‘मानिसले सादा जीवन उच्च विचारलाई अंगीकार गर्नुपर्छ । तर, उपलब्धि हासिल गर्नका लागि आफ्नो ट्यालेन्सीस“गै संघर्षका लागि तयार पनि हुनुपर्छ ।’
- दिनेश यादव (DINESH YADAV)__________________
हामीमध्ये अधिकांश मानिस फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जालमा दिनभरि घोत्लिएकै हुन्छौ । साथीसंग च्याट गर्न होस वा युट्युबमा रमाईला भिडियोहरू हेर्न नै किन न होस, व्यस्त हुने गर्छौ । समय खेर गएको पत्तो हुदैन । अझ अबेर रात्रीसम्म पनि यसैमा घोरिएका हुन्छौ । यसले समय त बर्बाद हुन्छ नै, व्यक्तिको दैनिकी समेत बिग्रने गर्छ । अब त अमेरिका, युरोप लगायतमा ‘सामाजिक सञ्जाल’ प्रयोगकर्तालाई ‘दुव्र्यसनी’ कै श्रेणीमा राखेर उपचार केन्द्र समेत खोलिएका छन् । तर, २६ वर्षीय ड्यानिएल मिडल्टन एउटा अपवाद भएर निस्केका छन् । अन्य युवाभन्दा फरक शैलीमा सामाजिक सञ्जालको प्रयोग गर्छन् । यसको प्रयोग पैसा कमाउनका लागि गर्छन् । युट्युबमा आफ्ना भिडियोहरू राखेर लोकप्रिय जो बनेका छन् । त्यसैमार्फत आम्दानी पनि गर्छन् ।
बेलायती नागरिक मिडल्टन हाल एक जना युट्युबर, गेमर र सोसल मिडिया सेलिबे्रटीसमेत बनिसकेका छन् । खासगरी यिनी बालबालिका माझ अत्यन्तै लोकप्रिय छन् । ‘ड्यान टीडीएम’ को नामले लोकप्रिय यिनी ‘प्रोफेसनल गेमर’ को परिचयसमेत बनाइसकेका छन् । युट्यब च्यानेल ‘द डायमन्ड मिनेकार्ट’ का मालिक कहलिएका छन् । यिनको च्यानेल खासगरी लोकप्रिय खेल ‘मिनेक्राप्ट’ मा केन्द्रित छ । सन् २०१६ को अगस्टमै यिनको च्यानेलको सब्सक्राइबर्सको संख्या १ करोड २० लाख पुगेको थियो । यो बढ्ने क्रममा छ । हाल ‘दि डायमन्ड मिनेकार्ट’ बेलायतकै सबैभन्दा लोकप्रिय च्यानेलमा सूचीकृत छ । मिडल्टनको आम्दानी चार वर्षअघि साढे २१ लाख रुपैया“सम्म रहेको ‘दि बिजनेस इन्साइडर’ ले अनुमान गरेको थियो । तर, हाल यिनको आम्दानी अर्ब रुपैया“मा पुगिसकेको छ । पछिल्ला वर्षहरूमा उनको च्यानेल भ्युअर्सका आधारमा आधिकारिक रूपमै सबैभन्दा चर्चित हो ।
इंग्ल्यान्डको एल्डरसटमा २६ वर्षअघि जन्मेका मिडल्टन एक जना सेनाका छोरा हुन् । सानै छ“दा उनका आमाबुबाले पारपाचुके गरेका थिए । यो उनका लागि दुखद र संघर्षमय क्षणलाई निम्तो दिने खालको थियो । त्यही बेला उनको हातसमेत भा“च्चिएको थियो । यी मात्रै हैन, ड्यानियले आफ्नो जीवनमा धेरै उतारचढावको सामना गरेका छन् । बुबाको जागिरको प्रकृतिका कारण यिनले विभिन्न ठाउ“हरू परिवर्तन गरिरहनुप¥यो । फलस्वरूप यिनले यथेष्ट मात्रा आत्मीय साथीहरू बनाउन सकेनन् । बाल्यकालमा आमाबुबा दुवैको माया संयुक्त रूपमा पाउन सकेनन् । तर, उनी निराशचाहि“ देखिएनन्, भएनन् । आफ्ना संघर्षको यात्रालाई गजब तरिकाले पूरा गर्दै अघि बढे । उनी सन्तुलित आहारमा सधैं जोड दिन्छन् । जा“डरक्सी र धूमपान कहिले मुखमा नलगाएको उनी बताउ“छन् । भन्छन्, ‘यी वस्तुको सेवन गर्दा म बिरामी पनि हुन सक्छु, फेरि आफ्ना युवा सब्सक्राइबर्सका लागि बिरामी भएर उपस्थिति हुनु राम्रो पनि त हैन नि ।’ अर्थात् यिनी युवाहरूमाझ आफूलाई एउटा रोल मोडलकै रूपमा प्रस्तुत गर्न चाहन्छन् । युवाका लागि मिडल्टनको यो भनाइ अनुसरणीय र प्रेरणाप्रद पक्कै छ ।
