यस्यां गायन्ति नृत्यन्ति भूम्यां मत्र्या व्यैलवा:
युध्यन्ते यस्यामाक्रन्दो यस्यां वदति दुन्दुभिः।
सानो भूमिः प्रणुदतां सुपत्नान्
असपत्नं मा पृथिवी कृणोतु ।।
यास्ते प्राचीः प्रदिशो या उदीची
र्यास्ते भूमे अधराद् याश्च पश्चात्
स्योना स्ता मह्रं चरते भवन्तु
मा निपप्तं भुवने शिश्रियाण : ।।
असंवाधं मध्यतो मानवानां
यस्या उद्धतः प्रवतः समं वहु
नानावीर्या, औषधीर्या विभर्तिपृथिवी नः प्रथतां राध्यतां नः।।
(स्रोत: मिथिला भारती, अंक १, मार्च–जुन १९६९,
मैथिली साहित्य संस्थान, पटना(भारत)
पहिलो पंक्तिको नेपालीमा अर्थ :
हे मातृभूमि! हामी सबै तपाईकै वीर सन्ततिहरुले तपाईकै जयगान गछौं र स्व–उल्लासपूर्व जीवन व्यतित गरिरहेका छौं । यद्यपि हामी विभिन्न भूभागमा बसोबास गर्छौ र विभिन्न भाषा बोल्छौं । तर रणभेरीको शंकध्वनि सुन्ने बित्तिकै हामी मातृभूमिको रक्षार्थ बलिवेदीमा चढ्न तयार छौं । शत्रुसेनालाई सर्वथा नष्ट गर्दै हामी आफ्नो बिजय पताका फहराउँछौ । हे मातृभूमि! हामी तपाईलाई विश्वास दिलाउन चाहन्छौ कि तपाईको कीर्ति, शानलाई किन्चित पनि कलंकित गर्ने छैनौ ।
टिप्पणी:
कोरोनाको संत्रासमा छौं हामी । लकडाउन पनि जारी छ । यही मौकामा एउटा ऐतिहासिक ग्रन्थ पढ्दै थिएँ, त्यसैमा भेटियो ‘वैदिक राष्ट्रिय गीत । मैथिलीमा यो गीतको भावनानुवाद लक्ष्मीपति सिंहले गरेका छन् । मातृभूमिप्रतिको अगाढ स्नेह यसमा प्रकट गरिएको छ । बाह्य रणभेरीक शंखध्वनि सुन्नेबितिकै मातृभूमिको रक्षार्थ बलिवेदीमा चढ्न तयार रहेको प्रसंग छ । बाह्य शत्रुसेनालाई सर्वथा नष्ट गर्ने र मातृभूमिको कीर्ति र शानलाई कलंकित नगर्ने विश्वास यो गीत मार्फत् मातृभूमिलाई दिलाउन खोजिएको छ । हामी नेपाली आन्तरिक रणभेरीक शंखध्वनिबाट आजित भएर आफै–आफैमा लड्न थालेका छौं ।
आफ्नैलाई शत्रुसेना ठानेर एक अर्कालाई सफाया गर्ने दाउमा छौं । बाँदर सेनाहरु मुर्दाबाद/जिन्दाबाद गर्न थालेका छन् । रतिभर विवेक नभएकाहरु झुठलाई साँचो बनाउने कुकृत्य गर्न आतूर छन् । विश्वविद्यालयबाट डिग्री हासिल गरेकाहरु समेत पटमुर्ख बनि लठैतिमा उत्रेका छन् । झण्डै दुई तिहाई सरकारको नेतृत्व गरिरहेका पार्टी र नेता अल्पमतमा परेको अस्थिर सरकारकै भूमिकामा देखिएको छ ।
एक दलिय बहुमत सरकार अन्य पार्टीलाई फुटाउन खै किन लागे होलान् ? मुलुककै बेइज्जत हुनेगरी जुन राजनीतिक शृंखलाहरु सत्ताधारीबाट शुरु भएका छन् , त्यो दूर्भाग्यपूर्ण मात्रै छैन, आम नागरिकलाई लज्जाबोध हुने खालका छन् ।



















