Wednesday, 29 April 2020

वैदिक राष्ट्रिय गीत


यस्यां गायन्ति नृत्यन्ति भूम्यां मत्र्या व्यैलवा:

युध्यन्ते यस्यामाक्रन्दो यस्यां वदति दुन्दुभिः।

सानो भूमिः प्रणुदतां सुपत्नान्

असपत्नं मा पृथिवी कृणोतु ।।
     
यास्ते प्राचीः प्रदिशो या उदीची

र्यास्ते भूमे अधराद् याश्च पश्चात्

स्योना स्ता मह्रं चरते भवन्तु

मा निपप्तं भुवने शिश्रियाण : ।। 

असंवाधं मध्यतो मानवानां

यस्या उद्धतः प्रवतः समं वहु

नानावीर्या, औषधीर्या विभर्ति
पृथिवी नः प्रथतां राध्यतां नः।। 
(स्रोत: मिथिला भारती, अंक १, मार्च–जुन १९६९, 
मैथिली साहित्य संस्थान, पटना(भारत)

पहिलो पंक्तिको नेपालीमा अर्थ :
 हे मातृभूमि! हामी सबै तपाईकै वीर सन्ततिहरुले तपाईकै जयगान गछौं र स्व–उल्लासपूर्व जीवन व्यतित गरिरहेका छौं । यद्यपि हामी विभिन्न भूभागमा बसोबास गर्छौ र विभिन्न भाषा बोल्छौं । तर रणभेरीको शंकध्वनि सुन्ने बित्तिकै हामी मातृभूमिको रक्षार्थ बलिवेदीमा चढ्न तयार छौं । शत्रुसेनालाई सर्वथा नष्ट गर्दै हामी आफ्नो बिजय पताका फहराउँछौ । हे मातृभूमि! हामी तपाईलाई विश्वास दिलाउन चाहन्छौ कि तपाईको कीर्ति, शानलाई किन्चित पनि कलंकित गर्ने छैनौ ।

टिप्पणी: 
कोरोनाको संत्रासमा छौं हामी । लकडाउन पनि जारी छ । यही मौकामा एउटा ऐतिहासिक ग्रन्थ पढ्दै थिएँ, त्यसैमा भेटियो ‘वैदिक राष्ट्रिय गीत । मैथिलीमा यो गीतको भावनानुवाद लक्ष्मीपति सिंहले गरेका छन् । मातृभूमिप्रतिको अगाढ स्नेह यसमा प्रकट गरिएको छ । बाह्य रणभेरीक शंखध्वनि सुन्नेबितिकै मातृभूमिको रक्षार्थ बलिवेदीमा चढ्न तयार रहेको प्रसंग छ । बाह्य शत्रुसेनालाई सर्वथा नष्ट गर्ने र मातृभूमिको कीर्ति र शानलाई कलंकित नगर्ने विश्वास यो गीत मार्फत् मातृभूमिलाई दिलाउन खोजिएको छ । हामी नेपाली आन्तरिक रणभेरीक शंखध्वनिबाट आजित भएर आफै–आफैमा लड्न थालेका छौं ।
 आफ्नैलाई शत्रुसेना ठानेर एक अर्कालाई सफाया गर्ने दाउमा छौं । बाँदर सेनाहरु मुर्दाबाद/जिन्दाबाद गर्न थालेका छन् । रतिभर विवेक नभएकाहरु झुठलाई साँचो बनाउने कुकृत्य गर्न आतूर छन् । विश्वविद्यालयबाट डिग्री हासिल गरेकाहरु समेत पटमुर्ख बनि लठैतिमा उत्रेका छन् । झण्डै दुई तिहाई सरकारको नेतृत्व गरिरहेका पार्टी  र नेता अल्पमतमा परेको अस्थिर सरकारकै भूमिकामा देखिएको छ ।
एक दलिय बहुमत सरकार अन्य पार्टीलाई फुटाउन खै किन लागे होलान् ? मुलुककै बेइज्जत हुनेगरी जुन राजनीतिक शृंखलाहरु सत्ताधारीबाट शुरु भएका छन् , त्यो दूर्भाग्यपूर्ण मात्रै छैन, आम नागरिकलाई लज्जाबोध हुने खालका छन् । 

जनता समाजवादीको संरचना अब बहसमा








विषय वस्तुहरु:
१.वर्तमान अवस्था 
२.संगठनको मोडेल
३. कस्तो मोडेल होला त ?
४.दलको हैसियत
 ५.सैद्धान्तिक मतान्तर कम 
 सुरुमा महन्थ ठाकुरको नाम राखिएको छ । त्यसपछि क्रमश: बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठको नाम छ । 
वर्तमान अवस्था 
राजपा र समाजवादीले एकीकरण घोषणा गरेको एक साता पुग्दासमेत पार्टी (जनता समाजवादी) को नेतृत्व र संगठनको मोडल तय गर्न सकेका छैनन् । पार्टीका गतिविधि र निर्णयमा दुवैतर्फबाट ४/४ नेता संलग्न हुने गरेका छन् । तर, कसको नेतृत्वमा पार्टी चलेको छ भन्ने चासोलाई सम्बोधन गर्नसमेत नेताहरूले सकेका छैनन् । एकीकरणपछिका निर्णय प्रक्रियामा समाजवादीबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी हुने गरेका छन् । राजपा अध्यक्षमण्डलका ६ सदस्यहरूको आलोपालो नेतृत्वबाट चल्दै आए पनि एकीकरण प्रक्रियादेखि हालसम्म महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारीको मात्रै संलग्नता देखिएको छ । एकीकरण प्रक्रियादेखि नै बाहिर रहेका अध्यक्षमण्डलका सदस्यद्वय राजकिशोर यादव र अनिल झा पछिल्ला गतिविधि र निर्णयहरूमा समेत सहभागी भएका छैनन् ।
सैद्धान्तिक सहमतिमा दुवै पक्षबाट बराबरी केन्द्रीय पदाधिकारी र सदस्य रहने भनिएको छ तर नेतृत्व कसले लिने ? कस्तो मोडलको संरचना अपनाउने ? मर्यादाक्रम कसरी मिलाउने ? जस्ता सवालमा भने मतैक्य छैन । राजपाका नेता महेन्द्रराय यादवले नेतृत्व र मोडल टुंग्याउन बाँकी भए पनि पार्टी सामूहिक नेतृत्वबाट चल्ने बताए । ‘यसलाई पनि हामी सहजै टुंग्याउँछौं, सैद्धान्तिक विषयमा त हाम्रो मतान्तर नै हुन्न,’ यादवले कान्तिपुरसँग भने, ‘लोकतान्त्रिक विधि, प्रक्रियाबाट चल्ने गरी सामूहिक पद्धतिको मोडलमा नै हामी जान्छौं ।’
समाजवादीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने विगतमा लामो छलफल भइसकेकाले नेतृत्व व्यवस्थापनको सवालमा बाहिर आएजस्तो चुनौती नभएको बताए । एकीकरणपछि अरू नै मुद्दामा व्यस्त रहनुपरेकाले यसबारेमा छलफल अघि बढी नसकेको उनको भनाइ छ । आफ्ना सांसद सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै दोषीउपर मुद्दा दर्ताका लागि नेताहरू व्यस्त रहेको श्रेष्ठले बताए । सांसद ‘अपहरण’ काण्डमा सत्तारूढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल संलग्न रहेको भन्दै समाजवादी–राजपाका नेताहरूले मुद्दा दर्ताको प्रयास गर्दै आएका छन् ।
‘पार्टी नेतृत्व र संगठनको स्वरूपलगायत सबै विषयमा एकसरो छलफल भइसकेको छ, अहिले अपहरणको मुद्दामा व्यस्त हुनुपरेकाले छलफल हुन नसकेको हो,’ श्रेष्ठले भने, ‘यसको टुंगो लागेपछि हामी छलफल सुरु गर्छौं ।’
संगठनको मोडल
राजपाको पार्टी सञ्चालन आलोपालो प्रणालीमा छ । एकल नेतृत्व स्वीकार नभएपछि १८ महिनादेखि राजपामा आलोपालोमा गएको हो । तत्कालीन ६ मधेसकेन्द्रित दल मिलेर बनेको राजपाभित्र अहिले पनि केन्द्रदेखि तल्ला तहसम्मका संरचना समायोजन भएको छैन । समाजवादीमा पनि दुई अध्यक्ष छन् । केन्द्रीय कार्यकारणी समितिको अध्यक्षमा उपेन्द्र छन् भने संघीय परिषद् अध्यक्षमा बाबुराम । यसलाई तत्कालीन समाजवादीका नेताहरू दुई अध्यक्षात्मक प्रणालीकै रूपमा पार्टी रहेको मान्छन् । केन्द्रीय तहमा वरिष्ठ शीर्ष नेतामध्ये अशोक राईलाई वरिष्ठ र राजेन्द्र श्रेष्ठलाई सहअध्यक्षको भूमिका दिइएको छ । राजपा नेता महेन्द्र राय यादवले राजपाले अपनाएको मोडल असफल भइसकेको बताए ।‘एकीकरणका बेला समायोजनका लागि हामीले ६ अध्यक्षात्मक मण्डलको मोडल अपनायौं, सत्तारूढ नेकपाले दुई र राप्रपाले तीन अध्यक्ष राखेर पार्टी सञ्चालन गर्न खोजे तर बहुनेतृत्व प्रणाली असफल भएको छ,’ यादवले भने, ‘हामी सामूहिक नेतृत्व प्रणालीमा जान्छौं, राजपाको भन्दा पृथक् ।’
कस्तो मोडल होला त ? 
यादवले अहिले छलफलमै रहेको बताए पनि पार्टीका केन्द्रीय तहका नेताहरूको व्यवस्थापनका लागि विभिन्न समिति बनाउने गृहकार्य छ । केन्द्रीय कार्यकारिणी, संघीय परिषद्, राजनीतिक, केन्द्रीय कार्यसम्पादनजस्ता समितिहरू बनाएर नेताहरूको व्यवस्थापन गर्ने गृहकार्य छ । स्रोतका अनुसार मर्यादाक्रमको समस्या करिब टुंगिएको छ । कांग्रेसले सोमबार बोलाएको विपक्षी दलको बैठकमै पार्टीको मर्यादा क्रमअनुसारकै नाम लेखिएको दाबी तत्कालीन राजपाका एक पदाधिकारीले बताए ।
विपक्षी दलको बैठकपछि जारी विज्ञप्तिमा समाजवादीबाट सहभागी नेताहरू भन्दै सुरुमा महन्थ ठाकुरको नाम राखिएको छ । त्यसपछि क्रमश: बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठको नाम छ । समाजवादीबाट ४ र राजपाबाट ४ गरी ८ नेतालाई उच्च तहमा राख्ने तयारी भए पनि अन्य पदाधिकारीको व्यवस्थापन कसरी गर्ने भन्ने समस्या छ । राजपा अध्यक्षमण्डलमा रहेका दुई सदस्य राजकिशोर यादव र अनिल झाको भूमिका तय भएको छैन । भूमिका प्रस्ट नभई पार्टी एकीकरण गरिएकोमा उनीहरूको असन्तुष्टि छ ।
राजपामा केन्द्रीय पदाधिकारीको संख्या १ सय ३५ छ । केन्द्रीय सदस्यहरू करिब ८ सयको हाराहारीमा छन् । राजपाको तुलनामा समाजवादीमा पदाधिकारीको संख्या सानो छ । समाजवादीमा २५ जना मात्रै पदाधिकारी छन् । समाजवादीका एक नेताका अनुसार एकीकरणपछि राजपाबाट पनि पदाधिकारीको संख्या २५ भन्दा बढी रहने छैनन् । समाजवादीको केन्द्रीय सदस्यको संख्या ४ सय ३१ छ छ । दुवैतर्फका समेत गर्दा पदाधिकारीका केन्द्रीय सदस्यको संख्या करिब १४ सय पुग्छ । अहिले भएका दुवैतर्फका केन्द्रीय सदस्यहरूको संख्या घटाउनुपर्ने तर्क राजपा नेता यादवको छ ।
दलको हैसियत 
बुधबार राति नाटकीय रूपमा एकताको घोषणा भए पनि कानुनी आधारमा जनता समाजवादीले मान्यता पाउन सकेको छैन । कानुनी मान्यता पाउनका लागि समाजवादी र राजपाको केन्द्रीय कार्यसमिति बैठक बसेर निर्णय गर्नुपर्छ । दुवै पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय, एकताको सहमति, पार्टीको विधान, नियमावली, घोषणापत्र, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको नामसहितको दस्ताबेज राखेर निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिनुपर्छ । जनता समाजवादीले यो प्रक्रिया अहिलेसम्म पूरा गर्न सकेको छैन ।
लकडाउनका कारण केन्द्रीय कार्यसमितिको बैठक राख्न नसकिएकाले प्रक्रिया पूरा गर्न नपाएको नेताहरूको तर्क छ । तर, केन्द्रीय नेताहरूकै भूमिका र जिम्मेवारीको विषय प्रमुख चुनौती बनेको छ । ‘नयाँ दल दर्ताका लागि पदाधिकारीहरूको नामसमेत राख्नुपर्ने भएकाले नेताहरूको जिम्मेवारी र भूमिकाको विषय नटुंगिएसम्म कानुनी वैधतातिर जाने देखिन्न,’ स्रोतले भन्यो, ‘औपचारिकताका लागि बैठक त फोन र भिडियो कन्फरेन्सबाट गर्न सकिन्थ्यो ।’
सैद्धान्तिक मतान्तर कम
पूर्ण समानुपातिक र शासकीय प्रणालीको विषयलाई एकता महाधिवेशनले टुंगो लगाउने समझदारी एकता हुनुअघिकै छलफलमा बनेको हो । राजपा नेता यादवका अनुसार यी दुई मुद्दालाई महाधिवेशनमै लैजाने तयारी छ । अन्य मुद्दामा दुई पार्टीका समान धारणा छन् । ‘हामी एउटै मुद्दामा सँगै लड्दै आएका हौं, सैद्धान्तिक विषयमा मतान्तर हुने कुरै आउँदैन,’ यादवले भने, ‘पूर्ण समानुपातिक र शासकीय मोडलमा पनि हामी परिवर्तन हुन सक्छौं ।’
औपचारिक रूपमा समाजवादीले पूर्ण समानुपातिक र प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको वकालत गर्दै आएको छ । राजपाले अहिले अभ्यासमा रहेको निर्वाचन र संसदीय प्रणालीकै पक्षमा छ । यादवले व्यक्तिगत धारणा भन्दै पूर्ण समानुपातिक र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय मोडलमै पनि जान सकिने बताए । ‘अहिलेको निर्वाचन प्रणालीले धेरै विकृति भित्र्याएको छ । प्रत्यक्ष राष्ट्रपतीय प्रणाली अपनाएका मुलुकले धेरै प्रगति गरेका छन्,’ उनले भने, ‘अहिल्यै हामी टुंगोमा त पुग्दैनौं तर एकता महाधिवेशनले यसै दिशामा निर्णय लिन सक्छ ।’ 
स्रोतः कुलचन्द्र न्यौपाने (कान्तिपुर दैनिक)

Tuesday, 28 April 2020

महिला नेतृ रेणु यादव जब गर्जिन


                                      
महिला नेतृ रेणुकुमारी यादवलाई नेपालको राजनीतिमा नचिन्ने मानिस कमै होलान् । नेपालका पूर्व मन्त्री उनी बेला-बेलामा चर्चामा रहदै आएकी छन् ।नेपालको संघीय संसदमा सांसदको भूमिकामा रहेकी उनी पछिल्लो समय समाजवादी पार्टीमा नेतृत्वप्रति असन्तुष्टि जाहेर गर्दै पार्टी फुटाउने समूहको नेतृत्व गरेको आरोप लागेको छ । उनीमाथि यो आरोप लागि रहेकै बेला मधेसी राजनीति मात्रै होइन सिंगो नेपालकै राजनीतिमा एउटै खोलाका दुई किनारा बनेर रहेका दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल रातारात एकाकार हुन बाध्य भएको छ । कहिलेकाही खराब नियतले चालिएका कदमले सकारात्मक परिणाम पनि दिन्छ भन्ने कुरोको पछिल्लो प्रमाण सवाजवादी जनता पार्टी नेपाल बन्नुलाई लिन सकिन्छ ।
यसको पृष्ठभुमि तयार पार्न प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अध्यादेशले पनि थोर बहुत सहयोग गरेकै छ । जे सुकै भएपनि कसैले सोच्दै नसोचेको दुई पार्टीबीचको बिलय नेपालको राजनीतिमा एउटा विरलैको घटनाका रुपमा दर्ज भएको छ । नेतृत्व तहमा जतिसुकै मनोमालिन्य कायम भएपनि सत्ता इतरका दुई पार्टी एकाकार हुनुले जन–जनमा उत्साह थपेको छ ।
 नेतृ यादवको भूमिका यस अर्थमा सकारात्मक रुपमा लिन सकिन्छ । हुन त अहिले नै यसको मूल्यांकन गर्नु अहिक छिटो हुनेछ । गत वर्षको मे पहिलो साता समाजवादी पार्टी र नयाँ जनशक्तिपार्टी नेपालबीचको बिलयमा नेतृ यादवको भूमिका महत्वपूर्ण थियो । यसलाई कसैले नकार्न सक्तैन, मिल्दैन । तर नेतृत्व पक्षले उनीसंग जुन बेइमानी विगतमा गरेको थियो , त्यसको मूल्यांकन पार्टी पंक्तिले भविष्यमा गर्ने नै छ ।
 पछिल्लो घटना क्रममा २०७६ वैशाख २३ मा नेतृ यादवको ओजपूर्ण भाषणको सान्दर्भिकता समाजवादी जनता पार्टी नेपालको उदय भईसक्दा पनि सकिएको छैन । सप्तरीकी सांसद रेणु यादवले त्यस्ताका एकिकरणको संयुक्त घोषणा सभामा दिएको त्यो भाषणमा जनजाति, आदिवासी, दलित, पिछडा वर्गसहित नेतृत्वपंक्तिका लागि एउटा महत्वपूर्ण, मननयोग्य पाठ हुन सक्छ । यहाँ उनको भाषण एक पटक सबैले सुन्नै पर्ने हुन्छ । युट्युबको यो लिंक क्लिक गरि महिला नेतृ रेणु यादवको बोल्ड मनतव्य सुन्न सकिन्छ ।

https://youtu.be/PvkwQesfYeA








Monday, 27 April 2020

मैथिलीभाषी क्षेत्रमे पत्रकारिताक एकटा नमूना !

मैथिली भाषी क्षेत्रक एकटा नमुना समाचार:: मधुवनी बासोपट्टी डेटलाइनसँ लिखल अहि समाचारमें खास विषय वस्तुके सामान्यीकरण (जेनेरलाइजेसन) कएल गेल अछि । मुदा समाचारक बाइटमे एकल जातिय गन्ध छयैक । पत्रकारिताक आधारभूत सिद्धान्तमे कुनू पत्रकारके स्थायी बाइट आ जातिय बाइटसँ सदखनि दूर रहबाक बात उल्लेख छहि । एतह स्थायी बाइट त नहि मुद्दा एकैहटा जातिके बाइट छहि । अहि तरहे पत्रकारिता पत्रकारक विश्वसनीयता उपर प्रश्न खडा भए सकैत अछि । समाचारमा अहि तरह जेनेरलाइजेसन पत्रकारक लेल सेहो आत्मघाती होइत छहि ।

मिथिला क्षेत्रक लेखिकाक मानसिकता

मैथिली भाषा
सर्वप्रथम फणीश्वरनाथ रेणुक जन्मशती पर हुनका कोटी–कोटी नमन आ शब्दश्रद्धा अर्पण । प्रभाव खबरके पटना संस्करणमे रेणु के बारे मे उषाकिरण खान के एक गोटा आलेख पढबाक मौका भेटल । रेणु आ खान दुनू गोटे हमर मनपसिन लेखक थिकाह । हिनक साहित्यिक रचना आ पुस्तक खोइज खोइज के पढयैत रही छी । 
श्रद्धेय लेखिका उषाकिरण के अहि आलेख मे दोहरा चरित्र देखबा मे अबैत अछि । आलेख मे हरियर रंगसँ चिन्हित कयैल गेल वाक्य सब पढल जाए त स्पष्ट होइत छयैक । 
लेखक महोदया अपन आलेख मार्फत् रेणुक विरासत अपना के मानई मे भगमग्दूर प्रयत्न कएने छथि । अन्त्यमे अपना के मिथिला के हिन्दी लेखिका कहैत आलेख के विश्राम देल गेल अछि । मैथिली भाषी क्षेत्र मे अहि तरहे मानसिकता बहुत जगह भेटयैत छहि । जौ अपने हिन्दी लेखिकाक कोटी मे अपना के रखबाक धृष्टता रखैत छि त फेर मैथिली आ मिथिलासँ जोडनाई के की तुक अछि । महोदया , मिथिला के हिन्दी लेखिका आ हिन्दी के मैथिली लेखिकाक बात फराक होइत छहि । मिथिला के सुच्चा मैथिली बनबाक जाधरि प्रयास नहि होएत, मैथिलीक दुर्गति होइत रहत ।


Sunday, 26 April 2020

पोखरी डिलको बोट

–दिनेश यादव                                                                                                               लघु कथा (नेपाली भाषा)

तराई-मधेशतिर अचेल पोखरीमा यसरी पौडी खेलेको दृश्य विरलै देख्न पाईन्छ । मानवजन्य क्रियाकलापले जल पनि प्रदूषण मुक्त रहेन । फेरी अव्यवस्थित गाउॅबाट सहरतिर बसाई सर्नेहरूको लर्को वर्षौदेखि जारी छ । गाउॅघरमा गरिबी व्याप्त छ । महॅगाई ढाड सेक्नेगरी बढ्यैको बढ्यै छ । महॅगीको मारले गाउॅघरका भूमिहीन र ज्यालामजदूरी गर्नेहरूले जुॅगाको रेखी नबस्दै आफूसंगै आफ्ना नाबालक सन्तानलाई लिएर भारतको दिल्ली, बम्बै, पंजाब,कश्मीर सस्तो मजदूरी गर्न हानिनु एउटा परम्परा बस्यो । अनि साना बालकहरूले आफ्ना बालसखा पाउनै छाडे । हुनेखानेले सन्तानलाई नजिकका सदरमुकाम पढ्न पठाए । त्यसपछि गाउॅमा बालक कम हुने नै भई हाल्यो । अनि पोखरीको डिल, लङ्डा बम्बै र माल्डह ऑपको रूख, सिकैट, तेतईर र सरही ऑपको हॉगामा चढेर हाम फाली रमाईलो गर्ने दिन हराई हाल्यो । यसमा खतरा धेरै थियो, तर रमाईलो उल्का भएपछि अभिभावकको चेतावनी र गाउॅले काकाहरूको सम्झाई बुझाईको बेवास्तै हुन्थ्यो । माईजन काकाले पोखरीमा गोही हुन्छ, फलानो गाउॅमा बच्चालाई गोहीले लग्यो भनेर पटक पटक सुनाए पनि पुच्चेहरूले मान्दैन्थे । चैत/बैशाखमा लकडसुनङ्गहा (बालबालिकालाई बेहोस् बनाई बोरामा कसेर लाने काल्पनिक पात्र) को डर पनि देखाउॅथे । त्यसको डर पनि मान्दैन्थे,केटाकेटीहरू । बरू बिभिन्न बहाना बनाउॅथे । सबैभन्दा सजिलो बहाना चाहीं 'मैदान जाने' (त्यस्ताका शौचालय हुन्नथ्यो, पोखरी छेउछाउमा शौच जाने चलन) भन्ने थियो । यसमा रोक्ने कुरै भएन, तर केटाकेटीहरूमा शौच भन्दा पनि डिलबाट पोखरीमा डाईफ हान्न चाहना हुन्थ्यो । केटाकेटी उत्ता फुत्केर जान्थे र डढिया पैन्ट फुकालेर यो खेलमा नाङ्गै रमाउन मस्त हुन्थे । यता प्रचण्ड गर्मीका कारण अभिभावकहरू निद्रामा मस्त रहन्थे ।त्यस्ताका केटाकेटीले बिना घडी समय थाहा पाउथे । पौडी खेलेर घर फर्किदा र घरमा दिउॅसो सुतेका अभिभावक उठ्ने समय संगसंगै जस्तो हुन्थ्यो । कहिले काही पानीले आखॉ रातो भएको बेला बाहे केटाकेटीको पौडी खेल्न चोर बानी घरमा विरलै थाहा
पाउॅथे । थाहा पाए, बाॅसको एक/दुई कर्ची भेट्थे । यति हुंदाहुंदैपनि रमाइलो चाहीं औधी गर्थे । अब त्यो समय कहॉ छ र ! पहिले दिल्ली- पंजाबले बाल्यकाल खोस्यो, त्यसपछि खाडी मुलुकले खोस्न थाल्यो । उमेर बढाएरै पनि नागरिकता लिने र विदेश पठाउने परम्परा शुरू भयो । जसले धेरै विकृतिहरू गाउॅघरमा मौलाएका छन् । सबै भन्दा दुखद कुरो : त्यहॉका बालबालिकाहरू जवान/युवा हुन नपाउॅदै बुढा बन्ने गरेका छन् । विश्वभरी जारी कोरोनाको कहरले सबैलाई केही न केही पाठ सिकाएकै छ , सकारात्मक सुधारको आशा गरौं । कोरोनाका कारण लकडाउनले वातावरणमा व्यापक सुधार आएको छ , म चाहीं पहिलेको जस्तै गाउॅको पुरनी पोखरी, लभका पोखरी र अखडाहा पोखरीमा पौडी खेल्ने दिनको प्रतिक्षामा छु ।

Saturday, 25 April 2020

नेपाल छिर्न नपाएका नेपाली

आफ्नै मुलुक नेपालमा छिर्न नपाएका नेपालीहरुमा आधारित यो भिडियो जो कोहीलाई पनि भावविह्ल बनाउँछ । कोरोनाको कहर विश्वभर जारी छ । नेपाली पनि त्यसबाट अछुतो रहने कुरै भएन । तर, नेपाल सरकार र प्रहरी प्रशासनले जुन व्यवहार आफ्नै नागरिकसंग गरेको छ, त्यो विश्वको विरलैको घटना हो । यो भिडियो पुरा हेर्न आग्रह छ । हेरी सकेपछि लाईक, सब्सक्राइब र कमेन्ट गर्न नभुल्नु होला । 


Thursday, 23 April 2020

लोकतन्त्र दिवसकै दिन समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टीबीच एकिकरण

   समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एकिकरणपछि बिहिबार 
काठमार्डौंको कान्तिपथस्थित निर्वाचन आयोगमा ।


दिनेश यादव 
विषय वस्तु :–
१.विषय प्रवेश
२.एकिकरणको सन्देश
३.सरकारी मानसिकता उदाङ्गो
४.एकिरणपछिको अवस्था
५.सम्झौता पत्र 


विषय प्रवेश 
सरकारले लोकतान्त्रिक मूल्यमान्यताविपरीत अध्यादेश ल्याएको र पार्टी फुटाउन तिकडमबाजी खेलेको भन्दै त्यसको जबाफमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले एकिकरण गरेको छ । अध्यादेश ल्याउने सरकारको कार्य निरंकुश शासन उन्मुख शृंखलाबद्ध पछिल्ला कदमले महिनौदेखि थाति रहेको यी दुई दलबीचको एकिकरणलाई सार्थक बनाई दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरुलाई जानकारी नदिई मन्त्रिपरिषद् बैठकमा राजनीतिक दल विभाजन र संवैधानिक परिषद् बैठक संचालनसम्बन्धी दुई अध्यादेश ल्याउन ठाडो प्रस्ताब गरेका थिए । वैशाख ८ गते ल्याइएको उक्त अध्यादेशलाई दलहरुको विरोधबीच राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही दिन दुवै अध्यादेश जारी गरी लागूसमेत भइसकेको छ । अध्यादेश लागू भएपछि समाजवादी पार्टी वा राष्ट्रिय जनता पार्टीलाई फुटाउने षडयन्त्रले तिब्रता पाएको थियो । त्यही बीच एकिकरण भएर नेपालको राजनीति फेरी एकपटक तरङ्गीत बनेको छ । कोरोना भाइरसको कहर जारी रहेकै बेलामा यो एकिकरणले धेरैको ध्यान भाइरस संक्रमणको चिन्ताबाट डाइभर्ट गर्न सफल भएको छ ।

 एकिकरणको सन्देश
 नेपालका राजनीतिक पार्टीहरु फुट्न मात्रै होइन जुट्न पनि तयार रहेको सन्देश आज वैशाख ११ गते लोकतन्त्र दिवसकै दिन दिएको छ । आज दलीय पद्धति, लोकतान्त्रिक विधि र नागरिकका आकांक्षा पन्छाउँदै अधिनायकवादी शासन गर्न उद्यत तत्कालीन राजा ज्ञानेन्द्रलाई ‘तह’ लगाएको ऐतिहासिक दिन हो । दम्भ र अहंकारसहित राज्यको सम्मूर्ण शक्ति एकलौटी भोगमा उत्रेपछि जनआन्दोलन गर्नुपरेको थियो । नेपालमा केपी ओलीको नेतृत्वमा रहेको यो सरकारले ज्ञानेन्द्र शाही सरकारको जस्तै रवैया शुरु गरेका यत्रतत्र सर्वत्र आभास हुँदैछ । कम्तिमा यो एकिकरणले लोकतन्त्रका विरोधी र अधिनायकवादी सत्ता उन्मुखहरुलाई राम्रै झापड दिएको छ । संविधानको ‘छिद्र’ प्रयोग गरेर जसरी यो सत्तामा बसेकाहरु कोरोना भाइरस जस्तो विश्वव्यापी महामारीमा पनि बेमौसमी बाजा बजाउन थालेका थिए । त्यही छिद्रहरुलाई भ्वाङ पारी सम्पूर्ण शासन संयन्त्र हातमा लिने औजार सरकारले बनाउदै आएको थियो । थ्रेस होल्ड ल्याएर नेपालको राजनीतिमा दलहरुको संख्या घटाउने निर्णय अहिले सत्ताधारी रहेको दलकै नेतृत्वमा भएको थियो । त्यो निर्णयको मसी नसुक्दै फेरी ४० प्रतिशतले दल फुटाउन पाउने अध्यादेश ल्याएर नेपालमा अस्थिरता ल्याउन खोजेको पुष्टि भइसकेको छ ।

सरकारी मानसिकता उदाङ्गो
मुलुकमा लोकतन्त्र स्थापना भएको १४ वर्ष भइसक्दा पनि पुरानै मानसिकता सत्तामा बसेकाहरुमा देखिनु दुर्भाग्यपूर्ण छ । मुलुकमा व्याप्त भ्रष्टाचार र बेथितिहरुले त्यही मानसिकताहरुको पुष्टि गरेको छ । संविधान जारी भएपछि मुलुक संघीय पद्धतिमा गएको छ । स्थितर शासनका लागि जनताले दुईतिहाई मतनै दिएर नेकपालाई सत्तामा पुर्याएको छ । तर व्यवहार चाहिं संक्रमणकालीन नै देखाउने र क्रियाकलाप पनि केन्द्रीकृत ने जारी राख्ने मनस्थितिमा यो सरकार रहेको देखिएको छ । त्यसैले शासन व्यवस्थालाई चुस्त पार्ने र नागरिकका भावना अनुरुप काम गर्ने पद्धति अझै स्थापित हुन सकेको छैन । सत्तारुद्ध दल पार्टी–इतर आँखा पुर्याउन नसक्ने हविगतमा पुगेको छ, पंचायतकालमा बहुदलवादीलाई निषेध गरेझै । भ्रष्टाचारले शिखर नाघ्दैछ र वृहत् प्रकृतिका भ्रष्टाचारमा संलग्न पात्र बिरलै मात्र कारबाहीमा परेको उदाहरण स्थापित हुँदैछन् ।

एकिकरण पछिको अवस्था 
सरकारले राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश ल्याए लगतै सपा र राजपाबीचको एकिकरण सम्झौता नेपालको राजनीतिमा एउटा माइलस्टोन हुनसक्छ । दुई पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठकबाट पार्टी एकीकरण गर्ने जुन सहमति भएको छ, यसलाई दीगो र दीर्घकालिन बनाउन अब जरुरी छ । बडो सुझबुझका साथ शीर्ष नेतृत्वले एकीकृत पार्टीको नाम र झण्डा छनौट गरेका छन् । सहमति अनुसार एकीकृत पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’ हुनेछ । त्यस्तै एकीकृत पार्टीको झण्डा यसअघि समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयतकार आकारमा रातो र हरिया रंगको बीचमा तारा हुनेछ । एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ । पार्टी एकिरण गर्ने सपाको तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ र राजपाका तर्फबाट महन्थ ठाकुर,महेन्द्रराय यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् । एकिकरण सम्झौता अवसरमा राजपाका राजकिशोर यादव र अनिलकुमार झा अनुपस्थित थिए । यसअघि, अघिल्लो मंसिरमा दुवै दलबीच एकता प्रक्रिया अघि बढेको थियो । मंसिर अन्तिम साताको गृहकार्य अनुसार पार्टीको पहिला वरियतामा महन्थ ठाकुर दोस्रोमा भट्टराई रहने सहमति समेत भइसकेको थियो । समाजवादीका अध्यक्ष यादवले आफूलाई नै तेस्रो वरियतामा राख्नुपर्ने अडान लिएपछि एकता प्रक्रिया त्यस्ताका भाँडिएको समाचारहरु बाहिर चुलिएको थियो । तर यादवले त्यो कुराको खण्डन गर्दै राजपाले सत्ता छाड्नु पर्ने सर्त तेर्साएपछि एकिकरण विथोलिएको प्रतिक्रिया दिएका थिए ।

सम्झौता पत्र
सपा र राजपाले एकिकृत पार्टी हुन गरिएको सम्झौता पत्र र त्यसमा हस्ताक्षर गर्ने नेताहरु निर्वाचन आयोगमा .राजपा नेपाल र समाजवादी पार्टी बीच भएको एकताको सहमति पत्र दर्ता भयो। दर्ता न.१३८८/०७७-०१-११.



Wednesday, 22 April 2020

चालिसको साढेसाती


नेपाली कविता



  • दिनेश यादव 

उता नि चालिसकै साढेसाती,
यता नि चालिसकै साढेसाती,
खै यो शनिग्रह दशा कटाउने कसरी,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी  ।१। 

उता नि ‘र’ यता नि ‘र’
फरक यति मात्रै कि,
उता र‘राजनीति’, यता र‘रोजगारी’ गुम्ने साढेसाती,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।२।


उता क्वारेन्टाइन, यता आइसोलेसन जारी
फरक यति मात्रै कि
उता सार्वजनीकिरण, यता व्यक्तिकरण छानी–छानी,
कोरोनाले चुट्यो बेसरी, 
धेरैजना अत्तालिए कठैवरी  ।३।

उता दल फोर्ने, यता बेरोजगारीले दुखी,
समता यति मात्रै कि, 
दुवैमा छ अस्थिरता गुण भरी–भरी, 
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।४।

उता सत्ता–भत्ता, यता शून्यता–अनिश्चितता,
डर यति मात्रै कि, 
उता फुट्ने, यता चिन्ता भोकमरी, 
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी  ।५।

उता सुविधा गुम्ने डर, यता संक्रमित नभए नि पीडित,  
भाइरसले नछुए के भयो नि,
उता अध्यादेश, यता निर्देशन जारी,
कोरोनाले चुट्यो बेसरी, 
धेरैजना अत्तालिए कठैवरी  ।६।

चारैतिर चालिसकै साढेसाती,
उता शक्ति गुम्ने, यता निरीहको पीडा थपिने,
दुवैले ग्रहदशा कटाउने पो हो कि,
उता जोडघटाउ, यता मात्र घटाउ जारी,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी  ।७। 

(शिवनगर, कलंकी, २०७७ वैशाख १०)

