भारतीय सीमासंग जोडिएको मुलुकको दक्षिणी समथर भूभागको रुपमा रहेको मधेसका बासिन्दा आफ्नै भूमिमा आफ्नो पहिचानका लागि संघर्षरत छन् । भूगोल नेपालभित्रको तर त्यहा“का बासिन्दा ‘नेपाली होइनन’ भन्ने शंका गरिन्छ । तिनको राष्ट्रियता र पहिचानमाथि बारम्बार प्रश्न उठाइन्छ । सीमा क्षेत्रका बासिन्दा मधेसी पारिका बासिन्दाबाट ‘नेपाली’ र आफ्नै तिरकाबाट ‘भारतीय’ को परिचय पाउ“छन्, जुन मधेसीका लागि दुर्भाग्यपूर्ण अवस्था हो । आत्मसम्मान र आत्मपहिचान नपाएर सदियौंदेखि गुम्सिएको मधेस त्यसका लागि पछिल्लो एक दशममा तीनपटक आन्दोलित भएको छ । सयौंले ज्यान गुमाएका छन् । कैयौं अंगभंग भएका छन् । आन्दोलनहरुले मधेस र मधेसीको पहिचानलाई बलियो गरी स्थापित गराउन खोजेको छ । आन्दोलनकै परिणाम सरकारी नीति, नियम र कानुनमा मधेसीको पहिचानले ठाउ“ पाएको छ । तर मानिसहरुको नियत र व्यवहारमा भने अझै पाउनसकेको छैन । आफ्नो पहिचानको विषयमा आम मधेसीले कुनै न कुनै रुपमा अपमानको विष पिउनुपरेको छ । राजनीतिक र सामाजिक परिवर्तन संगसंगै मधेसीप्रतिको काठमाडौंको बुझाईमा परिवर्नत नभएको होइन । यद्यपि त्यो अझै पर्याप्त हुन सकेको छैन । मधेस र मधेसीको पहिचानबारे कान्तिपुरका संवाददाता राजेश मिश्रले ‘संघर्ष पहिचानको’ शिर्षकमा एउटा आलेखकै लेखेका छन् ।(Kantipur, 29 Asoj 2073,Page 6)Tuesday, 18 October 2016
मधेसीबारे आलेख
भारतीय सीमासंग जोडिएको मुलुकको दक्षिणी समथर भूभागको रुपमा रहेको मधेसका बासिन्दा आफ्नै भूमिमा आफ्नो पहिचानका लागि संघर्षरत छन् । भूगोल नेपालभित्रको तर त्यहा“का बासिन्दा ‘नेपाली होइनन’ भन्ने शंका गरिन्छ । तिनको राष्ट्रियता र पहिचानमाथि बारम्बार प्रश्न उठाइन्छ । सीमा क्षेत्रका बासिन्दा मधेसी पारिका बासिन्दाबाट ‘नेपाली’ र आफ्नै तिरकाबाट ‘भारतीय’ को परिचय पाउ“छन्, जुन मधेसीका लागि दुर्भाग्यपूर्ण अवस्था हो । आत्मसम्मान र आत्मपहिचान नपाएर सदियौंदेखि गुम्सिएको मधेस त्यसका लागि पछिल्लो एक दशममा तीनपटक आन्दोलित भएको छ । सयौंले ज्यान गुमाएका छन् । कैयौं अंगभंग भएका छन् । आन्दोलनहरुले मधेस र मधेसीको पहिचानलाई बलियो गरी स्थापित गराउन खोजेको छ । आन्दोलनकै परिणाम सरकारी नीति, नियम र कानुनमा मधेसीको पहिचानले ठाउ“ पाएको छ । तर मानिसहरुको नियत र व्यवहारमा भने अझै पाउनसकेको छैन । आफ्नो पहिचानको विषयमा आम मधेसीले कुनै न कुनै रुपमा अपमानको विष पिउनुपरेको छ । राजनीतिक र सामाजिक परिवर्तन संगसंगै मधेसीप्रतिको काठमाडौंको बुझाईमा परिवर्नत नभएको होइन । यद्यपि त्यो अझै पर्याप्त हुन सकेको छैन । मधेस र मधेसीको पहिचानबारे कान्तिपुरका संवाददाता राजेश मिश्रले ‘संघर्ष पहिचानको’ शिर्षकमा एउटा आलेखकै लेखेका छन् ।(Kantipur, 29 Asoj 2073,Page 6)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment