काठमाडौं १३ फागुन – मधेशमा राज्य पक्षबाट भईरहेको मानवअधिकार उल्लंघनका घटनाहरुप्रति एम्नेस्टी इन्टरनेसनलले असन्तुष्टि देखाएको छ ।
एम्नेस्टीको २०१४/१५ को प्रतिवेदनमा तराई (मधेश) क्षेत्रमा केन्द्रित सशस्त्र समूहका गतिविधि घटेर गएको भएता पनि लामो समयदेखि विद्यमान दण्डहीनताको अपसंस्कृतिका कारण प्रहरी निकायबाट हुने मानवअधिकार उल्लंघनका घटनाहरु नरोकिएको उल्लेख गरिएको छ ।
यस्ता उल्लंघनहरुमा स्वेच्छाचारी थुना, यातना तथा गैरन्यायिक हत्या लगायतका घटनाहरु रहेको जनाइएको छ । त्यस्ता कयौँ घटनाहरुमा संलग्नहरु विरुद्ध उजुरी दर्ता गर्न, अनुसन्धान गर्न वा अभियोजन गर्न प्रहरी असफल रहेको एम्नेस्टीले जनाएको छ ।
स्वतन्त्र मधेशको माग गर्दै आएको डा.सीके राउतको प्रक्राउका क्रममा मानवअधिकारको हनन भएको एम्नेस्टीको प्रतिवेदनमा जनाइएको छ । पक्राउ प्रकरणमा कार्यकर्ताहरुमाथि बल प्रयोग भएको जनाइएको छ । रिपोर्टमा भनिएको छ, मोरङ जिल्लामा भएको एक सार्वजनिक समारोहमा “स्वतन्त्र मधेश” को पक्षमा धारणा व्यक्त गरेको कारण स्वतन्त्र तराई (मधेश) प्रदेशका एक जना पक्षधर सीके राउतलाई “राष्ट्रियता विरोधी गतिविधि” को आरोपमा २०७१ असोज २२ (८ अक्टोवर २०१४) मा पक्राउ गरी राज्यविरुद्धको अपराधको अभियोग दर्ता गरियो ।
त्यसपछि धरौटीमा रिहा भएको अवस्थामा पनि सार्वजनिक प्रदर्शनको तयारी गरेका कारण उनलाई पटक पटक पक्राउ गरियो । उनका केही समर्थकहरुलाई पनि गिरफतार गरिएको थियो भने उनीहरुले गरेका सार्वजनिक कार्यक्रमहरुमा प्रहरीले हस्तक्षेप गर्दा कतिपय घाइते समेत भएका थिए ।

एम्नेस्टी इन्टरनेसनल प्रतिवेदन २०१४/०१५
(वार्षिक प्रतिवेदन २०१४/०१५ को पेज नं. २६७ देखि २६९ मा समाविष्ट नेपालखण्डको नेपाली अनुवाद)
वि.सं. २०५२ देखि २०६३ (सन् १९९६ देखि २००६) सम्म भएको सशस्त्र द्वन्द्वका क्रममा भएका अन्तर्राष्ट्रिय कानुनले गम्भीर अपराध मानेका घटनामा समेत क्षमादानका लागि सिफारिस गर्न सक्ने अधिकार सहितको संक्रमणकालीन न्याय संयन्त्रको स्थापनाका लागि संसदले ऐन पारित गरेबाट त्यसै पनि व्यापक रुपमा रहिरहेको दण्डहीनताको अवस्थाले अझ व्यापक रुप धारण गर्यो र दण्डहीनताको अवस्था झन दरिलो भएर गयो । ऐनमा गरिएको सो व्यवस्था सर्वोच्च अदालतको फैसलाको विपरीत थियो । राजनीतिक इच्छाशक्तिको कमीको कारण मानवअधिकार संरक्षणका लागि कार्यरत राष्ट्रिय निकायहरुलाई कमजोर पारियो । विगत र वर्तमानमा भएका मानवअधिकार हनन्का घटनाहरुमा दण्डहीनताको अवस्था विद्यमान रह्यो । लैङ्गिक, जात, वर्ग, जातीय उत्पत्ति र सांस्कृतिक लगायत आधारमा हुने विभेदहरुले निरन्तरता पाई नै रहे । स्वेच्छाचारी गिरफ्तारी, यातना र गैरन्यायिक हत्याका खवरहरु वर्षभरि नै आइरहे ।

पृष्ठभूमि:संविधान निर्माणको काममा विफल भई २०६८ जेठ (२०१२ मे) मा पहिलो संविधानसभा विघटन भएपश्चात् २०७० माघ ८ (२१ जनवरी २०१४) देखि दोस्रो संविधानसभाले औपचारिक रुपमा काम थालनी गर्यो । २०७० माघ २८ (११ फेब्रुवरी २०१४) मा नेपाली कांग्रेस पार्टीका सुशिल कोइराला प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । संविधानसभाले २०७१ माघ ८ (२२ जनवरी २०१५) सम्ममा नयाँ संविधान जारी गर्ने प्रतिवद्धता व्यक्त गर्यो । तर पनि राजनीतिक दलहरुकाबीच संघीयताको ढाँचा र अल्पसंख्यक आदिवासी एवं जनजाति नागरिकहरुको वृहद् स्वायत्तताको विषयमा विद्यमान विमतीका कारण उक्त मितिमा संविधान निर्माण हुन्छ भन्ने निश्चित भने देखिँदैन । २०७१ साउन (जुलाई २०१४) देखि सरकारले चौथो पञ्चवर्षीय राष्ट्रिय मानवअधिकार कार्ययोजना लागू गर्यो । अघिल्ला कार्यकालका पदाधिकारीहरुको पदावधि सकिएको एकवर्ष पछि २०७१ असोज (सेप्टेम्बर २०१४) मा मात्र सरकारले आयोगको अध्यक्षमा अनुपराज शर्मा तथा अन्य पदाधिकारीहरु नियुक्ति गर्ने निर्णय गर्यो । वहाँहरुले कात्तिक (अक्टोवर) मा पदभार ग्रहण गर्नुभयो ।
संयक्रमणकालीन न्याय:सत्य निरुण तथा मेलमिलाप र बलपूर्वक बेपत्ता पारिएका घटनाहरुको छानबीन सम्बन्धी गरी दुईवटा आयोगहरु गठनका लागि २०७१ वैशाख १२ (२५ अप्रिल २०१४) मा संसदले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पारित गर्यो । ऐनले आयोगलाई गम्भीर मानवअधिकार हनन्का घटनाहरु समेतमा क्षमादान सिफारिस गर्न सक्ने अधिकार प्रदान गरेको छ । यसअघि यस्तै प्रकारको क्षमादान सिफारिसको अधिकार सहित ल्याइएको अध्यादेशका सम्बन्धमा २०६९ पुसमा सर्वोच्च अदालतले एक फैसला गर्दै अध्यादेशको त्यस्ता प्रावधानहरु अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र अन्तरिम संविधान २०६३ को मर्म विपरित भएको भनी ठहर गरेको थियो । सर्वोच्चको उक्त फैसला पश्चात् संसदलेसो ऐन पारित गरेको भएतापनि त्यसमा पनि गम्भीर अपराधमा समेत आयोगले क्षमादान सिफारिस गर्न सक्ने प्रावधान राखियो । पीडित र वहाँहरुका परिवारजनले त्यस्तो क्षमादानका प्रावधानहरु संशोधनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुएको छ ।
दण्डहीनता:सम्भावित गैरन्यायिक हत्या, मानव वेचविखन, लैङ्गिक हिंसा र यातना एवं दुव्र्यवहार लगायतका घटनाहरुमा उजुरी दर्ता एवं अनुसन्धान गर्न र त्यस्ता घटनाहरुका सम्बन्धमा अदालतले दिएका आदेशहरुको पालना गर्नमा प्रहरी विफल भएका कारण मानवअधिकार हनन्का घटनाहरुमा जवाफदेहिता तथा न्याय, सत्य र परिपूरणमा पीडितहरुको अधिकारलाई नराम्ररी वेवास्ता गरियो ।
२०६० साल (सन् २००३) मा बलपूर्वक बेपत्ता पारी हत्या गरिएका धनुषाका ५ जना विद्यार्थीहरुको राष्ट्रिय मानवअधिकार आयोगले संकलन गरेको अवशेषको वैज्ञानिक प्रयोगशालामा परीक्षण गरिए पश्चात् ती अवशेषहरु पीडितहरुकै थियो भनी २०७१ साउन (जुलाई २०१४) मा आधिकारिक रुपमा प्रमाणित भयो । उनीहरुलाई आँखामा पट्टि बाँधिएको अवस्थामा नजीकबाट गोली हानिएको र घटनामा प्रयोग भएको गोलीको जाँचबाट तत्कालिन समयमा नेपाली सेनाले प्रयोग गर्ने गरेको गोली प्रयोग भएको पनि प्रमाणित भएको थियो । प्रहरीले यसअघिका ४ वर्षहरुमा प्रमाणको अभाव भएको भन्ने कारण देखाउँदै अनुसन्धानलाई विलम्ब गर्दै आएको थियो । तर उक्त नयाँ प्रमाण प्राप्त भए पश्चात् सन् २०१४ को अन्त्यसम्म पनि कुनै प्रक्रिया अघि बढाएन ।
तराई क्षेत्रमा मानवअधिकार हनन्: तराई (मधेश) क्षेत्रमा केन्द्रित सशस्त्र समूहका गतिविधि घटेर गएको भएता पनि लामो समयदेखि विद्यमान दण्डहीनताको अपसंस्कृतिका कारण प्रहरी निकायबाट हुने मानवअधिकार उल्लंघनका घटनाहरुको भने खवरहरु प्राप्त भैरहे । यस्ता उल्लंघनहरुमा स्वेच्छाचारी थुना, यातना तथा गैरन्यायिक हत्या लगायतका घटनाहरु रहे । त्यस्ता कयौँ घटनाहरुमा संलग्नहरु विरुद्ध उजुरी दर्ता गर्न, अनुसन्धान गर्न वा अभियोजन गर्न प्रहरी सफल भएन ।
मोरङ् जिल्लामा भएको एक सार्वजनिक समारोहमा “स्वतन्त्र मधेश” को पक्षमा धारणा व्यक्त गरेको कारण स्वतन्त्र तराई (मधेश) प्रदेशका एक जना पक्षधर सि.के. राउतलाई “राष्ट्रियता विरोधी गतिविधि” को आरोपमा २०७१ असोज २२ (८ अक्टोवर २०१४) मा पक्राउ गरी राज्यविरुद्धको अपराधको अभियोग दर्ता गरियो । त्यसपछि धरौटीमा रिहा भएको अवस्थामा पनि सार्वजनिक प्रदर्शनको तयारी गरेका कारण उनलाई पटक पटक पक्राउ गरियो । उनका केही समर्थकहरुलाई पनि गिरफ्तार गरिएको थियो भने उनीहरुले गरेका सार्वजनिक कार्यक्रमहरुमा प्रहरीले हस्तक्षेप गर्दा कतिपय घाइते समेत भएका थिए ।
आप्रवासी श्रमिकहरुको अधिकार:गएको वर्ष आधिकारिक मार्गबाट मात्रै कम्तिमा पनि ५ लाख नेपालीहरु रोजगारीका उद्देश्यले विदेश गए । यसरी गएकाहरु मध्ये अधिकांश निर्माण, उत्पादन वा घरेलु लगायत कम सीप भएकाहरुद्वारा गरिने कामका लागि गएका हुन् । ती मध्ये कयौंजनालाई वैदेशिक रोजगार कम्पनी र मध्यस्थकर्ताहरुले शोषण र जबरजस्ती श्रमका लागि बेचविखन गर्ने क्रमले निरन्तरता पायो । रोजगार कम्पनीहरुले श्रमिकहरुलाई उनीहरुको तलव र कामको प्रकार लगायतका बारेमा झुट बताएर धोका दिए भने रोजगारदाताले सरकारले तोकेको सिमा भन्दा बढी शुल्क असुल गर्दा कयौंले चर्को व्याजदरमा ठूलो ऋण काढ्न वाध्य भए । ३० वर्ष भन्दा कम उमेरका महिलाहरुलाई खाडी राष्ट्रमा जानका लागि लगाइएको बन्देज विद्यमानै रह्यो । यो बन्देज महिलाहरुको सुरक्षाको लागि भनी लगाइएको भएतापनि धेरै संख्याका महिलाहरुलाई अनौपचारिक बाटोको प्रयोग गरी जान वाध्य पारिएको कारण उनीहरु झन बढी शोषण र ज्यादतीको जोखिममा परे । वैदेशिक रोजगारीमा गएकाहरुमध्ये २०७० साउनदेखि २०७१ असार मसान्तसम्म (जुलाई २०१३ देखि जुलाई २०१४) को बीचमा ८८० जनाको मृत्यु हुनुले आप्रवासी श्रमिकहरुको स्वास्थ्य र सुरक्षाको चिन्ताको विषय पनि उत्तिकै चुलिएर गयो ।
मानव वेचविखन र वैदेशिक रोजगारीका लागि भर्ती गरिँदा हुने भ्रष्टाचार रोक्न सरकारले केही प्रयासहरु गर्यो । तथापि वदमासी गर्ने नियत भएका केही वैदेशिक रोजगार कम्पनीहरुले दण्डहीनताको अवस्थामा निर्वाध काम गरिरहे भने वेचविखनजस्ता समस्यामा परेका पीडित र तिनका परिवारहरुले चाहिँ उजुरी गर्ने निकाय र वैदेशिक रोजगारी कल्याणकारी कोष जस्ता क्षतिपूर्तिको संयन्त्रसम्मको पहुँचमा कयौँ व्यवधानहरु सामना गर्नुपर्यो ।
यातना तथा अन्य दुव्र्यवहार:खासगरी अभियोजनपूर्वको थुनाका क्रममा साविती वयान गराउन र सम्बन्धित व्यक्तिलाई त्रासको दवावमा राख्न प्रहरीले पुरुष, महिला र बालबालिका उपर यातना र दुव्र्यवहार गर्ने क्रमले निरन्तरता पायो । अप्रिल महिनामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार समितिले यातनालाई कानुनमा परिभाषित गर्न र अपराधीकरण गर्न नेपाललाई पुनः आग्रह गर्यो । त्यस्तै समितिले यातना र अन्य दुव्र्यवहारका घटनाहरुमा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम हुने गरी परिपूरणको व्यवस्था सुनिश्चित गर्न पनि स्मरण गरायो । तर २०१४ को अन्त्यसम्म पनि यस विषयलाई सम्बोधन गर्न कुनै प्रक्रिया अघि बढाइएन ।
