https://gorkhapatraonline.com/news/78784 https://www.drishtinews.com/archives/276557 https://www.ratopati.com/story/385446/ramasahaya-yadav-cpc-leader-meeting https://www.setokhabar.com/news/287597 https://sunrisekhabar.com/news-details/71171/mail-to https://www.risingnepaldaily.com/news/32592 https://ekantipur.com/news/2023/09/18/169503702549495560.html https://www.nepalkhabar.com/politics/178379-2023-9-18-19-50-46 https://onlineradionepal.gov.np/2023/09/18/427249.html https://www.reportersnepal.com/2023/09/855423 https://deshsanchar.com/2023/09/18/840404/ https://nepalpatra.com/politics/281784/ https://suryakhabar.com/2023/09/351762/ https://ehimalayatimes.com/2023/09/157792/ https://www.drishtinews.com/archives/276557 https://www.dcnepal.com/2023/09/514424/ https://www.prasashan.com/2023/09/18/472988/ https://nagariknews.nagariknetwork.com/politics/1297641-1695046937.html?click_from=category https://www.sanghunews.com/content/74925 https://www.drishtinews.com/archives/276557
Monday, 18 September 2023
नेपाल र चीन घनिष्ठ मित्र र भरपर्दो विकास साझेदार : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको चीनको युनान प्रान्तको सीपीसीका स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेको छ ।
उपराष्ट्रपतिले चिनियाँ टोलीको भ्रमण सुखद एवं फलदायी हुने विश्वास व्यक्त गर्दै भ्रमणको सफलताको शुभकामना समेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘यो भ्रमणले नेपाल र चीनबिच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्नेछ सक्छ, नेपाल र चीन असल छिमेकी, घनिष्ठ मित्र एवं भरपर्दो विकास साझेदार रहिआएका छन् ।’’
उपराष्ट्रपति यादवले नेपाल र चीनबिचको सम्बन्ध शान्तिपूर्ण, सहअस्तित्वका पाँच सिद्धान्त, मित्रता, आपसी सहयोग एवं साझेदारी र एकअर्काको आधारभूत स्वार्थ, चासो तथा संवेदनशीलताको जगमा बलियोसँग उभिएको बताउनु भयो ।
‘‘मेरो विचारमा उच्चस्तरका भेटघाट, सम्पर्क तथा भ्रमणहरू हाम्रो सम्बन्धलाई थप मजबुत तथा प्रगाढ बनाउन र जनस्तरसम्म पुराउन महत्त्वपूर्ण रहने भएकाले आगामी दिनमा दुवै देशबिच भ्रमण आदानप्रदानलाई महत्वका साथ प्राथमिकता दिनुपर्दछ’’ उपराष्ट्रपतिले भन्नुभयो ।
उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताउनु भयो । उहाँले गत अगस्टमा चीन भ्रमणका क्रममा युनान प्रान्तबाट पाएको अतिथि सत्कारको उच्च प्रशंसा गर्दै युनानको कुनमिंगमा ७ औँ चाइना–साउथ एसिया एक्स्पोजिसन र २७ औ चाइना (कुनमिङ) इम्पोर्ट एण्ड एक्स्पोर्ट फेयर सफलतापूर्वक आयोजना गरेकोमा टोली समक्ष धन्यवाद व्यक्त गर्नुभयो ।
‘नेपालको कुल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेकोमा यसलाई वृद्धि गर्न सकिने सम्भावना धेरै छन् ’ उहाँले भन्नुभयो, ‘द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षलाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरूमा उत्पादक क्षमता बढाउनुका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटीजस्ता उत्पादनहरूको निकासी गर्न अनुरोध गर्दछु ।’
उपराष्ट्रपति यादवले सुमधुर द्विपक्षीय सम्बन्धका आयामहरूमध्ये जनस्तरको सम्बन्ध एउटा महत्त्वपूर्ण आयाम रहेकाले दुई देश बिचको सम्बन्ध जनस्तरमा अझै सुदृढ हुनेमा आफू विश्वस्त रहेको समेत बताउनु भयो ।
चिनियाँ भ्रमण टोलीका नेतृत्व गर्नु भएका जेङ यानले आफूहरूको यो भेटघाटबाट असाध्यै खुसी भएको जनाउँदै दुई देशीय सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन आफ्नो स्तरबाट प्रयास गर्ने बताउनु भएको थियो ।(Gorkhapatra)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment