Thursday, 27 October 2016

गर्लफ्रेन्डका लागि चन्द्रमामा घडेरी


  • दिनेश यादव(Dinesh Yadav)______________________ 

उटा अनाथ बालक जो आफ्नै पौरख र कडा संघर्षबाट रुसकै सर्वाधिक शक्तिशाली कुलीन वर्गमा दरिए । सुन्दा आश्चर्य लाग्न सक्छ । तर, ४९ वर्षीय रोमन अब्रामोभिच सानै उमेरमा अनाथ भएर पनि अर्बपति बनेका छन् । लिथुआनियामा यहुदी आमाबुबा इरिना र अर्काडीबाट जन्मेको उनी चार वर्षका छदा टुहुरो भए । हजुरबुबा र हजुरआमा पर्नेले उनको पालनपोषण गरे । हुर्कंदै स्कुले शिक्षा त जसोतसो पूरा गरे उनले । कलेजमा भने पढ्न पाएनन् । दुई पटकसम्म भर्ना भएर पनि ड्रपआउट गरे । मस्कोमा तत्कालीन राष्ट्रपति बोरिस येल्सीनका सहयोगी बोरिस बेरेजोभ्स्कीको दाहिने हात बन्नुअघि उनले सेनामा जागिरसमेत गरे । तत्कालीन सोभियत संघको औद्योगिक सम्पत्तिमा #बेरेजोभ्स्कीको बलियो पकड थियो । त्यसअघि अब्रामोभिचले आफ्नो गुजारा गर्न मस्कोस्थित एक अपार्टमेन्टमा प्लास्टिक डक्स बेच्ने गर्थे । त्यसबाट भएको आम्दानी सञ्चय गर्दै केही वर्षभित्रै उनले आफ्नै विभिन्न तेल सगठन र सुगुर फार्म खोले । तेलकै कारोबार गर्ने क्रममा बेरेजोभ्स्कीको नियन्त्रणमा रहेको रुसकै सबैभन्दा ठूलो तेल कम्पनी सिबनेफ्टकामा भएको ठगीमा अनुसन्धान हुदा उनलाई दोषी पाइएपछि २००१ मा बेलायतमा शरण लिनुप¥यो । त्यसपछि उनको भाग्य झनै चम्कियो । बेरेजोभ्स्की लन्डन गएपछि अब्रामोभिचको प्रभाव बढदै गयो, उनी तत्कालीन राष्ट्रपतिका ‘इनर सर्कल’ मा जोडिन पुगे । पावर नजिक पुगेपछि उनी शक्तिशाली पनि बन्दै गए । सिबनेफ्टको कारोबार आफ्नो हातमा आएपछि उनको व्यापार र आम्दानी बढदै गयो । अन्य रसियन कम्पनीसग गरेको सम्झौतापछि उनीस“ग १ दशमलव ८ अर्ब पाउन्डको सम्पत्ति पुग्यो । अन्तर्राष्ट्रिय फुटबलका एक फ्लोअरसमेत रहेका उनको आफ्नै आइस हकी टिम थियो । सन् १९९९ मा भ्लादिमिर पुटिन रुसको प्रधानमन्त्री र त्यसको एक वर्षपछि राष्ट्रपति बनेपछि, अब्रामोभिच राजनीतिमा प्रवेश गरे । त्यसपछि त झनै प्रभावशाली बने । सत्ताको निकट हुदै उनले व्यापार र राजनीति सगसगै लग्न खोज । पछि उनी #चेल्सी फुटबल क्लबका मालिक बने । 
अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार उनको कुल सम्पत्ति ८ दशमलव ४ अर्ब अमेरिकी डलर (रियल टाइम २१ अक्टोबर ०१६) रहेको छ । ९० दशकताकाका सुरुमा शृंखलाबद्ध विवादास्पद तेल आयात सम्झौतापछि सम्पत्ति जोडेका अब्रामोभिच यो वर्ष फोब्र्सको विश्वका अर्बपति सूचीमा १५१ औं र रुसमा १३ औं स्थानमा छन् । हाल धरातलीय वास्विकताबाट निकै माथि उठिसकेका उनी आफ्ना साथीहरूका लागि बेलाबेलामा आयोजना गर्ने पार्टीहरूमा एकै रातमा करोडौं रुपैया खर्च गर्ने हैसियतमा पुगेका छन् ।  
Published on Kantipur dated 22th Oct 2016
 संसारकै सबैभन्दा महगा जहाजका मालिकसमेत उनी बनिसकेका छन् । संसारकै सबैभन्दा ठूलो आकारको जहाज उनले अर्बौं रुपैयामा खरिद गरे ।  सबै विलासिता सेवाहरू पाइने ‘एक्लिप्स’ नामक जहाजमा ११ वटा गेस्ट क्याबिन छन्, जसमा ६ फुटको सिनेमा स्क्रिन जडान गरिएका छन् । स्विमिङ पुल, डिस्को हल, हेलिप्याडसमेत त्यसमा छ । बुलेटफ्रुफ ग्लास र मिसाइल डिटेक्टरसमेत जडान गरिएको यो जहाज सुरक्षाको दृष्टिले सबैभन्दा सुरक्षित मानिन्छ । यति मात्रै होइन जहाजमा तीन वटा लन्च बोट्स र पानीभित्र घुम्नका लागि मिनी सबमरिनले पनि राखिएका छन् । 
 स्पोट्र्स कार र विलासी कारका सौखिन अब्रामोभिचस“ग फरारी एफएक्सएक्स, मेबीच ६२ लेम्बोर्गिनी, बुगाटी भेभरोन, मर्सडीज बेन्ज सिएलएक्स, जीटीआर, फरारी ३६०, पोर्से र रोयलस्ल क्रोनिकलजस्ता कार पनि छन् । उनीस“ग बोइङ एयरक्राफ्टस“गै कयौं हेलिकप्टर पनि रहेको छन् । फुर्सदमा घुम्नका लागि यसको प्रयोग उनी गर्छन् । रेयर आर्ट कलेक्टरसमेत रहेका अब्रामोभिचसग पाब्लो पिकासो, फ्रांसी बेकोनलगायतका ऐतिहासिक पेन्टर्सको आर्टवर्क संग्रहित छन् । यी आर्टवर्कलाई सुरक्षित राख्न उनले रुसको तीन सय वर्ष पुरानो आइल्यान्ड ४० अर्ब रुपैयाभन्दा बढीमा खरिद गरेका थिए । उनीसग विश्वभरमा ६ भन्दा बढी लग्जरियस प्रोपर्टी छन् । यसका लागि उनी विश्वमै चर्चित छन् ।  
तेलबाट व्यापार बढेसगै उनको रुचि पनि बढदै गयो । अब्रामोभिचको विलासी जीवन र खुलेर रकम खर्च गर्ने बानी यतिमै सीमित छैन । उनले तीन श्रीमती भिœयाइसके । सम्बन्ध विच्छेदपछि अर्को विवाहमा बा“धिने गरेका थिए । केही वर्षअघि उनले स्पेनिस गर्लफ्रेन्डका लागि चन्द्रमा सय एकड जमिन खरिद गरेका थिए । ‘बिजनेस इन्साइडर’ अनलाइनका अनुसार अब्रामोभिचले २००८ मा तत्कालीन मोडेल गर्लफ्रेन्ड डारिया झुकुभाका लागि चन्द्रमा जग्गा खरिद गरेका हुन् । मिलहाउस एलएलसी कम्पनीका मालिक, विभिन्न कम्पनीका लगानीकर्ता, राजनीतिज्ञ र एक सफल उद्यमीसमेत रहेका उनले आफूस“ग रिसाएकी महिला साथीलाई फकाउन चन्द्रमामा उनकै लागि घडेरी जोडिदिए । अन्तरिक्षमा जमिनको कारोबार गर्ने ‘द लुनार एम्बेसी’ मार्फत उनले जग्गा किनेका थिए । उनका सात सन्तान छन् । (एजेन्सीहरू) 

चीनले मनाउदैन, तिहारजन्य उत्पादन बेच्छ



  • चिनिया दियो र क्याडल मात्रै होइन पाटाका पनि विद्युतीय 
  • केही वर्षयता यो पर्व ‘इलेक्ट्रोफाइङ तिहार’ मा परिवर्तन  



दिनेश यादव(Dinesh Yadav)_____________________________  
हिन्दु धर्मावलम्बीसगै सिख र जैन सम्प्रदायलगायतले बनाउने तिहार/दीपावली/दियावाती पर्व विश्वव्यापी बन्दै गएको छ । नेपाल र भारतमा अत्यन्तै श्रद्धा, उल्सास, उमंग र धुमधामले यो पर्व मनाइन्छ । एक अध्ययन अनुसार यी दुई मुलुकसहित विश्वका २५ देशमा दीपावली मनाउने गरिन्छ । हुन त हिन्दुधर्ममा आस्था राख्नेहरू विश्वका जुनसुकै कुनामा रहे पनि यो पर्व मनाउछन् । उज्यालो, पटाका र आतिशबाजीको बढी महŒव हुने दीपावली पर्व नेपाल र भारतमा पाच दिनसम्म मनाइन्छ । यो अवसरमा दियो र इलेक्टोनिक बत्तीहरूले घर मात्र नभई सहरै झकिझकाउ र झिलिमिली बनाइएका हुन्छन् । रंगीचङ्गी बत्तीहरूले वातावरण अत्यन्तै मनमोहक देखिन्छ । केही वर्षयता माटोको दियोको स्थानमा बिजुलीबाटै बल्ने दियोको चलन बढेको छ । मैनबत्ती जस्तो आकृतिको विद्युतीय सामग्रीको प्रयोग बढेको छ । पछिल्लो समय यी विद्युतीय सामग्रीे चीनबाट सस्तैमा आयात हुने गरेको छ । विश्व बजारको माग बुझेको चीनले ‘मास प्रडक्सन एन्ड मास कन्ज्युमर’ नीतिलाई अंगीकार गर्दै यस्ता सामग्रीको उत्पादन गर्दै आएको छ । सम्भवतः चीनमा तिहार मनाइन्न तर उसले यो पर्वका लागि चाहिने इलेक्ट्रोनिक दियो, बत्ती, क्यान्डल र आतिशबाजीमा प्रयोग हुने सामग्री बजारमा पठाउने गरेको छ । अहिले उसको उत्पादनबिना दीपावलीमा गरिने सजावट अधुरो जस्तो लाग्ने भइसक्यो । परम्परागत सामग्रीलाई चिनिया“ उत्पादनले लगभग विस्थापित नै गरिसक्यो । नेपालमा मात्रै होइन, भारतलगायतका अन्य मुलुक जहा“ दीपावली मनाइन्छ, त्यहा“ चिनिया“ सामान छ्याप्छ्यापी पाइन्छन् । 
Published on Kantipur on Tihar issue dated 10 Katik 2073

चिनिया“ उत्पादनहरू तुलनात्मक रूपमा सस्तो हुने भएकाले धेरैको पहिलो रोजाइ बन्ने गरेको हो । व्यापारीहरूका अनुसार बजारमा अन्य मुलुकको दीपावलीजन्य उत्पादनहरूको तुलनामा चिनिया सामान २० देखि ५० प्रतिशतसम्म कम मूल्यमा पाइन्छ । धेरै उत्पादन गरी धेरै खपत गर्ने बजार रणनीतिका साथ अघि बढेको चीनले आफ्ना सामानमा कम नाफामा बजारको मागअनुसार चल्ने गरेको छ । त्यसैले उसले आन्तरिक बजारमा आवश्यक पर्ने मात्रै नभई विश्व बजारको मागअनुरूप सस्तो मूल्यमा सामानहरू निर्यात गर्दै आएको छ । तिहारका लागि उसको सबैभन्दा ठूलो बजार नेपाल र भारत नै हो । तिहारजन्य उत्पादनहरू चीनले तीन महिना पहिलेदेखि यी मुलुकहरूमा निर्यात गर्ने गर्छ । हाल, चीनले आफ्ना अन्य उत्पादनहरूजस्तै तिहारमा प्रयोग हुने सामग्रीको बिक्री अनलाइनमार्फत गर्न थालेको छ । जनसंख्याको हिसाबले तिहारजन्य चिनिया“ उत्पादनको बजार भारत नै हो । त्यहा“ बर्सेनि उसको व्यापार बढ्दो छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार २००६ मा तिहारमा चिनिया“ सामानहरूको कारोबार ११ हजार करोड भारतीय रुपैया“ थियो, त्यो २०१२ मा बढेर ३३ हजार करोडभन्दा बढी पुग्यो । अर्थात झन्डै तीन गुणाले बढ्यो । एक रिपोर्टले चिनिया“ सामानका कारण भारतीय बजारमा करिब २०० प्रतिशतसम्म नोक्सान भइरहेको छ । तिहारका सामग्री उत्पादन गर्ने उद्योगहरूलाई सस्तोमा आफ्ना सामान बजारमा पठाउन चीनले बाध्य तुल्याइदिएको छ ।    
चीनमा बनेका लाइटिङ र सजावटका समानहरूको प्रयोग भारतमा ठूलो परिमाणमा गरिन्छ र यी सामानहरू चाडपर्व सुरु हुनुभन्दा तीन महिनाअघि नै भारतीय बजारमा पुगिसक्छन् । पछिल्लो समय भारत र पाकिस्तानबीच जारी तनावले चीन बजारलाई पनि प्रभावित पारेको छ । भारतीय सोसल मिडियामा बेइजिङले पाकिस्तानको ‘समर्थन’ गरेको प्रचार गर्दै चिनिया“ सामान बहिष्कार गर्ने अभियान केही व्यक्तिले चलाइरहेका छन् । तर, चिनिया“ सामानहरूको बिक्री त्यहा पूर्ण रूपमा रोकिएको छैन । पहिलादेखि नै बजारमा थोक विक्रेताहरूले चिनिया“ सामानहरू राखेकाले समस्या नभएको त्यहा“का व्यापारीहरूलाई उदृत गर्दै सञ्चार माध्यमहरूले जनाएका छन् । तिहारकै मुखमा थालिएको बहिष्कार अभियानले ३० प्रतिशतसम्म बजारमा कमी आउन सक्ने बताइएको छ ।  
सामाजिक र धार्मिक दृष्टिकोणले धेरै महŒव राख्ने तिहार अ“ध्यारोमाथि प्रकाशको जितलाई प्रकट गर्ने पर्व पनि हो । यो पर्वमा किनमेल बढी गरिन्छ । कपडा, घरका सामान, उपहार, भा“डावर्तन, सुनचा“दीलगायतका सामान खरिद गर्नेे चलन छ । किनभने यो पर्वमा खर्च र किनमेललाई शुभ मानिन्छ, लक्ष्मीलाई धन, समृद्धि र लगानीको देवी मानेरै यसोे गरिएको हो । मिठाई, झिलिमिली बत्ती, सजावटका आधुनिक सामानहरू, अतिशवाजी, पटाकाको किनमेल नेपालको तुलनामा भारतमा बढी हुन्छ । पा“च हजार करोड भारतीय रुपैया“को कारोबार आतिशबाजीमा मात्रै हुने गरेको छ । सजावटका समानहरूमा पनि त्यतिनै रुपैया“ खर्चिने गर्छन, त्यहा“ । नेपालमा आतिशबाजीको तुलनामा किनमेल र सजावटका सामग्रीमा बढी खर्चिन्छ ।   
तिहारमा मनोरञ्जनका लागि बढी प्रयोग हुने सामग्रीहरूमा स्पार्कलर्स (फुलझडी), चक्कर्स, ट्वीन्कलिङ स्टार्स (आकाश तारा), फ्लावर्स पोट (अनार) कलर फाउटेन्स, विभिन्न रकेटहरू, फेन्सी एक्स्पो रकेटहरू, पेन्सिलहरू, सुतली बम, बिडी बम, कार्टुन्स, फ्यान्सी फायरवक्र्स, फ्ल्यासलाइट पाटाकाहरू, जाइन्ट पाटाका, फ्यान्सी चाइनिज क्रेकर्स, बिजिली क्रेकर्स, फेस्टिभल चोर्सा गारल्यान्डलगायत छन् । पहिले यी सामग्रीहरूको आपूर्ति/बिक्री नेपाल र भारतमा भारतीय कम्पनीले गर्दै आएका थिए । अहिले पनि ती कम्पनीहरूले उत्पादन जारी राखे पनि चिनियाको माग बढेकाले बजारमा कम खपत हुने गरेको छ । काठमाडौं उपत्यकालगायतका केही सहरमा पाटाकाजन्य सामग्रीमा रोक लगाइको छ । चीनबाट पटाकाहरू आउन नपाए पनि भारतस“गको खुला सीमाका कारण नेपालमा भित्रिने गरेकै छ । तिहार सुरु हुनुभन्दा अगावै अवैध तरिकाले राजधानीलगायतका सहरहरूमा यी सामग्री भित्रिने गरेकाले पड्काइएको आवाज सुनिन्छ । भारतलगायतका अन्य ठाउ“मा भने यी सामानमा रोक छैन । पछिल्लो समय चीनले इलेक्ट्रिक पाटाका समेत बजारमा भिœयाएको छ । प्रदूषण नफैलाउने र यो पटकाको तुलनामा ठूलो आवाजका साथ पड्किने भएकाले यसको माग बढेको छ । यसलाई पटक–पटक प्रयोग गर्न सकिन्छ । विद्युतमा जोडेपछि उच्च डेसिबलको ध्वनि उत्पन्न गर्ने भएकाले केही मह“गो भए पनि भारतीयहरूले बढी खरिद गर्छन् । 
केही वर्षयता यो पर्व ‘इलेक्ट्रोफाइङ तिहार’ मा परिवर्तन भएको छ । चीनले विद्युतबाट बल्ने दियोदेखि क्यान्डलसम्म बजारमा ल्याइसकेको छ । अन्य पर्वमा देखिने आधुनिकताले तिहारलाई पनि छपक्क छोपिसकेको छ । एलईडी लाइट प्रयोग गरेर बनाइएका बत्तीहरूका लागि बढी भोल्टेजको आवश्यकता नपर्ने भएकाले यसको लोकप्रियता बढेको हो । तिहारमा प्रयोग गरिने लाइट्सहरूमा चिनिया“ उत्पादनकै दबदबा छ । चीनले दीपावलीकै लागि उत्पादन गरेका लाइट्सहरूमा क्रिस्टल बत्ती, डेकोरेटिभ बत्ती, मल्टिकलर लेड एक्समस लाइट, पारदर्शी वारप्रुफ आउटडोर बत्ती, इलेक्ट्रिकल दियो र मैनबत्ती, लेड कर्टेल लाइट, हाई भोल्ट क्रिस्टल बत्ती, आउटडोर डेकोरेसन स्ट्रिङ लाइट, इन्डोर/आउटडोर फ्लेक्जिबल लेड स्ट्रिप, लेड आर्टिफिसियल आउटडोर लाइट, सस्ता झिलिमिली बत्ती प्रयोग हुन्छन् । उसका उत्पादनहरू सस्तोदेखि मह“गोसम्मका भएकाले ग्राहकले आफ्नो खल्तीको गह्रौंपनाका आधारमा छनोट गर्न स्वतन्त्र छन् । चीन आफूले नमनाए पनि तिहारका सामग्री मनाउनेहरूका लागि उपलब्ध गराउदै आएको छ । उसको यो चाहना अरू केही होइन, विश्व बजारमा आफ्ना सामान बढी बेचेर कारोबारमा वृद्धि गराउनु हो ।
(Published on Kantipur on Tihar issue dated 10 Katik 2073)

Tuesday, 18 October 2016

मोर्चाका माग

मधेसी मोर्चाले मुख्य रुपमा सीमाकंनको विषयमा असहमति जनाउँदै आएको छ। मोर्चाले तराइका २२ जिल्ला पहाडमा गाभ्न नहुने अडान लिँदै आएको छ। मोर्चाले तराइमा बढीमा दुई प्रदेश हुनुपर्ने अडान राखेको छ।
नागरिकताका विषयमा पनि मोर्चाले असन्तुष्टि व्यक्त गरेको  छ।  मोर्चाले विशेष गरी अंगीकृत नागरिकताधारीले राज्यका उच्च पदमा पुग्न नपाउने व्यवस्थाप्रति आपत्ति जनाउँदै आएको छ। त्यसमा पनि मोर्चा केही लचक भइ अंगीकृत नागरिकले राष्ट्रपति र प्रधानमन्त्री बन्न नपाउने गरी बाँकी पदमा भने योग्य मान्नुपर्ने प्रस्ताव गरेको छ।
यसैगरी मोर्चाले प्रत्यक्ष तर्फका १६५ निर्वाचन क्षेत्रलाई कायम राख्दै त्यसमा गैर निर्वाचन क्षेत्र तोक्नुपर्ने माग गरेको छ। ११० समानुपातिक सिटबाट एक तिहाइ महिलालाई कोटा छुट्याउनु पर्ने संविधानको व्यवस्था विभेदकारी भएको भन्दै मोर्चाले  प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक तिहाइ महिलाकालागि र समानुपातिक व्यवस्थामार्फत पनि एक तिहाइ महिलाकालागि छुट्याउन माग गरेको छ।
राष्ट्रिय सभा गठनका सन्दर्भमा सात प्रदेशबाट समान ८-८ जना प्रतिनिधित्व हुने व्यवस्था अन्यायपूर्ण भएको भन्दै ११ लाख जनसंख्या भएको प्रदेश र ५५ लाख जनसंख्या भएको प्रदेशबाट समान प्रतिनिधित्व हुँदा अन्याय हुने भन्दै कम्तिामा १ र बढीमा आठ प्रदेशको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ।
मोर्चाले सर्वोच्च अदालत लगायतका न्यायलयमा समानुपातिक समावेशीताको आधारमा न्यायाधीश नियुक्ती हुनुपर्ने र समानुपातिक समावेशीको आधारमा न्यायपरिषदको गठन हुनुपर्ने माग गरेको छ।
(Source : Topics : भाका सार्दै प्रधानमन्त्री, चिढिँदै मोर्चा, एमालेको अलग्गै अडान, मङ्गलबार, ०२ कार्तिक २०७३, १६ : ४१ |  http://www.nagariknews.com/news/7361)

मन्दिरमा महिलालाई रोक

स्याङ्जाको सदरमुकाम पुतलीबजार ८ स्थित सतौं चन्डीकालिका मन्दिरमा महिलालाई प्रवेश गर्न दिईदैन । भाकल लिएर तथा पूजाका लागि मन्दिर आएका दर्शनार्थीमध्ये पुरुष मन्दिरभित्र जान्छन तर महिलालाई बाहिरबाटै भेटी चढाउन लगाइन्छ । मन्दिरका समितिका एक 
सदस्यले तत्कालीन श्री ३ महाराज 
जंगबहादुर राणाकी आमा चण्डीकालिका मन्दिर प्रवेश गरेपछि बिरामी भएको र आ“खासमेत देख्न छाडेयता महिलालाई मन्दिरमा प्रवेश रोक लगाइएको बताए । यस सम्बन्धमा २०७३ कार्तिक २ गते कान्तिपुर दैनिकको पृष्ठ १३मा समाचार प्रकाशित छ । 

काठमाडौं र गोपालवंशी

चन्द्रागिरि वारिको च्व:छे (थानकोट) र चन्द्रागिरिपारिको बिसिङ्खेल  गाउँबीच धेरै अन्तर छ । भौगोलिक रूपमा च्व:छे र बिसिङ्खेल चन्द्रागिरि पहाडको वारिपारि छन् । भूगोलले सिर्जना गरेको यो भिन्नता त छँदै छ । त्यसबाहेक यी दुई ठाउँबीच राजनीतिक भिन्नता पनि छ । च्व:छे टोल वाग्मती अञ्चलको काठमाडौँ जिल्लामा पर्छ भने बिसिङ्खेल चाहिँ नारायणी अञ्चलको मकवानपुरमा । च्व:छे टोल गत साल घोषित चन्द्रागिरि नगरपालिका (थानकोट क्षेत्र) मा छ भने बिसिङ्खेलले नगरपालिकाको अंश हुन पाएको छैन, अहिले पनि मकवानपुरको चित्लाङ गाविसमै छ । च्व:छे र बिसिङ्खेलबीच केही कुरामा असमानता भए पनि चन्द्रागिरि वारि/पारिका यी दुई गाउँ/टोलबीच एउटा कुरामा समानता छ । त्यो हो, दुवै गाउँ/टोलमा गोपाली समुदाय बहुसंख्यामा छ । उनीहरूको भाषा मिल्छ, संस्कृति पनि मिल्छ । समान संस्कृति र मानसिकता भएकाले संसद् होस् वा गाविसको, चुनावहरूमा यही समुदायका मतदाता निर्णायक हुन्छन् । गोपाली मत जता खस्छ, त्यसैको पल्ला भारी हुने भएकाले राजनीतिक दलहरू गोपालीहरूको समर्थन हासिल गर्न विशेष प्रयत्न गर्छन् । 
नेपालको राजनीतिक इतिहास पल्टाउँदै जाँदा हामी त्यहाँ पुग्छौँ, जहाँ गोपालीहरू शासक थिए ।  गोपाल वंशको शासनकाल झन्डै ३ हजार ६ सयदेखि ३ हजार ३ सय वर्षअघिसम्म शासनमा रहेको अनुमान इतिहासकारहरूको छ । नवीन दृष्टिमा नेपालको प्राचीन इतिहासमा इतिहासकार केदारनाथ प्रधानले गोपालीहरूले इसापूर्व १ हजार ६ सय वर्षअघिदेखि १ हजार ३ सय वर्षअघिसम्म नेपालमा शासन गरेको अनुमान गरेका छन् । अर्का इतिहासकार ज्ञानमणि नेपालका भनाइमा पनि अहिलेसम्म प्राप्त अभिलेखबाट नेपालको पहिलो राजवंश गोपाल राजवंश थियो भन्ने पुष्टि भइसकेको छ । भन्छन्, “राजधानी काठमाडौँ वरिपरिका गोपालीहरू तिनै गोपालवंशी राजाका सन्तान हुन् ।” 

थानकोटदेखि शिखरकोटसम्म 
इतिहासकारहरूको दाबी के छ भने, लिच्छवीकालीन अभिलेखहरूमा ‘सलम्बु राजवासक’ भन्ने शब्द उल्लेख छ, जुन लिच्छवीकालीन राजा मानदेवको दरबार मानगृह र अंशुबर्माको कैलाशकुट भवनजस्तै गोपाल राजवंशका राजाहरूको दरबार हो । गोपालहरूको शासनको केन्द्र मातातीर्थ इलाकामा रहेको र बलम्बु त्यहीँ पर्ने भएकाले त्यसलाई ‘सलम्बु राजवासक’ भनिएको हुनसक्ने अनुमान इतिहासकार प्रधानले विभिन्न स्रोतहरू उल्लेख गर्दै आफ्नो पुस्तकमा लेखेका छन् । 

हुन त, ‘सलम्बु राजवासक’ बलम्बुमा कहाँनिर थियो भन्ने न कुनै इतिहासकारले बताउन सकेका छन्, न त त्यसको भग्नावशेष नै कतै भेटिएको छ । यति हुँदाहुँदै पनि मातातीर्थ–थानकोट इलाकामा गोपाली समुदायको जुन उपस्थिति छ, त्यस आधारमा चाहिँ गोपाल वंशले यही इलाकाबाट काठमाडौँ लगायत वरिपरिका इलाकामा शासन गरेको हुनसक्ने इतिहासकारहरूको अनुमान सत्यको नजिक रहेको बताउँछिन्, इतिहास विषयकी सहायक प्राध्यापक राज्यलक्ष्मी गोपाली । भन्छिन्, “किनभने यस क्षेत्रमा परापूर्वकालदेखि नै गोपालीहरू बस्दै आएका छन् । त्यसैले शासनको केन्द्र पक्कै पनि यही ठाउँमा थियो भन्ने दाबीमा सत्यता छ ।” 
इतिहासकारहरूले गोपालवंशको शासनकाल तीन सयदेखि पाँचसय वर्षसम्म रहेको हुनसक्ने अनुमान गरेका छन् । तर यस अवधिका शासकहरूको संख्याबारे कतै यकिन मत छैन । कुनै वंशावलीमा आठ जना  गोपालवंशी राजाले शासन गरेको उल्लेख छ भने कुनैमा दश जनाले । यद्यपि, जनश्रुति र वंशावलीहरूका आधारमा भुक्तमान ग्वाला पहिलो गोपालवंशी राजा थिए भन्ने कुराको अनुमान इतिहासकारहरूले गर्दै आएका छन् । भुक्तमान तिनै व्यक्ति हुन्, जसका पिताको सम्बन्ध पशुपतिनाथको मन्दिरसँग जोडिएको छ । 
जनश्रुति अनुसार भुक्तमानका पिता काठमाडौँका गाई पाल्ने ग्वालाहरूका अगुवा थिए । उनको एउटा गाई प्रत्येक दिन पशुपति क्षेत्रमा पुगेर आफ्नो दूधको धारा चढाउँथ्यो । त्यसको रहस्य खोज्ने क्रममा ती ग्वाला अगुवाले गाईले दूध चढाउने ठाउँ खनी हेरे । तर त्यहाँबाट अकस्मात् चम्किलो ज्योति प्रकट भयो, जुन पुरिएका भगवान् पशुपतिनाथको थियो । ज्योतिका कारण ग्वाला अगुवा भष्म भए । गोपाली सेवा समाजका महासचिव कबिन्द्र गोपाली भन्छन्, “ने मुनिले तिनै ग्वाला अगुवाका छोरा भुक्तमान ग्वालालाई राजा घोषित गरेपछि काठमाडौँमा गोपाल राजवंश सुरु भएको भन्ने भनाइ छ ।” 
जनश्रुतिका आधारमा पहिलो राजा भुक्तमान ग्वाला भनिए पनि अन्तिम राजा को थिए भन्ने पनि यकिन छैन । उपत्यकामा आठ जना गोपालवंशी राजाले शासन गरेको उल्लेख गर्ने भाषा वंशावली र राइट वंशावलीले यक्षगुप्तलाई अन्तिम गोपालवंशी राजा मानेका छन् भने गोपाल राजवंशावलीले जिनगुप्तलाई । कर्कप्याट्रिकले तयार पारेको वंशावलीले चाहिँ १० जना गोपालवंशी राजाले शासन गरेको भन्दै अन्तिम गोपालवंशी राजाको रूपमा भूमिगुप्तको नाम उल्लेख गरेको छ । यसरी झन्डै तीनदेखि पाँच सय वर्षसम्म काठमाडौँमा शासन गरेका गोपालहरू कसरी विस्थापित भए र महिषपालहरू सत्तारूढ भए भन्नेबारे पनि केही खुलेको छैन । यद्यपि, गोपाल र महिषपालहरूलाई इतिहासले त्यति फरक रूपमा नहेरेकाले के भन्न सकिन्छ भने उनीहरू किराँती राजासँगको युद्धमा पराजित भए । र, किराँत वंशका पहिलो राजा यलम्बरले काठमाडौँमाथि शासन सुरु गरे, जुन किराँतहरूको शासन व्यवस्था इसापूर्व १ हजार २ सय वर्षदेखि ४ सय वर्षसम्म रह्यो । यस अवधिमा बढीमा ३२ जना किराँत राजाले शासन गरेका थिए । 
किराँतहरूको आक्रमणबाट गोपाल/महिषपालहरूले थातवास पनि गुमाए । गोपालीहरूको बसोवास थानकोटदेखि शिखरकोटसम्म फैलनुको कारण यसैलाई मानिएको छ । नेपाल तथा एसियाली केन्द्र (सिनास) का तर्फबाट २०५२ मा गोपाली समुदायबारे अध्ययन गरेकी चुन्दा बज्राचार्य भन्छिन्, “जब किराँतहरूले युद्धमा विजय हासिल गरी काठमाडौँमा शासन आरम्भ गरे, पराजित गोपालहरू थानकोट हुँदै काठमाडौँबाट बाहिरिए ।” उनको भनाइमा, प्राचीनकालदेखि नै काठमाडौँबाट बाहिरिने एउटामात्र बाटो यही रहेकाले पनि उनीहरू दक्षिणतर्फ लागेका होलान् ।

राजाबाट रंक  
गोपालीहरूले किराँत आक्रमणका कारण शासन र थातवास मात्र गुमाएनन्, समयक्रममा आफ्नो भाषा, संस्कृति पनि गुमाउँदै गए । जस्तो, आजकाल गोपाली समुदायलाई नेवार संस्कृतिकै एक शाखाका रूपमा चिनिन्छ । काठमाडौँमा नेवार समुदायसँग घुलमिल भएर बसेका छन् उनीहरू । नेवारी भाषा बोल्छन् । भाषाबाहेक अरू कैयन् संस्कृति नेवार समुदायसँगै मिल्छ । सहायक प्राध्यापक गोपाली भन्छिन्, “थानकोटमा हामी गोपालीहरू यहाँका अन्य नेवारहरूसँगै मिलेर बसेका छौँ । बाहिरबाट हेर्दा हामी र अरू नेवारहरूबीच त्यति धेरै भिन्नता देखिन्न ।”
यति हुँदाहुँदै पनि गोपाली अगुवाहरू आफ्ना शासक पुर्खाहरू नेवार थिए भन्ने मान्न तयार छैनन् । उनीहरूका भनाइमा, जतिबेला गोपालवंशको शासन थियो, यो वंशका मानिसहरू सम्भवत: ब्राह्मण वा क्षेत्री समुदायका थिए । अध्यक्ष गोपाली यसको पुस्ट्याइँका लागि केही उदाहरण प्रस्तुत गर्छन् । उनको भनाइमा, नेवार समुदायमा विवाह नभएकी युवतीलाई गुफा राख्ने चलन छ । तर गोपाली समुदायमा नेवार समुदायको जस्तो गुफा राख्ने चलन छैन । पछिल्लो समय कुखुरा, राँगाको मासुको प्रचलन आम बने पनि केही वर्षअघिसम्म गोपाली समुदायमा राँगा, कुखुरा आदिको प्रचलन बर्जित रहेको उनी बताउँछन् । 
भएको के हुनसक्छ भने, जव किराँतहरूले शासनसत्ता हत्याए, आफ्नो सुरक्षाका लागि गोपालहरूले आफूलाई नेवारको रूपमा चिनाउन थाले । यो नयाँ जातीय चिनारी उनीहरूका लागि राम्रो सुरक्षाकवच पनि बन्यो । किराँतपछि लिच्छवी हुँदै मल्ल वंशको शासन प्रारम्भ भयो, नेवारबहुल उपत्यकामा शासन थालेका मल्लहरूले पछि आफूलाई नेवार शासककै रूपमा चिनाए । शासकहरू नै खसबाट नेवारमा परिवर्तन भएको समयमा गोपालहरूको पहिचान चाहिँ बच्न सक्ने कुरै थिएन । त्यसैले उनीहरूले पनि नेवार संस्कृति (गुफा राख्ने चलनबाहेक) ग्रहण गरेका हुन सक्छन् । 
शासनबाट हटेपछि उनीहरूको राजनीतिक शक्ति समाप्त भइसकेको थियो । आर्थिक रूपमा पनि उनीहरू किन सम्पन्न भएनन् भने गाईभैँसी पाल्ने र खेतीपाती गर्ने किसान थिए उनीहरू । अहिले पनि अधिक गोपालीहरू खेतीकिसानी नै गर्छन् । सुरक्षाका लागि उनीहरूले आफ्नो संस्कृति पनि परित्याग गर्नुपर्‍यो । उनीहरूको थर पनि समयक्रममा परिवर्तन हुँदै गए । 
‘ग्वाला’ बाट ‘ग्वाल’ हुँदै ‘ग्वार’ लेख्ने गोपालहरूले पछिल्लो समय आफ्नो थर गोपाली लेख्न थाले । यिनै कारणहरू हुन्, गोपालवंशबारे जानकार इतिहासका विद्यार्थीहरूले समेत थानकोटदेखि शिखरकोटसम्ममा गाउँमा बसोबास गर्ने गोपालीहरू नै प्राचीन गोपाल राजवंशका वंशजहरू हुन भन्दा हत्पत्ति पत्याउँदैनन् ।  पुर्खाहरूले नेपालमा पहिलो राजवंशको स्थापना गरेको तथ्य गर्वको विषय भए पनि राजनीतिक–आर्थिक–सांस्कृतिक–शैक्षिक अवस्थाका कारण   आफूहरू नेपालको पहिलो गोपाल वंशका सन्तान हौँ भनेर सन्तोष गर्ने स्थितिमा नरहेको बताउँछन् समाजका अध्यक्ष चन्द्रबहादुर गोपाली । उनको भनाइमा, गोपाली समुदायका अधिक मानिस आर्थिक रूपमा विपन्न छन् । शिक्षाको स्तर पनि राम्रो छैन । शासनसत्ताको उच्च पदमा पनि कोही छैनन् । भन्छन्, “सबै क्षेत्रमा अन्य समुदायसँग हामी कसरी प्रतिस्पर्धी बन्न सक्छौँ, त्यतातिर ध्यान दिनसके मात्र हामी गोपालवंशका सन्तान हौँ भनेर गर्व गर्नसक्ने स्थितिमा हुनेछौँ । नत्र हामी सधँै सहानुभूतिका पात्र भइरहनेछौँ ।” 

दश हजारभन्दा कम 
काठमाडौँ उपत्यकामा गोपाली समुदायको सबैभन्दा धेरै बसोवास भएको क्षेत्र थानकोट हो । गोपाली सेवा समाजका अध्यक्ष अधिवक्ता चन्द्रबहादुर गोपालीका अनुसार समाजले ०७१ मा देशभरिका गोपालीहरूको लगत संकलन गरेको थियो । जस अनुसार थानकोट क्षेत्रमा गोपालीहरूको झन्डै दुई सयभन्दा बढी घरधुरी रहेको देखियो । त्यसबाहेक मातातीर्थ–मच्छेगाउँ क्षेत्रमा करिव २२ घर छन् भने पुरानो नैकापमा पाँच घरधुरी । यसैगरी ललितपुरको ठेचोमा चार, कीर्तिपुरमा चार घर र चोभारमा एक घर रहेको तथ्यांक समाजसँग रहेको छ । 
मच्छेगाउँ लगायत उपत्यकाका स्थानमा पनि गोपालीहरूको बसोवास रहे पनि उनीहरू थानकोटबाटै बसाइँ सरेर गएका हुनसक्ने बताउँछन् गोपाली अगुवाहरू । मच्छेगाउँ गाविसका पूर्व गाविस अध्यक्ष ज्ञानबहादुर गोपालीका भनाइमा, उपत्यकामा गोपालीहरूको दोस्रो ठूलो जनसंख्या मच्छेगाउँमा छ । तर, उनी पनि के कुरामा विश्वस्त छैनन् भने मच्छेगाउँ उनीहरूको आदिथलो हो । भन्छन्, “आदिकालदेखि हाम्रा पुर्खा यहाँ बसेको भए यहाँ गोपालीहरूको बहुमत हुनुपर्ने । तर २०–२२ घर मात्र भएकाले पक्कै पनि हाम्रा पुर्खा थानकोटतिरबाटै आएका हुनुपर्छ ।” 
काठमाडौँका आदि जमानाका शासक भए पनि गोपालीहरूको धेरै बस्ती र संख्या चाहिँ मकवानपुरको थाहा नगरपालिका र जिल्लाका अन्य केही गाविसमा भेटिन्छ । जस्तो, थाहा नगरपालिका (मकवानपुर) को वडा नम्बर १२ मा पर्ने कुन्छाल गाउँमा २ सय ५५ घरधुरी छ । समाजका अध्यक्ष गोपालीका अनुसार, जति घरधुरी छन्, सबै गोपालीका हुन् । र, यो नै गोपालीहरूको सबैभन्दा धेरै जनसंख्या रहेको ठाउँ हो । यसबाहेक चित्लाङ गाविसको टौखेल र नुलगाउँ, जसलाई संयुक्त रूपमा बिसिङ्खेल भन्ने गरिएको छ, मा गोपालीका १ सय ७५ घरधुरी छन् ।  
त्रिभुवन राजपथको पालुङ बजार पार गरेर हेटौँडातर्फ लागेपछि बाटोमा पर्ने पर्यटकीय क्षेत्र शिखरकोट पनि गोपालीबहुल क्षेत्र हो । ०७१ को लगत संकलनले त्यहाँ गोपालीहरूको ७५ घरधुरी रहेको देखाएको छ । यसैगरी मकवानपुरकै मनहरी ज्यामिरेमा २५, हेटौँडामा पाँच, पदमपोखरीमा चार घर छन् । कुन्छाल, शिखरकोट, बिसिङ्खेल, थानकोटबाहेक स्थानका गोपालीहरू बसाइँ सरेर गएकाहरू हुन् । अध्यक्ष गोपालीका भनाइमा, सबै ठाउँमा गरेर गोपालीहरूको संख्या १० हजार नाघ्ने स्थिति अहिले पनि छैन ।

