Monday, 2 December 2024
शुभकामना सन्देश
अपाङ्गता भएका व्यक्तिहरुको लागि अन्तर्राष्ट्रिय दिवस, २०२४ को अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्नुभएका फरक क्षमताका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सन् १९९२ देखि हरेक वर्षको डिसेम्बर ३ मा विश्वभरि अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न यो दिवस मनाउने गरिन्छ । समान सहभागिता, अवसर र सहानुभूतिलाई प्रवद्र्धन गर्नमा सबैको प्रयास उत्तिकै आवश्यक भएकोले यो दिवसले त्यसमा उर्जा थप्न सक्ने विश्वास व्यक्त गर्दछु । हामी एकजुट भएर अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तर सुधार्न, उहाँहरुको अधिकारको संरक्षण गर्न र हरेक क्षेत्रमा समावेशिताका लागि प्रतिबद्ध भई अघि बढ्न सक्नु पर्दछ ।
नेपालको संविधानले पनि अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ । हामी सबै मिलेर न्यायपूर्ण र समावेशी समाज र देशको निर्माण गर्दै सबैको सम्मान, योगदान र हकअधिकारलाई मान्यता दिन सक्नु पर्दछ ।
अन्त्यमा, यो विशेष दिवसले अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरुको योगदानलाई सम्मान गर्न उत्प्रेरित गरोस् भन्ने कामना गर्दै सबैलाई धेरै–धेरै हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८१ मङ्सिर १८ गते, मंगलबार ।
ने.सं. ११४५ थिंल्लाथ्व, द्वितीया ।
उपराष्ट्रपति यादवद्वारा गढीमाई मेलाको विधिवत शुभाराम्भ
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले बारास्थित प्रसिद्ध शक्तिपीठ श्री गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को सोमबार विधिवत् शुभाराम्भ गर्नुभएको छ ।
गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा पानसमा दियो बालेर मेलाको शुभाराम्भ गर्नुभएको हो । उक्त अवसरमा उपराष्ट्रपति यादवले धर्मपत्नि चम्पा देवी यादव र परिवारका अन्य सदस्यहरुसहित गढीमाई मन्दिरको दर्शन तथा पूजा आराधना गर्नुभयो । उहाँले मन्दिरभित्र गढीमाईको विशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गर्नु भयो ।
उपराष्ट्रपति यादवलाई मन्दिर परिसरमा पूर्व मन्त्री, पूर्व सांसद् , स्थानीय सुरक्षा अधिकारी, श्री गढीमाई पञ्चवर्षीय मेला संचालन तथा व्यवस्थापन मूल समितिका पदाधिकारीहरु, सम्बन्धित नगरपालिका तथा बाराका अन्य पालिकाका जनप्रतिनिधिहरु तथा उपस्थित श्रद्धालु भक्तजनहरुले स्वागत गरेका थिए ।
उपराष्ट्रपति यादवले श्री गढीमाई पञ्चवर्षीय मेलाको अवलोकन गर्नुका साथै मेलाको व्यवस्थापनबारे मूल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवसहितका पदाधिकारीहरु तथा सुरक्षाकर्मीहरुसंग चासो व्यक्त गर्दै मेलाको सफलताको कामना गर्नुभ यो । उहाँ सोमबार नै काठमाडौं फिर्ती हुनुभयो।
Tuesday, 26 November 2024
सम्माननीय उपराष्ट्रपति यादवसंग युएईका राजदूत शम्सीको शिष्टाचार भेट
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसंग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का महामहिम राजदूत अब्दुल्ला अल शम्सीले मंगलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, श्रम र आर्थिक सम्बन्ध लगायतका विषयमा छलफल भयो । सम्माननीय उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत सम्बन्ध रही आएकोमा सन्तोष व्यक्त गर्दै भन्नुभयो, ‘दुई मित्रवत देशबीचको उच्चस्तरीय भ्रमण आदानप्रदानले एकआपसमा सहकार्यका लागि थप अवसरहरु प्रदान गर्दै आएको छ ।’
उहाँले युएईको ५३औं राष्ट्रिय दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना दिँदै हालै ‘फ्लाई दुबई’ ले गौतमबु्द्ध विमानस्थलमा सिधा उडान सुचारु गरेकोमा हार्दिक धन्यवाद दिनुभयो । साथै ‘एयर अरेबिया’ विमानसेवाको समेत उडान संचालन गर्न महामहिम राजदूतको समन्वय तथा सहकार्यका लागि उहाँले अनुरोध गर्नुभयो ।
उपराष्ट्रपति यादवले नेपाल सरकारको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने एयरलाइन्सलाई १६ सेप्टेम्बर, २०२६ सम्मका लागि शुल्क र राजस्वमा छूट प्रदान गरी प्रोत्साहन गर्ने निर्णयबारे जानकारी समेत दिनुभयो । ‘भैरहवा तथा पोखराबाट वैदेशिक रोजगारीका लागि सोझै युएई प्रस्थान गर्ने नेपाली नागरिकहरुले भिषा आवेदन गर्न उपरोक्त स्थानहरुमा भिसा सेन्टर स्थापना गर्ने तर्फ संयुक्त अरब इमिरेट्स सरकारले आवश्यक कदम चाल्नेछ भन्ने अपेक्षा नेपाल सरकारले गरेको छ ’ उहाँले भन्नुभयो।
उपराष्ट्रपति यादवले ठूलो संख्यामा नेपालीहरुलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा युएई सरकारको प्रशंसा गर्दै नेपालले युएईको मानव संसाधनको आवश्यकता पूर्तिमा योगदान पुर्याएको विश्वास व्यक्त गनुभयो । ‘नेपाल आफ्ना नागरिकका लागि सुरक्षित र सम्मानजनक वैदेशिक रोजगारी उपलब्ध गराउन प्रतिबद्ध छ ’ उहाँले भन्नुभयो, ‘ नेपाल सरकारले क्रमशः अर्धदक्ष र दक्ष जनशक्ति समेत युएईको श्रम बजारमा पठाउने कार्यलाई प्राथमिकता दिएको छ ।’
उपराष्ट्रपति यादवले नेपाल अति कम विकसित मुलुकको सूचीबाट सन् २०२६ सम्ममा स्तरोन्नती हुने लक्ष्यका साथ अघि बढेकोले यस स्तरोन्नतीलाई दिगो, अपरिवर्तनीय र सहज बनाउन आवश्यक रहेकोमा यसका लागि युएई लगायत अन्य मित्रराष्ट्रहरुको साथ सहयोग र सद्भावको खाँचो रहेको बताउनुभयो । ‘हाम्रा दुई देशबीच व्यापार, पर्यटन, लगानी लगायत विभिन्न क्षेत्रमा सहयोग र सहकार्य अभिवृद्धिको लागि प्रचुर सम्भावना छ,’ उहाँले भन्नुभयो, ‘नेपाल र युएईले खासगरी संयुक्त राष्ट्रसंघ, जी–७७ र असंलग्न आन्दोलनजस्ता अन्तर्राष्टिय र बहुपक्षीय मञ्चहरुमा सहकार्य बढाउँदै लगेको छ । आगामी दिनमा त्यस प्रकारको सहकार्यको सम्बन्ध अझ घनिभूत हुँदैजाने विश्वास व्यक्त गर्दछु ।’
संयुक्त अरब इमिरेट्सका महामहिम राजदूत अब्दुल्ला अल शम्सीले नेपाली जनताको सेवाका लागि युएई सदैव तयार रहेको उल्लेख गर्दै नेपालको विभिन्न आयोजना र क्षेत्रहरुमा सहयोग गर्न समेत ईच्छुक रहेको बताउनुभयो । ‘गौतमबु्द्ध विमानस्थलमा सिधा उडान सुचारु गर्न एयर अरेबियासंग कुराकानी भै रहेको छ । आशा छ, त्यसले पनि उडान गर्ने छ ’ राजदूत शम्सीले भन्नुभयो, ‘ युएईले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको समर्थन गर्न चाहन्छ ।’
Sunday, 24 November 2024
पैसाको सन्दर्भमा भौतिक शास्त्रिय र मनोवैज्ञानिक दृष्टिकोण
"पैसा"को विषयमा विश्वका चर्चित लेखक मोर्गन हाउसेलले आफ्नो पुस्तक "The Psychology of Money" मा गजबको दृष्टिकोण प्रस्तुत् गरेका छन् । उनले पैसालाई भौतिक शास्त्रका नियम र सिद्धान्तहरूसंग धेरै मिल्दोजुल्दो र मनोविज्ञानका भावना र मनोवृत्ति भन्दा बढी नभएको भनेका छन् । म भौतिक शास्त्र र मनोविज्ञानका विद्यार्थीको नाताले मोर्गनका यी भनाईहरूलाई बुझ्ने प्रयासमा धेरै अध्यनन, चिन्तन र मनन गरें । त्यस आधारमा एउटा रोचक र विचारणीय दृष्टिकोण बनाउन सफल भएँ । त्यसलाई यहाँ पस्कन जमर्को गरेको छु :- हो, पैसा भौतिक शास्त्रका नियम र सिद्धान्तहरूसँग धेरै मिल्दोजुल्दो छ, किनकि यसले वस्तुगत तरिकाले काम गर्दछ। पैसा गणना गर्न, मापन गर्न, र ठोस रूपमा बुझ्न सकिन्छ, जस्तै भौतिक तत्वहरू।पैसा धेरै हदसम्म ठोस र गणनायोग्य तरिकाले काम गर्छ। भौतिक शास्त्र जस्तै, पैसा पनि निश्चित नियमहरूमा आधारित छ जसले यसको मूल्य, आदानप्रदान, र संचित प्रक्रियाहरूलाई निर्धारण गर्दछ।
यहाँ केहि सादृश्यहरू छन्:
1.#संरक्षणको नियम (Conservation of Energy): भौतिक शास्त्रमा ऊर्जा संरक्षणको सिद्धान्त अनुसार ऊर्जा नष्ट हुँदैन, केवल रूप परिवर्तन हुन्छ। त्यस्तै, पैसाको अर्थ व्यवस्थामा पनि पैसा नष्ट हुँदैन, यो एक रूपबाट अर्को रूपमा रुपान्तरण हुन्छ, जस्तै बचत, निवेश, वा खर्च।
2. #संतुलनका नियम (Equilibrium): भौतिक शास्त्रमा समानता र सन्तुलनको अवस्थालाई महत्त्वपूर्ण मानिन्छ। पैसाको अर्थ व्यवस्थामा पनि माग र आपूर्तिको सन्तुलन महत्त्वपूर्ण छ, जसले मूल्य निर्धारण र बजार स्थिरता कायम राख्छ।
3. #गतिको नियम (Motion): भौतिक शास्त्रमा न्यूटनको गतिका नियमहरू पदार्थहरूको गति र बलको सम्बन्धलाई व्याख्या गर्छन्। पैसाको सन्दर्भमा पनि पैसा प्रवाह (cash flow)को गति अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्छ, जसले आर्थिक गतिविधिलाई गति दिन्छ। 4. #प्रतिक्रिया (Reaction): प्रत्येक क्रियाको बराबर र विपरित प्रतिक्रिया हुन्छ भन्ने सिद्धान्त भौतिक शास्त्रमा लागू हुन्छ। त्यस्तै, अर्थ व्यवस्थामा पनि प्रत्येक आर्थिक क्रियाको प्रतिक्रिया हुन्छ, जस्तै वित्तीय नीतिहरूको प्रभाव र बजारका प्रतिक्रिया। यद्यपि पैसा भौतिक शास्त्रसँग धेरै समानता राख्छ, यसमा मानिसका भावना र मनोवृत्तिको प्रभाव पनि पर्छ, जसले यसलाई थप जटिल बनाउँछ। पैसाले मानिसको व्यवहार, सोचाइ, र समाजिक अन्तरक्रियामा गहिरो प्रभाव पार्छ। #मनोविज्ञानको दृष्टिकोणले पैसाको प्रभाव र यसले ल्याउने भावनाहरू र सम्बन्धहरू धेरै जटिल र गुणात्मक छन्। पैसाले निम्न कुरामा प्रभाव पार्न सक्छ: 1. #भावनात्मक प्रभाव: पैसा मानिसको आत्म-सम्मान, सुरक्षा, र खुशीमा महत्वपूर्ण भूमिका खेल्छ। 2. #सम्बन्धहरूमा प्रभाव: पैसाका कारण सम्बन्धमा तनाव वा सामञ्जस्य उत्पन्न हुन सक्छ। यो सम्बन्धहरूलाई बलियो बनाउने वा बिगार्ने कारक हुन सक्छ। 3. #प्रेरणा र मनोवृत्ति: पैसा मानिसको लक्ष, महत्त्वाकांक्षा, र परिश्रमलाई प्रेरित गर्न सक्छ। 4. #समाजमा स्थान: पैसाले मानिसको सामाजिक स्थिति र सम्मानलाई निर्धारण गर्न सक्छ। #निस्कर्ष : पैसाको महत्वलाई मात्र भौतिक सम्पत्तिको रूपमा होइन, तर मानिसका भावना, प्रेरणा, र सम्बन्धको दृष्टिले पनि हेर्नु आवश्यक छ। यसले हामीलाई पैसाको पूर्ण प्रभावलाई बुझ्न मद्दत गर्दछ।
Friday, 22 November 2024
"क्या पाया इतना जीकर" ?