विभेद: लैङ्गिक, जात, वर्ग, जातीय उत्पत्ति र सांस्कृतिक लगायत आधारमा हुने विभेदहरु विद्यमान नै रहे । वहिष्करण र दुव्र्यवहार, यातना, बलात्कार र अन्य यौनजन्य ज्यादतीबाट मानिसहरु पीडित भए । सीमान्तकृत महिलाहरु खासगरी दलित र विपन्नहरुले उनीहरु उपर हुने वहुआयामिक विभेदका कारणले विशेष किसिमको अप्ठ्याराहरु निरन्तर सामना गर्नुपर्यो । जातीय विभेद र छुवाछुत विरुद्धको ऐन २०६८ (सन् २०११) को बारेमा जानकारी नहुनु र यस ऐनका आधारमा उजुरी गरेमा आफू उपर पछि अप्ठ्यारो हुने हो कि भन्ने डरका कारण यो ऐनको प्रयोग अत्यन्त सीमित फौजदारी घटनाहरुमा मात्र भयो । बलात्कार सम्बन्धी कानुनमा विद्यमान अपर्याप्तता जस्ताको तस्तै रहे भने त्यस कानुनले कतिपय अवस्थामा महिलाहरुलाई नै विभेद गर्ने आशयहरु राखेको छ ।
यौन तथा प्रजनन अधिकार र स्वास्थ्यको अधिकार: नेपाली महिला र किशोरीहरुले भोग्दै आएको उनीहरु विरुद्धको गम्भीर लैङ्गिक विभेदले निरन्तरता पायो । विभेदका कारणले उनीहरुको यौन तथा प्रजनन अधिकार उपर आफैंले नियन्त्रण कायम गर्न पाउनु पर्ने कुरामा संकुचन ल्याइदियो । खासगरी परिवार नियोजनका साधनको प्रयोग, कम उमेरमा हुने विवाहलाई अस्वीकार गर्ने, गर्भावस्था र मातृस्वास्थ्यको पर्याप्त एवं उचित हेरचाह पाउनु पर्ने र पर्याप्त पोषणयुक्त खाना खान पाउनु पर्ने लगायतका अधिकारहरुमा संकुचन देखिएको हो । विभेदका कारणले नै उनीहरुलाई वैवाहिक बलात्कार लगायतका घरेलु हिंसाको अवस्थामा पुर्याउने गर्दछ । यी तमाम विभेदको प्रतिकुल परिणाम स्वरुप महिला र युवतीहरुको प्रजनन स्वास्थ्यमा पाठेघर खस्ने जस्ता समस्या उत्पन्न हुने जोखिम बढ्दछ र त्यस्तो समस्या कम उमेरका महिलाहरुमा समेत हुने गरेको छ ।
महिलाहरुमा विद्यमान पाठेघर खस्ने समस्याको जोखिम घटनाउन नेपाल सरकारले महिला र किशोरीहरु विरुद्ध हुने लैङ्गिक विभेद उन्मूलनका लागि गरेका प्रयासहरु निरन्तर रुपमा अप्रभावकारी रहे । मातृमृत्युदर घटनाउनमा केही सफलता हासिल भएतापनि आवश्यकताको अनुपातमा परिवार नियोजनका साधनहरुको उपलब्धताको कमी ज्यादै धेरै मात्रामा रह्यो भने उल्लेख्य संख्याका महिला र युवतीहरुले दक्ष प्रसुती सहायताकर्मीको सेवा पाउन सकेनन् । जातीय र भौगोलिक आधारमा असमानता विद्यमान रहेका कारण यो (पाठेघर खस्ने) समस्या खासगरी दलित, मुस्लिम र तराई भेगका महिलाहरुमा अझ विशेष रुपमा रहेको छ । अन्य विभिन्न विषयका अलावमा सरकारको चौथो पञ्चवर्षीय मानवअधिकार राष्ट्रिय कार्ययोजनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा “पाठेघर खस्ने समस्याको अन्त्यका लागि रोकथाममूलक उपाय अवलम्बन गरिनेछ” भन्ने उल्लेख गरेको छ । यो आफैंमा एक स्वागतयोग्य कदम भएतापनि कार्ययोजनाले कस्ता उपायहरु अवलम्बन गरिनेछ वा त्यो कार्ययोजनालाई सरकारले कसरी कार्यान्वयन सुनिश्चित गर्नेछ भन्ने कुरा स्पष्ट पारेको छैन ।