को हुन् गोपालवंशी ?
गोपालीहरूले मात्र होइन, तराई–मधेसको यादव जाति पनि आफूलाई गोपालवंशी ठान्छन् । द्वापरयुगमा उपत्यकामा वाणासुर नामक दैत्यले निकै दु:ख दिएकाले उसको बध गर्न आएका भगवान् श्रीकृष्णसँगै आफ्ना पुर्खा ग्वालाहरू काठमाडौँ आइपुगेको र पछि शासन थालेको दाबी गोपालहरूको छ भने यादवहरूले पनि भगवान कृष्णसँगै आएका र काठमाडौँमा शासन गरेका ग्वालाहरू आफ्ना पुर्खा भएको दाबी गर्दै आएका छन् । 
भगवान् श्रीकृष्णसँग आएका ग्वालालाई आफ्नो पुर्खा रहेको दुवै समुदायको दाबीपछि २०६०–०६५ ताका उनीहरूबीच एकताको प्रयास पनि भयो । मच्छेगाउँ (हाल चन्द्रागिरि नपा) गाविसका पूर्व अध्यक्ष ज्ञानबहादुर गोपालीका अनुसार, यादव समुदायबाट त्यस्तो एकताको प्रयास भए पनि त्यसले सार्थक रूप लिएन । उनी भन्छन्, “वंश मात्र मिल्यो, संस्कृति लगायतका केही कुरा मिलेनन् । त्यसैले त्यो प्रयास त्यसै तुहियो ।” 
अध्येता चुन्दा बज्राचार्य चाहिँ गोपाली र यादव दुवै समुदाय गोपालवंशी भए पनि यादवहरूले दाबी गरेजस्तो उनीहरूका पुर्खा काठमाडौँका गोपाल शासकहरू नभएको बताउँछिन् । भन्छिन्, “भगवान् श्रीकृष्ण द्वापर युगका हुन्, त्यो बेला नेपालमा किराँत वंशको शासन थियो । यस आधारमा यादवहरूले गोपालवंशी शासकहरू आफ्ना पुर्खा हुन् भन्ने दाबी तथ्यसँग मेल खाँदैन । किनभने, यदि उनीहरू श्रीकृष्णसँग आएका हुन् भने किराँतकालमा आएका हुन् ।” 

 सीताराम बराल,Topics:उसबेलाको नेपाल,आश्विन ३०, २०७३, Nepal Weekly(Kantipur Publications)










नेपालको राजनीति जटिलता उन्मुख

दिनेश यादव (Dinesh Yadav) 
नेपालको राजनीति अझै तरल र जटिल अवस्थामै छ । तत्कालै यो अवस्था हट्ने छा“ट टाढा–टाढासम्म देखिन्न । यहा“का प्रमुख दलहरू सत्ता केन्द्रित राजनीति थालेकाले समस्या थप बल्झिने देखिन्छ । ती दलहरुले पार्टीको मुद्दा र घोषणापत्र मार्फत जनता समक्ष गरेका बाचाहरू पुरा गर्नुको साटो आ–आफ्नै नेतृत्वमा सरकार बनाउने र निर्वाचनमा जाने सोचमा छन् । आफूहरु शक्तिशाली कसरी बन्न सकिन्छ भन्ने ध्याउन्नमा मात्रै दलहरु रहेकाले संविधान कार्यान्वयन विषय पेचिलो बन्दै गएको हो । फेरी यही स्थितिमा संविधानलाई कार्यान्वयन हुन नदिने शक्तिहरूपनि यहा“ क्रियाशिल रहेकै छन् । खासगरि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका घटक आबद्ध रहेको संघिय गठबन्धन लामो समयदेखि आन्दोलनमै छ । गठबन्धनले तत्कालका लागि आन्दोलन केही सुस्ताएको देखिएपनि संविधानमा आफ्नो मागहरु सम्बोधन हुनेगरि संशोधन नभए नेपालीहरुको चाडवाड सकेलगतै फेरी सडक र सदन तताउने उद्घोष गरिसकेका छन् । उता, दक्षिणपन्थी र राजाबादीहरु पनि यो संविधान कुनै पनि हालतमा लागू हुन नदिने कसरतमा जोडतोडका साथ लागेकै छन् । भू–राजनीतिक र रणनीतिक शक्ति केन्द्रहरु आ–आफ्नै इन्ट्रेस्टमा सक्रिय रहेका छन् ।  

                                    मधेसको राजनीति फेरी नेपाली कांग्रेसकै वरपर घुमिरहेको छ । कांग्रेसले विमलेन्द्र निधिलाई अघि  बढाएको छ । पार्टीभित्रै जसको राजनीतिक दर्शन अल्पमतमा छ, उसैलाई का“ग्रेसले पार्टीका तर्फबाट वर्तमान सरकारको नेतृत्व गर्ने जिम्मा दिएको छ । कांग्रेसले यसो गर्नुको पछाडि मधेसी दलहरुलाई मधेसमा कमजोर तुल्याउनकै लागि हो भने निस्कर्ष निकाल्नेहरु पनि छन् ।

मधेसीबारे आलेख

भारतीय सीमासंग जोडिएको मुलुकको दक्षिणी समथर भूभागको रुपमा रहेको मधेसका बासिन्दा आफ्नै भूमिमा आफ्नो पहिचानका लागि संघर्षरत छन् । भूगोल नेपालभित्रको तर त्यहा“का बासिन्दा ‘नेपाली होइनन’ भन्ने शंका गरिन्छ । तिनको राष्ट्रियता र पहिचानमाथि बारम्बार प्रश्न उठाइन्छ । सीमा क्षेत्रका बासिन्दा मधेसी पारिका बासिन्दाबाट ‘नेपाली’ र आफ्नै तिरकाबाट ‘भारतीय’ को परिचय पाउ“छन्, जुन मधेसीका लागि दुर्भाग्यपूर्ण अवस्था हो । आत्मसम्मान र आत्मपहिचान नपाएर सदियौंदेखि गुम्सिएको मधेस त्यसका लागि पछिल्लो एक दशममा तीनपटक आन्दोलित भएको छ । सयौंले ज्यान गुमाएका छन् । कैयौं अंगभंग भएका छन् । आन्दोलनहरुले मधेस र मधेसीको पहिचानलाई बलियो गरी स्थापित गराउन खोजेको छ । आन्दोलनकै परिणाम सरकारी नीति, नियम र कानुनमा मधेसीको पहिचानले ठाउ“ पाएको छ । तर मानिसहरुको नियत र व्यवहारमा भने अझै पाउनसकेको छैन । आफ्नो पहिचानको विषयमा आम मधेसीले कुनै न कुनै रुपमा अपमानको विष पिउनुपरेको छ । राजनीतिक र सामाजिक परिवर्तन संगसंगै मधेसीप्रतिको काठमाडौंको बुझाईमा परिवर्नत नभएको होइन । यद्यपि त्यो अझै पर्याप्त हुन सकेको छैन । मधेस र मधेसीको पहिचानबारे कान्तिपुरका संवाददाता राजेश मिश्रले ‘संघर्ष पहिचानको’ शिर्षकमा एउटा आलेखकै लेखेका छन् ।(Kantipur, 29 Asoj 2073,Page 6)


Monday, 17 October 2016

आखिर जाति समाज से क्यों नहीं जाती?

मौजूदा दौर का जन्म आधारित जातिवाद और सामाजिक भेदभाव देश के माथे पर कलंक के समान और हमारी प्राचीन संस्कृति की अवधारणाओं के विपरीत है। कुछ लोग कहेंगे कि यह जातिवाद प्रणाली हमारे प्राचीन ग्रंथकारों की ही देन है पर यह सही नहीं है। रोहित वेमूला व इसके बाद के दूसरे प्रकरणों से भारतीय समाज में जातिवाद की समस्या एक बार फिर खुल कर सामने आई है। इस मसले पर निर्मम राजनीतिक शोरगुल से परे हट कर गौर करें तो साफ संकेत मिलते हैं कि भारत में अनुसूचित जाति के लोगों के साथ भेदभाव किया जाता है। बहुत से गैर पाश्चात्यवादी भारतीय पाश्चात्य देशों और गैर सरकारी संगठनों द्वारा रचे 'अत्याचार-साहित्यÓ को मानने को तैयार नहीं होंगे।


गहराई से अध्ययन करने पर आप पाएंगे कि सभ्य विश्व में अगर कोई अल्पसंख्यक समुदाय सबसे ज्यादा दबा और पीडि़त है तो वह अफ्रीकी -अमरीकी और यूरोपीय-रोमा है। पाश्चात्य चिंतकों, मीडिया या एनजीओ के निष्कर्षों को नजरंदाज कर भारतीय अपनी विफलताओं पर पर्दा नहीं डाल सकते। डॉ. बी.आर अम्बेडकर ने अपनी पुस्तक में लिखा है- शूद्र कौन थे? भारतीय ग्रंथों और पुस्तकों के माध्यम से उन्होंने सिद्ध किया कि प्राचीन भारत में शक्तिशाली शूद्र शासक भी हुए हैं।


जन्म आधारित जातिवाद और भेदभाव व दमन संबंधी लेख या इसका उल्लेख काफी बाद में इन ग्रंथों की पाठ्य सामग्री में परिवर्तन कर शामिल किया गया। भगवद्गीता में श्रीकृष्ण ने गुणों और कर्मों के आधार पर चार वर्ण बताए हैं, यहां जन्म का उल्लेख नहीं है। प्राचीन भारत में ऋषि- मुनियों को सर्वाधिक उच्च स्तर प्राप्त था। रामायण रचयिता वाल्मिकी शूद्र की और महाभारत के रचनाकार वेदव्यास एक मछुआरन की संतान थे। जबाली उपनिषद् के रचनाकार सत्यकाम जबाली अविवाहित शूद्र मां की संतान थे और उनके पिता के बारे में कोई नहीं जानता। वाल्मिकी रामायण के अनुसार, जबाली भगवान राम के काल में अयोध्या के राजदरबार में आधिकारिक पुजारी और परामर्शदाता थे। ये सब अपने कर्मों से ब्राह्मण बने।


मैक गिल यूनिवर्सिटी में तुलनात्मक धर्म के प्रोफेसर अरविंद शर्मा कहते हैं-जातिगत रूढि़वादिता और भेदभाव स्मृति काल (जीसस क्राइस्ट के जन्म से लेकर 1200 ईस्वी तक) की देन है। बाद में इसे मध्यकाल में भक्ति आंदोलन ने चुनौती दी। इस आंदोलन का नेतृत्व बहुत से गैर उच्चवर्णीय संतों ने किया था। इस दौरान काकतिय जैसे कई शक्तिशाली साम्राज्यों का विलय किया गया, जिन पर शूद्रों का राज था। इसके बाद अंग्रेजों के राज में एक बार फिर जन्म आधारित जातिवाद ने सिर उठाया, जो आज जस का तस है।


अनुवांशिकी शोध पर आधारित वैज्ञानिक प्रमाण भी पुष्टि करते हैं कि प्राचीन काल में जन्म आधारित जातिवाद नहीं था। 'जातिगत शुद्धताÓ बनाए रखने के लिए अंतरजातीय विवाह पर प्रतिबंध लगाना इस जन्म आधारित जातिवाद की मूल पहचान बन गया। अमरीकन जर्नल ऑफ ह्यूमन जेनेटिक्स, नेचर एंड नेशनल एकेडमी ऑफ साइंस जर्नल जैसी पत्रिकाओं में प्रकाशित विभिन्न वैज्ञानिक पत्रों के अनुसार हजारों वर्ष तक भारत में विभिन्न आनुवांशिक समूहों के बीच अन्त:-प्रजनन आम तौर पर प्रचलित था। यह तो नए युग में सन् 0 से सन् 400 के बीच रुका है ।


(दिलचस्प यह है कि यह अरविंद शर्मा के सुझाए गए उस काल से मिलता है, जब देश के इतिहास में पहली बार जाति व्यवस्था लागू हुई।) यह व्याख्या काफी स्पष्ट लगती है। वर्तमान जन्म आधारित जाति व्यवस्था-जाति और वर्ण का इकतरफा विलय (गुण और कर्म पर आधारित व्यक्तित्व एवं स्वभाव) का उदय 1600-2000 साल पहले हुआ था। इससे पहले यह व्यवस्था अस्तित्व में नहीं थी। भारतीय संविधान के उद्देश्य बने हैं पर आज आरक्षण जैसी सरकारी नीतियों ने फर्क पैदा कर दिया है। यह ठीक नहीं। दलित शिक्षाविद चंद्रभान प्रसाद के कार्यों से पता चलता है कि 1991 के बाद आर्थिक सुधार कार्यक्रमों ने इस मसले को कुछ हद तक हल किया है। 2006-2007 की अखिल भारतीय एमएसएमई जनगणना के अनुसार, देश के कुल उद्यमों का 14 प्रतिशत स्वामित्व अनुसूचित जाति-जनजाति के पास है।


