Thursday, 23 January 2014

नाजुक मोडमा संघियतावादी



दिनेश यादव ------
विषय प्रवेश ः दोस्रो संविधानसभा निर्वाचनको अभूतपूर्व परिणामहरूले मधेस क्षेत्रमा लगभग स्थापित भइसकेको राजनीतिक दलहरूलाई तगडा झटका मात्रै दिएको छैन, राजनीतिक विश्लेषकहरूलाई मधेसको राजनीतिको दशा–दिशामाथि पनि पुर्नविचार गर्न वाध्य पारेको छ । मधेसमा कांग्रेस, एमाले र एमाओवादी पुच्छ«ेतारा (धूमकेतू) झै छाउनु या मधेसी बहुल क्षेत्रमा समेत गैरमधेसवादी दलको जीत हुनुले मधेसी दलहरुमाथि अनेकौ प्रश्न समेत खडा गरिदिएको छ । ती मध्येका केही प्रश्नहरु हुन ः के निर्वाचन परिणामले मधेस र देशको राजनीतिका लागि केही संदेश दिनै खोजेकै हो ? के मुलुकमा संघियताको मुद्दा पछिल्लो जनादेशले खारेज गरिदिएको हो ? या एमाओवादी र मधेसबादी दलहरुले चाहे जस्तोको संघियता, समावेशिकता र विभिन्न जातजातिको पहिचानसहितको प्रान्तका मुद्दाहरुको विपक्षमा सा“च्चै नै जनादेश आएको हो ? किन र कसरी पहिचानसहितको संघीयता र संघियतासहितको संविधानका पक्षधरहरू निर्वाचनपछि सांगुरिए ? के यसो हुनुमा यसका पक्षधरहरुले निर्वाचन परिणाम सार्वजनिक भएलगतै शुरु गरेको ‘धा“धलीपूर्ण निर्वाचन’ को आरोप सही हो या उनीहरुले भनेजस्तै यसमा देशी÷विदेशी
क्रियावादी÷प्रतिक्रियाबादी शक्तिको सा“च्चिकै हात छ ? अर्थात के यी सब आरोपका लागि आरोप लगाउने ज्यावल मात्रै हुन त ? यसमा यो पनि हुनसक्छ कि निर्वाचनमा ‘ऐतिहासिक’ पराजय बेहोरेका दलहरु (हाल १८ पार्टी) ले जनताको ध्यान अन्यत्र मोड्न र आफ्नो पराजयमाथि  मलहम लाउन मात्रै विरोधको बाटो रोजेका हुन् ? त्यसैले चुनाव परिणामको निर्मम समिक्षा र सुक्ष्म विश्लेषण अपरिहार्य तथा अनिवार्य विषयबस्तु बनाइनुपर्ने आबाज पनि उठेको छ । विरोधका लागि विरोध गर्नुको साटो यी सवालहरुमा सम्बन्धित र सरोकारवाला पक्षले अब ‘सब्जेक्टिभ’ होइन ‘अब्जेक्टिभ’ विश्लेषण गर्नै पर्छ ।
चुनावका सन्देश ः हुनत, चुनावमा पराजय बेहोरेका दलहरूले भावी दिनहरूमा आ–आफ्ना कमी कमजोरीबारे गर्ने समिक्षाले जे जस्तो निष्कर्ष निकाले पनि कांग्रेस र एमालेले मधेस क्षेत्रबाट पाएको अभूतपूर्व जीतले मधेसी जनता मधेसी दल र त्यसको नेतृत्वको कार्यशैलीको विपक्षमा रहेको टड्कारो सन्देश चाही पक्कै दिएको छ । धनबल र बाहुबलसंगै जातिगत राजनीतिमा जकडेको मधेसको राजनीति विरुद्धमा पनि सन्देश संचार भएको छ । हुनत, यसलाई मधेसी दल र त्यसका नेताहरुमाथि जातियता गरेको अरोप लगाउनेहरुका लागि यो तर्क हजम नहुन सक्छ । तर मधेसका एक्का÷दुक्का नेता बाहेक अन्यले जातियताका आधारमा मत भने पाएका छैनन, यो नै यथार्थ हो । यसैगरि केही दबंग, बदनाम, भ्रष्टचारी , कातिल र कालो छविको आरोप झेलेकाहरुले पनि यो निर्वाचनमा विजय हासिल गर्नुले इरादा नेक, नियतमा इमान्दारिता भए जनताको विश्वास प्राप्त हुदो रै’छ भन्ने अर्को सन्देश पनि चुनावले दिएको छ । 
