सिईएस २०१८
अमेरिकाको नेभादा प्रान्तस्थित लस भेगासमा हालै सम्पन्न कन्ज्युमर इलेक्ट्रोनिक शो (सिईएस) मा नयाँ–नयाँ प्रविधिहरुको प्रदर्शन गरिएको छ । प्रदर्शित प्रविधिहरु धेरैका लागि काल्पनिक लागेपनि ती सबै वास्तविक हुन । अधिकांश उत्पादनहरु नौलो र आश्चर्यजनक खालका थिए । नयाँ प्रविधियुक्त स्मार्टफोनदेखि भविष्यमा ल्याइने पछिल्ला अविष्कारलाई समेत सिईएसमा प्रदर्शन गरिएको थियो । ‘एलजी ८ के रेजोल्युसन ओलेड टीभी’, ‘सामसङ १४६ इन्च माईक्रो–एलइडी टिभी’, ‘एसर स्वीफ्ट ७’ र निद्रा लगाउने ‘स्मार्ट स्लिप माक्स’
केही चर्चित प्रदर्शनहरु हुन । एलजीले सिइएस शुरु हुनु भन्दा धेरै पहिले आफ्नो महत्वाकांक्षी उत्पादनको घोषणा गरिसकेकाले धेरै दर्शकहरु यता झुमिएका थिए । मेलामा प्रर्दशन गरिएको ‘एलजी ८ के रिजोल्युसन ओलेड टिभी’ को पर्दा ८८ इन्चको रहेको छ । यसलाई हालसम्मकै सबैभन्दा बढी रिजोल्युसन भएको डिस्प्ले भनेर दाबी गरिएको छ । यो टिभीको रिजोल्युसन ७६८० गुना ४३२० पिक्सेलसम्म रहेको छ । यसको डिस्प्लेमा ३३ लाख पिक्सलसम्म प्रयोग गर्न सकिनेछ ।

त्यसैगरि, सामसङको १४६ इन्च माइक्रोलेड(माईक्रोएलईडी) टिभी संसारमै पहिलो ‘१४६ मोडयुलर माइक्रोलेड स्क्रिन’ मेलामा प्रदर्शन गरियो । यो टिभीको नाम ‘द वाल’ राखिएको छ । स्क्रिनलाई कयौ एकाईसंग जोडेर ठूलो बनाउन सकिने विशेषता यसमा छ । सामसंगले यो उत्पादनको स्क्रिन जति सुकै ठूलो बनाएपनि क्वालिटीमा खासै प्रभाव नपर्ने जनाएको छ । ‘माइक्रोलेड प्यानल टेक्नोलजी’ को प्रयोग यसमा गरिएको छ । यो प्रविधि ओलेड (ओएलईडी) झै काम गर्छ, यसमा रहेको पिक्सल प्रविधिले आफै प्रकास उत्पन्न गर्न सक्छ । यो आफै ‘अन र अप’ हुन्छ । यसमा रहेको कन्ट्रास्टले पिक्चर क्वालिटीलाई राम्रो बनाउने दाबी कम्पनीको छ । एलजी र सामसङपछि ‘एसर’ले पनि आफूलाई प्रविधिमा पछाडि पार्न चाहेन । उसले संसारकै सबैभन्दा पातलो ल्याप टप ‘एसर एकेए स्वीफ्ट ७’ सार्र्वजनिक गर्यो । ल्यापटपको मोटाई मात्र ८ दशमलव ९८ एमएम रहेको छ । यो ल्यापटप प्रोसेसर इन्टेल आई ७ मा आधारित छ । यसमा ‘४ जी एलटीई’ कनेक्सनको सुविधा पनि छ । यो ल्यापटपको ब्याट्री फूल चार्ज भएपछि १० घन्टासम्म निरन्तर चल्ने दाबी कम्पनीको छ । यसमा २५६ जीबिको पीसिएलई एसएसडी स्टोरेज सुविधा छ , यो आठ जीबि एलपीडीडीआर ३ मेमोरीका साथ काम गर्छ । स्वीफ्ट ७ मा १४ इन्चको फुल एचडी आईपीएस ५ डिस्प्ले छ । स्विफ्ट ७ मा कर्निंग गोरिल्ला ग्लास एनबीटी टच स्क्रिन र टचप्याड सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।
