Thursday, 27 October 2016

चीनले मनाउदैन, तिहारजन्य उत्पादन बेच्छ



  • चिनिया दियो र क्याडल मात्रै होइन पाटाका पनि विद्युतीय 
  • केही वर्षयता यो पर्व ‘इलेक्ट्रोफाइङ तिहार’ मा परिवर्तन  



दिनेश यादव(Dinesh Yadav)_____________________________  
हिन्दु धर्मावलम्बीसगै सिख र जैन सम्प्रदायलगायतले बनाउने तिहार/दीपावली/दियावाती पर्व विश्वव्यापी बन्दै गएको छ । नेपाल र भारतमा अत्यन्तै श्रद्धा, उल्सास, उमंग र धुमधामले यो पर्व मनाइन्छ । एक अध्ययन अनुसार यी दुई मुलुकसहित विश्वका २५ देशमा दीपावली मनाउने गरिन्छ । हुन त हिन्दुधर्ममा आस्था राख्नेहरू विश्वका जुनसुकै कुनामा रहे पनि यो पर्व मनाउछन् । उज्यालो, पटाका र आतिशबाजीको बढी महŒव हुने दीपावली पर्व नेपाल र भारतमा पाच दिनसम्म मनाइन्छ । यो अवसरमा दियो र इलेक्टोनिक बत्तीहरूले घर मात्र नभई सहरै झकिझकाउ र झिलिमिली बनाइएका हुन्छन् । रंगीचङ्गी बत्तीहरूले वातावरण अत्यन्तै मनमोहक देखिन्छ । केही वर्षयता माटोको दियोको स्थानमा बिजुलीबाटै बल्ने दियोको चलन बढेको छ । मैनबत्ती जस्तो आकृतिको विद्युतीय सामग्रीको प्रयोग बढेको छ । पछिल्लो समय यी विद्युतीय सामग्रीे चीनबाट सस्तैमा आयात हुने गरेको छ । विश्व बजारको माग बुझेको चीनले ‘मास प्रडक्सन एन्ड मास कन्ज्युमर’ नीतिलाई अंगीकार गर्दै यस्ता सामग्रीको उत्पादन गर्दै आएको छ । सम्भवतः चीनमा तिहार मनाइन्न तर उसले यो पर्वका लागि चाहिने इलेक्ट्रोनिक दियो, बत्ती, क्यान्डल र आतिशबाजीमा प्रयोग हुने सामग्री बजारमा पठाउने गरेको छ । अहिले उसको उत्पादनबिना दीपावलीमा गरिने सजावट अधुरो जस्तो लाग्ने भइसक्यो । परम्परागत सामग्रीलाई चिनिया“ उत्पादनले लगभग विस्थापित नै गरिसक्यो । नेपालमा मात्रै होइन, भारतलगायतका अन्य मुलुक जहा“ दीपावली मनाइन्छ, त्यहा“ चिनिया“ सामान छ्याप्छ्यापी पाइन्छन् । 
Published on Kantipur on Tihar issue dated 10 Katik 2073

