मधेस र पहाडका राजनीतिक अगुवा मिलेर बनेको ‘संघिय गठबन्धन’को विरोधमा एक पछि अर्को समाचार र टिक्काटिप्पणी एकैखाले मानसिकता भएका स्रोत र व्यक्तिबाट सम्प्रेषण हुन थालेका छन् । राष्ट्रिय पार्टी बनाउन हिडेका क्षेत्रिय दलहरुलाई जातिय पार्टीमा सीमित गर्न खोज्नेहरु एकाएक सल्बलाउन थालेका छन् । यसको अर्थ यो स्तम्भकार संघिय गठबन्धनको पक्षमा रहेको किमार्थ होइन । तर जुन मानसिकताहरु देखिन थालेको छ, त्यसले जटिल समस्याहरु निम्त्याउने स्पष्ट छ । अघिल्लो दिन पहाडको भीरमा लेउलाई हरियो घाँस देख्ने पूर्ववामपन्थीको कुरो एकै मानसिकता भएका बाट आएको थियो , आज त्यसको परिपूरकका रुपमा अर्को समाचार आएको छ । अमुक व्यक्तिको पहलमा बनेको गठबन्धनलाई तत्कालका लागि एउटा प्रयोगका रुपमा मात्रै हेर्न सकिन्छ । अगामी दिनहरुमा त्यसको गतिविधिले संघिय गठबन्धन जायज कि नजायज स्पष्ट हुँदै जाने नै छ । News From Dalannepal.com:-
तमलोपा बैठकमा संघिय गठवन्धनको आलोचना
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक प्रमुख घटक तराई मधेश लोकतान्त्रिक पार्टीको आज देखि जनकपुरमा सुरु भएको केन्द्रिय कार्यसमितीको बैठकमा सघिय गठवन्धनको आलोचना गरिएको छ । हालै मधेशी मोर्चा र केहि आदीवासी जनजातीहरुको पार्टीहरु र संगठन मिलाएर संघिय गठवन्धनको निर्माण गरिएको छ । पछिल्लो समयमा यही संघिय गठवन्धनको व्यानरमा आन्दोलनको घोषणा गरिएको छ । तमलोपाको शनिवार देखि दुई सुरु भएको बैठकमा दुई ओटा प्रतिवेदन गरिएको छ । महामन्त्री सवेन्द्रनाथ सुक्लाले राजनितीक प्रतिवेदन पेश गरेका छन भने अर्का महामन्त्रीद्धय जितेन्द्र सोनल र गोविन्द चौधरीले महाधिवेशन तयारी सम्बन्धी प्रतिवेदन पेश गरेका छन । बैठकमा पेश गरिएको राजनितीक प्रतिवेदन माथी वोल्दै तमलोपाका धेरै जसो केन्द्रिय सदस्यहरुले संयुक्त लोकतान्त्रिम मधेशी मोर्चाको भुमिकालाई गौण बनाउदै लगेको भन्दै संघिय गठवन्धनको अवधारणा प्रति तिखो आलोचना गरेको महामन्त्री गोविन्द चोधरीले बताए ।
मुख्यगरी असारको पहिलो हप्ता पहिलो महाधिवेशनको तयारीको लागी वोलाइएको तमलोपाको बैठकमा यो आवाज जोडतोडका साथ उठेको नेताहरु बताउछन । पार्टी संस्थापनको ६ बर्ष पछि तमलोपा आउदो असार ६ देखि ८ गते सम्म आफनो पहिलो महाधिवेशन गर्न लागेको छ । आज देखि सुरु भएको बैठकमा महामन्त्री सुक्लाले प्रस्तुत गरेको राजनिती प्रतिवेदनमा समेत मधेशी मोर्चाको भमिका कमजोर भएको स्विकार गरिएको चौधरीको भनाइ छ । मधेशी मोर्चाले आदीवासी जानजातीहरु संग मिलेर संघिय गठवन्धन वनाए देखि नै मधेशी मोर्चाको एउटा वृतमा त्यस प्रति असन्तुष्टि देखिदै आएको थियो ।
नयां संविद्यानको निर्माण प्रक्रिया प्रति असन्तुष्टि राख्दै आन्दोलनमा होमिएको मधेशी मोर्चाको एक प्रमुख घटक तमलोपा पार्टी हुन । गएको ९ महिना देखि आन्दोलनरत तराई मधेशमा पुन आन्द्योलनका लागी समेत तमलोपाको बैठकमा विभिन्न कुराहरु उठेको नेताहरुले बताएका छन । बैठक स्रोतका अनुसार सहभागी प्रतिनिधिहरुले मधेशी मोर्चाको भुमिका कमजोर बन्दै गएको प्रति नेताहरुले अध्यक्ष महन्थ ठाकुर प्रति पनि आलोचनाहरु गरेका छन ।
केहि दिन अघि तमलोपाका महामन्त्री जितेन्द्र सोनलले एउटा सार्वजनिक कार्यक्रममै संघिय गठवन्धनको आलोचना गर्दै आन्दोलन मधेशी मोर्चाकै व्यानरमा हुनुु पर्ने बताएका छन । गएको १५ बैशाख देखि मधेशी मोर्चा सहितको सघिय गठवन्धन पुन आन्दोलन गर्दै आइरहेका छन । आउदो १ जेठ देखि यो गठवन्धनले काठमाडौ केन्द्रित आन्दोलन गर्ने आफनो कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
तमलोपाको आज देखि जनकपुरमा सुरु भएको बैठक भोली महाधिवेशनको प्रस्तावित मिती देखि स्थान सहित त्यसका लागी विभिन्न समितीहरु बनाउदै सकिने छन । महामन्त्री द्धय सोनल र चौधरीले महाधिवेशन सम्बन्धी प्रस्तुत गरिएको प्रतिवेदनमा यस अघि नै सार्वजनिक भएको आउदो ६ असार देखि ८ सम्म नवरपरासीमा पर्ने प्रस्ताव गरिएको छ । उक्त प्रतिवेदनमा यसका लागी विभिन्न समितीहरु समेत प्रस्तुत गरिएको नेताहरुले बताएका छन । महामन्त्री सोनलका अनुसार बैठकले भोली आइतवार त्यसलाई पारित गर्ने छ ।
यो सामग्री पत्रकार नविन झाको ब्लग ‘डलाननेपाल डट कमबाट सभार गरिएको हो । झाले आफ्नो ब्लगमा ८:१६ मा यो सामग्री पोस्ट गरेका रहेछन् ।

No comments:
Post a Comment