-Suresh Kumar Mandal
मधेस विद्रोह र मधेस आन्दोलनपछि मधेसले प्राप्त गरेको उचाइ र शक्तिका कारण मधेसी गौरवान्वित थिए। संघीयता र समावेशिता पाउने लालसामा ५३ मधेसीको सहादत तुलनात्मक कम पीडादायी थियो। सदियौंदेखिको गुलामी र दासताबाट मुक्ति पाउने अभिलासा र सपनाले मधेसी मन पुलकित थियो। तर आज त्यही मधेसी जनताको मनमा उत्साह छैन। आत्मबल कमजोर भएको छ। सहिद परिवार रोइरहेका छन्। ५३ जना मधेसी युवाको रगतले मधेसका कथित 'मसिहा'हरूसँग हिसाब माग्दैछन्। आखिर किन यस्तो भयो? यिनीहरूले केके गरे र फेरि केके गर्दैछन्?
मधेस विद्रोह र मधेस आन्दोलनपछि मधेसले प्राप्त गरेको उचाइ र शक्तिका कारण मधेसी गौरवान्वित थिए। संघीयता र समावेशिता पाउने लालसामा ५३ मधेसीको सहादत तुलनात्मक कम पीडादायी थियो। सदियौंदेखिको गुलामी र दासताबाट मुक्ति पाउने अभिलासा र सपनाले मधेसी मन पुलकित थियो। तर आज त्यही मधेसी जनताको मनमा उत्साह छैन। आत्मबल कमजोर भएको छ। सहिद परिवार रोइरहेका छन्। ५३ जना मधेसी युवाको रगतले मधेसका कथित 'मसिहा'हरूसँग हिसाब माग्दैछन्। आखिर किन यस्तो भयो? यिनीहरूले केके गरे र फेरि केके गर्दैछन्?
संविधानसभादेखि संविधानसभासम्म ः २०६४ सालको संविधानसभाको निर्वाचनमा मधेसवादी पार्टीहरू देशको चौथो, पाँचौं र छैठौं शक्तिको रूपमा संविधानसभामा उदाए। फोरम, तमलोपा र सद्भावनासँगै मधेस पहिलोपटक मुलुकको नीति निर्माणको ठाउँमा -संविधानसभा) निणर्ायक देखिएका थिए। फलस्वरूप गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति र उपराष्ट्रपति दुवै नै मधेसी भए। मुलुकको शक्तिकेन्द्र सिंहदरबारमा मधेसी उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्रीसम्म बने। त्यतिमात्र होइन, प्रत्येक सरकारमा आधाको साझेदारी लिए। सत्ता सञ्चालनको साँचो मधेसी दल र त्यसको नेताको हातमा हुन्थ्यो। सिंहदरबार मधेसीमय हुनपुगेको थियो। तर मधेसी नेताहरूलाई त्यो अपार शक्ति पचेन। तिनले पद, पावर र पैसाका निम्ति कुनै कुकर्म बाँकी राखेनन्। तीन दलबाट १३ वटा दल र त्यति नै संख्यामा अध्यक्षजीहरूको जन्म भयो। खुद्रे भ्रष्टाचार, अनुभवहीनता र असक्षमताले बदनामीको पहाड नै खडा गर्यो। हुँदाहुँदै अन्त्यमा 'कालिदास'झैं एकमात्र जननिर्वाचित संस्था 'संविधानसभा' जहाँ मधेसी बलियो स्थितिमा थियो, त्यसलाई पनि समाप्त पार्ने खेलमा सरिक भयो। यसरी मधेस र मधेसीको निम्ति एउटा राम्रो समयको अन्त्य र दुरावस्थाको सुरुवात भयो।
दोस्रो संविधानसभा निर्वाचनमा मधेसवादी पार्टीहरू धराशायी भए। त्यसको कारण खोतल्नु जरुरी छ। मधेसी दल शक्तिको रूपमा उदाउनुको मुख्य कारण 'माओवादी आतंक' थियो। माओवादी पीडितहरू फोरम, तमलोपा र सद्भावनाको झण्डामुनि गोलबन्द हुँदै थिए। माओवादी मधेसवादीबीच गठबन्धन भई चारबुँदे सहमतिको सरकार बन्यो। मधेसीहरूले आधाको हाराहारीमा पावर सेयरिङ गरे। तर चार बुँदेको एउटा बुँदा पनि लागू गर्न सकेनन्। विजय गच्छदार, जेपी गुप्ता, हृदयेश त्रिपाठी, राजेन्द्र महतोहरूले मधेसका लागि सिन्कोसम्म भाँच्न सकेनन्। परिणामतः दोस्रो संविधानसभामा मधेसी जनताले धुलो चटायो।
आगामी यात्रा झन् कठिन ः दोस्रो संविधानसभा निर्वाचनमा लज्जास्पद हार बेहोरेका मधेसवादी पार्टीहरूका नेताहरू मौलाएको फर्सीको मुन्टोझैं भएको थियो। मधेसी दलहरू खडेरी संकटमा थिए। त्यस्तो विकट समयमा बीउ जोगाउनुपर्ने थियो। तर दुर्भाग्य नै भन्नुपर्छ, उनीहरूले झन् बीउ नै मास्ने काम गरे। यस्तो प्रतिकूल अवस्थामा संविधानसभामा समानुपातिक प्रतिनिधित्व गराउँदा योग्य, प्रशिक्षित र ठोस कार्यकर्ता पठाउनुपथ्र्यो, तर त्यस्तो हुनसकेन। मधेसका सबभन्दा ठूलो दल बनेका फोरम लोकतान्त्रिकले १० जनामा ४ जना पहाडी र २ जना मारवाडीलाई प्रतिनिधित्व गराए। आठ सिट पाएका फोरम नेपाल पनि पहाडी र मारवाडीबाट अछुतो रहन सकेन। सात सिट पाएका तमलोपा र त्यसका अध्यक्ष महन्थ ठाकुरसमेत विवादमुक्त रहन सकेनन्। ठाकुरले आफ्नो सम्बन्धीलाई सभासद बनाए। जसले गर्दा ठाकुरको ४० वर्षको लामो इमानदारिताको ताजमा प्रश्नचिन्ह तेर्सिएको छ।