त्यस्तै, मिडिया, कानून–व्यवस्थाको पहु“च अपेक्षाकृत बढी र जनता धेरै जागरुक भएको क्षेत्रमा समेत मधेसी दलका नेताहरूले चुनाव जित्न नसक्नुले मधेसका जनता अब ‘झुठको खेति’ गर्नेहरुलाई सबक सिकाउन समेत सचेत भइसकेको देखिन्छ । यसले मधेसी नेताहरु आ–आफ्नै क्षेत्रमा अलोकप्रिय बनेको सन्देश पनि संचार गरेको छ । यसैगरि, सोसल मीडिया–फेसबुक, ट्विटर, एसएमएसको सकारात्मक उपयोग सफलतापूर्वक गर्न नजान्नुले पनि समस्या खडा गर्दो रै’छ भन्ने अर्को संदेश दिएको छ । केही मधेसवादी पार्टीले दिनहू“जसो
हजारौको संख्यामा पार्टी प्रवेश र नेताहरूको सम्मिलित राजनीतिक सभाको सूचना यी माध्यमहरु मार्फत गरेकै थिए । तर पनि परिणाम विपक्षमै आयो । अझ धनुषाका एक नेतामाथि त केहीले ‘मिथिला राज्यको मांग गर्ने आन्दोलनकारीको हत्यारा भएको’ दुस्प्रचार गर्दा समेत ती नेताले जितेका छन् । अन्य नेताहरुमाथि पनि जातियताको धङधङ्गी बोक्नेहरुले चरित्रै हत्या गर्ने सामग्री समेत ती सञ्जालहरुमा सम्प्रेषण गरेपनि निर्वाचनमा त्यसको असर कमै देखियो ।

पराजयका कारणहरु ः आफूहरूलाई संघियताको पक्षपाति भएको दाबी गर्ने दलहरू खासगरि एमाओवादी र मधेसवादीको पराजयका आ–आफ्नै कारणहरू छन् । एमाओवादीको पराजय सत्ता लिप्सा, प्रभुशक्तिहरूप्रति नतमस्तक, पार्टी विभाजन, बैद्य समूहको चुनाव वहिष्कार रणनीति, विदेशी गुप्तचर संस्था र दातृ राष्ट्रहरूको चुनावप्रतिको गलत ठम्याई, १० वर्षे जनयुद्धका पात्र र पीडितको वेवास्तालगायतका कारणहरू प्रमुख हुन् । पार्टीको नेतृत्वपंक्तिमा देखिएको अहम र दम्भ तथा अपराधीहरुलाई बचाउनमा बढी समय खर्चिनुलाई पनि धेरैले एमाओवादीको पराजयको कारण मानेका छन् । यसैगरि, भू–राजनीतिक शक्ति केन्द्रहरुका प्रस्तावलाई आ“खा चिम्लेर शिरोधार्य गर्दै गैर–दलिय सरकार निर्माण, व्यवस्थापिका र न्यायपालिकाको नेतृत्व एउटै व्यक्तिबाट गराउन सहमत हुनु, माओवादी जनसेनालाई ‘नेपाली सेना’ का रुपमा होइन ‘शाही नेपाली सेना’ कै संरचनामा समाहित गराउनु पर्ने अडान राख्ने सेनापतिकै नेतृत्वमा रहेको सेनालाई निर्वाचनमा परिचालन गर्न विश्वास गर्नुले पनि एमाओवादीको पराजय भएको विश्लेषण पनि केहीको छ । आफ्नो विपक्षमा रहेको संसदवादी पार्टीहरूले जुनसुकै बेलापनि उल्टो प्रहार गर्न सक्ने ठम्याईमा चुक्नु पनि उसको पराजयको अर्को कारण हो । तत्कालै चुनावमा जान नहुने केही केन्द्रिय र प्रभावशाली नेताहरुको भनाईलाई नजरअन्दाज गरेर अघि बढ्दा एमाओवादी यो स्थितिमा पुगेको कसैबाट अब लुकेको विषय रहेन, छैन । मिडियाहरूमा आएको रिपोर्टहरूमा कृष्णबहादुर महरालगायतले पार्टीका मित्रशक्तिहरुले यो निर्वाचनमा एमाओवादी तेस्रो शक्ति बन्दैछ भन्ने जानकारी आएको जनाउ दिंदा समेत पार्टी सुप्रिमोले त्यसलाई अस्वीकार गर्नुलाइ पनि