Sunday, 2 October 2016

दशैमा सामुहिकता ‘दशगरदा काम’

तराईको दशैमा सामुहिकता अलिक बढी देखिन्छ । मुर्ति बनाउनेदेखि पुजाअर्चना, बेहरी संकलनदेखि मुर्ति विर्सजनसम्म यो सजिलै हेर्न र अनुभव गर्न सकिन्छ । त्यसैले यसलाई ‘दशगरदा काम’ (धेरै जना मिलेर गरिने कार्य) पनि भन्ने गरिन्छ । अरु समयमा जस्तो जातिय विभेद दशमीका अवसरमा गरिएको पाइ“दैन । हिन्दू वर्णका सबै जातजाति(दलितदेखि उच्च जाति) ले संगसंगै पालैपालो देवालयमा गएर पुजा गर्छन् । त्यसक्रममा श्रद्धालुहरुले ‘फुलाइस’ गर्ने चलन पनि छ । भक्तजनले निराहार बसी दशमीका दिन आफैले बनाएको शुद्ध दूधका मिठाई(पेडा) बनाएर देवालय गई भगवतिको हातमा फुल अछेता राखेर आफ्नो भाकल गर्छन । साडीको आ“चल(अचरी) थापेर त्यो फूल माग्छन, त्यो झरेपछि जय–जयकार गर्दै छप्पन कोटी देउतालाई एकैपटक सामुहिक रुपमा सम्झने प्रयास गर्छन् । यसैगरि दशमी अवधिभर गाउ“ वरपरका धार्मिक स्थलमा दियो बाल्ने चलन पनि छ । खासगरि ग्राम देवता (गाउ“को देउता) भनेर ‘दिहबार’ वा ‘बरहम’ बाबा थानमा शुद्ध तोरी तेलको दियोले झकिझकाउ हुन्छ भने त्यहा“ बालिने सुगन्धित धुपले वरपरका वातावरणलाई मग–मग वासनायुक्त बनाएको हुन्छ ।  गर्मी सकिने र चिसो शुरु हुने संकेतका रुपमा मानिने दशहरालाई नौ दिनसम्म नवरात्री महोत्सवको रुपमा मनाइन्छ, यस अवधिमा भक्तजनहरुले व्रत समेत राख्ने गरेको पाइन्छ । 

No comments:

Post a Comment