महिला नेतृ रेणुकुमारी यादवलाई नेपालको राजनीतिमा नचिन्ने मानिस कमै होलान् । नेपालका पूर्व मन्त्री उनी बेला-बेलामा चर्चामा रहदै आएकी छन् ।नेपालको संघीय संसदमा सांसदको भूमिकामा रहेकी उनी पछिल्लो समय समाजवादी पार्टीमा नेतृत्वप्रति असन्तुष्टि जाहेर गर्दै पार्टी फुटाउने समूहको नेतृत्व गरेको आरोप लागेको छ । उनीमाथि यो आरोप लागि रहेकै बेला मधेसी राजनीति मात्रै होइन सिंगो नेपालकै राजनीतिमा एउटै खोलाका दुई किनारा बनेर रहेका दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल रातारात एकाकार हुन बाध्य भएको छ । कहिलेकाही खराब नियतले चालिएका कदमले सकारात्मक परिणाम पनि दिन्छ भन्ने कुरोको पछिल्लो प्रमाण सवाजवादी जनता पार्टी नेपाल बन्नुलाई लिन सकिन्छ ।
यसको पृष्ठभुमि तयार पार्न प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अध्यादेशले पनि थोर बहुत सहयोग गरेकै छ । जे सुकै भएपनि कसैले सोच्दै नसोचेको दुई पार्टीबीचको बिलय नेपालको राजनीतिमा एउटा विरलैको घटनाका रुपमा दर्ज भएको छ । नेतृत्व तहमा जतिसुकै मनोमालिन्य कायम भएपनि सत्ता इतरका दुई पार्टी एकाकार हुनुले जन–जनमा उत्साह थपेको छ ।
नेतृ यादवको भूमिका यस अर्थमा सकारात्मक रुपमा लिन सकिन्छ । हुन त अहिले नै यसको मूल्यांकन गर्नु अहिक छिटो हुनेछ । गत वर्षको मे पहिलो साता समाजवादी पार्टी र नयाँ जनशक्तिपार्टी नेपालबीचको बिलयमा नेतृ यादवको भूमिका महत्वपूर्ण थियो । यसलाई कसैले नकार्न सक्तैन, मिल्दैन । तर नेतृत्व पक्षले उनीसंग जुन बेइमानी विगतमा गरेको थियो , त्यसको मूल्यांकन पार्टी पंक्तिले भविष्यमा गर्ने नै छ ।
पछिल्लो घटना क्रममा २०७६ वैशाख २३ मा नेतृ यादवको ओजपूर्ण भाषणको सान्दर्भिकता समाजवादी जनता पार्टी नेपालको उदय भईसक्दा पनि सकिएको छैन । सप्तरीकी सांसद रेणु यादवले त्यस्ताका एकिकरणको संयुक्त घोषणा सभामा दिएको त्यो भाषणमा जनजाति, आदिवासी, दलित, पिछडा वर्गसहित नेतृत्वपंक्तिका लागि एउटा महत्वपूर्ण, मननयोग्य पाठ हुन सक्छ । यहाँ उनको भाषण एक पटक सबैले सुन्नै पर्ने हुन्छ । युट्युबको यो लिंक क्लिक गरि महिला नेतृ रेणु यादवको बोल्ड मनतव्य सुन्न सकिन्छ ।
https://youtu.be/PvkwQesfYeA
No comments:
Post a Comment