साँझको पर्खाई

लघु कथा
  •  दिनेश यादव                                                                                         

कलंकीमा मेरो घरसंगै दुईटा बोट छन् । छिमेकीकोमा नासपाती र मेरोमा अम्बा । नासपातीको बोट ठूलो र अम्बा
अलिक सानो छ । लकडाउनले चारैतिर सुनसान छ । वरपर सन्नाटा अचेल यसरी छाएको छ कि पात हल्लिएको आबाज मेरो कोठासम्मै पुग्छ । बिहानै चराचुरुङ्गीको चिरिबिरी गजब सुनिन्छ । शायद कार्यालयमा संधै रात्रीकालिन ड्युटीले ढिलोे घर फर्किदा अबेरसम्मै ओछ्यानमा मस्त हुँदा वर्षौसम्म यो अवसरबाट बञ्चित थिएँ । बिहान, समाचारहरु सुन्न रेडियो त खोलिन्थ्यो, तर निद्राकै अंगालो प्यारो लाग्थ्यो । अचेल एफएम रेडियोसमेत बन्द गरेको छु । त्यहाँ सरकारको बेमौसमी बाजा बढी सुनिन्छ । जन–जनको आबाज सुनिन्न र आबाज भएकाको आबाज बढी सुनिन्छ । त्यसैले, रेडियो सुन्नै छाड्या छु ।बरु लकडाउनमा चारैतिर फैलिएको मौनतामा थरि–थरिका स्वरहरु सुन्ने प्रयास गरिरहेको छु । 
अचेल संधैभरी एकखाले मौनताले भरिएको दिउँसोलाई जो कोहीले अनुभव गरेकै हुनुपर्छ । सुनसान यस्तो छ कि आफ्नै साँसको आबाज पनि सुनिन्छ । एकदिन डराएर बार्दलीको ढोका खोलें । केही आबाज कानमा पर्यो । म सतर्क हुँदै त्यो आबाजमा कान थापेर सुन्न थालें । पातको आबाज अलिक चर्कै र अनौठो थियो । बार्दलीमा ठिङ्ग उभिएँ । लकडाउनको एकमहिना हुनै लाग्दा पहिलो पटक सुनिएको त्यो आबाजले म स्तब्ध थिएँ । पातहरु झाँगिदै गएसंग नास्पातीको फल पनि ठूलो हुँदै गएको रहेछ । शायद अम्बाको मौसम नभएर फूलसम्म लागेको छैन । अम्बाले खुसु–खुसु सोध्दै थियो, ‘नासपाती काका, यो चैत/वैशाखको गर्मीमा अघिल्ला वर्षहरुमा तपाईको शीतल छहारीमा मानिसहरु केही बेर सुस्ताएको खुबै देखिन्थे । तर यसपटक त्यही बाटो भएर फाँटफूट जाने /आउनेहरु पनि त्यहाँ अडिएको देखिन्न नि ? सबैजना मुख छोपेर मात्रै हिड्छन्, टोलभरी चहल पहल छैन् । के भएछ यस्तो, मानिस आफ्नैसंग पनि तर्किएर हिड्छन् त ?’ अम्बा नन–स्टप भनिरहेको थियो । बीचैमा नासपातीले रोक्दै भन्यो, ‘भतिज अम्बा, त्यही त, म पनि आश्चर्यमा छु, आखिर भई के रहेछ ? सबैजना त्रसित मुद्रामा मात्र देखिन्छन् । कयौ वर्षदेखि यहाँ उभिएको छु, तर यस्तो अवस्था यसअघि कहिले देखेको थिइनँ । पहिला त धेरै अस्पताल पनि थिएन, अहिले छ्यापछ्याप्ती भएपनि मानिस किन यसरी डराई रहेका हुन् ? पहिलेका मानिसहरु खुबै हाँस्थे–खेल्थे र रमाइलो पनि उद्यम गर्थे , सबै नजिक–नजिक हुन्थे । अहिले त सामाजिक दूरीका लागि विश्वका सरकारहरुले उर्दी नै जारी गरेका छन् । अस्पताल छन् तर पनि मानिसको अकालमै मृत्यु भईरहेको छ ।’ अम्बाले आफ्नो पात हल्लाउँदै भनेछ, ‘ हो त, अचेल बच्चाहरु पनि कति ज्ञानी भएका छन् । पहिले छुट्टी भयो कि खेल्न घरबाहिर निस्किहाल्ने गर्थे । हिजोआज छुट्टी भएको हप्तौ भईसक्दा पनि उनीहरु घरमै बस्न थालेका छन् । मलाई त यस्तो सुनसानबाट अब डर पो लाग्न थाल्यो, काका । ’नास्पाती काकाले सहानुभूति राख्दै भनेछ, ‘चिन्ता नगर, मानिस कहिले हार्दैनन् । यो पटक पनि हार्नेवला छैनन्, जितेरै छाड्ने छन् । पहिले जस्तै तीव्रता मानिसले आफ्नो जीवनमा ग्रहण गर्नेछन् । बरु हामी पनि शान्त होऔं, घरमा बसेका मानिसलाई बाहिर निस्कनै पर्ने गरी क्रियाकलाप नगरौं । तिम्रा र हाम्रा पातहरु असिनापानी र हावाहुँरीमा पनि चर्को आबाज आउँने गरी न हल्लाऔं ।’ सूर्यको घाम ओरालो लाग्दै थियो । म भने एउटा आशा र उमंग भरिएको साँझको प्रतिक्षामा थिएँ ।

(कलंकी , शिवनगर, काठमाडौं (नेपाल)। २०७७ वैशाख १० बिहान)   

Tuesday, 21 April 2020

लकडाउनमा भोका

नेपाली कविता

-दिनेश यादव 

लकडाउनमा फैलिदैछ भोक र भोकमरी,
सरकारले बाँडन थालेको छ राहत सामग्री,
मन फुरुंग बनाउँदै गएँ लिन राहत सामग्री,
घन्टौ बसें, पाइएन नागरिकता बिना राहत सामग्री ।१।

विश्वव्यापी बनेको कोरोना भाइरस,
मानवताकै नाताले सहयोग पाउँने थियो आश,
तर, न मतदाता न नागरिकता अनि कसले पो गर्छ विश्वास,
रित्तो हात फर्के हुँदै निराश ।२।

पहिले पार्टीको सदस्यता खोजे,
पछि कार्यकर्ताको सिफारिस पनि खोजे,
अझ हुँदै नभएको कुराहरु पनि मसंग खोजे,
म भने गरिब, असहाय र निरीह हुँ भनेर सम्झाउन खोजे ।३।

तीन तहको सरकार छ,
तर पनि ज्यालामजदुरी गर्ने भोकभोकै छ,
ठाउँ–ठाउँमा राहत खुबै बाँडिएको सुनिन्छ,
काम गरेर खानेको अझैपनि चुलो नबलेको सुनिन्छ ।४। 

सुनिन्छ पल्लोघरेकोमा थन्किए पोकाका पोका, 
सरकारले लागू गर्यो राहतमा एकद्वारे ढोका,
जनप्रतिनिधि पहिले पुग्छन् आफ्ना मतदाताको ढोका,
लकडाउनमा पेट बाँधिएकाहरु बाध्य छन् बस्न भोका ।५।

(२०७७ वैशाख ९ गते मंगलबार राति ९ः१५)

Saturday, 18 April 2020

महामारीमा पत्रकारले पालना गर्नुपर्ने गोपनीयतासम्बन्धी आचारसंहिता

बेलायतस्थित नेसनल युनियन अफ जर्नलिस्ट (एनयुजे), इथिकल जर्नलिज्म नेटवर्क (इजेएन) र इन्टरनेसनल फेडरेसन अफ जर्नलिस्ट्स(आईएफजे) लगायतका संस्थाले विश्वभरी फैलिएको कोरोना महामारीमा पत्रकारका लागि आचारसंहिता जारी गर्दै कुनैपनि व्यक्तिसंग सम्बन्धी गोपनीयताप्रति संचारकर्मी संवेदनशील हुनुपर्ने जनाएको छ । नेपाल पत्रकार महासंघ र तीन अन्तर्राष्ट्रिय संस्थाको गोपनीयतासम्बन्धी बूँदामा उल्लेखित आचारसंहिता :–


१. प्रभावित व्यक्तिहरुको गोपनीयताबारे पत्रकारहरु विशेष रुपमा 
संवेदनशील हुनु पर्छ ।
                           – नेशनल युनियन अफ जर्नलिस्ट, युके
                                       



२.चिन्ता र तनाव बढाउने भाषा र तस्बिरको प्रयोग गर्नबाट जोगिनुपर्छ , जातिय प्रोफाइलिङबाट बच्नुपर्छ अर्थात् जब तपाई भाइरसबारे नयाँ रिपोटिङ गरिरहनु भएको छ भने हरेक पटक उद्गम बिन्दू उल्लेख गरिरहनु पर्दैन, भूगोल परिवर्तन भएर विश्वव्यापी भइसक्दा पनि केही समूहविरुद्ध नश्लिय र विवेदकारी रिपोर्टिङ जारी छ  । सुनिश्चित हुनुहोस् कि तपाई प्रभावित व्यक्तिहरुको सुरक्षा गर्नु हुन्छ, सम्बन्धित व्यक्तिको अनुमति बिना नाम, तस्बिर वा परिचय खुुल्ने सामग्री सार्वजनिक नगर्नुस् ।
                                               -इथिकल जर्नलिज्म नेटवर्क, इङ्गल्याण्ड एन्ड वेल्स 

                                                                    

३. पत्रकारले गोपनीयताको सम्मान गर्नुपर्छ । कुनै व्यक्ति वा संस्थासंग जोडिएको अवस्थामा पनि व्यक्तिगत गरिमाको सम्मान पनि गर्नुपर्छ । कुनै सूचना वा विचारले घृणा वा पक्षपातमा त योग्दान पुर्याउदैन भन्ने कुराबारे सुनिश्चित हुनुपर्छ र भौगोलिक, सामाजिक वा जातिय, नश्लिय, लैङ्गिक, धार्मिक, भाषिक, राजनीतिकलगायतका भेद्भावलाई प्रश्रय दिने समाचार सम्प्रेषण गर्नबाट जोगिनुपर्छ ।
इन्टरनेसनल फेडरेसन अफ जर्नलिस्ट्स(आईएफजे), बेल्जियम


४. पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय,
भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।
नेपाल पत्रकार महासंघ, पत्रकार आचारसंहिता २०७३














Thursday, 16 April 2020

चलू आजू धनकें बात करि

            मैथिली कविता 

                                                                                                                 

  •  दिनेश यादव 

बजार प्रशंसाकें छहि,
मोल ओतेह प्रतिभाक नहि,
झुठफूँसकें खेती बन्द करि
चलूँ आजू धनकें बात करि
बताऊ अहाँक मित कई गोट अछि ? ।१।

चारु दिशि पसरल सिन्डिकेट छहि,
स्वतन्त्र लोकक पुछारी नहि,
भाट÷पमरियाक शैली बन्द करि,
चलूँ आजू धनकें बात करि,
बताऊ अहाँक मित कई गोट अछि ? ।२।

आत्मकेन्द्रित लोक मुठिभर छहि,
प्रभाव ओकर कम नहि, 
बन्दूक भेटल दरोगाबाजी बन्द करि,
चलूँ आजू धनकें बात करी, 
बताऊ अहाँक मित कई गोट अछि ?।३।

फेसबुकियासँ घेरल लोक बेसी छहि,
दियाद÷सहोदरासँ नजदिकि नहि,
लोक–भावनाक बनियाँगिरी बन्द करि,
चलूँ आजू धनकें बात करि,
बताऊ अहाँक मितकई गोट अछि ?।४।

देवतापित्तर अपनेटाकें मानैत छहि,
दोसरकें भजबइवला स्रोतसँ बेसी नहि,
दुनू हातमेँ लडुवला बात बन्द करि,
चलूँ आजू धनकें बात करि,
बताऊ अहाँक मित कई गोट अछि ? ।५।

अन्हरियाक पात्र बनल छहि,
इजोतक संभावना दूर–दूर तक नहि,
भ्रमजाल फेकनाई बन्द करि,
चलूँ आजू धनकें बात करि, 
बताऊ अहाँक मित कई गोट अछि ? ।६।

(२०७७ वैशाख ३ गते । शिवनगर, कलंकी, काठमाडौं ।)

Wednesday, 15 April 2020

आइगक तरसमें हमर चुल्हा

  • दिनेश यादव 
बहुत दिनसँ एकचुल्हिया ठण्डा छहि,
Dinesh Yadav
आँच पजारैक हिम्मत नहि छहि,
धुवाँ–धुवाँ हमर मोन छहि,
आइगक तरसमें हमर चुल्हा छहि ।१।

दुनू हातमे बन्हईन लागल छहि,
दिनानूदिन गिठ्ठा कसा रहल छहि,
लकडाउनक जुनासँ पेट सेहो बान्हल छहि,
आइगक तरसमें हमर चुल्हा छहि ।२।

हाडि–तसलाक पेनी बहुत दिनसँ उज्जर छहि,
करिया कहियाँ बनत मालूम नहि छहि,
चुल्हीघरक सलाईक काँठि सेहो स्तब्ध छहि,
आइगक तरसमे हमर चुल्हा छहि ।३।

टिनहा बाटिक आबाज सुननाई दूलर्भ छहि,
भन्सिया–म्याँ लग बौआबुच्ची नहि देखाई छहि,
सभटा एक–दोसर दिसि टुकूर–टुकूर ताकि रहल छहि,
आइगक तरसमें हमर चुल्हा छहि ।४।

समाजमें एकभगहाँ लोक बढी गेल छहि,
तईँ गरीब–निसहाय अछाह काटि रहल छहि,
सरकारी सहयोगमे पहूँच वलाक गरदमगोल छहि,
आइगक तरसमे हमर चुल्हा छहि ।५।

मलिकबाक फूलबारीसँ बुच्ची जरनाकाँठि अनैत छहि,
पुरनिक माइटसँ उत्साहित भँ चुल्हिघर निपैत छहि,
आई कहुँ चुल्ही पजरत से आस लगौने बैसल छहि, 
आइगक तरसमे हमर चुल्हा छहि ।६। 

(2077-01-03, Shivnagar, Kalanki Kathmandu)