"क्या पाया इतना जीकर" एक गहन और विचारणीय पंक्ति है, जो जीवन के वास्तविक मूल्य और हमारी यात्रा के समग्र अर्थ पर सवाल उठाती है। आइए इस विचार को विभिन्न दृष्टिकोणों से विस्तारपूर्वक समझते हैं:
जीवन के अनुभव
जीवन अनुभवों का एक संग्रह है। कुछ महत्वपूर्ण मील के पत्थर हो सकते हैं:
1.सफलता और असफलता: दोनों ही महत्वपूर्ण हैं और हमें सिखाते हैं कि कैसे जीवन के उतार-चढ़ाव को संभालना चाहिए ।
2. संबंध: मित्रता, परिवार, और प्रेम संबंधी अनुभव हमारे जीवन को समृद्ध बनाते हैं।
3.सीख: हर अनुभव हमें कुछ नया सिखाता है, चाहे वह कठिनाई हो या खुशी।
●आत्म-मूल्यांकन
इस पंक्ति के माध्यम से आत्म-मूल्यांकन को बढ़ावा मिलता है:
1.क्या हमने अपने लक्ष्यों को प्राप्त किया?: जीवन के अंत में, यह महत्वपूर्ण है कि हम अपने लक्ष्यों और महत्वाकांक्षाओं को कैसे देख रहे हैं।
2.क्या हमने समाज और लोगों को कुछ दिया है?: हमारी सामाजिक भूमिका और योगदान भी महत्वपूर्ण हैं।
●आध्यात्मिकता और अंतर्दृष्टि
यह पंक्ति जीवन के आध्यात्मिक और अंतर्दृष्टि पक्ष को भी छूती है:
1.आध्यात्मिक शांति: क्या हमने आत्मा की शांति और संतोष प्राप्त किया है?
2.अंतर्मुखी दृष्टिकोण: क्या हमने स्वयं को समझा है और अपने भीतर की सच्चाई को खोजा है?
●जीवन के छोटे सुख
जीवन का आनंद छोटे-छोटे सुखों में भी पाया जा सकता है:
1.प्रकृति के साथ सामंजस्य: प्राकृतिक सौंदर्य का आनंद लेना।
2.छोटी सफलताएँ: दैनिक जीवन में छोटी-छोटी सफलताएँ और खुशियाँ।
●निष्कर्ष
"क्या पाया इतना जीकर" जीवन के वास्तविक अर्थ को खोजने का एक प्रश्न है, जो हमें अपने जीवन की पूर्णता, हमारे अनुभव, हमारी खुशियाँ, हमारे संबंध और हमारे योगदान का मूल्यांकन करने के लिए प्रेरित करता है। इस पंक्ति के माध्यम से हमें यह सोचने का मौका मिलता है कि हमने अपने जीवन में क्या पाया और क्या पाया जाना बाकी है।
Thursday, 14 November 2024
कार्यवाहक राष्ट्रपति यादवद्वारा महिला क्रिकेट टोलीलाई ऐतिहासिक विजयमा हार्दिक बधाई
कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले युनाइटेड अरब इमिरेट्स (यूएई) मा भइरहेको आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनौटको निर्णायक खेलमा नेपालले यूएईलाई हराउँदै नेपाली महिला क्रिकेट टोलीले ऐतिहासिक विजय हासिल गरी विश्वकप–२०२५ मा छनौट भएकोमा बधाई दिनुभएको छ ।
उहाँले बधाई सन्देश मार्फत् खेलाडीहरू, प्रशिक्षकहरू तथा सम्बन्धित पदाधिकारीहरूलाई हार्दिक बधाई दिनुभएको हो । ‘खेलको क्रममा नेपाली खेलाडीहरूले देखाउनुभएको दक्षता, धैर्यता, दृढ संकल्प, समर्पण, लगनशीलता, अनुशासन र उत्कृष्ट प्रदर्शनको म मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु’ उपराष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा छ, ‘भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उहाँहरूले नेपाल र नेपालीको शीर उच्च राख्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आगामी प्रतियोगिताहरूको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु ।’
Tuesday, 12 November 2024
बैलगाडा: मधेशको एउटा जीवन्त संस्कृति
बैलगाडा संस्कृति नेपालका विभिन्न प्रदेशमा प्रचलित छ । खासगरी मधेश क्षेत्रमा यो अझै देख्न सकिन्छ । यहाँका जनताको जीवन रीतिसँग यो गहिरो रूपमा जोडिएकै छ। मधेश क्षेत्रमा बैलगाडा यातायातको साधन मात्र होइन, सामाजिक, सांस्कृतिक, र आर्थिक जीवनको अभिन्न हिस्सा पनि हो।
बैलगाडाको उपयोग :
1. #परिवहन_साधन: मधेशका ग्रामीण भेगमा बैलगाडाको प्रयोग मुख्यतः खेती-किसानीका कार्यहरूमा गरिन्छ। फसल, जलावन, काठ, र अन्य आवश्यक सामानहरू ढुवानी गर्न यसको प्रयोग गरिन्छ।
2. #सांस्कृतिक प्रयोग : धेरैपटक बैलगाडा दौड जस्ता प्रतिस्पर्धाहरू विभिन्न मेलाहरू र पर्वहरूमा आयोजित गरिन्छ। यो जनताको उत्साह र खुशीको स्रोत हो। भोजभतेरमा जान-आउनका लागि पनि यसको उपयोग गरिन्छ। ।
3. #सम्पर्क र सहकार्य: गाउँ गाउँबीचको सम्पर्कलाई सजीव राख्न बैलगाड़ीले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। यो समुदायका मान्छेहरूलाई एकसाथ ल्याउने साधन पनि हो।
4. #परम्परागत कला: बैलगाडाका चित्र र शिल्पकलाहरू विभिन्न धातु र काठमा बनाउने गरिन्छ, जसले मधेशको सांस्कृतिक सम्पदालाई जीवन्त राख्न सहयोग गरेको छ।
#बैलगाडाका फाइदाहरू:
● #पर्यावरणमैत्री: यसलाई इन्धनको आवश्यकता पर्दैन, जसले वातावरणलाई सुरक्षित राख्न मद्दत गर्दछ।
●#स्थानीय उत्पादनको समुन्नति: यसले स्थानीय उत्पादनहरूलाई बजारसम्म पुर्याउन सहयोग पुर्याउँछ।
बैलगाडा मधेशी संस्कृतिको एक विशेष धरोहर हो, जसले यहाँका जनताको जीवनशैली र परम्परालाई पनि प्रतिबिम्बित गर्दछ। #goodmorning #GoodMorningEveryone #बैलगाडा #सांस्कृतिक #स्थानीय #राजगढ_०६_फकिरा #phakira #Dineshyadav #दिनेश_यादव Video :
बर्चस्वबादी संस्कृति बनाम हाशियाक समाज उर्फ पचपनिया संघर्ष
मिथिला में बर्चस्वबादी समाज यानि ब्राह्मणवादी समाज, हाशियक समाज यानि बंचित समाज अर्थात् रार,सोलकन (इ नामांकरण ब्राह्मवादी संस्कृति के देन अछि ) वा ओबीसी पर वर्तमान में भी सांस्कृतिक सामाजिक स्तर पर बर्चस्व बनैले अछि।मिथिलाक संस्कृति उच्च नीच पर आधारित अछि। जनकवि बैधनाथ मिश्रक अनुसार सुच्चा मैथिल-मैथिल ब्राह्मण आ कर्ण कायस्थ अछि।इ दूनू मिल कैं ८०८वर्ष मिथिला पर राज कैलन अछि।बाभन राजा से मिलकै मैथिली के शोषक के भाषा बनैलेन आ इ शोषित बंचित के भाषा न बन पायल।साथै सत्ता, साहित्य आ सांस्कृतिक प्रतिष्ठान पर आई तक बर्चस्व बनैले अछि।
लिंग्विंस्टिक सर्वे आफ इंडिया में मिथिला पर गिरियर्सन अपन विचार प्रकट करैत लिखैत अछि कि मिथिला एकटा प्राचीन इतिहास वाला देश अछि जे अपन परम्परा के आई तक बकरार राखने अछि।अखनौ इ भूमि ब्राह्मण एकटा वर्गक आधीन आ बर्चस्व में अछि।जे असाधारण रूप सं सत्ता आ कायदा कैं बकरार राखैं के दर्प स चूर अछि।
सैकड़ो साल सं मिट्टीक ई टुकड़ा पर बहुत गर्व करैत रहल अछि।आ उतर,पूरब आ पश्चिम सं लगातार आक्रमण कैं झेलैत ई अपन पारंपरिक विशेषता बनौने रखने अछि।व अन्य राष्ट्रीयताक लोक सभ के समान भाव सं नै अपनावैत अछि।
केदारनाथ चौधरी आबारा नहितन में लिखैत अछि जे रेणु जी अप्पन एकटा भेंट में हमरा बतलैनन कि मैथिली भाषाक क्षेत्र संकुचल,समटल आ एकटा विशेष जातिक एकाधिकार में अछि।
राजनीतिशास्त्रीक विचार अनुसार मिथिला में दू तरहक संस्कृति अछि।एकटा बाभन कायथक संस्कृति आ दोसर गैर बाभन कायथक संस्कृति अछि। उदाहरण के लेल जनेउ, शादी ब्याह आ अन्य शुभ अवसर पर पाग पहननाइ, मधुश्रावणी,कोजगरा,नव बधुकैं टेमी से दागक प्रथा, विधवा विवाह निषेध प्रथा ,शुभ अवसर पर मांसाहार भोजन शामिल अछि। जौं कि इ सभ प्रथा गैर बाभन कायथक संस्कृति में नै अछि।
पं गोविन्द झा लिखैत छथि जे मिथिला में दूटा समाज अछि।जे एक दोसर से अपरिचित आ अंजान छथि।
बोली आ भाषा साहित्य कैं प्रश्र अछि। बिल्कुल अलग अछि।बाभन आ कायथ अपन मैथिली के शुद्ध आ मानक मानैत अछि।जे पाणिनि के व्याकरण जेना कठिन अछि।
आ बंचित समाज के मैथिली कैं पश्चमी मैथिल यानी बज्जिका, दक्षिणी मैथिली यानी अंगिका,पुरबी मैथिली यानी ठेठी आ रार भाषा मानैत अछि।ज्योंकि बज्जिका आ अंगिका में भाषा साहित्य के रचना भे गेल अछि।बज्जिका,अंगिका के सिद्ध कविजन के पदों के प्रयोग बर्णरत्नाकरमें ज्योतिश्वर (१३२४)कैले अछि। बाबजूद वै बज्जिका, अंगिका के मैथिली कैं भाषा नै, बोली मानके छांटि देल जाइत अछि। एकटा बज्जिका साहित्यकार अपन रचल पोथी लेके मैथिली साहित्य ,अकादमी गेला परंच रचना कैं मैथिली नै मानके लौटा देल गैल।
बाभनवादी बर्चस्व मिथिला के बंचित समाज के बौद्ध तथा कबीर साहित्य से अपरिचित राखै में कोनों कसर नै छोड़ैत अछि।तै बंचित समाज गैर ब्राह्मण साहित्य आ संस्कृति सं अनजान छथि। ब्राह्मण वर्ग अपन साहित्य आ संस्कृति के बल पर बंचित समाज कैं मानसिक गुलाम बनैले अछि। शास्त्र पुराण जेका मैथिली साहित्य भी ब्राह्मणक महिमा से भरल अछि।इनकर साहित्य में बंचित समाज कैं अपना जमाने के प्रसिद्ध मैथिली गायक पं मांगैन खबास, साहित्यकार फणीश्वरनाथ नाथ रेणु, मिथिला के स्वांतत्र्य प्रथम शहीद रामफल मंडल , साहित्यकार अनूप मंडल शहीद जुब्बा सहनी, शहीद पूरण मंडल आ शहीद मथुरा मंडल के कोई चर्चा नै अछि।
लेखक सह पत्रकार अरविंद दास अपना एकटा आलेख में लिखैत छथि कि इक्कसवीं सदी कैं दोसर दशक में भी मैथिली भाषा साहित्य में बाभन आ कायथ के ही उपस्थिति दिखाई देत अछि। मैथिली भाषा के में हाशिए पर के लोग जिनकर भाषा मैथिली अछि अदृश्य अछि।
इतिहासकार पंकज कुमार झा लिखैत छथि आधुनिक कालि में खास आजादी के बाद विद्यापति गौरवशाली मैथिल संस्कृति के प्रतीक चिन्ह बन के उभर लैन अछि।
अइ आधार पर मिथिला में दूं रंग के मैथिल अछि एगो बाभन आ दोसर सोलकन। मैथिली भी दूं रंग के एगो बाभन कैं मैथिली आ दोसर सोलकन के मैथिली। संस्कृत के नाटक में निम्नवर्गीय पात्र के भाषा के अपभ्रंश बना देल जाइत रहै।तहिना विद्यापति भी जन सामान्य के लेल गीत गाना आ उच्च वर्ग के लेल पुरुष परीक्षा लिखनन।वर्ग भेद के आधार पर एहन रचना संस्कृत आ मैथिली साहित्य में पायल जाति अछि।आजुक समय में भी मैथिली के संस्कृतनिष्ठ आ शास्त्रीय भाषा बनाबे के षड्यंत्र चल रहल अछि।जे जन सामान्य साहित्य आ संस्कृति से बंचित रहै।
मिथिला में एते उच्च नीच आ छुआछूत के भाव है कि बाभन दलित वर्ग के आइ तक पूजा पाठ आ संस्कार नै करवैत अछि। दलित के इहां भोजन के सवाले नै अछि।सोलकन के पूजा पाठ आ संस्कार करवैत अछि।परंच आइ धरि सिद्ध अन्न (भात,दाल)भोजन नै करैत अछि।परंच कोरंजाभोजन ( चूड़ा,दही, चीनी, मिठाई आ फल)करैत अछि।
मंदिर में दलित गच्ची (मंदिर के चबूतरा) पर न चढ सकैत रहे।सोलकन मंदिर के गर्भगृह में नै जा सकै अछि। केवल जनेऊधारी जा सकैत अछि।
बंचित समाज के अइसे घबराय कैं नै चाही। कारण मैथिल आ मैथिली भाषी त बंचित समाज भी अछि।अप्पन संस्कृति आ समाज के हित में निर्भय आ नि: संकोच साहित्य सृजन करबाक चाहि।
लेखक :आचार्य रामानंद मंडल, सामाजिक चिंतक, सीतामढ़ी,स्रोत : मंडलजीके फेसबुक वाल ।
Sunday, 10 November 2024
फाल्गुनन्दको योगदान सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय छन् : उपराष्ट्रपति यादव
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दले सांस्कृतिक पहिचान र समाज सुधारका क्षेत्रमा दिनुभएको योगादन सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय रहेको बताएका छन्।
फाल्गुनन्द जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले फाल्गुनन्दले तयार पार्नुभएको ‘सत्यधर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
“छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवान्को पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन्”, उपराष्ट्रपतिले भनेका छन्।
फाल्गुनन्दको उच्च आदर्श, सद्विचार, पवित्र उद्देश्य र अवलम्बन गर्नुभएको सत्मार्ग सिंगाे नेपाली समाजको मार्गदर्शन गर्ने महत्त्वपूर्ण पक्ष भएको उपराष्ट्रपति यादवको भनाइ छ।
“फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनले आ-आफ्नो संस्कृति र परम्परा मनाउने नाममा पछिल्लो समय नेपाली समाजमा विकास हुँदै गएको भड्काउलोपन, आडम्बर र महँगा कुसंस्कृतिलाई मितव्ययी एवं संयमित बनाउन सहयोग पुग्ने भएकाले हामी सम्पूर्णले त्यसको परिपालना र अनुशरण गर्न अति जरुरी छ”, उनको सन्देशमा उल्लेख छ।
उपराष्ट्रपति यादवले किराँत धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएका फाल्गुनन्द ले शिक्षा, सामाजिक समता र सांस्कृतिक पहिचानको क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएको स्मरण गरे।
किराँत समुदायका धर्मगुरु भए पनि सबै समुदायले फाल्गुनन्दप्रति समान श्रद्धा र आस्थाका साथ जन्मजयन्ती भव्यताका साथ मनाउने गरेको उल्लेख गर्दै उनले किराँत धर्म र संस्कृतिको मौलिक पहिचानको संरक्षणमा जोड दिँदै समाज सुधारको अभियानमा फाल्गुनन्द जीवनभर अहोरात्र समर्पित एवं सक्रिय रहेका बताएका छन्।
यस जयन्तीलाई किराँत समुदायको गौरवशाली इतिहास र परम्परालाई जगेर्ना गर्ने अवसरका रूपमा लिन सक्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले सामाजिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण फाल्गुनन्द जयन्तीले राष्ट्रिय एकता, पहिचान र सामाजिक चेतना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उहाँले राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीले सम्पूर्ण नेपालीलाई देश र समाजमा सदाचार, सद्भाव, सहिष्णुता र एकता कायम गर्दै मुलुकको विकासको महाअभियानमा जुट्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।
Thursday, 7 November 2024
छठी मैया (माता) को हुन् ?
दिनेश यादव
छठी माता(मैया) जसलाई देवी षष्ठीको नामले चिनिन्छ । पौराणिक कथाहरुमा उनलाई एउटा महत्वपूर्ण देवी मानिएको छ । ती देवीलाई संतान प्राप्ति र उनको कल्याण गर्ने देवीको रुपमा पूजा आराधना गर्ने परम्परा छ ।
छठी मैयालाई संतान सुख र उनको दीर्घायुको देवी मानिन्छ । उनको पूजा आराधना गर्दा संतानको जीवनमा सुख, शान्ति र समृद्धि आउने मान्यता रही आएको छ ।
पौराणिक कथाहरुका अनुसार छठी मैया ब्रह्म देवको मानस पुत्री र भगवान सूर्यको बहिनी हुन् ( शर्मा लवीना, २०२४) । छठी मईया र सूर्यदेव भाइ र बहिनी भएकाले दुवैको पूजा एक साथ गरिन्छ ।
छठी मैयालाई सूर्य देवको बहिनीको रुपमा मानिने भएकाले छठ पूजामा भगवान सूर्य देवसंगै छठी मैयाको पनि पूजा गरिन्छ ( मंडल विनिता, २०२४)।
छठ देवीलाई सूर्यको बहिनीको रुपमा मानिन्छ, उनलाई प्रसन्न गर्नका लागि जीवनको महत्वपूर्ण अवयवहरुमा सूर्य र जलको महत्वलाई स्वीकार गर्दै , यसलाई साक्षी मानेर भगवान सूर्यको आराधना तथा उनलाई धन्यवाद व्यक्त गर्दै पवित्र जलाशयहरुको किनारमा पूजा गरिन्छ । छठ व्रतको कथा अनुसार छठ देवी ईश्वर की पुत्री देवसेना बताइएको छ । देवसेनाले आफ्नो परिचयमा भन्छिन्–वह प्रकृतिको मूल प्रवृतिको छैठौं अंशबाट उत्पन्न भएकोले मलाई पष्ठी भनिएको हो (वेबदुनिया, २०२४) ।
मार्कण्डेय पुराणमा सृष्टिकी अधिष्ठात्री प्रकृति देवीले आफूलाई ६ अंशमा विभाजित गरेकी छन् । ती मध्ये छैठौं अंशलाई सर्वश्रेष्ठ मातृ देवीका रुपमा मानिन्छ, जो ब्रह्माकी मानस पुत्री हुन् (ऐ.ऐ.) ।
छैठी मैया, भगवान शंकरका पुत्र कार्तिकेयकी पत्नी हुन् । उनको पूजा र आराधनाबाट जीवनभर अरोग्य, वैभव र संतान सुखको आशीर्वाद प्राप्त हुन्छ (नारायण सेवा संस्थान, २०२४) ।
छठपूजा सूर्यको आराधना हो । कार्तिकेयकी पत्नी देवसेना छठी मैया हुन् , जो प्रकृतिको छठौं अंशका रुपमा उत्पन्न भएकी थिइन ( धर्मायण,२०७९)
माथि उल्लेखित तर्कहरु भन्दा अलिक पृथक भनाई पनि छठ मैयाको बारेमा रहेको पाइन्छ । भारतीय लेखक कुमार निर्मलेन्दुले मगध के इतिहास की कथात्मक यात्रा ‘मगधनामा’ मा छठी मैयाको सन्दर्भमा लेखेका छन् –
‘ऊषा’ र ‘प्रत्यूषा’ सूर्यको दुई श्रीमतिहरु हुन् । सूर्यको पहिलो किरणलाई ऊषा र अन्तिम किरणलाई प्रत्युषा भनिन्छ । ऊषा र प्रत्युषा सूर्यको पत्नी हुनका साथै उनको दुई प्रमुख शक्तिहरु पनि हुन् । मगध क्षेत्रमा कार्तिक र चैत्र मासको शुक्लपक्ष षष्ठी र सप्तमीका दिन सूर्यसंगै अघोषित रुपमा उनको दुई शक्तिहरु ऊषा र प्रत्यूषाको सश्रद्धा पुजा गरिन्थ्यो । कार्तिक एवं चैत्र मासको शुक्लपक्ष षष्ठीलाई मगधमा ‘सूर्य–षष्ठी’ को व्रत राख्ने पुरानै परम्परा छ । सूर्य–षष्ठीको अवसरमा मनाईने लोकपर्वलाई ‘छठ पर्व’ भनिन्छ । छठ, वास्तवमा सूर्यदेवको उपासनासंगै उनको शक्तिहरुको उपासना गर्ने लोकपर्व हो । प्रमुख रुपमा सूर्यदेवको दुई शक्तिहरु ऊषा र प्रत्यूषाको उपासना गर्नुका कारण सूर्य–षष्ठीलाई सामान्यतः ‘छठ मैयाको पूजा’ को नामले पनि चिनिन्छ । प्राचीनकालबाटै ‘छठ मैया’ लाई यस क्षेत्रमा लोककल्याणकारी देवीका रुपमा पुजा गरिन्छ (मगधनामा, २०२३)
सन्दर्भ सामग्रीहरु :
शर्मा लवीना, टाईम्स नाउहिन्दी डटकम, नवभारत, ७ नोभेम्बर २०२४, भारत ।
मंडल विनिता, इण्डिया टिभी, ७ नोभेम्बर २०२४, भारत ।
वेबदुनिया डटकम, २०२४, भारत ।
नारायणसेवा डट ओआरजी, २०२४, भारत ।
धर्मायण, भाग ३, अंक सं. १२७, माघ, २०७९ वि.सं. पृ.७५, भारत ।
कुमार निर्मलेन्दु, मगधनामा: मगध के इतिहास की कथात्मक यात्रा, २०२३, दोस्रो संस्करण, भारत ।
डिस्क्लेमर : यहाँ दिइएको जानकारीहरु धार्मिक आस्था र लोक मान्यताका आधारमा स्रोतसहित दिइएको छ । यसका कुनै पनि वैज्ञानिक प्रमाण भेटिदैन ।
छठ 'पूजा' हो या 'पर्व' ?
छठ '#पूजा' हो या '#पर्व' ? धेरैजनामा यसबारे कन्फ्युजन छ । यसमा तपाईको बिचार लेख्नु होला । मेरो अध्ययनमा 'पूजा' र 'पर्व' दुई फरक अवधारणाहरू हुन्, यद्यपि यी दुई धार्मिक र सांस्कृतिक अभ्यास र अनुष्ठानसँग सम्बन्धित छन्। यहाँ दुबै बीचको मुख्य अन्तरहरू उल्लेख गरेको छु :-
1. पूजा (Pooja):
●अर्थ: पूजा धार्मिक अनुष्ठान हो जसमा भगवान वा देवीलाई श्रद्धा र भक्ति व्यक्त गरिन्छ।
●प्रकृति: व्यक्तिगत वा सामूहिक रूपमा गरिन्छ। व्यक्तिले आफ्नो घरमा, मन्दिरमा वा अन्य पवित्र स्थानमा पूजा गर्न सक्छ।
●समय: पूजा दैनिक, साप्ताहिक, मासिक, वा कुनै विशेष अवसरमा गरिन्छ।
●अनुष्ठान: विशेष मन्त्र, पाठ, दीप, प्रसाद, फूल, आदि प्रयोग गरी गरिन्छ।
2. पर्व (Festival):
●अर्थ: पर्व एक विशेष दिन वा दिनहरूको समूह हो जुन कुनै धार्मिक, सांस्कृतिक, वा ऐतिहासिक घटनाको सम्झनामा मनाइन्छ।
●प्रकृति: सामूहिक रूपमा समाज वा समुदायले मनाउँछ। यसले ठूलो उत्सव, सांस्कृतिक गतिविधि, तथा मानिसहरूबीचको मेलमिलापको अवसर सिर्जना गर्छ।
●समय: पर्व प्रायः वार्षिक रूपमा हुन्छ, जस्तै दसैं, तिहार, होली, आदि।
●अनुष्ठान: विभिन्न परम्परागत रीतिथिति, नाचगान, मेला, भोज आदि गरिन्छ।
संक्षेपमा, पूजा भनेको व्यक्तिगत वा सामूहिक धार्मिक अनुष्ठान हो, भने पर्व भनेको एउटा समाज वा समुदायको विशेष अवसर हो जुन धार्मिक, सांस्कृतिक, वा ऐतिहासिक महत्त्वको रूपमा मनाइन्छ।
द्रष्टव्य : तपाईंलाई आफ्नो बिचार राख्न सहजताका लागि माथि केही बूंदाहरू उल्लेख गरेको हूँ । यसको उद्देश्य कुनै विवाद वा मतभेद सिर्जना गर्नु किमार्थ होइन । #छठ को मंगलमय शुभकामना ! 😊
Saturday, 2 November 2024
आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
काठमाडौँ, २०८१ कात्तिक १८। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आइतबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् समितिका अध्यक्ष अधिकारीले सुनाउनुभयो ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । रासस/गोरखापत्र
Wednesday, 23 October 2024
"Vice President Yadav Emphasizes Climate Change and Insurance Awareness at International Conference"
The International Conference on Inclusive Insurance 2024 commenced tuesday with a keynote address by the Rt. Honourable Vice President Ramsahay Prasad Yadav. In his speech, Vice President Yadav extended his heartfelt best wishes to all attendees and expressed his gratitude to the organizers for hosting this significant esevent.
Vice President Yadav emphasized the importance of inclusive insurance for Nepal, highlighting its potential to strengthen international cooperation and collaboration in addressing the challenges and opportunities it presents.
He noted that conferences like this offer a unique platform to exchange ideas, share best practices, and develop strategies that promote the holistic development of the insurance sector, enabling it to meet today’s realities and prepare for future demands.
The Vice President underscored the main objective of inclusive insurance, which is to provide insurance protection to all members of society. He highlighted that this is a crucial step in strengthening the economic and social structure of the country, offering economic security to various members of society, especially the poor and deprived.
He stressed the importance of insurance in protecting people from financial adversities and ensuring their financial stability in unexpected situations. Health and life insurance were particularly emphasized to ensure medical facilities and family life security for every individual in society.
Vice President Yadav called for spreading awareness about insurance and educating people on its importance. He urged the government and insurance companies to work together to ensure that every person, whether in rural or urban areas, has access to insurance.
He highlighted Nepal's vulnerability to climate change, with around 80 percent of the population exposed to climate-related risks. He pointed out the low level of insurance awareness and the significant insurance protection gap, which leaves many citizens vulnerable to growing threats.
The Vice President emphasized the pivotal role of insurance in managing the financial impacts of natural disasters like earthquakes, floods, and landslides. He noted that catastrophic and emerging risks, especially climate-related ones, pose significant challenges to the insurance industry.
He recognized the transformative potential of inclusive insurance in managing emerging risks globally and expressed gratitude for the presence of distinguished speakers and experts who would share international practices and provide invaluable learning opportunities.
Vice President Yadav encouraged all participants to actively engage in discussions, share insights, and propose innovative solutions throughout the conference. He expressed confidence that the outcomes of the conference would have a lasting impact on the future of inclusive insurance.
In conclusion, he emphasized the importance of collaboration, cooperation, and the exchange of ideas and expertise to elevate the standard of insurance and improve the quality of the field. He wished all participants the very best for the success of the conference.
Kathmandu, Nepal, October 22, 2024
Wednesday, 9 October 2024
उपराष्ट्रपति यादवले सर्वसाधारणलाई टिका लगाइ दिने
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूबाट विजया दशमीको अवसरमा २०८१ असोज २६ गते शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा इच्छुक महानुभावहरूलाई टीका-प्रसाद प्रदान गर्नु हुने भएको छ । उपराष्ट्रपतिका स्वकीय प्रेस संयोजक दिनेश यादवद्वारा हस्ताक्षरित प्रेस नोटमार्फत् उक्त जानकारी दिइएको हो । उपराष्ट्रपति यादवले इच्छुक सम्माननीय र माननीयदेखि संवैधानिक अंगका पदाधिकारी र सर्वसाधारण सम्मलाई बडादशैंको दिन असोज २६ गते शनिबार अपरान्ह २ बजेर ३० मिनेट देखि ४बजे सम्म लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा टिका-प्रसाद प्रदान गर्नु हुने तालिका निजी सचिवालयले जारी गरेको छ ।
Thursday, 3 October 2024
उपराष्ट्रपति यादवद्वारा उद्धार कोषमा सहयोग
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा डुवानबाट प्रभावित, पिडित परिवारहरुको राहतका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।
यसैगरी, उपराष्ट्रपतिको कार्यालय अन्तर्गत उहाँको स्वकीय सचिवालयमा कार्यरत विज्ञहरु (सल्लाहकारहरु) र प्रमुख स्वकीय सचिवबाट पाँच–पाँच दिन तथा सहसचिवदेखि अधिकृत वा सो सरहको कर्मचारीबाट तीन–तीन दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।
उपराष्ट्रपतिज्यूले प्राकृतिक विपद्का कारण मुलुकमा ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले विपद्का कारण अकालमै ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली एवं चिर शान्तिको कामना गर्दै आफ्ना प्रियजन गुमाउनु भएका परिवारजनप्रति गहिरो समवेदना एवं सहानुभूति तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
उपराष्ट्रपतिज्यूले घाइते भएकाहरुको निःशुल्क उपचार र विपद् प्रभावित क्षेत्रमा हैजा, डेंगीजस्ता रोगहरु फैलिन नदिन आवश्यक उपायहरु अवलम्वन गर्न, विस्थापित परिवारका लागि पुनर्वासको व्यवस्था गर्न तथा राहत सामाग्रीलगायत खाद्यान्नको व्यवस्थापन एवं अवरुद्ध लोकमार्गहरु यथाशीघ्र खुलाई आगमन सहज बनाउन सम्बन्धीत सबैलाई आग्रह गर्नुभएको छ ।
Tuesday, 1 October 2024
ज्येष्ठ नागरिकलाई कदर गर्न सक्नुपर्दछ: उपराष्ट्रपति यादव (Senior citizens should be respected: Vice President Yadav)
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ज्येष्ठ नागरिकले आफ्नो जीवनमा गरेका सेवा, प्राप्त उपलब्धी र समर्पणको कदर गर्दै उहाँहरुको स्वास्थ्य, आर्थिक सुरक्षा, सामाजिक उपेक्षा र दुव्र्यवहार जस्ता समस्याहरुलाई सम्बोधन गर्न सक्नुुपर्ने बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) का अवसरमा उहाँले आज दिनुभएको सन्देशमा उक्त कुरा बताउनु भएको हो । ‘विश्वभरका ज्येष्ठ नागरिकहरुको योगदानलाई सम्मान र मान्यता प्रदान गर्न समर्पित अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकहरुमा सुख, सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ’ उपराष्ट्रपति यादवको निजी सचिवालयबाट जारी सन्देशमा उल्लेख छ, ‘ज्येष्ठ नागरिकले आफ्नो जीवनमा गरेका सेवा, प्राप्त उपलब्धी र समर्पणको कदर गर्न यो दिवसलाई हामीले एउटा अवसरका रुपमा लिन सक्नुपर्दछ । यो उहाँहरुको स्वास्थ्य, आर्थिक सुरक्षा, सामाजिक उपेक्षा र दुव्र्यवहार जस्ता समस्याहरुलाई सम्बोधन गर्नका लागि प्रण लिने र प्रतिबद्धता व्यक्त गर्ने दिवस पनि हो ।’
उहाँले वृद्धावस्था जीवनको एउटा स्वाभाविक र सामान्य प्रक्रिया भएको उल्लेख गर्दै यसै रुपमा ज्येष्ठ नागरिकले आफ्ना अनुभवहरुबाट युवा र समाजलाई लाभान्वित गराउने प्रयास पनि गर्न सक्नुपर्ने बताउनु भएको छ । ‘यसले समाजमा ज्येष्ठ नागरिकको उपादेयता प्रमाणित हुनुका साथै उहाँहरुमा आत्मविश्वासमा पनि बृद्धि हुन सक्दछ । ज्येष्ठ नागरिकहरु समाजका उपयोगी व्यक्तित्वहरु हुन ’ संदेशमा छ, ‘ हामीले उहाँहरुलाई कुनै न कुनै रुप (ज्ञान, सीप, अनुभव आदि) मार्फत् समाज कल्याणमा योगदानका लागि प्रोत्साहन गर्न सक्नुपर्दछ ।’
उहाँले हाम्रो पूर्वीय दर्शन अनुसार प्राचीनकालमा समाजमा ज्येष्ठ नागरिकको अत्यन्तै उच्च सम्मान रहेको स्मरण समेत गर्नुभयो । ‘संयुक्त–परिवारमा सबै ‘हर्ता–कर्ता’ सर्वाधिक आयु भएकै व्यक्ति हुन्थे । जीवनको लामो अनुभवका कारण उहाँहरुको उपदेश र निर्देशहरु परिवारले ‘ब्रह्मवाक्य’ मानी संयुक्त परिवार संचालित हुन्थ्यो ’ सन्देशमा अगाडि उल्लेख छ,‘ परम्परागत रुपमा ज्येष्ठ नागरिकहरुलाई ‘प्रतिष्ठा सूचक’ मानिन्थ्यो । खासगरी, संयुक्त परिवारको विघटन पश्चात र समाजमा आधुनिकताको प्रवेशसंगै ज्येष्ठ नागरिकलाई आफ्नै परिवारबाट हेला हुनु अत्यन्तै चिन्ताको विषय हो ।’ उपराष्ट्रपति यादवले औद्योगीकरण, सहरीकरण, एकल परिवार, व्यक्तिवाद, पाश्चात्य संस्कृति, धनको बढ्दो महत्व, भौतिकवादी मूल्य लगायतका कारण ज्येष्ठ नागरिक आफैमा समाज, समुदाय र देशमा जटिल समस्या बन्दै जानु अर्को एउटा तितो यथार्थ भएको संदेशमा उल्लेख गर्नुभएको छ ।
‘एकातिर ज्येष्ठ नागरिक प्रति परिवारमा आदर, सम्मान, प्रेम र लगाव समाप्त हुँदै गएका छन् भने अर्कोतिर उहाँहरुमा स्वयं भावनात्मक असुरक्षाको भावना तीव्र रुपमा बढ्दो छ । यी दुखद अवस्थाको अन्त्य हुन नितान्त जरुरी छ । हामीले ‘वृद्धावस्था’ लाई ‘बोझ’ होइन, प्रेरणा, अनुभव, ज्ञानको चौतारीका रुपमा लिन सक्नुपर्दछ ’ सन्देशमा उल्लेख छ, ‘‘वृद्धावस्था’ एउटा सर्वकालिक र सर्वव्यापी अवस्था पनि हो । यो अवस्थालाई बाल्यकाल झै अन्यन्तै संवेदनशील मानिन्छ । उत्तरदायित्व समाप्तिपछि व्यक्तिले यो अवस्थामा आध्यात्मिक चिन्तनतर्फ झुकाव बढाउँदछ । शारीरिक क्षमताहरु कम हुन थाल्दछन् । स्मरण शक्ति कमजोर, निर्णय क्षमतामा कमी लगायतका लक्षण पनि देखिन थाल्दछन् । यो अवस्थामा समायोजनको पनि अभाव पाइन्छ, किनभने नयाँ पीढीसंग उहाँहरुको मूल्यलाई लिएर कहिलेकाहीं टकराव पनि हुने गर्दछ । यस्तो अवस्थामा उहाँहरुले आफूलाई असहाय र उपेक्षित पनि अनुभव गर्नु हुन्छ । थरी–थरीका शारीरिक र मानसिक परिवर्तन हुन्छ, रोगहरु पनि यो अवस्थामा धेरै लाग्ने गर्दछ । उच्च तनाव, उच्च रक्तचाप, ज्ञानेन्द्रियहरुको क्षमता र काम गर्ने शक्ति कम भएको लक्षण देखिने गर्दछ ।’ उहाँले समुचित हेरचाह तथा सहानुभूति ज्येष्ठ नागरिकले प्राप्त गर्न नसकेको अवस्थामा अकाल मृत्युवरणको जोखिम पनि बड्न सक्ने संदेशमा उल्लेख गर्नुभएको छ ।