उसको पराजयको कारणका रुपमा लिइएको छ । जहा“सम्म मधेसवादी दलको संविधानसभा–२ निर्वाचनमा पराजयको कुरो छ , उनीहरुको पराजयमा चार ‘एम’ ः मिडिया, मधेसवाद, माइनरिटी र मोर्चा नै प्रमुख कारण हो । नेपालका मिडियाहरूमा मधेसी दल र त्यसका नेताविरुद्धको गलत प्रचार र विश्लेषणहरूले उनीहरुको शाख गिराएकै हो । हुनत, यसलाई धेरैले मधेसीहरुको मिडियामा पहू“च नभएको रुपमा व्याख्या गरिरहेका छन् । केहीको तर्क भने मधेसीहरूले ‘पत्रिका नै पढ्दैनन , त्यसैले नेपाली मिडियाले लेखेको कुरो मधेसीसम्म पुग्दैन’ भन्ने थियो । तर त्यस्तो होइन रै’छ भन्ने देखियो । प्रमुख राष्ट्रिय अखबारहरुले दिनहू“ प्रकाशित गर्ने समाचार
सामग्रीहरुलाई नेपालका अधिकांश रेडियोहरुले जस्ताको त्यस्तै पस्कने गर्छन , त्यसको व्यापकता र पहूू“च मधेसीजनसम्म पनि पुग्ने गरेको विषयलाई मधेसी नेताहरुले नजरअन्दाज गर्नुले पराजय बेहोरेको हो । अर्को कुरो, मधेसवादको खोल मात्रै ओढेर राजनीति गर्ने तर मधेसवादबारे व्याख्या गर्न नसक्नु मधेसी दलको पराजयको अर्को प्रमुख चुरो विषय भएको भनाई पनि केहीको छ । अब यसलाई मधेसी राष्ट्रियतासंग जोडेर व्याख्या गर्नुपर्ने बेला आएको छ । यसैगरि मधेसी दलहरु ‘एलिट क्लास’ को वरपर मात्रै घुम्ने ‘माइनरीटी’ को पक्षमा खासै प्रतिबद्ध नहुनुले पनि उनीहरुको स्थिति चुनावमा नाजुक बनेको हो । मधेसका दलित, अल्पसंख्यक, सीमान्तकृतहरुको वेवास्ता गरिएको आरोप धेरै पहिलेदेखि मधेसी दलहरुले झेलिरहेपनि यो प्रति सचेत भएको भने कहिले देखिएन । जह“ासम्म मोर्चाको कुरो छ, सत्तामा जानका लागि मधेसी नेताहरुले मोर्चाबन्दी गर्न सक्ने तर निर्वाचनमा उनीहरु मोर्चा बनाएर जान नसक्नुले पनि उनीहरुको प्रदर्शन फितलो देखिएको हो ।  यी बाहेक पद, सत्ता, भत्ता र फूटपनि उनीहरुको विजयपथमा ठूलो चट्टानकै रुपमा रहयो । किनभने यसलाई उछिन्ने सामथ्र्य उनीहरुसंग थिएन , अनि पराजित भए ।   

सत्तामा पुगेर केही गर्न नसक्ने अवस्थाले कार्यकर्ताहरु निरुत्साहित थिए, जनता त निराश हुनेनै भए । नेताहरुले जन–गण–मनलाई बुझ्न सकेनन्, संवोधन गर्ने त कुरै भएन । त्यसैले त पराजयको पिडा ‘हार्ट अट्याक’ भन्दा पनि गहिरो छ, मधेसी दलका नेताका लागि । मंहगी र भ्रष्टाचार पनि पराजयको अर्को कारण हो । चुनावमा एउटा नेता अर्कोमाथि आक्रमणकारी र झापामार शैलीको स्थितिमा देखिनुले पनि जनताको मोहभंग मधेसी दलबाट भएको हो ।  मंहगीले मधेसी जनताको सत्यानाश गरेको छ, यो विषय उनीहरुको चर्चाको विषयबस्तु कहिले बनेन । कांग्रेस
र एमालेलाई संघियता विरोधी भएको आरोप त उनीहरुले लगाए तर प्रमुख तीन दलीय ‘सिण्डिकेट’ प्रथाका साक्षी भएर मात्र बसे, मधेसी दल । चार दलीय राजनीति संयन्त्रमा मधेसी दलका नेताहरु मोर्चाका तर्फबाट प्रतिनिधित्व गरेपनि उनीहरुको हैसियत एउटा ‘एस म्यान’ को जस्तै रहयो विगतमा । कांग्रेस, एमाले र एमाओवादीको सबै निर्णयहरूका अगाडि मधेसी मोर्चाका नेताहरु नतमस्तक हुने गरेका थिए, यसले पनि समस्या खडा गरेकै हो । अझ रमाइलो कुरो त के छ भने मधेस आन्दोलन जारी रहेको बेला आफ्ना जनसेना र लडाकु समेत लगाएर आन्दोलनको दमन गर्नुपर्ने भनाई राख्ने एमाओवादीप्रति बढी आशक्त देखिए, उनीहरु  । अर्थात् सत्ता उन्मादमा उनीहरु चुर्लुम्म डुबे । सत्ता साझेदारीका प्रमुख शक्तिका रुपमा एमाओवादीलाई स्वीकार गर्नु मधेसी दलहरुको भूल थियो । त्यो भूल अझैपनि केही मधेसी दलहरुले गरिरहेका छन् । यसरी मधेस र मधेसीको हकअधिकारको पक्षमा ‘ननसेन्स’ को स्थितिमा थिए, नेताहरू । यसले पनि उनीहरु पराजयको मुखसम्म पुगे ।
मधेसी दलको संगठन ः भनिन्छ, लोकतान्त्रिक राजनीतिमा संगठनको कुनै विकल्प छैन, ह“ुदैन । तर मधेसी दलका नेताहरुको यता ध्यानै गएन, पुगेन । मधेसका कुनैपनि पार्टीमा अनुशासन छैन । नीति, सिद्धान्त र अनुशासनबारे बोल्ने र पालना गर्ने नेता तथा कार्यकर्ताको अभाव छ, ती दलहरुमा । विमति राख्नेको आदर गरि“दैन, शत्रु ठान्छन । लोकतन्त्र त ती पार्टीहरुभित्र एकादेशको कथा जस्तै बनेको अवस्था थियो, छ । त्यस्तै, अन्य दलहरूको लोकप्रियताको भय नहुनेहरुका लागि राजनीति अभिसाप बन्ने गर्छ, त्यही भयो । अर्थात यसले पनि मधेसी दलहरुलाई रक्तमय बनायो । यसैगरि, जनअभियानकर्ताको अभाव यी दलहरुमा थियो, छ । आफूहरुमाथि लाग्ने गरेको जातियताको आरोपलाई समेत उनीहरुले छिछोल्न सकेनन, सकेका छैनन । विकास र सुशासनलाई महत्व दिने कुरो त धेरै परका विषय थिए, उनीहरुका लागि । अझ लाख रुपैयाको प्रश्न त यो छ कि एउटा नेताले अर्को नेतृत्वलाई स्वीकार नगरी आ–आफैलाई मधेसको मसिहा बन्ने दौडमा सहभागी थिए, छन् । यसले पनि उनीहरू अपेक्षाकृत सफल हुन नसकेका हुन् ।
त्यसैले त, सबैले भरोषा गरेका महन्थ ठाकुर , उपेन्द्र यादव र राजेन्द्र महतोलगायतका नेताहरू आ–आफ्नै अकर्मण्यतामा ‘इतिहास पुरुष’ मात्र बने । यी तीन नेताबाहेक अन्यको कुनै प्रभाव थिएन, छैन जनतामा । यी दलहरुसंग कुनै लोकप्रिय नेतानै थिएन , लोकप्रिय बन्ने अवसर पनि ती पार्टीले अन्यलाई दिनै चाहेन, चाहदैन । यति मात्रै भए त हुन्थ्यो, लोकप्रियता, सुशासन र विकासको उडान भर्न कसैले प्रयाससम्म गरेनन््, सत्ताभोगी र धनकमाउने अभियानमा मात्रै लागे नेताहरु । त्यसैले त उनीहरुको नेतृत्व संकटमा छ, सिद्धान्तनिष्ट कार्यकर्ताहरुको अभाव उनीहरुसंग छ । यसलाई यसरी भन्न सकिन्छ, जनतालाई सपना देखाउने नेताको अभाव छ मधेसमा । केहीले यसो गरेपनि उनीहरुको कथनी र करनी एउटै हुनै सकेको छैन ।  