यह आंकड़ा संभवत: आज और बढ़ गया है। बहुत से लोग कहते हैं कि आरक्षण नीति से उच्च जाति के गरीबों ग्रामीण भूमिहीनों की उपेक्षा हुई है। परन्तु इसका कारण पर्याप्त शिक्षा सुविधाओं और नौकरियों का अभाव है। निस्संदेह 1991 के बाद के सुधारों के चलते स्थितियों में परिवर्तन आया है लेकिन इतना पर्याप्त नहीं है। बहुत से लोग यह दलील देते हैं कि सुधारवादी नीतियों से न केवल दलितों बल्कि ग्रामीण और शहरी उच्च जाति के गरीबों का भी भला होगा।


इसलिए, जैसा कि चंद्रभान प्रसाद ने बार-बार दोहराया है कि अन्य सरकारी नीतियों के मुकाबले ज्यादा आर्थिक सुधार और शहरीकरण जातिगत भेदभाव और गरीबी को आम तौर पर उचित ठहराते रहेंगे। हालांकि आर्थिक सुधारों के प्रभाव की परवाह किए बगैर सभी भारतीयों को जातिगत भेदभाव का विरोध करना चाहिए, हमारे देश की आत्मा के लिए ऐसा किया जाना चाहिए।
Source : Patrika, IST



Sunday, 16 October 2016

तमलोपा अधिवेशनमा नबोलाएको एमालेको चियापानमा ठाकुर

नेकपा(एमाले) ले दशै,तिहार,छठ लगायतका नेपाली चाड–पर्वहरूको उपलक्ष्यमा असोज २९ गते राजधानीको धुम्बाराहीमा शनिबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा तराई–मधेस लोकतान्त्रिक पार्टी(तमलोपा)का अध्यक्ष महन्थ ठाकुर र उपाध्यक्ष वृशेषचन्द्र लाललगायतको समेत उपस्थिति रहयो । तमलोपाले पा“च महिनाअघि पार्टीको नवलपरासी अधिवेशनमा एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तोसम्म गरेको थिएन । संविधान संशोधन औचित्य र आवश्यकताका आधारमा गर्न सकिने भनाई एमालेबाट आइरहेको बेला तमलोपालगायतका मधेस केन्द्रित दलका नेताहरुको चियापानमा भएको यो उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चियापानमा संघिय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारको समेत उपस्थिति थियो ।   






पैसामाथि सुत्छन् र जेटमा उड्छन् यी अर्बपति

दिनेश यादव(Dinesh Yadav)_____________
संसारमा पैसा कमाउने माध्यम व्यक्तिपिच्छे फरक–फरक छ । पछिल्लो समय सामाजिक सञ्जाल पनि धनाढ्य बन्ने माध्यम बन्दैछ । अझ यसैबाट अर्बपति समेत बन्नेहरु भेटिन थालेका छन् । हुनत, अर्बपति बन्न यो मात्रै प्रयाप्त होइन, अन्य व्यापार पनि आवश्यक पर्छ । तर, अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जलेसमा जन्मेका ४३ वर्षिय टोनी टाउटाउनीलाई धनाढ्य बनाउनमा सामाजिक संजालको योगदान पनि उतिकै छ । उनी ‘इन्स्टाग्राम’ बाटै अर्बपति बनेको संचारमाध्यमहरुले जनाएका छन् । ‘फच्र्युन’ले उनलाई यो वर्षको ‘इन्स्टाग्राम किङ्ग’ समेत घोषित गरिसकेको छ । ‘सेलिब्रिटीनेटवर्थस’ का अनुसार सन् २०१६ मा टोनीको कुल सम्पति ७ करोड ५० लाख अमेरिकी डलर रहेको छ । नाइटक्लब, डिलरसिप, बार र रेस्टुरेन्टलगायतका ब्यापारले पनि उनलाई अर्बपति बनाउन सहयोग पुगेको उनी बताउ“छन् । टोनीको एकाउन्ट अनुसार उनी एकताका कार स्टेरियोका सेल्सम्यान भएर काम गरेका थिए र राम्रो जीवन कसरी बिताउने भने चाहनाले १९ वर्षमा आफ्नै व्यापार थाले । शुरुमा उनले नाइटक्लबमा लगानी गरे । त्यसको आम्दानबाट उनी अन्य व्यापार संचालन गरे । हिजोआज उनलाई इन्स्टाग्राम एकाउन्टमा विलासिता जीवन शैलीको तस्विरहरु पहिलो पटक सार्वजनिक गर्ने ड्यान ब्लिजेरिएनसंग तुलना गर्न थालिएको छ ।  
धनाढ्य टोनीको शोक अनौठो पनि अच्चम खालको छ । उनले करोडौं लगानीमा खरिद गरेको यार्डमा पार्टी दिन्छन् । डलरमाथि सुत्छन । डलरबाटै मान्छेको स्वरुप बनाई आफ्नो ओछ्यानमा पल्टिने गर्छन् । नया“–नया“ केटीसंग समय बिताउने र उनीहरुसंग फोटो खिचेर इन्स्टाग्राममा पोस्टिङ गर्ने उनको रुची छ । यति मात्रै होइन उनीसंग १९ वटा जति महंगा सुपर कार मात्रै छ । टाढा–टाढाको यात्रा भने उनी आफैले किनेको मह“गा नीजि जेट विमानमा गर्छन् । त्यो पनि केटीहरूको हूलका साथ । उनको वरपर केहीहरु बढीनै रहने गरेका छन् । जहा“ गयो त्यही फोटो खिचाउने र पोस्ट गरिहाल्ने उनको बानी छ । केटीसंग विभिन्न पोजिसनमा खिचाइएका अर्धनग्न फोटोजहरु पोस्ट गर्नुका कारण ‘इन्स्टाग्राम’मा आठ महिनामै टोनीका ७ लाख ५० हजार फ्लोअर्स बनिसकेका छन् । सुन्दर तरुनी त देख्नै हु“दैन उनले । डेटिङको प्रस्ताव राखिहाल्छन् । त्यसका लागि जति मूल्य चुकाउनु परेपनि उनी तयार रहन्छन् । हिलटपमा गएर रंगिन सा“झ बिताउन चुक्दैनन, उनी । केटीप्रति बढी आकर्षण हुनुको कारणबारे उनले एकताका भनेका थिए, ‘म एक्लो भएकाले धेरै महिलासंग डेटिङ जानु स्वभाविकै हो । फेरी रमाइलो गर्ने उमेर पनि त यही हो क्यारे ?’
 पहिले नाइट क्लबका व्यापारीका रुपमा परिचित टोनीले पैसालाई बढी महत्व दिने गरेका छन् । एक अन्तर्वार्तामा उनलाई जीवनको पा“च महत्वपूर्ण कुरा के हो भनेर सोध्दा, उनको उत्तर थियो, ‘पैसा, पैसा, पैसा, पैसा र पैसा ।’ आफ्नो अत्यन्तै असाधारण जीवनशैलीका लागि उनको आम्दानीमा ‘इन्स्टाग्राम’ले महत्वपूर्ण योगदान पु¥याइरहेको छ । टोनी भन्छन्, ‘ पैसा त धेरैले कमाउ“छन तर तिनीहरुलाई जिउनै आउ“दैन, लोभीहरु पैसा खर्च गर्दैनन् ।’ इन्स्टाग्राममा टोनीको फोटोज हेर्ने फ्लोअर्सले उनको अर्को पोस्टको प्रतिक्षामा स“धै रहने गरेका छन् । उनको पोस्ट अपलोड भएलगतै ‘लाइक्स’ गर्नेहरूको लाभालस्करनै शुरु हुन्छ । यसबाट टोनीलाई मात्रै होइन इन्स्टाग्रामलाई समेत फाइदा पुगेको छ । टोनीले हालै एउटा भिडियो सार्वजनिक गर्दै २६ वर्षिया जुलिएन निकोलेसंग ‘इलु–इलु’ भएको सार्वजनिक गरेका छन् । (एजेन्सीहरु)
(Published on Kantipur Daily dated 15 Oct 2016)

Thursday, 13 October 2016

मधेसमा जनार पुजा



तराई–मधेसका बासिन्दाले वर्षमा एक पटक भैसी/गाई गोठको पुजा गर्ने चलन परापुर्वकालदेखि चल्दै आएको छ । खासगरि ग्वाला(यादव) हरुले गर्ने उक्त पुजालाई स्थानीय भाषामा ‘जनार’ भन्ने गरिन्छ । यो पुजाका क्रममा ‘ग्राम देवता’ अर्थात् ‘डिहबार स्थान’, महन्थ बाबा र घरको ‘गहबर’(गोसाईं घर) मा अत्यन्तै श्रद्धाका साथ फुल, अक्षता र प्रसादका रुपमा लड्डु, च्युरा–दही, खिरलगायतका सामग्री प्रसादका रुपमा चढाइन्छ । पुजामा पान र सुपारी अनिवार्य मानिन्छ । परिवार अनुसार घरको गोसाई(कूल देउता) गहिल, धर्मराज, काली बन्दीलगायतलाई आफ्नो ईस्ट देउताको स्मरण बडो भक्तिभावले गरिन्छ ।  

Note ::All Pictures are taken from #JayaRam #Yadav #Facebook.

Saturday, 8 October 2016

बिजयादशमी २०७३ को शुभकामना

उत्साह, उमङ, उत्सव, खुशी, शान्ति, उल्लास, हर्ष, सुख, प्रसन्नता, सुविस्ता,आनन्द, समृद्धि, उन्नती, कल्याण, मंगल, सुविधा, अभूदय....यी शब्दहरु शब्दकोशमा मात्रै सीमित नरहुन, यही छ बिजयादशमी २०७३ को शुभकामना । 


अर्बपति कृषक

खेतीपाती र कृषि व्यापारबाटै पनि अर्बौको आम्दानी गर्न सकिन्छ । 
यही पेशा अप्नाएरै विश्वका धेरै जना अर्बपति बनेका छन् । सफल अर्बपति किसानका प्रेरक सामग्री कान्तिपुर दैनिकको
 ‘धनीको कुरा’ स्तम्भमा पढ्नुस् । 
  • दिनेश यादव(DINESH YADAV)___________ 


