खेतीपाती र कृषि व्यापारबाटै पनि अर्बौको आम्दानी गर्न सकिन्छ ।
यही पेशा अप्नाएरै विश्वका धेरै जना अर्बपति बनेका छन् । सफल अर्बपति किसानका प्रेरक सामग्री कान्तिपुर दैनिकको
‘धनीको कुरा’ स्तम्भमा पढ्नुस् ।
- दिनेश यादव(DINESH YADAV)___________
सबैभन्दा बढी परिश्रमी र कही पहू“च नभएको कोही छन भने त्यो किसान हो । खेतमा उत्पादन गर्छन तर बजार पाउ“दैनन् । बिचौलियाका मारमा संधै तिनीहरु पर्दै आएका छन् । सही र व्यवस्थित तरिकाले कृषि पेशा अ“गाले उभो नलाग्ने कुरै छैन । छिमेकी मुलुक भारतको कुल जनसंख्या मध्ये अधिकांशलाई हरियाणा र पंजाबका कृषकले उत्पादन गरेको खाद्यान्नले धानिरहेको छ । नेपालमा भने कृषि पेशा सबैभन्दा अपहेलित बनेको छ । दैनिक उपभोग्य खाद्यवस्तु समेत विदेशबाट आयात गर्नु पर्ने अवस्था छ । पछिल्लो समय व्यावसायिक खेति शुरु भएपनि त्यो प्रयाप्त भने छैन । यो क्षेत्रमा लाग्नेहरु आफ्नै श्रम, पसिना र मिहिनेतबाट धनाढ्य बनेका उदाहरणहरु धेरै छन् । केही किसान त अर्बपति समेत बनेका छन् । सुन्दा आश्चर्य लाग्न सक्छ तर विश्वका केही धनाढ्यहरु कृषि पेशाबाटै अर्बपति बने, बन्दैछन् । चीनका लिउ योङघाउ ती मध्येका एक हुन् । उनी विश्वकै सर्वाधिक धनी किसान हुन ।
‘द रिचेस्ट डट कम’ का अनुसार लिउका कुल सम्पति ५ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको छ । फोब्र्सका अनुसार ६५ वर्षिय लिउ र उनको परिवारको कूल सम्पति ४ दशमलव ७ अर्ब (रियल टाइम ७ अक्टोबर २०१६) छ । सन १९८२ मा सरकारी नोकरी छाडेर उनी किसान बने । उनी यो पेशामा एक्लो भने लागेनन् । उनी आफ्ना दुई भाईलाई समेत नोकरी छाड्न लगाएर कृषिकर्ममै संलग्न गराए । तीन दाजूभाई मिलेर चीनको चेङदूमा कूल १ सय ५० अमेरिकी डलर लगानी गर्दै कुखुरा पालन शुरु गरे । आज लिउ योङघाउसंग चीन र अस्ट्रेलियामा हजारौं हेक्टरमा कृषि फार्म छ । उनी चीनकै सबैभन्दा ठूलो कृषि व्यापार कम्पनी न्यू होप समूहका मालिक हुन । हालैका दिनहरुमा उनले चीन र अस्ट्रेलियामा रियल एस्टेटको व्यापार समेत थालेका छन् । लिउले आफूले खोलेको उक्त कम्पनीमा छोरीलाई समेत सहभागी गराएका छन् । तीन दाजूभाई मिलेर कृषि व्यापार थाल्नेमा उनी एक्ला उदाहरण हुन । त्यसो त सन् १९९० मा अन्य भाईहरु अलग भएर आ–आफ्नै व्यापार र उद्योग स्थापना गरे । तरपनि उनको कम्पनी अझै चीनमा एनिमल फिड(पशु आहार) व्यापारमा अग्रनी नै मानिन्छ । योङघाउ हाल न्यु होप ग्रुपका अध्यक्ष र चाइना मिन्शेङ बैंकका उपाध्यक्ष पनि हुन् । चीनको टेकनिकल स्कूलमा शिक्षकका रुपमा जागिरे छ“दै उनको मनमा कृषि व्यापार गर्ने चाहना भयो । त्यसताका उनका दुई भाई पनि सरकारी जागिरे थिए । पछि तिनै जनाले जागिर छाडेर एग्रो–बिजनेस(कृषि व्यापार) मा लगानी गरे । शुरुमा लगानी गर्ने रकम तिनीहरुसंग थिएन । धेरै मथ्थापिच्ची गरेपछि रकम जम्मा गर्ने एउटा जुक्ति निकाले तीनै दाजू भाईले । आ–आफ्ना घडी र साइकल बेचेर १ सय २० अमेरिकी डलर जम्मा गरे । उक्त रकम दाजू भाईले कुखुरा र बट्टाईको बच्चा उत्पादन गर्दै छिमेकी र सिचुआन प्रान्तको गाउ“बस्तीहरुमा लगेर बेच्न थाले । त्यसमा सफलता पाएपछि तिनीहरुले पशु आहारको व्यापार पनि थाले । त्यो व्यापारसंगै कुखुरा पालनबाटै उनी आज अर्बपति बनेका छन् ।