यसैगरि ‘सीईएस २०१८’ को अर्को आकर्षणमा युएसबी ड्राइभ बनाउने कम्पनी ‘स्यानडिस्क २’ ले एक टेराबाइट(टीबी) स्टोरेज स्पेस भएको विश्वकै सबैभन्दा सानो पेन ड्राइभ रहयो । यो सामान्य युएसबी फ्ल्यास ड्राइभ भन्दा अलिक फरक खालको छ । ‘युएसबी–सी’ प्रविधिमा काम गर्ने यो पेन ड्राइभलाई प्रयोगकर्ताले बिना कुनै ओटीजी केबल सिधै आफ्नो स्मार्टफोनमा जोड्न सक्छन् । यो पेन ड्राइभबाट प्रयोगकर्ताले आफ्नो स्मार्टफोनको स्टोरेज मेमोरीलाई एक टेराबाइटसम्म बढाउन सक्ने सुविधा छ । साथै यसलाई आफ्नो फोनमा जोडेपछि त्यसमा कुुनै पनि डेटा द्रुत गतिमा प्रयोगकर्ताको डिभाईसमा स्टोर हुन्छ । यसो त, स्यान्डडिस्कले मेलामा प्रदर्शन गरेको ‘युएसबी–सी फ्ल्यास ड्राइभ’ हाल एउटा प्रोटोटाइप मोडेल मात्रै हो । त्यसैले यसलाई बाजरमा ल्याउने डेट र मूल्य कम्पनीले तोकेको छैन ।
मेलामा अवलोकनकर्ताहरुका लागि आश्चर्यजनक डिभाईस मध्ये ‘औलालाई फोनको रुपमा काम गर्न सकिने’ प्रविधि पनि रहयो । सिंगल कम्पनीले रिस्टब्याण्ड नामबाट यो प्रविधिको प्रदर्शन गरेको थियो । यो रिस्टब्याण्ड ब्ल्युटूथ मार्फत फोनमा आफै जोडिने खालको डिभाइस हो । यसको कनेक्सन हुनेबितिकै प्रयोगकर्ताको औलाले फोन रिसिभरका रुपमा काम गर्न थाल्छ । यसका लागि हेडफोनको पनि आवश्यकता पर्दैन । यो प्रविधिमा अडियोको भाईब्रेसन्स प्रयोगकर्ताको नाडीमा कम्पन उत्पन्न गर्छ र यसैको आधारमा उसको औलाबाट फोनमा आएको कल रिसिभ गर्न सक्छ । यो ग्याजेट पुरै रुपमा साउन्ड भाईब्रेसन्समा काम गर्छ । यसका साउण्ड क्वालिटी पनि राम्रो रहेको दाबी गरिएको छ ।
त्यस्तै, ‘सिईएस २०१८’ मा एउटा यस्तो भर्चुअल रियलिटी(भीआर) ग्याजेट पनि प्रदर्शन गरियो, जसले गेमिङ संसारलाई रोमाञ्चक बनाई दिन्छ । चिनियाँ स्टार्टअपले प्रदर्शन गरेको ‘८ के भर्चुअल रियलिटी(भिआर) हेडसेटलाई परिस्कृत गरि उक्त ग्याजेट सार्वजनिक गरिएको हो । अघिल्लो वर्ष नै सिईएसमा यसको पुरानो भर्सन सार्वजनिक भएको थियो । यो डिभाइसले प्रयोगकर्तालाई ३८४० गुणा २१६० पिक्सलको डिस्प्ले र २ सय डिग्रीको फिल्ड भ्युको अनुभव प्रदान गर्छ । ‘पिम्याक्स’ कम्पनीको यो हेडसेट टीटीएक्स १०७० कार्डसंगै ‘४के’ को अनुुभव यसबाट प्रयोगकर्ताले लिन सक्छन् । यसलाई ‘८ के’ सम्म बढाउन सकिने प्रविधि समेत जडान गरिएको छ । यो हेडसेटले अति साना वस्तुलाई समेत हेर्न सहयोग गर्छ । यति मात्रै हैन, भिडियो गेमका पारखीहरुका लागि यसले पुरै खेलको रोमाञ्चक र वास्तविक अनुभव गराउन सक्छ ।

एउटा जापानी स्टार्टअप कम्पनीले मेलामा अनौठो खालको फरक ग्याजेट सार्वजनिक गर्यो , जसले प्रयोगकर्ताको शरिरलाई नै गेमिंग ग्योजेट बनाई दिने क्षमता राख्छ । यसो त ,यो एक प्रकारको सुट हो, जसमा विभिन्न प्रकारको डिभाइस जडान गरिएका छन् । यसलाई लगाउने बित्तिकै भर्चुअल संसारमा बनेको गेममा प्रयोगकर्ता आफै सहभागी हुने गर्छन । यसलाई प्रयोगकर्ताले घरभित्र र बाहिर घन्टौंसम्म उपयोग गर्न सक्ने छन् । यो सुट लगाउने बित्तिकै प्रयोगकर्ताले आफूलाई खेलको एउटा अभिन्न हिस्सा बन्न पुग्नेछन् र खेलको भरपुर मजा लिन सक्ने छन् । यसैगरि, एचटीसीले पनि सिईएसमा आफ्नो नयाँ भीआर हेडसेट सार्वजनिक गर्यो । यो सेट हाई रिजोल्युसन डिस्प्लेसंगै बिल्ट इन हेडफोनसहित छ । यसमा डुएल ओलेड डिस्प्ले २८८० गुणा १६०० पिक्सेलको छ । यसको पिक्सल घनत्व ६५१ पीपीआई रहेको छ ,जसले गेमिङ्गको अनुभवलाई रोमाञ्चक बनाई दिन्छ । पछाडिको हेडसेटको तुलनामा यसलाई बढी आरामदायक बनाइएको छ । सिईएसमा एउटा अर्को भीआर हेडसेट पनि सार्वजनिक भएको थियो , जसले खेलाडीलाई खेलको मजा मात्रै दिइदैन उसलाई तन्दुरुस्त बनाउनमा पनि काम आउछ । ‘ब्ल्याक बक्स’ नामले प्रस्तुत यो भीआर हेडसेट फुल बडी वर्कआउटका लागि बनाइएको छ । यो हेडसेटले बिस्पोक रेसिस्टेट ट्रेनिङ मेसिनलाई उपयोग गर्छ । सिईएसमा भिआर र फिटनेसको यो फरक मिश्रणको रुपमा प्रस्तुत गरिएको थियो । यो ‘ब्ल्याक बक्स’ भीआरले प्रयोगकर्तालाई आफै फिट बनाउनका लागि स्ट्रयान्थ प्रदान गर्नुका साथै उसलाई उत्प्रेरित समेत गर्न सक्ने खालको छ । भिआरको संसारमा यसले फरक खालको अनुभव प्रदान गर्ने दाबी निर्माता कम्पनीको छ ।
मेलामा एउटा टचस्क्रिन पेन्ट पनि प्रदर्शन गरियो । हिजोआज मानिसलाई हरेक कुरामा टचस्क्रिन चाहिएकाले यो पेन्ट त्यही प्रविधिमा आधारित रहेको छ । यसको प्रयोग गरेलगतै यो स्वचालित रुपमा टचस्क्रिनमा परिणत हुन्छ । यसलाई पहिले मेलोन विश्वविद्यालयका अनुधन्धानकर्मीले निर्माण गरेका थिए । यो पेन्टमा इलेक्ट्रिक फिल्ड टेमोग्राफीको उपयोग गरिएको छ । यसमा सानो इलेक्ट्रोड्सलाई आपसमा जोडेर कुनै सतह (प्लास्टिक, ड्रायवल) र अन्य कुनै वस्तुलाई टचस्क्रिनमा परिणत गर्ने खुबी रहेको छ । यसलाई आफ्नो औलाले चलाउन सकिन्छ । औलाको गतिविधिका आधारमा यसले विभिन्न जानकारीहरु दिने गर्छ ।

‘सिईस २०१८’ स्मार्ट स्लिप माक्स अर्को आकर्षण थियो । यो माक्स नाकमा लगाउने हैन, आखाँमा लगाउने डिभाइस हो । ड्रिमलाइट कम्पनीद्वारा प्रदर्शन गरिएको उक्त माक्सलाई प्रयोगकर्ताले आफ्नो आखाँमा लगाएपछि यसले उसको आखाँसम्म कुनैपनि प्रकारको प्रकास पुग्न दिदैन । यसमा स्पिकर्स, इन्फ्रारेड सेन्सर र अप्टिकल हर्ट रेट मनिटर समेत जडान गरिएको छ , यसलाई एलईडी प्यानेलका साथ बजारमा ल्याइने भएको छ । एलईडी प्यानेल्समा स्लिम प्रोग्राम पनि जडान गरिएको छ, जसले १५ मिनेटसम्म प्रयोगकर्ताको आखाँमाथि सुन्तला रंगको प्रकास उत्पन्न गर्छ । यसबाट प्रयोगकर्ताको शरीरमा मेलेटोनिनको स्रावलाई उत्तेजित हुन्छ र केही बेरपछि पुरै संसार विर्सेर गहिरो निद्रा लाग्छ । यसमा निद्राबाट ब्युझिनका लागि समय सेट गर्नु पर्छ , प्रयोगकर्ता उठने बेला मास्कले आखामा हरियो रंगको प्रकास प्रदान गर्छ । यो डिभाइसमा विभिन्न प्रकारको संगीत समेत सुनने व्यवस्था छ । यति मात्रै हैन यसमा जडान गरिएको मनिटर र एक्सेलेरोमिटर तथा गायरोस्कोपबाट प्रयोगकर्ताको निद्रालाई ट्रयाक गर्न पनि सहयोग पुग्छ । यसमा प्रयोग गरिएको एपले प्रयोगकर्तालाई कति बेरसम्म सुत्यो भनेर जानकारी पनि दिनेछ । (#MyStory, Published on Kantipurdaily.com dated 2 Magh 2074)
https://www.kantipurdaily.com/technology/2018/01/16/20180116160929.html