सबैभन्दा बढी परिश्रमी र कही पहू“च नभएको कोही छन भने त्यो किसान हो । खेतमा उत्पादन गर्छन तर बजार पाउ“दैनन् । बिचौलियाका मारमा संधै तिनीहरु पर्दै आएका छन् । सही र व्यवस्थित तरिकाले कृषि पेशा अ“गाले उभो नलाग्ने कुरै छैन । छिमेकी मुलुक भारतको कुल जनसंख्या मध्ये अधिकांशलाई हरियाणा र पंजाबका कृषकले उत्पादन गरेको खाद्यान्नले धानिरहेको छ । नेपालमा भने कृषि पेशा सबैभन्दा अपहेलित बनेको छ । दैनिक उपभोग्य खाद्यवस्तु समेत विदेशबाट आयात गर्नु पर्ने अवस्था छ । पछिल्लो समय व्यावसायिक खेति शुरु भएपनि त्यो प्रयाप्त भने छैन । यो क्षेत्रमा लाग्नेहरु आफ्नै श्रम, पसिना र मिहिनेतबाट धनाढ्य बनेका उदाहरणहरु धेरै छन् । केही किसान त अर्बपति समेत बनेका छन् । सुन्दा आश्चर्य लाग्न सक्छ तर विश्वका केही धनाढ्यहरु कृषि पेशाबाटै अर्बपति बने, बन्दैछन् । चीनका लिउ योङघाउ ती मध्येका एक हुन् । उनी विश्वकै सर्वाधिक धनी किसान हुन । 
  ‘द रिचेस्ट डट कम’ का अनुसार लिउका कुल सम्पति ५ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको छ । फोब्र्सका अनुसार ६५ वर्षिय लिउ र उनको परिवारको कूल सम्पति ४ दशमलव ७ अर्ब (रियल टाइम ७ अक्टोबर २०१६) छ । सन १९८२ मा सरकारी नोकरी छाडेर उनी किसान बने । उनी यो पेशामा एक्लो भने लागेनन् । उनी आफ्ना दुई भाईलाई समेत नोकरी छाड्न लगाएर कृषिकर्ममै संलग्न गराए । तीन दाजूभाई मिलेर चीनको चेङदूमा कूल १ सय ५० अमेरिकी डलर लगानी गर्दै कुखुरा पालन शुरु गरे । आज लिउ योङघाउसंग चीन र अस्ट्रेलियामा हजारौं हेक्टरमा कृषि फार्म छ । उनी चीनकै सबैभन्दा ठूलो कृषि व्यापार कम्पनी न्यू होप समूहका मालिक हुन । हालैका दिनहरुमा उनले चीन र अस्ट्रेलियामा रियल एस्टेटको व्यापार समेत थालेका छन् । लिउले आफूले खोलेको उक्त कम्पनीमा छोरीलाई समेत सहभागी गराएका छन् । तीन दाजूभाई मिलेर कृषि व्यापार थाल्नेमा उनी एक्ला उदाहरण हुन । त्यसो त सन् १९९० मा अन्य भाईहरु अलग भएर आ–आफ्नै व्यापार र उद्योग स्थापना गरे । तरपनि उनको कम्पनी अझै चीनमा एनिमल फिड(पशु आहार) व्यापारमा अग्रनी नै मानिन्छ । योङघाउ हाल न्यु होप ग्रुपका अध्यक्ष र चाइना मिन्शेङ बैंकका उपाध्यक्ष पनि हुन् । चीनको टेकनिकल स्कूलमा शिक्षकका रुपमा जागिरे छ“दै उनको मनमा कृषि व्यापार गर्ने चाहना भयो । त्यसताका उनका दुई भाई पनि सरकारी जागिरे थिए । पछि तिनै जनाले जागिर छाडेर एग्रो–बिजनेस(कृषि व्यापार) मा लगानी गरे । शुरुमा लगानी गर्ने रकम तिनीहरुसंग थिएन । धेरै मथ्थापिच्ची गरेपछि रकम जम्मा गर्ने एउटा जुक्ति निकाले तीनै दाजू भाईले । आ–आफ्ना घडी र साइकल बेचेर १ सय २० अमेरिकी डलर जम्मा गरे । उक्त रकम दाजू भाईले कुखुरा र बट्टाईको बच्चा उत्पादन गर्दै छिमेकी र सिचुआन प्रान्तको गाउ“बस्तीहरुमा लगेर बेच्न थाले । त्यसमा सफलता पाएपछि तिनीहरुले पशु आहारको व्यापार पनि थाले । त्यो व्यापारसंगै कुखुरा पालनबाटै उनी आज अर्बपति बनेका छन् ।  
यसैगरि अमेरिकी नागरिक ह्यारी स्टाईन पनि कृषि व्यापारबाटै अर्बपति बनेका छन् । उनको कूल सम्पति ३ दशमलव ३ अर्ब (रियल टाइम ७ अक्टोबर २०१६) रहेको फोब्र्स अखबारले जनाएको छ । ७४ वर्षिय उनी विगत ५० वर्षयता हाइब्रिड (ठिमहा) सोयाबीन उत्पादन गर्दै आएका छन् । अमेरिकाको लोभाका ह्यारीसंग एडेलमा १० हजार एकड जग्गामा सोयाबीन र मक्कैको फार्म छ । उनी हाइब्रिड विउका लागि परिचित छन् । प्रमुख विउ उत्पादन कम्पनी मोन्सेन्टो र सिंग्नेटाका लागि उनकै फार्मले ठीमहा विउ आपूर्ति गर्छ । उनको कम्पनीको उत्पादनहरु मध्ये ८ सय भन्दा बढीमा पेटेन्ट अधिकार सुरक्षित छ । हालै उनले आफ्नो ‘स्टाईन सीड’ नामको कम्पनी नै शुरु गरेका छन् । उनको कम्पनीले उत्पादन गरेको बिउ सबैभन्दा बढी मूल्यमा विक्रि हुने गरेको रेकर्ड छ । 
अर्का विश्वका चर्चित किसान हुन, ब्राजिलका ब्लेरो म्यागी । उनी सोयाबीन उत्पादन गर्ने ठूलो किसान हुन । ब्राजिलका कृषिव्यापारी मोघुल एन्ड्रेका छोरा हुन्, उनी । उनको फार्म ब्राजिलमा सबैभन्दा बढी सोयाबीन उत्पादन गर्छ । म्यागीको फाम्र्सलाई छाडि दिने हो भने पनि ब्राजील सोयाबीन उत्पादन गर्ने दुई नम्बरबाट ५ औ स्थानमा आउ“छ । ६० वर्षिय उनी ब्राजीलमा करीब ४ लाख हेक्टर फार्ममा सोयाबीनको खेति गर्छन, जुन विश्वकै सबैभन्दा ठूलो नीजि सोयाबीन उत्पादन फार्म हो । म्यागी दुई पटक ब्राजीलको सीनेटरमा समेत चुनिए । उनी ब्राजीलका कृषि मन्त्री समेत बनाइए । उनको फार्मको सोयाबीन खरिद गर्ने सबैभन्दा ठूलो मुलुक चीन हो । सन १९९० यता चीन यो फार्मसंग प्रत्यक्ष रुपमा आयातमा जोडिएको छ । फोब्र्सका अनुसार ब्लेरोको कूल सम्पति ३ अर्ब अमेरिकी डलर रहेको छ । 
यसैगरि अस्ट्रेलियाली नागरिक टोनी पेरिच विश्वकै ठूलो डेरी फार्मर(दुध उत्पादक किसान) हुन । अस्ट्रेलियाको एडिल्भिसका टोनी विश्वकै पा“च धनाढ्य किसानमध्ये चौथो स्थानमा छन । उनले सन् १९५१ मा २५ वटा गाईबाट डेरी उद्योग संचालन गरेका थिए । हाल उनीसंग दुई हजार भन्दा बढी गाई छन । ११ हजार हेक्टरमा उनको कृषि फार्म छ । फोब्र्स पत्रिकाका अनुसार उनको कुल सम्पति ७७ करोड अमेरिकी डलर रहेको छ । टोनी हालै १२ हजार फ्ल्याट भएको एउटा हाउजिङ सोसाइटीमा लगानी गरेका छन् । अस्टे«लियाको सर्वाधिक ५० धनाढ्यहरुको सूचीमा उनी ३२ औं स्थानमा छन् । 
सबै भन्दा आश्चर्यको कुरो त के छ भने विश्वकै सबैभन्दा ठूलो लगानीकर्ता वारेन बफेटका जेठा छोरा हावर्ड पनि किसान हुन । हावर्डलाई बुबा वारेनले तीन पटकसम्म कलेजमा भर्ना गरिदिएका थिए, छोराले पढोेस् भनेर । तर उनले कलेज पढेनन, बिचैमा छाडे । ८० को दशममा हावर्डले सोयाबीन र मकैको खेति शुरु गरी हाल अर्बपति किसान बनेका छन् । खेतिकिसानीमा मनग्ये आम्दानी हुन थालेयता उनी पछि फर्केर कहिले हेरेनन् । ६१ वर्षिय उनी अरिजोनामा ३९ सय एकड, दक्षिण अफ्रिकामा ९२ सय एकड  र अमेरिकी राज्यहरुमा ४४ सय एकडमा खेतिकिसानी गर्छन । उनीसंग सानाठूला गरि ५० भन्दा बढी ट्रयाक्टर छन् । त्यस्तै, दुई लाख ५० हजार अमेरिकी डलर भन्दा बढी मूल्यको कृषि यन्त्र पनि उनको फार्ममा छ । सेलिब्रेटी नेटवर्थका अनुसार उनको कूल सम्पति २० करोड अमेरिकी डलर छ । फोब्र्सले उनका बुबा वारेन ६४ दशमलव ७ अर्ब अमेरिकी डलर (रियल टाईम, ७ अक्टोबर २०१६) का साथ विश्वका तेस्रो अर्बपति हुन् ।(एजेन्सीहरु) 
(Published on Kantipur Daily dated 10 October 2016)

Sunday, 2 October 2016

विश्वको ध्यान स्वचालित प्रविधिमा

  • दिनेश यादव(DINESH YADAV) __________________ 

विस्तारै यान्त्रिक जीवन शैलीमा प्रवेश गरिरहेको विश्व समुदायका लागि अचेल ‘टाइम म्यानेजमेन्ट’ ठूलो चुनौतीको विषय बन्दै गएको छ । समयको राम्रो व्यवस्थापन गर्न नसक्नेको अब भविष्य छैन । यही चुरो विषयलाई ‘क्यास’ गर्दै विश्वका ठूल्ठूला मोटर निर्माता कम्पनीहरू आआफ्ना उत्पादनमा आधुनिक प्रविधि भिœयाउ“दै छन् । उपभोक्ताहरूको परिवर्तित मागलाई सम्बोधन गर्न ती कम्पनीहरू अहोरात्र कडा परिश्रम गर्दै नया“–नया“ फंक्सन सहितका लोभलाग्दा डिजाइनमा आफ्ना उत्पादनहरू बजारमा ल्याउन कस्सिएका छन् । तीमध्ये सार्वाधिक चर्चामा रहेका उत्पादनहरूमा चालकरहित सवारी साधन पनि एक हो । धेरै मानिस आफ्ना अधिकांश समय कार चलाउन र त्यसका लागि पार्किङ गर्ने स्थानको खोजीमा बिताउने गरेकाले त्यसको विकल्पमा ‘ड्राइभरलेस’ कारको विकासमा ठूला कम्पनीहरू जोडतोडका साथ लागेका हुन् । उता निर्माता कम्पनीहरूबीच सुविधा सम्पन्न, मह“गा र तीव्र गतिका  कारहरूको उत्पादनमा पनि त“छाडमछाड बढेको छ । 

   फोर्ड मोटरको ड्राइभरलेस कार  

फोर्ड मोटर कम्पनीले अगामी पा“च वर्षभित्र पूर्ण अटोमेटिक अर्थात चालकविहीन कार बजारमा ल्याउने योजना सार्वजनिक गरेको छ । सुरुमा यसलाई व्यापारिकभन्दा पनि सार्वजनिक भाडाका साधनमा मात्र प्रयोग गरिने उसको भनाइ छ । पछि मात्रै व्यक्तिका लागि यसको बिक्री वितरण गरिने छ । सन् २०२१ सम्ममा फोर्डले चालकविहीन कारहरू बजारमा ल्याइसक्ने जनाएको छ । गुगलले सबैभन्दा पहिले आफैं चल्ने कारहरू बनाउन थालेको हो । अब टेस्ला मोटर्स, जीएम र फोर्डले पनि यस्तै कार निर्माणमा जुटिसकेका छन् । हालै अन डिमान्ड कार सेवा उपलब्ध गराउने कम्पनीहरू यसमा लागेका छन् । तीमध्ये अमेरिकी उबर कम्पनी अग्रपंक्तिमा छ । उसले १८ अगस्तमा स्विडेनको कार निर्माता कम्पनी भोल्भोस“ग ३० करोड अमेरिकी डलरको सम्झौता पनि गरेको छ । उक्त सम्झौतामा सन् २०२१ सम्म पूर्ण चालकरहित कार निर्माण गरिसक्ने उल्लेख छ । उबरले सन फ्रान्सिस्कोको स्टार्टअप ओट्टोलाई आफ्नो योजनालाई सफल तुल्याउन अधिग्रहण गरिसकेको छ । यो कम्पनीले चालकरहित ट्रक विकसित गर्न जुटिसकेको छ । उबरले आफ्नो योजनाअनुसार पिटर्सबर्ग र पेन्सलभानियाका मानिसलाई भाल्भोको मोडिफाइड स्पोर्टस युटिलिटी भेहिकल (एसयूभी) मा यात्रा गर्ने मौका दिने छ, जुन बिनाचालक आफैं सडकमा दौडिने छन् । सम्भवतः यसै वर्षदेखि यसको परीक्षण गर्ने योजनामा कम्पनी रहेको ब्लुमबर्गले जनाएको छ ।  

हुन्डाई सेल्फ ड्राइभिङकै पक्षमा  

दक्षिण कोरियाली प्रमुख कार निर्माता कम्पनी हुन्डाईले हालै नया“ एलान्ट्रा सेडान बजारमा ल्याएस“गै स्वचालिक कारसमेत बजारमा ल्याउने जनाएको छ । सन् २०२० बाट आफ्नो अन्य बाहनहरूलाई सेल्फ ड्राइभिङ फंक्सनका साथ सडकमा उतार्ने योजना पनि कम्पनीको छ । पछिल्लो हुन्डाई गाडीमा ठूलो सिग्नेचर ग्रिल, सार्प हेडलाइट, साइमा १८ इन्चको अलोय चक्का, डे–टाइम रनिङ लाइट र पछाडि एलईडी टेललाइट रुफलाइनमा जडान गरिएको छ । यसको केबिनमा पहिले झैं अल ब्ल्याक कलर दिइए पनि सिल्भर र क्रोम फिनिसिङसमेत छ । ८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट प्रणाली, एपल कारप्ले र एन्ड्रयोड अटोस“गै ड्युएल–जोन क्लाइमेट कन्ट्रोल, लेदर अपहोल्स्ट्री र इलेक्ट्रिक सिटहरू यसका अन्य विशेषहरू हुन् । चाबीहीन प्रणाली जडान गरिएकाले यसको डिक्की खोल्न सा“चो आवश्यक पर्दैन । 
सन् २०१३ मा म्यासाच्युसेट्स इन्स्टिच्युटका केही अनुसान्धानकर्ताले सर्वप्रथम रोबोटिक्स र चालकरहित प्रविधिमा काम थालेका थिए । तिनीहरूले विकसित गरेको अमेरिकी सेल्फ स्टार्टअपको नाम नुटोनोमी हो, जसको कार्यालय अमेरिका र सिंगापुरमा छ । बीबीसीका अनुसार नुटोनोमी सिंगापुर सरकारबाट सेल्फ ड्राइभिङ कारको परीक्षणका लागि अनुमति लिने पहिलो कम्पनी हो । हुन त यसलाई केही निश्चित क्षेत्रमा ट्रायलका लागि मात्र उतारियो ।  सबैभन्दा पहिले यो कम्पनीले २०१४ मा चालकरहित टयाक्सी ट्रायल गरेको थियो । हालै ट्रायलमा ल्याइएका ६ कारले क्यामेरा र सफ्टवेयरलगायत इलेक्ट्रोनिक उपकरणहरूमार्फत काम गर्छन् ।