यसैगरि अमेरिकी नागरिक ह्यारी स्टाईन पनि कृषि व्यापारबाटै अर्बपति बनेका छन् । उनको कूल सम्पति ३ दशमलव ३ अर्ब (रियल टाइम ७ अक्टोबर २०१६) रहेको फोब्र्स अखबारले जनाएको छ । ७४ वर्षिय उनी विगत ५० वर्षयता हाइब्रिड (ठिमहा) सोयाबीन उत्पादन गर्दै आएका छन् । अमेरिकाको लोभाका ह्यारीसंग एडेलमा १० हजार एकड जग्गामा सोयाबीन र मक्कैको फार्म छ । उनी हाइब्रिड विउका लागि परिचित छन् । प्रमुख विउ उत्पादन कम्पनी मोन्सेन्टो र सिंग्नेटाका लागि उनकै फार्मले ठीमहा विउ आपूर्ति गर्छ । उनको कम्पनीको उत्पादनहरु मध्ये ८ सय भन्दा बढीमा पेटेन्ट अधिकार सुरक्षित छ । हालै उनले आफ्नो ‘स्टाईन सीड’ नामको कम्पनी नै शुरु गरेका छन् । उनको कम्पनीले उत्पादन गरेको बिउ सबैभन्दा बढी मूल्यमा विक्रि हुने गरेको रेकर्ड छ ।
अर्का विश्वका चर्चित किसान हुन, ब्राजिलका ब्लेरो म्यागी । उनी सोयाबीन उत्पादन गर्ने ठूलो किसान हुन । ब्राजिलका कृषिव्यापारी मोघुल एन्ड्रेका छोरा हुन्, उनी । उनको फार्म ब्राजिलमा सबैभन्दा बढी सोयाबीन उत्पादन गर्छ । म्यागीको फाम्र्सलाई छाडि दिने हो भने पनि ब्राजील सोयाबीन उत्पादन गर्ने दुई नम्बरबाट ५ औ स्थानमा आउ“छ । ६० वर्षिय उनी ब्राजीलमा करीब ४ लाख हेक्टर फार्ममा सोयाबीनको खेति गर्छन, जुन विश्वकै सबैभन्दा ठूलो नीजि सोयाबीन उत्पादन फार्म हो । म्यागी दुई पटक ब्राजीलको सीनेटरमा समेत चुनिए । उनी ब्राजीलका कृषि मन्त्री समेत बनाइए । उनको फार्मको सोयाबीन खरिद गर्ने सबैभन्दा ठूलो मुलुक चीन हो । सन १९९० यता चीन यो फार्मसंग प्रत्यक्ष रुपमा आयातमा जोडिएको छ । फोब्र्सका अनुसार ब्लेरोको कूल सम्पति ३ अर्ब अमेरिकी डलर रहेको छ ।
यसैगरि अस्ट्रेलियाली नागरिक टोनी पेरिच विश्वकै ठूलो डेरी फार्मर(दुध उत्पादक किसान) हुन । अस्ट्रेलियाको एडिल्भिसका टोनी विश्वकै पा“च धनाढ्य किसानमध्ये चौथो स्थानमा छन । उनले सन् १९५१ मा २५ वटा गाईबाट डेरी उद्योग संचालन गरेका थिए । हाल उनीसंग दुई हजार भन्दा बढी गाई छन । ११ हजार हेक्टरमा उनको कृषि फार्म छ । फोब्र्स पत्रिकाका अनुसार उनको कुल सम्पति ७७ करोड अमेरिकी डलर रहेको छ । टोनी हालै १२ हजार फ्ल्याट भएको एउटा हाउजिङ सोसाइटीमा लगानी गरेका छन् । अस्टे«लियाको सर्वाधिक ५० धनाढ्यहरुको सूचीमा उनी ३२ औं स्थानमा छन् ।
सबै भन्दा आश्चर्यको कुरो त के छ भने विश्वकै सबैभन्दा ठूलो लगानीकर्ता वारेन बफेटका जेठा छोरा हावर्ड पनि किसान हुन । हावर्डलाई बुबा वारेनले तीन पटकसम्म कलेजमा भर्ना गरिदिएका थिए, छोराले पढोेस् भनेर । तर उनले कलेज पढेनन, बिचैमा छाडे । ८० को दशममा हावर्डले सोयाबीन र मकैको खेति शुरु गरी हाल अर्बपति किसान बनेका छन् । खेतिकिसानीमा मनग्ये आम्दानी हुन थालेयता उनी पछि फर्केर कहिले हेरेनन् । ६१ वर्षिय उनी अरिजोनामा ३९ सय एकड, दक्षिण अफ्रिकामा ९२ सय एकड र अमेरिकी राज्यहरुमा ४४ सय एकडमा खेतिकिसानी गर्छन । उनीसंग सानाठूला गरि ५० भन्दा बढी ट्रयाक्टर छन् । त्यस्तै, दुई लाख ५० हजार अमेरिकी डलर भन्दा बढी मूल्यको कृषि यन्त्र पनि उनको फार्ममा छ । सेलिब्रेटी नेटवर्थका अनुसार उनको कूल सम्पति २० करोड अमेरिकी डलर छ । फोब्र्सले उनका बुबा वारेन ६४ दशमलव ७ अर्ब अमेरिकी डलर (रियल टाईम, ७ अक्टोबर २०१६) का साथ विश्वका तेस्रो अर्बपति हुन् ।(एजेन्सीहरु)
(Published on Kantipur Daily dated 10 October 2016)

No comments:
Post a Comment