चिनिया“ उत्पादनहरू तुलनात्मक रूपमा सस्तो हुने भएकाले धेरैको पहिलो रोजाइ बन्ने गरेको हो । व्यापारीहरूका अनुसार बजारमा अन्य मुलुकको दीपावलीजन्य उत्पादनहरूको तुलनामा चिनिया सामान २० देखि ५० प्रतिशतसम्म कम मूल्यमा पाइन्छ । धेरै उत्पादन गरी धेरै खपत गर्ने बजार रणनीतिका साथ अघि बढेको चीनले आफ्ना सामानमा कम नाफामा बजारको मागअनुसार चल्ने गरेको छ । त्यसैले उसले आन्तरिक बजारमा आवश्यक पर्ने मात्रै नभई विश्व बजारको मागअनुरूप सस्तो मूल्यमा सामानहरू निर्यात गर्दै आएको छ । तिहारका लागि उसको सबैभन्दा ठूलो बजार नेपाल र भारत नै हो । तिहारजन्य उत्पादनहरू चीनले तीन महिना पहिलेदेखि यी मुलुकहरूमा निर्यात गर्ने गर्छ । हाल, चीनले आफ्ना अन्य उत्पादनहरूजस्तै तिहारमा प्रयोग हुने सामग्रीको बिक्री अनलाइनमार्फत गर्न थालेको छ । जनसंख्याको हिसाबले तिहारजन्य चिनिया“ उत्पादनको बजार भारत नै हो । त्यहा“ बर्सेनि उसको व्यापार बढ्दो छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार २००६ मा तिहारमा चिनिया“ सामानहरूको कारोबार ११ हजार करोड भारतीय रुपैया“ थियो, त्यो २०१२ मा बढेर ३३ हजार करोडभन्दा बढी पुग्यो । अर्थात झन्डै तीन गुणाले बढ्यो । एक रिपोर्टले चिनिया“ सामानका कारण भारतीय बजारमा करिब २०० प्रतिशतसम्म नोक्सान भइरहेको छ । तिहारका सामग्री उत्पादन गर्ने उद्योगहरूलाई सस्तोमा आफ्ना सामान बजारमा पठाउन चीनले बाध्य तुल्याइदिएको छ ।    
चीनमा बनेका लाइटिङ र सजावटका समानहरूको प्रयोग भारतमा ठूलो परिमाणमा गरिन्छ र यी सामानहरू चाडपर्व सुरु हुनुभन्दा तीन महिनाअघि नै भारतीय बजारमा पुगिसक्छन् । पछिल्लो समय भारत र पाकिस्तानबीच जारी तनावले चीन बजारलाई पनि प्रभावित पारेको छ । भारतीय सोसल मिडियामा बेइजिङले पाकिस्तानको ‘समर्थन’ गरेको प्रचार गर्दै चिनिया“ सामान बहिष्कार गर्ने अभियान केही व्यक्तिले चलाइरहेका छन् । तर, चिनिया“ सामानहरूको बिक्री त्यहा पूर्ण रूपमा रोकिएको छैन । पहिलादेखि नै बजारमा थोक विक्रेताहरूले चिनिया“ सामानहरू राखेकाले समस्या नभएको त्यहा“का व्यापारीहरूलाई उदृत गर्दै सञ्चार माध्यमहरूले जनाएका छन् । तिहारकै मुखमा थालिएको बहिष्कार अभियानले ३० प्रतिशतसम्म बजारमा कमी आउन सक्ने बताइएको छ ।  
सामाजिक र धार्मिक दृष्टिकोणले धेरै महŒव राख्ने तिहार अ“ध्यारोमाथि प्रकाशको जितलाई प्रकट गर्ने पर्व पनि हो । यो पर्वमा किनमेल बढी गरिन्छ । कपडा, घरका सामान, उपहार, भा“डावर्तन, सुनचा“दीलगायतका सामान खरिद गर्नेे चलन छ । किनभने यो पर्वमा खर्च र किनमेललाई शुभ मानिन्छ, लक्ष्मीलाई धन, समृद्धि र लगानीको देवी मानेरै यसोे गरिएको हो । मिठाई, झिलिमिली बत्ती, सजावटका आधुनिक सामानहरू, अतिशवाजी, पटाकाको किनमेल नेपालको तुलनामा भारतमा बढी हुन्छ । पा“च हजार करोड भारतीय रुपैया“को कारोबार आतिशबाजीमा मात्रै हुने गरेको छ । सजावटका समानहरूमा पनि त्यतिनै रुपैया“ खर्चिने गर्छन, त्यहा“ । नेपालमा आतिशबाजीको तुलनामा किनमेल र सजावटका सामग्रीमा बढी खर्चिन्छ ।   
तिहारमा मनोरञ्जनका लागि बढी प्रयोग हुने सामग्रीहरूमा स्पार्कलर्स (फुलझडी), चक्कर्स, ट्वीन्कलिङ स्टार्स (आकाश तारा), फ्लावर्स पोट (अनार) कलर फाउटेन्स, विभिन्न रकेटहरू, फेन्सी एक्स्पो रकेटहरू, पेन्सिलहरू, सुतली बम, बिडी बम, कार्टुन्स, फ्यान्सी फायरवक्र्स, फ्ल्यासलाइट पाटाकाहरू, जाइन्ट पाटाका, फ्यान्सी चाइनिज क्रेकर्स, बिजिली क्रेकर्स, फेस्टिभल चोर्सा गारल्यान्डलगायत छन् । पहिले यी सामग्रीहरूको आपूर्ति/बिक्री नेपाल र भारतमा भारतीय कम्पनीले गर्दै आएका थिए । अहिले पनि ती कम्पनीहरूले उत्पादन जारी राखे पनि चिनियाको माग बढेकाले बजारमा कम खपत हुने गरेको छ । काठमाडौं उपत्यकालगायतका केही सहरमा पाटाकाजन्य सामग्रीमा रोक लगाइको छ । चीनबाट पटाकाहरू आउन नपाए पनि भारतस“गको खुला सीमाका कारण नेपालमा भित्रिने गरेकै छ । तिहार सुरु हुनुभन्दा अगावै अवैध तरिकाले राजधानीलगायतका सहरहरूमा यी सामग्री भित्रिने गरेकाले पड्काइएको आवाज सुनिन्छ । भारतलगायतका अन्य ठाउ“मा भने यी सामानमा रोक छैन । पछिल्लो समय चीनले इलेक्ट्रिक पाटाका समेत बजारमा भिœयाएको छ । प्रदूषण नफैलाउने र यो पटकाको तुलनामा ठूलो आवाजका साथ पड्किने भएकाले यसको माग बढेको छ । यसलाई पटक–पटक प्रयोग गर्न सकिन्छ । विद्युतमा जोडेपछि उच्च डेसिबलको ध्वनि उत्पन्न गर्ने भएकाले केही मह“गो भए पनि भारतीयहरूले बढी खरिद गर्छन् । 
केही वर्षयता यो पर्व ‘इलेक्ट्रोफाइङ तिहार’ मा परिवर्तन भएको छ । चीनले विद्युतबाट बल्ने दियोदेखि क्यान्डलसम्म बजारमा ल्याइसकेको छ । अन्य पर्वमा देखिने आधुनिकताले तिहारलाई पनि छपक्क छोपिसकेको छ । एलईडी लाइट प्रयोग गरेर बनाइएका बत्तीहरूका लागि बढी भोल्टेजको आवश्यकता नपर्ने भएकाले यसको लोकप्रियता बढेको हो । तिहारमा प्रयोग गरिने लाइट्सहरूमा चिनिया“ उत्पादनकै दबदबा छ । चीनले दीपावलीकै लागि उत्पादन गरेका लाइट्सहरूमा क्रिस्टल बत्ती, डेकोरेटिभ बत्ती, मल्टिकलर लेड एक्समस लाइट, पारदर्शी वारप्रुफ आउटडोर बत्ती, इलेक्ट्रिकल दियो र मैनबत्ती, लेड कर्टेल लाइट, हाई भोल्ट क्रिस्टल बत्ती, आउटडोर डेकोरेसन स्ट्रिङ लाइट, इन्डोर/आउटडोर फ्लेक्जिबल लेड स्ट्रिप, लेड आर्टिफिसियल आउटडोर लाइट, सस्ता झिलिमिली बत्ती प्रयोग हुन्छन् । उसका उत्पादनहरू सस्तोदेखि मह“गोसम्मका भएकाले ग्राहकले आफ्नो खल्तीको गह्रौंपनाका आधारमा छनोट गर्न स्वतन्त्र छन् । चीन आफूले नमनाए पनि तिहारका सामग्री मनाउनेहरूका लागि उपलब्ध गराउदै आएको छ । उसको यो चाहना अरू केही होइन, विश्व बजारमा आफ्ना सामान बढी बेचेर कारोबारमा वृद्धि गराउनु हो ।
(Published on Kantipur on Tihar issue dated 10 Katik 2073)

No comments:

Post a Comment