तीव्र गीतमा दौड्ने इ कार

अमेरिकी विद्युतीय कार उत्पादक टेस्लाले विश्वकै सबैभन्दा तीव्र गतिमा चल्ने कार बजारमा ल्याएको छ । ल्युडिक्रोअस मोडका साथ ल्याएको यो कारको नाम ‘टेस्ला मोडेल एसपी १०० डी’ दिइएको छ । ब्याट्रीबाट चल्ने यो कारले २ दशमलव ५ सेकेन्डमै शून्यदेखि सय किमिको गतिमा पुग्न सक्ने दाबी टेस्लाको छ । एक पटक चार्ज गरेपछि  यसले ५ सय किमिभन्दा बढी दूरी पार गर्न सक्छ । कम्पनीले सय किलोवाटको एउटा नया“ ‘ब्याट्री प्याक’ को समेत विकास गरेको छ । कारमा यो जडान गरे लगत्तै गति बढ्नुका साथै रेन्जमा पनि वृद्धि हुने दाबी पनि कम्पनीको छ । कम्पनीले ‘ब्याट्री प्याक’ आफ्नो ‘सेडान कार एसपी १०० डी’ र ‘एसयूभी एक्स’ मोडेलमा पनि प्रयोग गर्ने जनाएको छ । ‘ब्याट्री प्याक’ जडान गरेपछि गतिको मामिलामा यसले स्पोर्ट्स कारलाई निकै पछाडि छोड्ने दाबी उसको छ । मोडेल ‘एस पी १०० डी’ को मूल्य हाल तोकिएको छैन । 

  • This story has published on Kantipur NADA SHOW 2016 supplement issue

दशैमा सामुहिकता ‘दशगरदा काम’

तराईको दशैमा सामुहिकता अलिक बढी देखिन्छ । मुर्ति बनाउनेदेखि पुजाअर्चना, बेहरी संकलनदेखि मुर्ति विर्सजनसम्म यो सजिलै हेर्न र अनुभव गर्न सकिन्छ । त्यसैले यसलाई ‘दशगरदा काम’ (धेरै जना मिलेर गरिने कार्य) पनि भन्ने गरिन्छ । अरु समयमा जस्तो जातिय विभेद दशमीका अवसरमा गरिएको पाइ“दैन । हिन्दू वर्णका सबै जातजाति(दलितदेखि उच्च जाति) ले संगसंगै पालैपालो देवालयमा गएर पुजा गर्छन् । त्यसक्रममा श्रद्धालुहरुले ‘फुलाइस’ गर्ने चलन पनि छ । भक्तजनले निराहार बसी दशमीका दिन आफैले बनाएको शुद्ध दूधका मिठाई(पेडा) बनाएर देवालय गई भगवतिको हातमा फुल अछेता राखेर आफ्नो भाकल गर्छन । साडीको आ“चल(अचरी) थापेर त्यो फूल माग्छन, त्यो झरेपछि जय–जयकार गर्दै छप्पन कोटी देउतालाई एकैपटक सामुहिक रुपमा सम्झने प्रयास गर्छन् । यसैगरि दशमी अवधिभर गाउ“ वरपरका धार्मिक स्थलमा दियो बाल्ने चलन पनि छ । खासगरि ग्राम देवता (गाउ“को देउता) भनेर ‘दिहबार’ वा ‘बरहम’ बाबा थानमा शुद्ध तोरी तेलको दियोले झकिझकाउ हुन्छ भने त्यहा“ बालिने सुगन्धित धुपले वरपरका वातावरणलाई मग–मग वासनायुक्त बनाएको हुन्छ ।  गर्मी सकिने र चिसो शुरु हुने संकेतका रुपमा मानिने दशहरालाई नौ दिनसम्म नवरात्री महोत्सवको रुपमा मनाइन्छ, यस अवधिमा भक्तजनहरुले व्रत समेत राख्ने गरेको पाइन्छ । 

तराई–मधेसको मौलिक दशहरा



  • दिनेश यादव (DINESH YADAV)__________

तराई–मधेसमा राष्ट्रिय चाड बडादशैंलाई कतै विजयदशमी र दशहरा त कतै दशमीको नामले मनाइन्छ । समुहमा मिलेर मनाइने त्यहा“को दशहरा अलिक फरक खालको हुन्छ । घर–घरमा कलस र जमरा राखिन्न, कुनै सार्वजनिक स्थलमा सामुहिक रुपमा मुर्ति बनाएर घटस्थापनादेखि विजयादशमीसम्मै धुमधामले पुजा गरिन्छ । दूर्गा भवानी, काली, लक्ष्मी, गणेश, महिषासुरलगायतका माटोको मुर्ति बनाएर पुजाअर्जना गर्ने परम्परा छ । यसमा हुने खर्चको जोहो गाउ“ले वा टोलबासीले समिति मार्फत ‘बेहरी’ उठाएर गर्छन् । समितिले यसका लागि पहिलेनै रकम तोकिदिएको हुन्छ । त्यही अनुरुप रकम दिन कसैले आनाकानी गर्दैनन् । दशहराका दिन विजय मुहूर्त, शुभ कार्य र यात्रा शुरु गर्नका लागि महत्वपूर्ण र शुभ हुने मान्यताकै कारण त्यस क्षेत्रमा यसलाई ‘दशद्वार खुला’ रहने तिथिका रुपमा पनि लिने गरिन्छ । सर्वसाधारणहरु वडो आस्था र श्रद्धा भावले भगवती गोहवर (देवालय) मा पुजा गर्छन् । 
तराईको दशैमा सामुहिकता अलिक बढी देखिन्छ । मुर्ति बनाउनेदेखि पुजाअर्चना, बेहरी संकलनदेखि मुर्ति विर्सजनसम्म यो सजिलै हेर्न र अनुभव गर्न सकिन्छ । त्यसैले यसलाई ‘दशगरदा काम’ (धेरै जना मिलेर गरिने कार्य) पनि भन्ने गरिन्छ । अरु समयमा जस्तो जातिय विभेद दशमीका अवसरमा गरिएको पाइ“दैन । हिन्दू वर्णका सबै जातजाति(दलितदेखि उच्च जाति) ले संगसंगै पालैपालो देवालयमा गएर पुजा गर्छन् । त्यसक्रममा श्रद्धालुहरुले ‘फुलाइस’ गर्ने चलन पनि छ । भक्तजनले निराहार बसी दशमीका दिन आफैले बनाएको शुद्ध दूधका मिठाई(पेडा) बनाएर देवालय गई भगवतिको हातमा फुल अछेता राखेर आफ्नो भाकल गर्छन । साडीको आ“चल(अचरी) थापेर त्यो फूल माग्छन, त्यो झरेपछि जय–जयकार गर्दै छप्पन कोटी देउतालाई एकैपटक सामुहिक रुपमा सम्झने प्रयास गर्छन् । यसैगरि दशमी अवधिभर गाउ“ वरपरका धार्मिक स्थलमा दियो बाल्ने चलन पनि छ । खासगरि ग्राम देवता (गाउ“को देउता) भनेर ‘दिहबार’ वा ‘बरहम’ बाबा थानमा शुद्ध तोरी तेलको दियोले झकिझकाउ हुन्छ भने त्यहा“ बालिने सुगन्धित धुपले वरपरका वातावरणलाई मग–मग वासनायुक्त बनाएको हुन्छ ।  गर्मी सकिने र चिसो शुरु हुने संकेतका रुपमा मानिने दशहरालाई नौ दिनसम्म नवरात्री महोत्सवको रुपमा मनाइन्छ, यस अवधिमा भक्तजनहरुले व्रत समेत राख्ने गरेको पाइन्छ । 
प्रार्थना र पुजासंगै दशहराको सांस्कृतिक महत्व पनि उत्तिकै छ । कतै रामलिला त कतै त्यस क्षेत्रका मौलिक नाचहरू (अलहा रूदल,कु“वर ब्रिजभानलगायत) को आयोजना गर्ने, युवाहरु मिलेर नाटक खेल्ने चलन पुरानै हो ।  केही ठाउ“मा यी सांस्कृतिक परम्परा अझै कायमै छ तर त्यस्ता ठाउ“हरु औलामा मात्र गन्न सकिने स्थिति छ । यी पौराणिक परम्पराको स्थानमा भाङग्रा, डिजे, डेक र सिडीमा गीतसंगित सुनने चलन पछिल्ला समय शुरु भएको छ । पहिले जस्तो देवालयहरुमा भक्तिमय संगित २४ सै घन्टा लाउडस्पिकरबाट गाउ“–गाउ घन्किनुको साटो हिजोआज हिन्दी गीत, रिमिक्स संगित र अश्लील भोजपुरी गीतहरुले स्थान लिएको छ । 
रौतहट गौरका सामाजिक अभियन्ता अनिलकुमार सिंहले पहिला जस्तै नाचगान मधेसका सबै ठाउ“मा नभएपनि जिल्लाको मत्सरीलगायतका ठाउ“मा मिथिला क्षेत्रका कलाकारहरुलाई ल्याएर सांस्कृतिक कार्यक्रम गरिने चलन अझै रहेको बताए । भन्छन्, ‘सबै क्षेत्रमा आधुनिकताले आफ्नो प्रभाव जमाइरहेको अवस्थामा मधेसको दशमी त्यसबाट अछुतो रहने कुरै भएन । तर, युवाहरु आफ्ना मौलिक सांस्कृतिको जर्गेना गर्न अझै प्रयासरत छन् । ’ उनका अनुसार मधेसको एउटा साझा परम्परा भनेकै सबै ठाउ“मा देवीदेवताको मूर्ति बनाएर सामुहिक पुजाआजा गर्नु हो । धार्मिक आस्थामाथि विश्वास गर्ने रौतहट सबगाढा–१० का रामप्रसाद ठाकुरले दशमीको अवसरमा अचेल धेरै रकम खर्चिएर विशाल पण्डाल, तोरणद्वार र मञ्चहरुको निर्माण गर्ने चलनले आर्थिक रुपमा भड्काउले बन्दै गएको छ । छिमेकी मुलुकबाटै लाख रुपैया“ खर्चेर यी सामग्रीहरुको निर्माणमा तछाड मछाड नै चल्ने गरेको छ । मधेसका सहरी क्षेत्रमा यो परम्परा पछिल्ला समय झा“गिदै गएको छ । खासगरि जनकपुर, वीरगंज, जलेश्वर, गौर, राजबिराज, विराटनगरलगायतका सहरमा स्थानीय क्लबहरुले छिमेकी मुलुकबाटै कालिगढहरु ल्याएर पण्डालहरुको निर्माण गर्ने गर्छन ।  गाउ“ले परिवेशमा हुर्किएर सहरमा सैलुन खोलेर जिविकोपार्जन गर्दै आएका ठाकुर भन्छन्,‘ युवाहरुबीच सामुहिक सहकार्यको सन्देश दिने नाटकको प्रचलन कम हुदै गएको छ । अहिले लगभग बन्दनै भएको छ, यी गतिविधिहरु । पहिले भिडियो, त्यसपछि सिडीको प्रचलन शुरु भयो । हिजोआज डिजे बजाएर रातभरि रमाइलो गरिन्छ ।’ उनले विगतका दशममीमा नाच हेर्न छरछिमेकका गाउका युवाहरुका हुलका हुल जानेआउ“ने गरेको परम्परा अचेल बन्द जस्तै रहेको बताए । पहिले जस्तौ ‘बाइजी’ अर्थात् महिला नृत्यङ्गाहरुलाई नचाउने कार्यमा पनि कमि आएको उनले सुनाए । ठाकुरले हिन्दू संस्कारमा हजाम र पुजारी÷पण्डितबीच धेरै पहिलेदेखि एउटा अतुलनीय सम्बन्ध कायम छ । उनी दशहरा अवधिभर घरमा पण्डितजीबाट पुजा गराउ“ने गरेको बताउ“छन् । थप्छन्, ‘धार्मिक अनुष्ठानदेखि अन्य काज÷कर्महरुमा हाम्रो जातिको आवश्यकता पर्छ, पण्डितले हाम्रो पुजा निःशुल्क गरिदिन्छन भने हामी पनि त्यसरी नै सहयोग गर्छौ । त्यसैले पुजा गराउनमा रकम खर्चिनु पर्दैन । ’  
दशैका बेला कृषिकर्मबाट मुक्त भएर सुस्ताउने अवस्थामा रहेका किसानहरु स्थानीय देवालयमा गएर मुर्ति दर्शन गर्ने र मेला भर्न जाने चलन कायमै छ । साना बालबालिकाहरुलाई आमाबुबाले का“धमा बोकेर गाउ“ नजिकैको बेलामा गई झिल्ली, घु“घनी–मुरही ,कचरी र जिलेबीलगायतका स्थानीय परिकार खाएर आनन्द लिने गर्छन । सप्तरीको ‘पचमेर’ त्यहा“को मेलाको सबै भन्दा लोकप्रिय परिकार हो । पा“च प्रकारका खाद्यवस्तुहरु मुरही, कचरी, चना, मटर, आमादी(का“चो आपको सिकुटी र अदुवाको मिश्रण) लगायतका बस्तुहरु एकै ठाउमा मिसाएर बनाइएको यो परिकार पहिले टपरीमा अहिले कागजमै व्यापारीहरुले बेच्छन । हुनत अन्य समयमा पनि यो बजारमा पाइन्छ । तर, दशैताका यसको विक्री ह्वातै बढ्ने गरेको व्यापारीहरु बताउ“छन् । मधेसका धेरै ठाउ“मा मेला भर्न गएपछि त्यहा“ केही न केही किनेर खानै पर्ने या उपहारहरु लिएर आउ“नै पर्ने पुरानै परम्परा छ, । अहिले पनि यो रीतिरिवाज त्यहा“ जीवितै छ । भनिन्छ, मेलाको रौनक बालबालिकाहरुले बढाउ“छन् । त्यसैले हो, मेलामा माटोको चातो, मुर्तिलगायतका खेलौनाहरुले भरिभराउ हुन्छ । अभिभावकले आफ्ना बालबालिकाका लागि यिनै उपहारहरु किनेर लगि दिने गर्छन्, संगै गएकालाई किनिदिने गर्छन् । 
हालै जनकपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर सक्रिय रहेका संचारकर्मी अजय साह ‘सिवाली’ ले दशैको सामाजिक र सांस्कृतिक महत्व रहेकाले सबैले आ–आफ्नै परम्परालाई जीवन्त राख्नेगरि यो महापर्व मनाउनु पर्नेमा जोड दिन्छन् । भन्छन्, ‘ जनकपुरको दशैं यसपाली पनि तडकभडकबाट अछुतो रहन सकेन ।’ क्लबहरुले ठाउ“–ठाउ“मा ठूल्ठूला पण्डालहरुको निर्माण गर्दै दशहरा मनाउने पहिलेकै होडबाजीमा संलग्न रहेको देखिएको उनले बताए । जनकपुरकै अर्का संचारकर्मी रामेश्वर यादवले अगल–अगल क्षेत्रमा पर्वहरु मनाउने शैलीमा पहिले भन्दा परिवर्तन आएको बताउ“छन् ।  ‘जनकपुरको दशहरा त हेर्ने लायककै हुन्छ , वरपरका जिल्लाबाट मात्रै होइन छिमेकी मुलुकबाट पनि उल्लेख्य श्रद्धालुहरु आउने मेला भर्न आउ“छन्’ उनी भन्छन्, ‘रामायणकालिन इतिहास बोकेको यो ठाउ“मा त दशमी शुरु भएको साता अघिबाटै भक्ति संगितले धार्मिक नगरीको ऐतिहासिकतालाई पुष्टि गर्ने गर्छ । खासगरि यहा“को राजदेवी मन्दिरमा विशेष प्रकारको मञ्च निर्माण गरि धार्मिक, ऐतिहासिक र सांस्कृतिक तथ्यहरुलाई उजागर गर्ने खालका अस्थायी प्रतिकहरुको प्रदर्शन हुने गर्छ । ’दशहराका अवसरमा मधेसका गाउ“–गाउ“मा बाजाहरु (ढोल पिपहीलगायतका) बजाउने चलन अझैपनि कायमै छ । दलित समुदाय (खासगरि चमार समुदाय) ले बिना पारिश्रमिकको बिहान र बेलुका घर–घरमा गएर ढोल बजाएर दशमीको सन्देश दिने प्रचलन मधेसका केही क्षेत्रमा जीवितै देख्न सकिन्छ ।  
दशैमा दश प्रकारका पापहरू ः काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरीलाई परित्याग गर्ने सद्प्रेरणा प्रदान गर्ने मान्यता त्यस क्षेत्रमा अझै पाइन्छ । त्यसैले त घटस्थापनादेखि फुलपातीसम्म माछा÷मासु पुरै वर्जित मानिन्छ, मधेसी समुदायमा । दशै अवधिभर घरमा माछा भित्र्याइदैन । फुलपातीमा खसी, बोकाको बलिपछि मात्र मासु खान शुरु हुन्छ । फेरी बली चढाएको बोकाको मासु एक्लै खाने चलन पनि छैन । थोरै–थोरै भएपनि ‘तौन्का’(प्रसादका रुपमा मासु) बा“ड्ने गरिन्छ । त्यो प्रसादसंग मदिरा सेवन गर्न हुन्न भन्ने मान्यता छ । तर, सहरी जीवन शैलीको प्रभाव गाउ“मा पनि विस्तारै–विस्तारै पर्न शुरु भएकाले केही घरमा यसको प्रयोग कतै–कतै भेटिन थालेको छ । 
अर्को अनौठो कुरो त के छ भने दशमीमा निलकण्ठ चराको खोजी हुन्छ । किनभने यसको त्यहा“ धार्मिक महत्व छ । खासगरि मिथिला क्षेत्रमा विजयादशमीका दिन बिहानै हिन्दूहरुले निलकण्ठलाई रुख–रुखमा चहार्दै हिड्छन् । भेटिएपछि ढोगछन् र निलकण्ठको दर्शन गर्न नसकेकाहरुलाई बोलाएर त्यसको दर्शन गराउने गरिन्छ । त्यस क्षेत्रमा अन्य दिनहरुमा पनि यो चरा भेटिएपछि ‘ निलकण्ठ बाबा गोड लगैछिय, जतरा धाम मे खोज खरिएह (निलकण्ठ बाबा तिमीलाई ढोगछु, विजयदशमीको दिन सम्झनु)’ भनेर प्रार्थना गर्छन् । निलकण्ठको दर्शन गरेपछि वर्षभरि परिवार र समाजलाई राम्रो हुने धार्मिक मान्यता र जनविश्वास छ । पश्चिम नेपालका कोर मधेसी बहुल्य क्षेत्रमा दशैको रौनक हेर्ने लायक हुन्छ । त्यता पनि मुर्ति बनाएरै पुजा आजा गर्ने चलन रही आएको छ । कोर मधेसी बसोबास गर्ने क्षेत्रहरुमा मान्यजनबाट टिका थाप्ने, पिङ हाल्ने चलन नरहेपनि पहाडे र मधेसी दुवै मिलेर बसेको मिश्रित समुदायमा भने यो परम्पराले मान्यता पाएको देखिन थालेको छ । पहाडी समुदायमा बर्सौ वर्ष बस्नेहरुको घरमा भने यो चलन अलिक बढी छ । दशैको अवसरमा ससुराली जाने चलन पनि छैन, मधेसमा । विजयादशमी राष्ट्रिय पर्व हो, बहुसांस्कृतिक र बहुभाषिक यहा“को समाजमा यो महापर्व मनाउने आ–आफ्नै शैली र परम्पराले एकले अर्कोलाई जोडेकै छ । 
(Published On Kantipur National Daily dated 02 Oct 2016)      

पत्नीलाई पप स्टार बनाउन विमान



  • दिनेश यादव (Dinesh Yadav_

संसारमा थरीथरीका मानिस भेटिन्छन् । कोही दुई छाक खान नपाएर भोकै मर्ने अवस्थामा छन् । कोही भने आफूले कमाएको धन कहा“ खर्चने भन्ने तनावमा । झन् करोडपति, अर्बपतिको संसारै बेग्लै छ, कुरै फरक । विश्वका केही अर्बपतिहरू आफ्ना सन्तानलाई मह“गा शिक्षालयमा वर्षकै लाखौं रुपैया“ खर्चेर पढाउने गरेका छन् । केहीले भने आफ्नो अर्धांगिनीको रुचि पूरा गर्नकै लागि दिनरात परिश्रम गर्ने गरेका छन् । पत्नीको सौख पूरा गर्न अहोरात्रि खटिनेमध्येका एक अर्बपति हुन् ६१ वर्षीय मोहम्मद जाहुर । पाकिस्तानी मूलका उनी युक्रेनमा रहेर व्यापार गर्ने बेलायती उद्यमी हुन् । आईएसटीआईएल ग्रुपका संस्थापक र मालिक तथा किभ पोस्टका प्रकाशक पनि हुन्, उनी । पाकिस्तानको कराचीमा १ अगस्ट १९५५ मा उनको जन्म भएको हो । वासिङ्गटनमा १९९५ देखि युक्रेनको व्यापारबारे जोडदार आबाज उठाउ“दै आएको संस्था यूएस–युक्रेन बिजनेस काउन्सिल (यूएसयूबीसी) का अनुसार मोहम्मदको कुल सम्पत्ति १ अर्ब डलरसम्म रहेको छ । पछिल्लो समय उनले रियल स्टेट, मिडिया र मनोरञ्जन क्षेत्रमा लगानी गरेका छन् । स्टिल उद्योगबाट अर्बपति÷धनाढ्य बनेका उनी आफ्नी पत्नी नाटाल्या समारेन्कोभा (कमालिया) लाई विश्वकै प्रसिद्ध पप स्टार बनाउन सक्रिय छन् । हालसम्म उनले २० मिलियन पउन्ड त्यसका लागि खर्चिसकेका छन् । कमालियाले पप स्टार बन्ने चाहना के श्रीमान्स“ग राखेकी थिइन्, मोहम्मद त्यसमा जिउ–ज्यानले लागि परे । त्यसो त मोहम्मदको लगानी त्यसै खेर भने गएको छैन । कमालिया जाहुरले टेलर स्विफ्टका रूपमा सफलता हासिल गरिसकेकी छन् । धनाढ्य पतिको सहयोगमा कमालियाले आफ्नो चाहना पूर्तिका लागि बिजनेसमा राम्रो दलख भएका प्रोड्युसर भेट्न गृहनगर युक्रेनको केभबाट अमेरिकाको लसएन्जेलसको यात्रासमेत गर्न भ्याइसकेकी छन् । त्यो पनि नियमित रूपमा । पत्नीलाई स्टार सिंगर बनाउन २७ मिलियन पाउन्डसम्म खर्चने योजनाका साथ उनी अघि बढेका छन् । अमेरिकी पप स्टारको उपाधि कसरी दिलाउने भन्ने ? एउटै लक्ष्य छ, उनको । मोहम्मदले एक सञ्चारकर्मीस“गको साक्षात्कारमा भने, ‘मैले उनको सफलताका लागि लाखौं पाउन्ड खर्च गर्न सक्छु, सुरुवातसमेत गरिसकेको छु ।’ 
चर्चा र प्रसिद्धिका लागि बजारको मूल धारमा आउन धेरै परिश्रम गरिरहेको यी दम्पती बताउ“छन् । पप स्टार बन्ने दौडमा सहभागी हुने कमालियाको एउटै मात्र ध्येय रहेकाले पनि आफू त्यसमा सहयोगी बनेको मोहम्मदले बताए । पत्नीको खुसीका लागि उनले प्राइभेट जेट नै खरिद गरेका छन् । गायन कलालाई उचाइमा पु¥याउन कुनै कठिनाइ नहोस् भनेर उनले पत्नीका लागि जेट खरिदेका हुन् । युक्रेन र अमेरिकाबीच छिटो–छिटो आउजाउ गर्न सजिलो होस् भनेर उनले यस्तो गरेका हुन् । कमालियाले पप स्टारका रूपमा हडिउडमा आफ्नो नाम दर्ज गराउन चाहेकी छन् । उनको एउटा पप भिडियो च्यानेल ५ टीभीले प्रसारण गरेपछि उनी एकाएक यो क्षेत्रमा चर्चामा आएकी हुन् । 
मोहम्मद थप्छन्, ‘पत्नीका लागि जेट विमान खरिद गर्नुको अर्को कारण हो एयरपोर्टमा हुने डिले र क्यू प्रणालीबाट उन्मुक्ति पाउनु । अर्को कुरो समय कति मूल्यवान् छ, त्यसको महŒव बुझाउन पनि प्लेन खरिद गरिदिएको हु“ ।’ उनले विलासिताका लागि यो खरिद नगरेको बताए । भने, ‘लक्ष्यमा पुग्न कमालियालाई सजिलो हुनेछ । लक्जरियस गुड्सको त घरमा कुनै कमी नै छैन ।’
मोहम्मद पत्नी ३९ वर्षीया कमालिया पूर्वमिस वल्र्ड पनि हुन् । यसैमार्फत उनले पहिले पनि लोकप्रियता हासिल गरिसकेकी छन् । खासगरी युक्रेनमा गायन क्षेत्रमा उनी चर्चित छिन् । जुम्ल्याहा छोरीहरू मिराबेल्ला र अराबेल्लाका साथ ५० मिलियन पाउन्ड खर्चेर बनाइएको आलिसान हबेलीमा यी दम्पती बस्छन् । त्यहा“ अत्याधुनिक इन्डोर पुल, चिमनी र झुमरहरू जडान गरिएका छन्, ती प्रत्येकको मूल्य एक लाख पाउन्डभन्दा बढी छ । त्यहा“ कमालियालाई मन पर्ने पा“च वटा घोडासमेत पालिएको छ । मोहम्मदलाई आशा छ कि युक्रेनी पत्नी आफ्नो वित्तीय सहयोगमा एक दिन ग्लोबल स्टार बन्नेछिन् । त्यसैले त पत्नीको गायन करियरका लागि रेकर्डिङ स्टुडियोदेखि एल्बम उत्पादनसम्ममा लाखौं पाउन्ड उनले खर्चिसकेका छन् । कमालिया जब सपिङका लागि लन्डन उड्छन्, त्यस बेला नामुद डिजाइनरहरूलाई १० हजार पाउन्ड तिरेर हायर गरिन्छ । 
 सैनिक परिवारमा जन्मेकी उनका माइती धनी थिएनन्, २० वर्ष उमेर ताका उनीमा क्यान्सरसमेत देखिएको थियो । मोहम्मद भन्छन्, ‘आफ्नो कठिन विगतका कारण उनी बा“की जीवनलाई तृप्त बनाउन चाहन्छिन् । त्यसैले मैले उनलाई कुनै पनि काममा ‘नो’ भन्न सक्ने साहस जुटाउन सक्तिन“ ।’ परम्परागत युक्रेनी लोकगीत गाएरै कमालियाले मोहम्मदको मन जितेकी हुन् । उनी बिजनेस मिटिङका क्रममा त्यहा“ पुगेका बेला कमालियालाई सुन्ने मौका पाएका थिए ।(एजेन्सीहरू)

(Published on Kantipur National Daily dated 1th October 2016)