केहीले मधेसवाद र केहीले भने मधेसी राष्ट्रियता(पछिल्लो समयको प्रस्ताव) को फुटेको मादललाई किनारामा राखेर गैर–मधेसवादीलाई समर्थन गर्दै विगतमा उनीहरु सरकारमा सहभागी जसरी भए, त्यो गलत थियो, जनताले त्यसको बदला लिन विपक्षमा मतदान गरे, यो एउटा तीतो यथार्थ हो । यसैगरि, मधेसी मोर्चाको नाममा पटक–पटक सरकार निर्माणका लागि सम्झौता गरे तर जनतालाई राहत दिने काम कहिले पनि उनीहरुबाट भएन । अझ, भ्रष्टाचारमा लिप्त एमाओवादीका नेताहरुको बुईं चढेर उनीहरुको नेतृत्वमा रहेको सरकारको पालकी खुशी–खुशी बोक्दै हिडे मधेसी नेताहरु । बीच–बीचमा तत्कालिन सत्ताधारी मधेसी नेताहरुले मधेसवादको नारा लगाउदै संघियता पक्षधरसंगै हिड्नुपर्ने समेत भन्दै हिड्नुले उनीहरुको दोहोरो चरित्रलाई जनताले राम्ररी बुझें, अनि विपक्षमा मतदान गर्न बाध्य भए । फेरी अक्षम नेताहरुकै कारण विगतमा मधेसवाद एउटा यस्तो छाता झै बन्यो, जसलाई ओढेर हरेक किसिमका अनैतिक कर्म गर्न सक्ने नेताहरू जन्मिए । त्यसलाई धेरैले ‘मधेसीहरुको नेतृत्व विकास’ भने पनि जनताका नजरमा दण्डनीयनै ठहरियो । त्यसैले त उनीहरु जातिवादी, अवसरवादी र भ्रष्ट भएपनि मधेसवादको फुटेको मादल बजाउदै हिड्नुलाई आफ्नो धर्म ठाने । यी र यस्तै कारणहरुले मधेसी दलहरु पराजयको स्थितिमा पुगे । तर, यसलाई सकारात्मक रुपमा लि“दै, पाठ सिक्दै अघि बढे मधेसी दलहरुको भविष्य उज्जवल छ । जनताले प्रत्यक्षमा कम उम्मेदबार जिताए पनि समानुपातिकमा पहिलेकै हाराहारीमा मत दिएर उनीहरुलाई सचेत मात्र गराएको हो ।  
 
सुधारका टड्कारो विषयहरू ः मधेसी दलहरु पराजय भएदेखि नै आन्तरिक रुपमा पार्टीभित्रै आरोप–प्रत्यारोपको सामना गरिरहेका छन् । यसलाई तत्कालै परित्याग गर्दै संगठन सुदृढ बनाउनतर्फ उन्मुख हुनुपर्छ । आफ्नो मुद्दाहरुलाई जनता माझ पु¥याउने भगिरथ प्रयास अति आवश्यक छ । तर, यो भने जस्तो सजिलो छैन, धेरै मेहनतको खा“चो छ । आफ्ना गल्तिहरुलाई दुरुस्त गर्न आजैबाट कम्मर कसेर लाग्नु पर्छ । अर्को कुरो, कुनै एक व्यक्तिमाथि पराजयको जिम्मेवारी थोप्नु अन्याय हुनेछ । मधेसी दल संटकमा भएको जस्तो देखिएपनि यसबाट धेरै निराश हुनु जरुरी छैन । जे होस्, चुनाव परिणाम मधेसी दललाई सचेत गराउने खालको छ, पाठ सिक्न सक्नु पर्छ । तर, प्रत्यक्ष साक्ष्य त यही छ कि मधेसी दल अझै पनि आत्म निरीषण गर्न तयार छैन, देखिदैन । यसले अगामी दिन उनीहरुका लागि थप संकटलाई निम्त्याउन सक्छ । दलहरु र त्यसका नेताहरुमा चुलिएको अंतर्कलह घटाउने तर्फ उन्मुख हुनुको विकल्प छैन । आफ्नो नीति–रीतिहरुमा समेत आमूल परिवर्तन गर्दै अघि बढे उनीहरुले अगामि दिनहरुमा आफ्नो क्षतिपूर्ति जनताबाट पाउने निश्चित छ । तर, यसका लागि नेताहरु आत्मनिरिक्षणसंगै प्रायश्चित समेत गर्दै अघि बढ्नै पर्छ । होइन भने डुब्दै गरेको जहाजमा बसेका यात्रुहरु झै विलापसंगै प्रलाप गर्नु बाहेक अरु केही उनीहरुसंग शेष रहने छैन भन्ने हेक्का पनि मधेसी नेताहरुले राख्नै पर्छ । (यो मेरो आलेख युवा डट कम मासिकको मंसिर २०७० मा प्रकाशित छ ।)


No comments:

Post a Comment