‘समाज, परिवारका सम्पूर्ण सदस्यसहित नयाँ पीढीले ज्येष्ठ नागरिकलाई घर, समाज र परिवारको धरोहर मान्दै उहाँहरुसंग सामंजस्यता काम गर्न सक्नुपर्दछ । हामीले ज्येष्ठ नागरिक प्रतिको आफ्नो सामाजिक दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ ’ उपराष्ट्रपति यादवले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘ज्येष्ठ नागरिकहरुलाई समाजमा अनुभवहरुको भण्डारका रुपमा हेरिनु पर्दछ । यो एउटा दुर्भाग्य नै हो कि समाज, अर्थव्यवस्था र मुलुकका लागि आफ्नो सबै कुरा अर्पित गरिसकेपछि उमेरको अन्तिम समयमा जब उहाँहरुलाई केही प्राप्त गर्ने अवस्था आउँछ , तब उहाँहरु अभाव र विवशतामा पुग्नु हुन्छ । अझ, ज्येष्ठ नागरिकहरुले सामाजिक, व्यक्तिगत, पारिवारिक, मनोवैज्ञानिक, आर्थिक लगायतका समस्याहरुको न्यूनिकरणमा सम्बन्धित सबै क्षेत्र, वर्ग र तप्का सक्रियताका साथ लाग्न पनि उत्तिकै आवश्यक छ । ’
उपराष्ट्रपति यादवले परिवार, समाज र देशमा ज्येष्ठ नागरिकले पुर्याएको योगदानहरुको सम्मान गर्दै उहाँहरुको अनुभव र ज्ञान हामी सबैलाई हरेक क्षेत्रमा उपयोग गर्न यो दिवसले उत्प्रेरित गर्न सकोस् भन्दै ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, व्यवस्थित, मर्यादित र सुखद बनाउनमा सहयोग पुर्याउन सबैमा हार्दिक आह्वान समेत सन्देश मार्फत् गर्नुभएको छ ।
Monday, 29 July 2024
उपराष्ट्रपति यादवद्वारा अन्तर्राष्ट्रिय बाघ दिवसको सन्देश
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बाघ संरक्षणका चुनौतीहरु एकजुट भई सामना गर्दै अघि बढ्न सके मात्र अन्तर्राष्ट्रिय बाघ दिवसको मुल उद्देश्य प्राप्त गर्न सकिने बताउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा दिनुभएको सन्देशको पूर्ण अंश :
संसारकै सुन्दर, अद्भूत र पारिस्थितिक रुपमा महत्वपूर्ण वन्यजन्तुमध्ये एक रहेको बाघको संख्या २० औं शताब्दीको शुरुबाट ९५ प्रतिशतले घटेकोमा चिन्तित सिंगो विश्व समुदाय पछिल्ला वर्षहरुमा संरक्षणमा विशेष जोड दिँदै आएको छ ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा सम्पन्न बाघ सम्मेलनले बाघहरुको भविष्य सुरक्षित गर्र्ने उद्देश्यले हरेक वर्षको जुलाई २९ लाई ‘अन्तर्राष्ट्रिय बाघ दिवस’ का रुपमा मनाउने घोषणासंगै प्रतिबद्धता व्यक्त गर्यो । बाघको संरक्षणमा बढावा दिने, सहयोग पुर्याउने र बाघको संख्यामा वृद्धि गर्ने उद्देश्य पनि यो दिवसको हो । यो उद्देश्यमा केही हदसम्म सफलता हासिल भएको छ ।
खासगरी, पछिल्ला वर्षहरुमा सरकार, स्थानीय समुदाय, संघसंस्था र सरोकारवालाहरुको महत्वपूर्ण समर्थन र प्रतिबद्धताले यसमा सहयोग पुगेको छ । हामीले यो क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी छ । यो दिवसले बाघलगायतका लोपोन्मुख वन्यजन्तुहरुको प्रभावकारी संरक्षणका लागि सबैलाई थप सचेत र उत्प्रेरित गराउने विश्वास लिएको छु ।
बाघ नेपालको संरक्षित स्तनधारी वन्यजन्तु, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धिको अनुसूची १ र विश्व संरक्षण संघको खतरामा परेको वन्यजन्तुको सूचीमा संकटापन्न प्रजातिको रुपमा सूचीकृत छ । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले बाघलाई संरक्षित प्रजातिको सूचीमा समावेश गरी यसको संरक्षणलाई विशेष महत्व दिएको छ ।
नेपालमा बाघको संख्यामा वृद्धि भएको तथ्याङ्कहरुले देखाएको छ । यहाँ घाँसे मैदान, पानी, आहार र वासस्थानको उचित व्यवस्थापनसंगै केही हदसम्म चोरी सिकारी नियन्त्रणका कारण पछिल्ला वर्षहरुमा बाघको संख्यामा निरन्तर वृद्धि हुनु सकारात्मक छ । तर, यसका चुनौतिहरु अझै विद्यमान छन् । खासगरी, अवैध वन्यजन्तुको व्यापार, मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको क्षति र खण्डीकरण तथा जलवायु परिवर्तनलाई पूर्ण नियन्त्रण वा न्युनिकरण गर्न आवश्यक छ । बाघको सुरक्षा र संरक्षणबाट थुप्रै लाभ लिन सकिन्छ । बाघ संरक्षित क्षेत्रहरुमा पर्यापर्यटन विकास गरी त्यसबाट प्रचुर लाभ लिन सकिन्छ । साथै, स्थानीय समुदायमा उक्त लाभको समुचित वितरण गर्दै आपसी तथा सीमापार समन्वयनलाई थप प्रभावकारी बनाउनु पर्दछ ।
अन्त्यमा, बाघको संरक्षणमा विद्यमान विभिन्न चुनौतिहरुको एकजुट भई सामना गर्दै अघि बढ्न सके मात्र अन्तर्राष्ट्रिय बाघ दिवसको मुल उद्देश्य प्राप्त गर्न सकिन्छ । यो दिवसले बाघ संरक्षणको महत्वपूर्ण अभिभारालाई दत्तचित्त र सक्रियताका साथ पूरा गर्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
Monday, 1 July 2024
समावेशी शब्दकोश निर्माण प्रक्रिया
प्रस्तोता: दिनेश यादव
मिति : २०८१ जेठ १५ गते ।
आयोजक : मधेश प्रज्ञा प्रतिष्ठान
समावेसी/बहुभाषी शब्दकोश :
द्विभाषी शब्दकोशहरुसंग बहुभाषी शब्दकोशहरुको गहिरो सम्बन्ध रहेको हुन्छ । यसमा एउटा व्यक्तिले एक भाषामा एक शब्द वा वाक्यांश हेर्ने गर्दछ र त्यसलाई कयौ भाषामा अनुवादका साथ प्रस्तुत गर्न सक्छन् । बहुभाषी शब्दकोशहरुलाई वर्णानुक्रममा व्यवस्थित गर्न सकिन्छ या शब्दहरुको विषय आधारमा समूहीकृत गर्न सकिन्छ ।
बहुभाषी शब्दकोश सिर्जना गर्नु भनेको एउटा भाषाबाट धेरै अन्य भाषाहरुका शब्दहरु र वाक्यांशहरुको अनुवादलाई संकलित र व्यवस्थित गर्नु हो ।
बहुभाषी शब्दकोशको निर्माण प्रक्रिया –
१.भाषाको छनौट (Choose Languages)
२. डेटा संकलन (Collect Data)
३.प्रविशिष्टहरुको व्यवस्थापन (Organize Entries)
४.सटीकता प्रमाणित (Verify Accuracy)
५. शब्दकोशको ढाँचा (Format the Dictionary)
६.अणुक्रमिका निर्माण (Create Indexes)
७.अतिरिक्त विशेषता (Additional Features)
८. नियमित अपडेट (Update Regularly)
९.प्रकाशित वा साझा गर्ने (Publish or Share)
१०.कानूनी विचार ( Legal Considerations)
माथिका बूँदाहरुको संक्षिप्तमा
१.भाषाको छनौट
शब्दकोशमा कुन भाषाहरु समावेश गर्ने त्यो तय गर्ने (यहाँ मैथिली भाषाका विभिन्न भाषिकासहित अन्य भाषाहरु छनौटमा पर्न सक्छन् ) । यसका लागि कुनै प्राथमिक भाषा (मैथिली) बाट प्रारम्भ गर्दै अन्य भाषाहरुका त्यसको सटिक अनुवाद छनौट गर्न सकिन्छ ।
२. डेटा संकलन
छनौटमा परेको प्राथमिक भाषा (मैथिली) मा प्रत्येक शब्द या वाक्यांशहरुका लागि अनुवादहरु संकलन गर्ने । यो कार्य हाल उपलब्ध शब्दकोशहरु, अनलाइन स्रोतहरु वा स्थानीय वक्ताहरुसंगको परामर्शमा गर्न सकिन्छ ।
३.प्रविशिष्टहरुको व्यवस्थापन
शब्दकोशमा प्रत्येक प्रविष्टिका लागि एउटा संरचित/संरचनात्मक ढाँचा (Structured format) निर्माण गर्ने । जसमा निम्न बिन्दू समावेश गर्ने–
प्राथमिक भाषा(Primary Language):प्राथमिक भाषाको शब्द वा वाक्यांश ।
अनुवादहरु (Translations) : अन्य भाषाहरुमा सम्बन्धित अनुवादहरु ।
व्याकरणीय भाग (Part of Speech) : यदि शब्द संज्ञा, क्रिया, विशेषण आदि हो भने कुरा निर्दिष्ट गर्ने ।
टिपोटहरुको उपयोग(Usage Notes) : प्रयोग, सन्दर्भ वा क्षेत्रीय भिन्नता/भाषिक विविधता लगायतका बारेका कुनै पनि सान्दर्भिक जानकारी समावेश गर्ने ।
४.सटीकता प्रमाणित
विभिन्न स्रोतहरुसंग क्रस–रेफरेन्स गरेर वा भाषा विशेषज्ञहरुसंग परामर्श गरेर अनुवाद सटिक र अद्यावधिक छ/छैन–सुनिश्चिता कायम गर्ने ।
५. शब्दकोशको ढाँचा
शब्दकोशको ढाँचामा निर्धारण गर्ने । यो डिजिटल (वेबसाइट, एप, वा दस्तावेज) वा भौतिक (पुस्तक) हुन सक्छ ।
६.अणुक्रमिका निर्माण
प्रयोगकर्ताहरूलाई द्रुत रूपमा शब्दहरू फेला पार्न सजिलो बनाउन प्रत्येक भाषाको लागि वर्णमाला (वर्णानुक्रमिक) अनुक्रमणिकाहरू समावेश गर्ने ।
७.अतिरिक्त सुविधा/विशेषता
शब्दकोषको उपयोगिता र अपील बढाउनको लागि उच्चारण मार्गनिर्देशिका (गाइडहरू), प्रयोगका उदाहरणहरू, सांस्कृतिक नोटहरू, वा चित्रहरू लगायतका सुविधाहरू थप्ने ।
८. नियमित अपडेट
भाषाहरू समयसँगै विकसित हुन्छन्, त्यसैले शब्दावली र प्रयोगमा परिवर्तनहरूलाई प्रतिबिम्बित गर्न समय–समयमा शब्दकोशलाई आवधिक गर्दै अपडेट गर्ने ।
९.प्रकाशित वा साझा गर्ने
शब्दकोश एक पटक पूरा भइसकेपछि त्यसलाई प्रकाशित गर्ने वा इच्छित पाठक/विज्ञ समक्ष साझागर्ने । सुधारको लागि प्रतिक्रिया लिएर शब्दकोशलाई परिमार्जित गर्ने ।
१०.कानूनी विचार
शब्दकोश कम्पाइल र प्रकाशन गर्दा प्रतिलिपि अधिकार र बौद्धिक सम्पत्ति कानूनहरूमा ध्यान दिने । विशेष गरी उपलब्ध स्रोतहरूको प्रयोग गरेको अवस्थामा कानूनी प्रावधानमा ध्यान दिने ।
Sunday, 23 June 2024
अपनी बात (#गरीबों की जिंदगी से)
अतुकांत कविता ने जहां बहुत लोगों को अपनी बात काव्य शैली में कहने का अवसर दिया वहीं कविता को विभिन्न विचारों से और समृद्ध करता रहा हैं। कविता का वितान फूला-फला तो कई शैलियों में काव्य सृजन होने लगा। इसी पृष्ठभूमि और यथार्थ के करीब है मेरी यह कविता संग्रह -
कविता को सबसे गहन साहित्य विधा कहना अतिशयोक्ति नहीं होगी। यह मौलिक भाषा, शैली, लय, प्रस्तुति और बिंबों के साथ अपने हर पाठ में अलग तरह से खुलती है। अलग मनःस्थिति में मानस पर अलग छाप छोड़ती है और प्राचीन होने पर भी नित नवीन होती रहती है।
अतुकांत कविता ने जहां बहुत लोगों को अपनी बात काव्य शैली में कहने का अवसर दिया वहीं कविता को विभिन्न विचारों से और समृद्ध करता रहा हैं। कविता का वितान फूला-फला तो कई शैलियों में काव्य सृजन होने लगा। इसी पृष्ठभूमि और यथार्थ के करीब है मेरी यह कविता संग्रह।
मै पूर्ण विश्वास के साथ कह सकता हूँ कि यह कविता संग्रह पढ़ते हुए आप सभी को मेरा कवित्व मनोभाव और मनोविज्ञान समझने मे सरल होगा। आमजन के पीडा, बेदना और दर्द को मैने करीब से देखा हैं। उसी के इर्दगिर्द रहकर मैने अपनी भाव और भंगिमा को कविता के माध्यम से सरल, सुरम्य, सौम्य और शिष्ट शैली में पाठक समक्ष दर्ज किया हैं। मुझे आशा ही नही पूर्ण विश्वास हैं कि मेरी यह अनुपम काव्यात्मक शैली आप सभी को जरुर पसंद आएगी।
