायतका समुदाय बस्छन्, तर कसैको शौचालय छैन । ट्यांकी कहा“ बनाउने, निकास कहा“ दिने, ट्यांकी भरिएपछि के गर्ने लगायतका समस्या देखाउदै गाउ“लेहरुले शौचालय नबनाएको उनको भनाई छ । कुशहवा नजिकै एउटा मुस्लिम बहुल गाउ“का अधिकांश बासिन्दा मुम्बई र विदेशमा कमाउन छन् । रेमिट्यान्स पनि प्रशस्तै आउ“छ, गाउ“मा । तर त्यो गाउ“मा एक÷दुई बाहेक कसैको नीजि ट्वाईलेट छैन । मिश्रले एउटा तितो अनुभव यसरी पोखे, ‘ ती मुस्लिम गाउ“मा धेरैसंग मोटरसाइकल छ, पुरुषहरु हाटबजार जान्छन, राति घर फर्कने बेला सडकमा महिलाहरु लामबद्ध बसेका हुन्छन्, जब बाहनको लाइट पर्छ अनि सबै उठ्ने गरेका छन् ।’ उनले यी समस्या समाधान गर्न सार्वजनिक शौचालयको निर्माणमा सरकारले जोड दिदै चेतना अभिवृद्धि गर्नुपर्ने बताउ“छन् । विदेशमा बसेकाहरु फर्किदा घरमा अनिवार्य शौचालय बनाउने अभियान चलाउनै पर्ने देखिन्छ । 
राजधानीस्थित एक विद्यालयका प्राचार्य अनिलकुमार झाको भनाई पनि उस्तै छ । महोत्तरी सोनामाईका बासिन्दा उनी तराई–मधेसमा शौचालयको अवस्था ठीक नभएको बताउ“छन् ।  ‘मेरो गाउ“मा दलित बस्ती÷टोल छ । गाउ“लेहरु पक्काको घर त बनाउछन् तर शौचालय बनाउदैनन् ’ उनी भन्छन्, ‘गाउ“मा १० प्रतिशतसंग पनि शौचालय छैन । मुसहर र मण्डल बसोबास गर्ने क्षेत्रमा त २ प्रतिशतसंग पनि त्यो छैन ।’ सरकारले प्यान, पाइपसंगै १२ हजार रुपैया शौचालय बनाउन दिएपनि गाउ“लेहरुले यसमा रुची नदेखाएको उनको गुनासो छ । ‘काउन्सिलिङ छैन, जनचेतना बढाउन जरुरी छ ’ उनी थप्छन्, ‘सदरमुकाममा समेत शौचालयमा दिशापिसाब गर्नुपर्छ भन्ने मान्यता छैन अनि सडकमै शौच गर्छन । ’ , उनले यसका लागि सरकारी उदासिनतालाई दोषी ठान्छन् ।  ‘महोत्तरीको रामगोपालपुर चौकमा ठूलो बजार लाग्छ तर त्यहा“ शौचालय छैन , त्यहा“ दुर्गा मेला भव्य रुपमा लाग्छ, मेला अवधिभर सडक, खेत सबै दुर्गन्धित र फोहर हुन्छ ’ उनले भने, ‘मानिसहरुले मेलामा शाधुसन्तलाई खुवाउन हजारौ खर्च गर्छन तर शौचालय बनाउ“दैनन् । करकुटुम्भको विदाईमा पनि खुबै खर्च गरिन्छ । राती, गाछी बगैचामा शौच जानु पर्छ भन्ने कुरोतिर उनीहरुको ध्यानै जा“दैन ।’ झाका अनुसार सोनामाईमा ४ वटा ईटा चिमनी र पा“च वटा सार्वजनिक पोखरी छ । ‘त्यसबाट लाखौ  रकम उठाइन्छ तर शौचालय बनाउन कसैको ध्यान पुगेको पाइदैन ’ उनी थप्छन्, ‘एक रिपोर्ट अनुसार एक वर्षमा मानिस २०० ग्राम दिशा खान्छन् ।’ झाले मधेस–तराईमा अडियो, भिजुएल, नाटक लगायतबाट जनचेतना कार्यक्रम अघि बढाएर शौचालयको फाइदाबारे गर्नुपर्नेमा जोड दिन्छन् ।  
एक जना महिलाबादी मधेसी कार्यकर्ताले मधेसमा घुम्टो प्रथाले शौचालय नभएको घर परिवारमा झनै समस्या हुने गरेको बताउछिन् । उनी भन्छिन्, ‘नया“ विवाहितालाई घुम्टो प्रथाले आंगन बाहिरा जान दिइन्न, राति नै पर्खनु पर्ने हुन्छ, सुख्खा समयमा त बाहिर गएर जेनतेन शौच गर्छन । तर, बर्सा याममा त चारैतिर पानी र हिलो हुने भएकाले उनीहरुलाई थप सास्ती हुन्छ । ’ ती महिला कार्यकर्ताका अनुसार शौचालयको अभावमा घर भित्रिएकी नव दुहलीले दिउसो खाना खान्दैनन । ‘नया“ बेहुलीलाई श्रीमानको घरमा धेरै दिन राखिदैन, विदा गरिने चलन छ, लोकनी(बेहुलीसंगै आएका किशोरहरु) बेहुलीको विदा नगरिन्जेल बस्छन् ’ उनी थप्छिन्, ‘यो हुनुको अन्य कारण वा परम्परा होला, तर मेरो बिचारले शौचालय नुहुनु पनि एक हो , किनभने लोकनीले सहयोगी भूमिका निर्वाह गर्छन ।’  
तराई–मधेसका गाउ“का अधिकांश बासिन्दासंग महंगो मोबाइल हुन्छ तर, शौचालय हुदैन । धार्मिक मठमन्दिर भएको स्थानमा समेत शौचालय पाइदैन । महोत्तरीको मटिहानी, सप्तरीको छिन्नमस्ता भगवतीलगायतका धार्मिक स्थलमा शौचालय नहु“दा सर्वसाधारणले धेरै समस्या खेप्नुपर्छ । मधेसी बुद्धिजीविहरु भन्छन्, ‘विदेश गएकाहरु र विभिन्न पेशा÷रोजगारीका क्रममा बाहिरिएकाहरु गाउ“ फर्कदा घरमा शौचालयको निर्माणमा जोड दिनु पर्छ । ’

No comments:

Post a Comment