जहाँसम्म सद्भावना र राजेन्द्र महतो लगायतको सवाल छ, उनीहरूले श्रीमतीलाई नै सभासद बनाए। अर्थात् कोही पनि मारवाडी र घरवाडी आरोपबाट मुक्त हुनसकेनन्। सबै नेताहरू 'थ्री डी' फर्मुला अर्थात् पहाडी, मारवाडी र घरवाडीबाट प्रभावित भए। यिनीहरू मधेस मुक्तिभन्दा पनि आफ्ना स्वार्थपूर्ति र अस्तित्व रक्षार्थ मधेस कित्तामाआएका हुन्। तसर्थ यिनीहरूसँग मधेस मुक्तिको आशा र अभिलासा राख्नु हाम्रो मुर्खतामात्र हुनेछ।
एकीकरण र मोर्चा ः समानुपातिक चयन प्रक्रियामा तमलोपा, फोरम र सद्भावना पार्टी नेतृत्वले गरेको धाँधली र आर्थिक चलखेलबाट उत्पन्न हुनसक्ने खतराबाट बच्न कार्यकर्ता र मधेसी जनताको ध्यान अन्तैतिर मोड्न एकीकरणको नौटंकी गरिएको कुरा स्पष्ट भएको छ। एकीकरणको नाममा मधेसी जनतालाई विगत महिनौंदेखि अन्धकारमा राखी 'इमोसनल ब्ल्याकमेलिङ' गरेका महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले यस अपराधको क्षतिपूर्ति अवश्य तिर्नुपर्छ। एकीकरणप्रति यिनीहरू इमानदार छैनन् भन्ने स्पष्ट भएको छ। एकीकरण हामी युवाले सम्भव गराइदिन्छौं। आफूप्रति मात्र इमानदार भएर एकीकरण सम्भव छैन। तपाईहरू मधेस र मधेसी जनताप्रति इमानदार हुनुस्, एकीकरण एक दिनमा हुन्छ। मधेसी दलबीच एकीकरण नगरेर माओवादीसँग मोर्चाबन्दी गर्न पुग्नुले मधेसी जनता निराश भएका छन्। सबै मधेसी दलका नेता-कार्यकर्ता असन्तुष्ट छन्। समय, सन्दर्भ र मुद्दागत कारणले एकीकरण आवश्यक हुनसक्छ, तर विगतको गठबन्धन र सहमति कार्यान्वयनबारे एकपटक समीक्षा अत्यन्त जरुरी थियो। मधेसी दलबीच एकीकरण वा मोर्चा गठन गरेर मात्र माओवादीसँग गठबन्धनमा जानुपथ्र्यो। यसले यो गठबन्धन संविधान र अधिकारका निम्ति नभई सत्ता र सरकारको निम्ति भएको शंका लाग्छ। साथै यस गठबन्धनले मधेसको मुद्दा र पार्टी दुवै विसर्जन हुने खतरा त्यतिकै छ।
अब गर्ने के? ः मधेसी दलको वर्तमान नेतृत्वको व्यक्तिगत रवैया, पार्टी सञ्चालन विधि र अपारदर्शिताका कारण सबका सब नेताले बदनामीका महारथी प्राप्त गरिसकेका छन्। यिनीहरूबाट संविधान, संघीयता, समावेशिता र अधिकारको अपेक्षा गर्नु मुर्खता हो। मधेस र मधेसी जनताका निम्ति विगत २० वर्षदेखि त्याग, तपस्या र संघर्ष गरिरहेका दोस्रो र तेस्रो तहका नेताहरूको अहिलेको भन्दा फरक हालत हुने छैन। झ्न विकराल हुनेछन्। हामी नेतृत्व पंक्तिका युवामध्ये कोही खाडी मुलुकमा गधामा चढेर बाख्रा चराइरहनेछौं भने कोही मधेसको सडकमा 'जय मधेस' भन्दै पागल भएर भौंतारिरहनेछौं। तसर्थ हामी युवाको रगत, पसिना, यौवन, त्याग र तपस्याका साथै ५३ जना मधेसी युवाको सहादत र हजारौं घाइतेको रगत खेर नजाओस्। होटल र बि्रफकेसमा लाखौं र करोडौंमा लिलाम नहोस्। मधेसी जनताको मत -भावना) बढाबढ नहोस्। त्यसका लागि वर्तमान असफल, असक्षम र बदनाम नेतृत्वलाई परिवर्तन गर्न जरुरी छ। यो युग युवाको हो। हामी युवा शिक्षा, संघर्ष र समय सापेक्षताको हिसाबले पनि सक्षम छौं। तसर्थ, युवाको अस्तित्व रक्षार्थ मधेस आन्दोलनका उत्पादन हार्डकोर युवाहरूबीच पार्टीभित्र र बाहिर सशक्त एकता मोर्चाको जरुरी छ। अन्यथा हामी युवाको उमेर, त्याग, संघर्ष र बलिदानीमा यी मधेसका नेताहरूले बेजान मोजमस्ती गर्नेछन्।(Source :http://www.ekantipur.com/np/2071/5/26/full-story/395540.html)
तराई मधेस लोकतान्त्रिक
पार्टीका केन्द्रीय सदस्य हुन्।
No comments:
Post a Comment