ड्यानियलले आफ्नो दिनचर्याबारेको जिज्ञासामा एउटा अन्तर्वार्तामा भनेका छन्, ‘म आफ्नो दिनचर्या अन्यन्तै सरल तरिकाले बिताउ“छु, म धेरै व्यस्ततायुक्त जीवन बिताउन रुचाउ“दिन“ ।’ उनी बिहान ९ बजे उठदा रहेछन् । ओछ्यान छाडेको झन्डै एक घण्टापछि भिडियोका लागि काम थाल्छन् । त्यसैक्रममा ‘मिनेक्राफ्ट’ लाई अपडेट गर्ने, अपराह्नतिर भिडियोहरू सम्पादन गर्ने र बेलुका साढे ८ बजेतिर आफ्नो भिडियो अपलोड गर्ने गरेका छन् । त्यसपछि उनी भिडियोमा आएका प्रतिक्रियाहरू हेर्छन् । ‘दि फेमस पिपल्स’ अनलाइन संस्करणका अनुसार सरल जीवनका बाबजुद ड्यान मिडल्टनको युट्युबमा फ्लोअर्सको संख्या बीबीसीभन्दा बढी छ । सामान्य स्नातक मात्र उत्तीर्ण मिडल्टनले युट्युबमार्फत हासिल गरेको लोकप्रियताले धेरैलाई आश्चर्यमा पारेकै छ । त्यो पनि केही वर्षको अन्तरालमै ।ड्यानियलका बुबा सेनामा काम गर्ने भएकाले उनका परिवार एक स्थानबाट अर्को स्थानमा गई रह“दा उनी मात्र १० वर्षका थिए । बुबाको सरुवाकै कारण कम्तीमा १० वटा विद्यालय परिवर्तन गर्नुपरेको थियो । विद्यालय फेरिरहनुपर्ने कारण हुर्कंदो उमेरमा आफूले बालसखा बनाउन नसकेको उनको गुनासो छ । पछि उनका अभिभावकले आपसमा पारपाचुके गरेपछि पनि विद्यालय परिवर्तन गर्नुपरेको थियो । पछिल्लो विद्यालयमा केही साथी भने बनाउन सफल भए । त्यसैक्रममा उनको भेट जेम्मास“ग भयो । पछि तिनैस“ग उनले विवाह गरे । उनले १७ मार्च २०१३ मा जेम्मालाई आफ्नो घर भिœयाएका हुन् । जेम्मा पनि मिनेक्राप्ट (जेमप्लेजएमसी) मनोरञ्जन गर्थिन् । दुवैले स“गस“गै भिडियो खेलमा रमाएको पनि युट्युबमा हेर्न सकिन्छ ।
प्राराम्भिक शिक्षापछि नोर्थामप्टन विश्वविद्यालयमा आफ्नो नामांकन गराएका थिए । पढाइस“गै उनी युट्युबमा समेत सक्रिय भएका थिए । विश्वविद्यालयका विद्यार्थी छ“दै उनले सञ्चालनमा ल्याएको च्यानेलको नाम ‘पोकम्यानडान एलभी ४५’ थियो । सन् २०१२ मा मिडल्टनले ‘दि डाइमन्ड मिनेकार्ट’ सञ्चालनमा ल्याएका हुन् । यो च्यानललाई उनले व्यावसायिक रूपमै सञ्चालन गरे । डिसेम्बर २०१३ मा उनको च्यानलका सब्सक्राइबर १० लाख नाघे । तथापि ‘ड्यान टीडीएम’ च्यानलको लोकप्रियता थप दुई वर्षमा हवात्तै बढ्यो । सब्सक्राइबर्सको संख्या १ करोड १० लाख नाघ्यो ।
बालबालिकालाई लक्षित खेलहरू यसमा देखाउन थालियो । सैनिक परिवारमा जन्मेका उनी यो च्यानलबाट रातरात लोकप्रिय बन्न पुगे । यति मात्रै हैन, उनले ‘गिनिस वल्र्ड रेकर्ड’ समेत बनाइसकेका छन् । ‘रकेट लिग फर ए टिम अफ २’ र ‘रकेट लिग (टिम अफ थ्री)’ मा सर्वाधिक स्कोर गरेर रेकर्ड बनाएका हुन् । मिडल्टन ‘लेट्स प्ले’ शृंखलाका लागि पनि चर्चित छन् । यो शृंखलाअन्तर्गत उनले दुई हजारभन्दा बढी भिडियो अपलोड गरिसकेका छन् ।
एमटीभीले यसै वर्षको अप्रिलमा सार्वजनिक गरेको सूचीमा उनी करिब २ अर्ब रुपैया“ बराबरको सम्पत्तिका साथ पहिलो स्थानमा रहेका थिए । उनको सम्पतिको स्रोत ग्राफिक नोभेल, एउटा युट्युब रेड सेरिज, ट्युरिङसग विभिन्न एक्टिङ गर्नु नै हो । ‘सेलिब्रेटी नेटवर्थका अनुसार अंग्रेजी गेमर र इन्टरनेट व्यक्तित्व ड्यानियलको कुल सम्पत्ति २ अर्ब २९ करोड ९३ लाख रुपैया“ (२० मिलियन अमेरिकी डलर) रहेको छ । उनका भ्युअर्स १० अर्बभन्दा बढी र सब्सक्राइबर्स १ करोड ६० लाख रहेको सञ्चार माध्यमहरूमा उल्लेख छ । उनले भनेका छन्, ‘मानिसले सादा जीवन उच्च विचारलाई अंगीकार गर्नुपर्छ । तर, उपलब्धि हासिल गर्नका लागि आफ्नो ट्यालेन्सीस“गै संघर्षका लागि तयार पनि हुनुपर्छ ।’ (Article Published on KantipurDaily dated 30 Bhadra 2075)
Links : https://www.kantipurdaily.com/author/author-9043
No comments:
Post a Comment