मेरी मातृभाषा मैथिली, स्कूल में शिक्षा का माध्यम नेपाली, काँलेज में शिक्षा का माध्यम अंग्रेजी, रोजगारी की भाषा नेपाली और अंग्रेजी रही हैं। परन्तु साहित्य सृर्जना की माध्यम मैथिली, नेपाली, हिन्दी आदि भाषाएँ हैं। इन भाषाओं मे मै अपनी साहित्यिक रचना करता आ रहा हूँ। अनुशन्धानमुलक कृति सहित कविता, लघुकथा, हाइकुसहित करीब आधा दर्जन पुस्तक प्रकाशन के लिए पाण्डुलिपी तयार हैं। अपनी कार्य व्यस्तता के कारण प्रकाशन नही कर पाया हूँ। पूर्व मे विज्ञान विषय के अध्यापक के नाता से मैने नेपाल के अंग्रेजी माध्यम मे पठन-पाठन हो रहे पाठशालाओं मे वर्ग 4 से 10 तक ‘साइन्स एंड टेक्नोलजी’ शीर्षक मे नेपाल सरकार से मान्यता प्राप्त पाठ्यक्रम मे आधारित पाठ्यपुस्तक प्रकाशित हैं। नेपाल के करीब 10 हजार पाठशालाओं मे यह पढाया जाता है।
मेरी साहित्य भूख ने मुझे साहित्य सिर्जना मे आगे बढ्ने के लिए हमेशा हौशला प्रदान किया हैं। इसमे साहित्यपीडिया डॉट कॉम को विशेष श्रेय जाता हैं। इस मंच ने मुझे कविता संग्रह प्रकाशन हेतु मुझे जो अवसर प्रदान किया है, उसके लिए साहित्यपीडिया परिवार प्रति विनम्र आभारी और अनुग्रहित हूँ। कोटि-कोटि साधुवाद भी देना चाहता हूँ।
अन्तमें, हिन्दी मेरी सम्पर्क भाषी होने के कारण मेरी रचनाओं में त्रुटि भी हो सकती हैं। इसके लिए मुझें एक हिन्दी भाषी प्रेमी के रुप मे स्वीकार कर क्षमा करते हुए हिन्दी साहित्य मे योगदान करने के लिए सभी सुधि पाठकवर्ग प्रेरित और हौशला प्रदान करेगें-मेरी अपेक्षा हैं। प्रबुद्ध पाठकवर्ग के सुझाब, सल्लाह और प्रतिक्रिया के लिए मै सदैव प्रतिक्षारत हूँ। क्योंकी आप लागों के इस पवित्र कार्य से ही मै भविष्य मे अपने को परिस्कृत और रुपान्तरित कर पाऊँगा।
- दिनेश यादव कलंकी, शिवनगर, सुम्लाङकोट मार्ग काठमाण्डू महानगरपालिका-14 काठमाण्डू (नेपाल)
Friday, 26 April 2024
मधेशको सर्लाहीमा उन्नाइस करोडको तरकारी बिक्री
फागुन महिनामा मात्रै लालबन्दी तरकारी बजारबाट १० करोड सात लाख ५६ हजार ८७ रुपैयाँको तरकारी अन्यत्र निकासी भएको छ । किसानले फागुन महिनामा गोलभेँडा मात्रै चार करोड ७३ लाख ४२ हजार ८८७ रुपैयाँ र सिमी एक करोड ५७ लाख ३६ हजार ८७५ रुपैयाँको बिक्री गरेका छन् । फागुन महिनामा हरियो खुर्सानीबाट ७१ लाख ४६ हजार रुपैयाँ, काउलीबाट ४५ लाख ९३
हजार ७ सय ५० रुपैयाँ, बन्दाबाट २६ लाख ६२ हजार दुई सय रुपैयाँ, भिन्डीबाट ११ लाख ७३ हजार रुपैयाँसहित अन्य हरियो तरकारी बिक्रीबाट किसानले राम्रो आम्दानी गरेका छन् ।
सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारमा किसानले दुई महिनामा १९ करोड बढीको तरकारी बिक्री गरेका छन् । कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार लालबन्दी–७, डुमडुमेस्थित तरकारी बजारबाट फागुन र चैत महिनामा किसानले बिक्री गरेको १९ करोड बढीको तरकारी बाहिरी बजारमा निकासी भएको छ ।
फागुन महिनामा मात्रै लालबन्दी तरकारी बजारबाट १० करोड सात लाख ५६ हजार ८७ रुपैयाँको तरकारी अन्यत्र निकासी भएको छ । किसानले फागुन महिनामा गोलभेँडा मात्रै चार करोड ७३ लाख ४२ हजार ८८७ रुपैयाँ र सिमी एक करोड ५७ लाख ३६ हजार ८७५ रुपैयाँको बिक्री गरेका छन् । फागुन महिनामा हरियो खुर्सानीबाट ७१ लाख ४६ हजार रुपैयाँ, काउलीबाट ४५ लाख ९३
हजार ७ सय ५० रुपैयाँ, बन्दाबाट २६ लाख ६२ हजार दुई सय रुपैयाँ, भिन्डीबाट ११ लाख ७३ हजार रुपैयाँसहित अन्य हरियो तरकारी बिक्रीबाट किसानले राम्रो आम्दानी गरेका छन् ।
त्यस्तै चैत महिनामा लालबन्दी बजारमा किसानले नौ करोड १८ लाख ८३ हजार ४२५ रुपैयाँको तरकारी बिक्री गरेका छन् । चैत महिनामा पनि सबैभन्दा धेरै गोलभेँडा मात्रै चार करोड ४२ लाख दुई हजार छ सय रुपैयाँको बिक्री भएको छ । यो महिनामा किसानले एक करोड नौ लाख ७५ हजार पाँच सय रुपैयाँको सिमी, ६४ लाख ३० हजार रुपैयाँको हरियो खुर्सानी, ४३ लाख ४८ हजार १२५ रुपैयाँको भान्टा, २५ लाख ७० रुपैयाँको परबरसहित अन्य हरियो तरकारी बेचेका छन् ।
लालबन्दी बजारमा किसानले ल्याएर बिक्री गर्ने तरकारी अहिले काठमाण्डुको कालीमाटी र बल्खु तरकारी बजारसहित नारायणघाट, पोखरा, गौर, मलङ्गवा, जनकपुरधाम, सिन्धुलीसहित पहाडी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुसम्म पनि पुग्ने गरेको कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए । लालबन्दी बजारमा सर्लाहीको आधा दर्जनभन्दा बढी पालिका र महोत्तरीको बर्दिबास तथा गौशाला नगरपालिकाका किसानले समेत आफूले फलाएको तरकारी ल्याएर बिक्री गर्ने गरेका छन् ।
स्रोत: जनकपुर टूडे, पृ.३, २०८१ वैशाख १४ गते शुक्रबार
https://ejanakpurtoday.com/wp-content/uploads/2024/04/combinepdf-121.pdf
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई
अहिले हामीले गरिरहेको संसदीय अभ्यास स्वस्थ्यकर देखिन्न । पहिलो कुरा संविधान नै संसदीय र सङ्घीय दुई शासकीय प्रणाली तथा मिश्रित निर्वाचन प्रणाली रहने गरी बनाइयो । यो सम्मिश्रण संविधानमा छ । यी एकापसमा नमिल्ने विषय हुन् । मिश्रित वा समानुपातिक निर्वाचनमा जाने हो भने राष्ट्रपतीय प्रणाली राखौँ, होइन भने मिश्रित निर्वाचनले राजनीतिक स्थिरता दिँदैन भन्ने विषय संविधानसभाकै बखत नेतालाई धेरै अनुरोध गरिएको थियो । अहिले अपनाएको शासकीय स्वरूप राष्ट्रपतीय र संसदीय दुबै होइन । केही विशेषता संसदीय राखेर समावेशिताका निम्ति मिश्रित निर्वाचन प्रणाली राखेर आइयो । त्यसो भएर जतिसुकै पवित्र आकाङ्क्षा भए पनि संवैधानिक व्यवस्थाले नै अस्थिरताको विकार लिएर आएको छ । हामीले मुलुकमा ठुलो राजनीतिक परिवर्तन गरी लोकतन्त्र ल्याएका छौँ, त्यसको सुदृढीकरणका अभ्यासमा छौँ, तर हाम्रा नेताका मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ्न सकेको छैन । तर मेरो भनिरहँदा ‘मेरो देश’ भन्नेचाहिँ देखिन्न । उहाँहरूमा देशप्रतिको कर्तव्य मधुरो रहेको हो कि भन्ने महसुस हुन्छ ।
राजनीतिक स्थायित्व नहुनामा मनोवृत्तिसँगै प्रणालीको पनि दोष छ । कसैलाई मन नपर्नासाथ विश्वास र अविश्वासको खेल सुरु हुन्छ । अहिलेको निर्वाचन प्रणालीकै कारण कसैको बहुमत आउनै नसक्ने स्थिति छ । अर्कातिर मनोवृत्ति पक्ष पनि बलियो छ, बहुमत पाएका अवस्थामा पनि पाँच वर्ष सरकार चलाउन नसकेको उदाहरण छन् । दुई तिहाइ होस् वा सहज बहुमत (कम्फर्टेबल मेजोरिटी) का समयमा पनि सरकार पूरा अवधि टिकाउन र चलाउन सकिएन । प्रतिपक्षले पाँच वर्ष पर्खन र सरकारको जिम्मा लिनेबाट पूरा अवधि टिकाउन नसकेको अवस्था छ । गएको ३२ वर्षको अनुभव र अभ्यास यही छ ।
संसद् परिणाम दिने गरी कानुन निर्माण गर्न कमजोर छ । यसमा संसद् र सांसद दोषी छैनन् । सरकारले ‘बिजनेस’ दिँदैन भने संसद्ले के बनाउने भन्ने प्रश्न उब्जन्छ । संसद्लाई ‘बिजनेस’ सरकारले दिने हो । सरकार नै अस्थिरतामा रहन्छ भने कानुन कसरी बनाउन सक्छ ? संसदमा भएका विधेयकमाथि समितिमा छलफल चलि नै रहेका छन् । अरू ‘बिजनेस’ गएको छैन । संविधान कार्यान्वयनसँग जोडिएका ऐन कानुन पहिलो प्राथमिकतामा राख्नुपर्ने हो, त्यो भएको छैन । सरकारको अस्थिरतासँगै मन्त्रीमा हुने फेरबदलले कानुनमा ढिलाइ र अन्योलको अवस्था देख्छु । म केहीअघिसम्म शिक्षामन्त्रीका रुपमा कार्यरत थिएँ । त्यहाँ गएपछि मुलुकको शिक्षा प्रणालीमा अलमल र समस्या ऐन कानुनमा देखेँ । देशको समग्र शिक्षा र विज्ञान प्रविधिसँग सम्बन्धित ११ ऐन कानुन संशोधनका लागि सदनमा लगिएको थियो, सरकार फेरियो त्यो विषय अलमलमा परिहाल्यो । आगामी अधिवेशन बजेटमा केन्द्रित हुन्छ ।
निजामतीतन्त्रमा अदब, अनुशासन र कार्यसम्पादन विगतका तुलनामा कमी छ । ‘सरकारको काम कहिले जाला घाम’ भनेजस्तो शिथिल अवस्था देखिन्छ । प्राप्त जिम्मेवारी कसरी छिटो सक्ने भन्ने हुटहुटी कम छ । व्यक्तिगत रूपमा केही सक्रिय, इमान्दार र पूरापुर काम गर्नुपर्छ भन्ने भावना देखिन्छ । तर समग्रमा कर्मचारीतन्त्रको ‘नट बोल्ट’ खुकुलोअर्थात् ढिलाढाला जस्तो छ । सही ढङ्गबाट नचलिरहेको जस्तो देखिन्छ । अन्तर–मन्त्रालय समन्वय जति हार्दिकतापूर्ण र तीव्र हुनुपथ्र्यो, त्यो पाइँन । रायका लागि पठाइएको फाइल तीन महिनादेखि तीन वर्षसम्म मन्त्रालयमा रोकिएर बस्ने अवस्था छ । नहुने भए त्यस समयमा हुन्न भन्नुपर्यो, हुने भए समयमै गर्न र बताउनुप¥यो । त्यस खालको समस्या देखियो । म चार वटा क्याबिनेटमा बस्दा त्यो भिन्नता पाएँ ।
हामीले कर्मचारीतन्त्रलाई राजनीतिकरण गर्यौँ । हरेक दलले आफ्ना समर्थकलाई गोप्यरूपमा सदस्य दिएर ट्रेड युनियन खोल्न लगायौँ । सामूहिक स्वार्थका लागि बोल्न एउटा ट्रेड युनियन दिन सकिन्थ्यो होला, तर हरेक राजनीतिक दलले कर्मचारी आफ्नो बनाउने होड चलायो । कर्मचारी संयन्त्रमा राजनीति प्रवेश ग¥यो । कर्मचारीमा राष्ट्र, राष्ट्रियता, जनताप्रतिको कर्तव्य, ऐन कानुन, विधिभन्दा बढी मेरो पार्टी भन्ने मनोविज्ञान दिमागमा हुलिदियौँ । अर्को भनेको, भ्रष्टाचार नियन्त्रण गर्न सकिएन । राजनीतिक नेताले पनि भ्रष्टाचार बेसरी गर्ने अनि कर्मचारीलाई पनि औजारका रूपमा प्रयोग गर्ने प्रवृत्ति छ । त्यस कारण राम्रा, इमान्दार कर्मचारी निरुत्साहित हुन पुगे । भ्रष्टाचार र अवसर प्राप्तिका निम्ति त्यस्तै खालका मानिसको प्रयोगले इमान्दारको उनीहरूको मनोबल खस्कियो । अर्कातर्फ अहिलेका निजामती कर्मचारी लोकसेवा उत्तीर्ण भए पनि समस्यालाई बुझ्ने र समाधानका उपाय निकाल्ने क्षमतामा कमी छ । अबको भर्ना छनोट प्रक्रियामा सुधार गर्नुपर्छ । घोकेर, रटेर पाठ्यक्रमभित्रको प्रश्नलाई कण्ठ गर्नेभन्दा सिर्जनात्मक परीक्षण विधि थप्नुपर्छ । कर्मचारीलाई चुस्त तुल्याउन समयबद्ध तुल्याउन तालिम दिनपर्छ ।
कर्मचारीलाई दक्ष, योग्य, कार्यकुशल बनाउनु सरकारको दायित्व हो । समयबद्ध तरिकाले तालिम, प्रशिक्षण, सरुवा र बढुवाको आवश्यकता छ । लामो समयदेखि एकतात्मक शासन प्रणालीको अभ्यास गरिआएकाले उनीहरूलाई सङ्घीयताको मर्म र भावना बुझाउन सकिएको छैन । सङ्घीयताको मर्म र भावनाबारे तालिम–प्रशिक्षण तथा विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्छ । सङ्घीयता किन उत्कृष्ट शासन व्यवस्था हो, यो नेपालमा किन जरुरी छ भन्ने पाटो नबुझेर विरोध गरिएको छ । सङ्घीयतासँग सम्बन्धित करिब डेढ सय कानुन अझै बनाउन सकिएको छैन । त्यसैले प्रदेश कमजोर अवस्थामा छन् । प्रदेश टिकाइ मात्र राख्ने, काम गर्न नपाउने जस्तो अवस्था छ । सङ्घीयताको असल अभ्यास गर्ने हो भने सोहीअनुरूप ऐन, कानुन र संविधान संशोधन गरी कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि कर्मचारीतन्त्रको पुरानो मनोविज्ञान र धङधङीलाई सङ्घीयतातर्फ उन्मुख गराउनुपर्छ । सङ्घले प्रदेश र स्थानीय तहलाई अधिकार नै दिन नचाहने प्रवृत्ति नेता र कर्मचारीमा छ । सरकार बाहिर बस्दा सङ्घीयता भन्ने तर सरकारमा गएपछि अधिकार किन दिने भन्ने प्रवृत्ति छ । यो अधिकार ऐन कानुन निर्माण गरेर हस्तान्तरण गर्नुपर्छ ।
पाखुरा सुर्किएर झगडा गर्ने नेपाली समाजको प्रवृत्ति सदनमा पनि देखिन्छ । त्यो नभई दिए हुन्थ्यो भन्ने लाग्छ । एउटै कुरालाई अनेक कोणबाट प्रस्तुत गर्न सकिन्छ । सदनमा आफ्ना विषयवस्तु रोचक, घोचक र मननीय हिसाबले प्रस्तुत गर्न सकिन्छ । सदन खण्डनमण्डनभन्दा पनि राष्ट्रको मनन र चिन्तन गर्ने थलो हो । त्यहाँ नेतृत्वले नरम र उदाहरणीय ढङ्गबाट प्रस्तुत भइदियोस् भन्ने लाग्छ । नेता सदमार्ग देखाउने अगुवा हो । ऊ समाज र जनतालाई असल मार्ग देखाउने हिस्साबाट प्रस्तुत हुनुपर्छ । विगतमा संसदीय अभ्यास नजानेर, नबुझेर गलत कार्य भए । तर यसबीचमा सदनमा अलि बढी नै तहसम्म गयो कि भन्ने छ । सदनमा एउटाले बोलेको अर्काले खण्डन गरिरहनुपर्ने होइन । सदन वाद विवादको मञ्च होइन, त्यो खासमा जनताको आवाज राख्ने मञ्च हो, कानुनसम्बन्धी छलफल गर्ने स्थल हो । सभामुखतर्फ मुख फर्काएर बोल्नुपर्नेमा अर्कैतर्फ मुख फर्काएर बोलेकोजस्तो देखिन्छ ।
सांसदले आफ्नो जिम्मेवारी नबुझ्नुमा समस्या छ । विधायकले ऐन कानुन निर्माणको मूल भूमिका निर्वाह गर्नुपर्छ । जनताको अपेक्षा पानीको धारादेखि विश्वविद्यालयसम्मका लागि बजेट, कार्यक्रम र आयोजना ल्याउनुपर्छ भन्ने छ । जनताको इच्छामा मेरो जिम्मेवारी होइन भन्न सक्ने अवस्था छैन । त्यो भएर मन्त्रीलाई भेट्न मन्त्रालय धाउनुपर्ने स्थिति छ । हामी सबै धाइरहेकै छौँ । अहिलेको मानसिकता, प्रक्रिया र पद्धति नफेरिइन्जेल धाउनुपर्ने नै होला नि । समितिमा कोरम नपुग्ने विषय भने लाजमर्दो छ । समितिका बैठक छाड्नै हुन्न, अनिवार्य उपस्थित हुनुपर्छ । समितिमा अर्को गलत अभ्यास धेरैजसो सांसद सुरुमा हात उठाएर बोल्ने अनि हिँडिहाल्ने छ, त्यो हुनहुन्न । गहन र मसिनो छलफल गरी उपयुक्त निर्णय गर्नुपर्छ । त्यो नहुँदा गुणात्मक नीति र कानुन बनाउन हामीले ध्यान दिएका छैनौँ भन्ने लाग्छ ।
भ्रष्टाचार भनेको मनोवृत्ति हो । अन्त्यन्त सम्पन्न मुलुकका नेता र नेतृत्व पनि भ्रष्टाचारमा मुछिएको देखिन्छ । यो पैसाको लेनदेन मात्रै पनि होइन, नीतिगत भ्रष्टाचार पनि धेरै छ । यो पाप र लोभसँग सम्बन्धित छ । लोभी मनोवृत्ति भएका मानिस पाप गर्न पुग्छन् । भ्रष्टाचार प्रणालीगत रूपमा संस्थागत भएको प्रतिवेदन र सेवाग्राहीले बताइरहेका छन् । तलदेखि माथिसम्म कमिसनतन्त्र मौलाउँदो छ । अर्कातर्फ प्रत्यक्ष निर्वाचन प्रणालीले पनि भ्रष्टाचारलाई बढाउने काम भइरहेको छ । निर्वाचनमा विभिन्न शक्ति, व्यक्ति र प्रवृत्तिले खर्च गरिरहेका हुन्छन् । हालको निर्वाचन प्रणालीले पार्टीलाई पैसा चाहिने अवस्था सिर्जना गरेको छ । त्यसका लागि उद्योगी, व्यापारीबाट चन्दामार्फत खर्च जुटाइन्छ । चन्दा लिने र दिने भएपछि नेताहरू दबाबमा पर्छन् । त्यो भएर हामीले प्रत्यक्ष निर्वाचन हटाएर समानुपातिकमा जाऔँ भनिरहेका छौँ । यसले समावेशीतालाई पनि सुनिश्चित गर्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाऔँ । सांसदबाट मन्त्री नबनाउने, स्वच्छ छवि भएका व्यक्तिलाई लैजाने व्यवस्था हुनुपर्छ । सरकारलाई स्थायित्व दिऔँ, भ्रष्टाचारलाई स्रोतमै रोकौँ भनेर संविधानसभामा म धेरै कराएँ । अहिले अभ्यासमा रहेको शासन प्रणाली ‘कक्टेल’जस्तो भयो, निर्वाचन पनि ठिमाहा बनाइयो । मिश्रित निर्वाचन प्रणाली विकृतिपूर्ण छ । यसले लेनदेनको अवसर गराउँछ । अब पूर्ण समानुपतिक प्रणाली अवलम्बन गर्नुपर्छ ।
बेरोजगारी समस्या र रोजगारीको अभावले पनि विदेश जाने युवा–विद्यार्थीको सङ्ख्या बढेको छ । आजको संसार विज्ञान, प्रविधि, यातायातका हिसाबले जोडिएर एउटा गाउँ र परिवारजस्तो भएपछि आवतजावत बढ्यो । अहिले जो जहाँ पनि पुग्न सक्ने अवस्था बन्यो । विकसित मुलुकमा न्यूनतम तलब–सुविधामा काम गर्ने श्रमिकको अभाव भयो । उनीहरूले हाम्रा मानिसलाई रोजगारी दिन थाले, अर्कातर्फ हाम्रो अर्थतन्त्र पनि कमजोर भयो ।
तुलनात्मक रूपमा विदेश गएकाहरूले बढी पैसा ल्याउन थाले । त्यो व्यक्ति गाउँमा जाँदा फुर्तीफार्ती बढ्यो, अनि अरू पनि त्यसबाट लालायित हुन पुगे । ‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने मनोवृत्ति मौलाउँदै गयो । अनि ठूलो संख्यामा युवा–विद्यार्थी विदेश दौडन थाले । त्यसलाई रोक्न मनोवैज्ञानिक रूपमा देशप्रेम भर्नुपर्छ । अवसर यहीँ सिर्जना गर्नुपर्छ, अर्थतन्त्र सुदृढ गर्नुपर्छ । राज्य व्यवस्थाभित्रको ढिलासुस्ती, भ्रष्टाचार तथा सेवाग्राहीलाई हेप्ने र दुःख दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ । स्वदेशका विश्वविद्यालयले समयमै अध्ययन–अध्यापन गराउने, परीक्षा लिने व्यवस्था गर्नुपर्छ, राष्ट्रभक्ति दिने शिक्षा दिलाउनुपर्छ । त्यो अनुभूति गराउनुपर्छ । तर यहाँ मुड्की बजाएर नेता हुने प्रवृत्ति छ । अब्बल विद्यार्थी नेता हुने अवस्था अहिले देखिन्न । गुण्डागर्दी गर्ने, तालाबन्दी गर्ने, प्राध्यापक कुट्ने नेता हुने प्रवृत्ति छ । त्यसो भएर असल र मेहनतीको विदेश पलायन बढेको हो ।
मलेसिया र सिङ्गापुरको जस्तो उदाहरण विद्यमान शासन प्रणालीबाट नेपालमा एउटा व्यक्तिले गर्न र दिन सक्ने अवस्था छैन । राष्ट्रपतीय प्रणालीमा जाँदा आफूअनुकूलको मन्त्रिमण्डल बनाउन सकिन्छ । त्यस प्रणालीका आधारमा मात्र एउटा सज्जन, इमान्दार व्यक्तिको छनोट भएमा मुलुक बन्ने आधार तयार हुन्छ । अहिलेको प्रणालीमा एउटा नेता जतिसुकै सज्जन भए पनि केही लाग्दैन । खुट्टा तानेर लडाइदिन्छन् । शासकीय स्वरूपमा परिवर्तन गर्नैपर्छ । स्थानीय तहलाई पार्टी बाहिर राख्नुपर्छ । स्थानीय सरकारलाई सेवाग्राहीलाई सेवा उपलब्ध गराउन र विकास निर्माणमा संलग्न गराउनुपर्छ ।
मतदाताले पनि मुलुकलाई सही ढङ्गले मार्गनिर्देश गर्न सक्ने नेतृत्व रोज्नुपर्छ । जनताले खोजिरहेको विकल्प उनीहरूको चाहनाअनुसारको नपर्ने हो कि भन्ने मलाइ लागेको छ । निरास नै हुनुपर्ने अवस्था छैन । मुलुकले चाहेको जस्तो नेता मतका माध्यमबाट जन्माउनुपर्छ । त्यो क्षमता जनतामा छ । ती नै सर्वशक्तिमान् छन् । चित्त नबुझेका नेता र पार्टीलाई फालिदिने शक्ति उनीहरूमा छ । उनीहरूले त्यो अस्त्र प्रयोग गर्न सक्नुपर्छ ।
नोट : जनता समाजवादी पार्टीका नेता अशोककुमार राईसंग #राससले लिएको अन्तर्वार्तामा आधारित यो सामग्री विभिन्न अनलाईन र दैनिक पत्रिकाहरुबाट संग्रह/साभार गरिएको हो ।
समाचारका लिंकहरु :
https://www.ratopati.com/story/423432/ashok-rai
https://www-.newsabhiyan.com.np/news-details.php?nid=325844
https://pradeskhabar.com/?p=46143
Thursday, 25 April 2024
गरिबी र अन्याय (नेपाली कथा)
●दिनेश यादव -
रामबत्ती बिहानै उठेर घरको कामधन्दामा व्यस्त थिइन ।
तीन वर्षिया छोरी मञ्जू पनि सकालै उठिन । आमालाई संगै नदेखेपछि केही बेर रोईन । आँखा मिच्दै बाहिर निस्किन ।
आंगनीको चुल्हो नजिकै राखिएको दाउराबाट एउटा लौरो बोकेर आमा खोज्दै थिइन ।
भाडाकुँडा माँझी वरी छाप्रोको भित्तामा माटोले लिपपोत गर्दै गरेकी रामबत्तीलाई मञ्जूले भेटिन । रिसले भुत्तुक्कै उनी एकछिन अलमलमा परिन । नजिकै ठिङ्ग उभिएर केही नबोलिकनै आमाको काम हेर्नमा व्यस्त भईन ।
रामबत्ती : नानुलाई भोक लाग्यो हो ?
मञ्जूले मुख बटार्दै अर्को दिशातिर हेरिन् ।
रामबत्ती : भित्तामा माटो लिपपोत गर्न सकिनै लागेको छ, मेरी छोरीलाई नास्ता बनाइ दिन्छु ल ।
मञ्जू फेरी पनि बोलिनन्, तर हातको लौरो चाहिँ फाँलिछन् ।
रामबत्ती : मेरी ज्ञानी छोरीले के खाने ?
मञ्जूः: (आमाको अनुहार हेर्दै) दूधभात खानी.....।
रामबत्तीले हुन्छ त भनिन् तर, घरमा न चामल छ न दूध नै ..भन्ने कुरा छोरीको मायाले भुत्तुक्कै बिर्सिछन् ।
लिपपोत्त सकेर उनी छिमेकीकोमा चामल माग्न गइन । छिमेकीले नानाथरीको सुनाउँदै घरआंगनमा कुच्चो लगाउँन भनिन् ।
एकछिन मौन बसिन । शायद सोच्दै थिइन–छिमेकीले भनेको काम सक्दासम्म त मञ्जूलाई भोकले गाह्रो होला ।
रामबत्ती उठिन र कुचो समाएर छिमेकीको काम गर्न थालिन् । कामको सूरमा उनी छोरी भोकोले आकुल व्याकूल होली भन्ने कुरा बिर्सिन ।
छिमेकीको ६ कोटे घर, बार्दली र ठूलो आंगनीमा कुच्चो लगाउँदा लगाउँदै निक्कै अबेर भै सकेको थियो ।
छिमेकीले कोठीबाट चामलको झिकेर आँगनीमा थुप्रो लगाउँदै भनिन्, ‘यो पनि केलाउँ हैं...।’
रामबत्ती विवश थिइन । भनिन्, ‘छोरीको लागि भात पकाएर आउँछु, त्यसपछि केलाउँला । ’
छिमेकीः: हुँदैन, मेरो पनि चुल्हो बाल्ने बेला भई सक्यो, फेरी आज उहाँ (श्रीमान्) राजबिराज जाने, विपुल (छोरा) को क्रिकेट म्याच छ ....।
रामबत्ती निराश हुँदै बिन्ति गरिन्, ‘मञ्जूको बुवा परदेशमा छन्, एक्लो छोरीलाईृ घरमा छाडेर आएकी छु । ’
छिमेकी : थोरै छ, केलाएर आफ्नो सिदा लिएर जाउँ ।
रामबत्ती चामल केलाउँन थालिन् । समय तिब्र गतिमा थियो । १२ बजेपछि उनी एक छाँके चामल बोकेर घर पुगिन ।
मञ्जू घरमा थिइनन् । खौंछामा चामल लिएरै उनी मञ्जूलाई खोज्न भौतारिदै सारा बस्ती घुमिन । छोरी कत्तै फेला परिनन् ।
रुँदै, किलोल गर्दै छोरीलाई खोजि दिन टोलबासीलाई आग्रह गर्दै थिइन ।
त्यसैबीच, छुतहर काका खेतमा कृषिकर्म सकेर घर फर्केका रहेछन् । उनले गाउँका एक लागू पदार्थ दूव्र्यसनीसंग मञ्जूलाई आँपको बगैंचातिर जाँदै गरेको देखेका थिए ।
मञ्जू हराएको थाहा पाएपछि उनले रामबत्तीलाई छोरीलाई देखेको जानकारी दिए । त्यसपछि रामबत्तीसहित छरछिमेकीको एउटा लावालश्कर आँपको बगैंचातिर मञ्जूलाई खोज्न निस्के । बगैंचा नजिकै बाटोमा चकलेटका थुप्रै प्लास्टिकहरु यत्रतत्र थिए । पछ्याउँदै जाँदा बगैंचामा नयाँ विरुवा रोप्न खनिएको खाल्डो नजिकै रगतका टाटाहरु देखिए ।
रामबत्ती जोर–जोरले चिँच्याउँदै कहिले आफ्नो छात्तीमा मुक्का हान्थिन त कहिले आफ्नो कपाल आफै भुत्लाउँन थालिन् ।
खाल्डो भन्दा केही पर मञ्जूको कपडा पनि भेटियो..... ।
केही बेर बगैंचामा सन्नाटा छायो । छुतहर काकाले खाल्डोमा पुरिएको माटो हटाउँदै थिए । अन्यासै उनी ‘हे भगवान’ .....। भनेपछि भिड सबै खाल्डोतिरै झुम्मियो .......। रगतले लतपत मञ्जू नग्न शरीर चिर निद्रामा भेटिइन ।
रामबत्ती बेहोस् भइन्, दाँती छुटाउँन गाउँलेलाई हम्मे–हम्मे थियो ।
होश खुलेपछि, ‘दूधभात....दूधभात.....भन्दै बिलौना गर्दै आमा पटक–पटक बेहोस हुँन्थिन ।
विभत्स घटनाको केही दिनपछि गाउँमा बसेको पंचैतीमा अपराधीलाई केही हजार रुपैयाँ दण्ड तिराएर पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरियो ।
यो निर्णय गाउँका सबैले मान्नै पर्ने उलेमा जारी गरियो । पंचैतीको नेतृत्व गर्नेहरुले यो घटनालाई बाहिरिनबाट रोक्न र प्रहरीबाट जोगिन सबै गाउँलेलाई किरिया (कसम) खान पनि लगाए । कसैलाई घरको बनहन, कसैलाई आगो, कसैलाई छोराको टाउँकामा हात राखेर किरिया खुवाए ....। यसरी गाउँका एक जना सामन्तीको बिगरैल र अपराधी छोरालाई पंचहरुले माझी दिए..... । तर, निर्धन र बेसहारा मञ्जू र उनको परिवारले न्याय पाएनन् । ‘निर्धनता हुनु नै मञ्जू र उनको परिवारको अपराध थियो’ भन्ने जस्तो अमानवीय र क्रुर्र नजिर गाउँले पंचहरुले बसालि दिए.....। यो क्रम अझै मधेशका गाउँघरमा कहिलेसम्म चल्ने हो ?
Wednesday, 24 April 2024
कति उपलब्धिमूलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?
कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयमा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरूको उपस्थितिमा ती सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो ।
सो अवसरमा नेपाल र कतारबिच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै नेपाल र कतारका सरकारी समाचार एजेन्सीबिच समाचार आदानप्रदान सम्झौता तथा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसैगरी युवा तथा खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका तर्फबाट विदेश राज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गर्नुभएको थियो । यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्सका बिचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गर्नुभएको थियो ।
मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो । सरकारले उहाँको भ्रमणका अवसरमा वैशाख ११ गते नेपालभर सार्वजनिक बिदा दिएको थियो । कतारी अमिर थानी आजै दिउँसो काठमाडौँबाट प्रस्थान गरिसक्नुभएको छ । कतारका अमिरका लागि प्रधानमन्त्री दाहालले बुधबार दिउँसो द्वारिका होटलमा दिवाभोजको आयोजना गर्नुभएको थियो । कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो वैशाख ११ गते अपराह्न यहाँ आइपुग्नु भएको थियो ।
कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपति पौडेलले उहाँको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गर्नुभएको थियो । कतारका अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत तथा बिदाइ गर्नुभएको थियो । भ्रमणका क्रममा नेपाल र कतारबिच लगानी एवम् सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसमूह’ गठन गर्ने समझदारी भएको छ ।
नेपाल र कतारबिच सन् २००५ मार्च २१ मा नेपाली जनशक्ति रोजगारीसम्बन्धी द्विपक्षीय सम्झौता र त्यसको अतिरिक्त प्रोटोकल (२० जनवरी २००८ मा हस्ताक्षर भएको) थियो । त्यसयता कतारमा नेपाली कामदारको सङ्ख्या बढ्दै गएको छ । हाल कतारमा रहेका झण्डै चार लाख नेपाली श्रमिकहरूको हक हित तथा रोजगारी सुरक्षाका विषयमा समेत सो कार्यसमूहले आवश्यक काम गर्नेछ । जसबाट त्यहाँ कार्यरत श्रमिकहरूको विद्यमान समस्या समाधान हुनेमा अपेक्षा गरिएको छ ।
साथै लगानी सम्मेलनको सम्मुखमा भएको कतारका अमिरको भ्रमणले अन्तर्राष्ट्रिय जगतमा लगानीका दृष्टिले नेपालबारे सकारात्मक सन्देश प्रवाह भएको छ । नेपाल र कतारले सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए । त्यस समयदेखि नै दुई देशबिचको सम्बन्ध आपसी विश्वास, सम्मान, समझदारी र सहयोगमा आधारित सौहार्दपूर्ण र मैत्रीपूर्ण रहँदै आएको छ । नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दामा समान धारणा राख्ने भएकाले संयुक्त राष्ट्र सङ्घ, असंलग्न आन्दोलन र अन्य अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले विश्व शान्ति, सुरक्षा र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
नेपालका तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सन् २००५ मार्च २१ मा कतारको भ्रमण गरी नेपाली जनशक्ति रोजगारीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । त्यस्तै कतार पक्षबाट कतारका महान्यायाधिवक्ता डा.अल बिन फेताइस अल-मरीले सन् २०१४ जुलाई १७ र १८ मा नेपालको भ्रमण गर्नुभएको थियो । दुवै देश प्राकृतिक स्रोतसाधनले सम्पन्न भएकाले व्यापार, लगानी, कृषि, पर्यटन तथा जनशक्ति उपयोगका क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने प्रशस्त सम्भावना रहेको छ । साथै, नेपाल पर्यटन, व्यापार र लगानीको अवसरको गन्तव्यको रूपमा मनपर्ने देश भएकोले नेपाल र कतार दुवैले तुलनात्मक लाभ हुने क्षेत्रमा आर्थिक सम्बन्धलाई बढवा दिनुपर्छ । नेपाल र कतारबिच सहकार्य गर्ने महत्त्वपूर्ण क्षेत्र पर्यटन हो । #रासस
मधेशीलाई वन पैदावारबाट बञ्चित गराउने रणनीति ! (A strategy to deprive the Madheshi of forest produce)
नेपालको संविधानको अनुसूचीमा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको विस्तृतिकरणबारे संघद्वारा प्रस्तावित परिमार्जनमाथि वन विज्ञ डा. नागेन्द्र प्रसाद यादवको टिप्पणी–
देशमा सात वटा प्रदेशको भौगोलिक अवस्था फरक छन् । भौगोलिक रुपमा नेपाललाई हिमाल, पहाड र तराई–मधेश गरी तीन भूभागमा वर्गिकरण गरिएको छ । यी विभिन्न भूगोलमा बसोवास गरेका जनता वन जस्तो प्राकृतिक स्रोतमा जीविकोपार्जनका लागि निर्भर छन् । यो वास्तविकता र अवस्थालाई विचार गरी देशमा जनहित नीति, नियम, कानून, मार्गदर्शन र कार्यविधि बनाई कार्यान्वय हुनु पर्छ, जसबाट आम–जनताले स्रोत र सेवा सुविधा पाउन सकोस् । देशमा सामुदायिक वनको अवधारणा शुरु भएयता सरकारले वनमा स्थानीय जनताको अधिकार कायम हुने गरी नियम–कानून बनायो । हिमाल र पहाडमा यसले राम्रो गरेपनि तराई–मधेशमा परम्परागत वन, उपभोक्ता वन उपयोग गर्नवाट त्यहाँका आमनागरिक वन्चित भए । किनभने वन नियमावली २०५१ को नियम २६ अनुसार स्थानीय समुदायलाई वन हस्तान्तरण गर्ने जुन नियम बनाइयो, त्यो तराई–मधेशको हकमा उपयुक्त थिएन । किनभने उत्तरमा वन र दक्षिणमा जनता भएकोले कसलाई स्थानीय समुदाय भन्ने ? यसलाई परिभाषित गर्न त्यसले सकेन । हुन त त्यसताका म लगायतका केही व्यक्तिहरुले यसबारे जोडदार रुपमा आबाज उठाए पनि मधेशको नीति निर्माताको अकर्मन्यताले सुनवाही भएन । तराई–मधेशमा पनि नजिकका समुदायले सामुदायिक वनका रुपमा वन नै कव्जा गरे । अरु परम्परागत उपभोक्तालाई ती वनबाट लाभान्वित हुनबाट बन्चित गराइयो । खासगरी, तराई–मधेशको दक्षिणी भेकका सर्वसाधारण वनबाट बन्चित भएपछि जनदबावले २०५७ सालमा वन नीति परिवर्तन गरी साझेदारी वनको शुरुवात भै सामुदायिक वन बाहेकका वनमा भारतीय सीमानासम्मका घरधुरीलाई वन उपभोक्तामा समावेस गरियो । पछि २०६३ को अन्तरिम संविधानमा प्राकृतिक स्रोतमा स्थानीय समुदायलाई प्राथमिकता दिने उल्लेख गरेपनि तराई–मधेश केन्द्रित दलका नेताहरु मौन बसे । २०७२ को संविधानमा प्राकृतिक स्रोतसाधनको उपयोगमा स्थानीय समुदायलाई प्राथमिकता तथा अग्राधिकार दिने उल्लेख गर्दा पनि ती नेताहरुले थाहै पाएनन्, अन्य मुद्दा र सवालमा तिनीहरु अल्झि रहे । यसबारे मधेशका शीर्ष नेतृत्वसंग छलफल पनि भयो । तर, तिनीहबाट यसबारे ठोस अवाज उठ्नै सकेन । नेपालको संविधानको अनुसूची ५, ६, ७, ८ र ९ मा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार सूचीअनुसार अनुसूची ६ मा प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन र अनुसूची ७ को संघ र प्रदेशको साझा अधिकार अन्तरप्रादेशिक रूपमा फैलिएको जङ्गल, हिमाल, वन संरक्षण क्षेत्र र वन क्षेत्रको जल उपयोगबारे उल्लेख गरिएको छ । अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा वन, जङ्गल, वन्य जन्तु, चराचुरुङ्गी, जल उपयोग उल्लेख गरिएको छ । यसो हेर्दा वन, जङ्गल तीनै तहको साझा अधिकारमा पनि उल्लेख छ । त्यसमा पनि प्रदेशभित्रको राष्ट्रिय वन अन्तर–प्रादेशिक रूपमा फैलिएको जङ्गलबारे बढी अन्यौल छ । पछि २०७६ सालमा वन ऐन बनाउँदा वन ऐनको वूंदा (ख) मा ‘अन्तर प्रादेशिक वन’ भन्नाले एकभन्दा बढी प्रदेशमा फैलिएको, भौगोलिक तथा प्राकृतिक रुपमा जोडिएको र पारिस्थितिकीय प्रणालीको दृष्टिबाट अन्तर–सम्बन्धित राष्ट्रिय वनलाई सम्झिनुपर्छ र वूंदा (ड) ‘प्रदेशभित्रको राष्ट्रिय वन’ भन्नाले अन्तर–प्रादेशिक वन भन्दा पृथक रुपमा रहेको सम्बन्धित प्रदेशभित्रको राष्ट्रिय वन सम्झनु पर्छ भन्ने उल्लेख गरी दिएर वनमाथिको अधिकारबारे थप अन्यौल सिर्जना भएको छ । ‘प्रदेशभित्रको राष्ट्रिय वन’ लाई प्रदेशको सीमानाभित्र निजी वन तथा संरक्षण क्षेत्र एवं विशेष पारिस्थितिकीय प्रणालीको वन बाहेकको राष्ट्रिय वनलाई जनाउँछ भनेको भए यो समस्या आउने नै थिएन । नेपालको संविधान २०७२ मा भएको अनुसूचीमा अन्तर–प्रादेशिक वन राख्नु नै गलत नियत थियो । वन ऐन २०७६ मा यसलाई प्राथमिकता दिई पहिले नै गलत ढंगले परिभाषित गरियो । प्रदेश भित्रको राष्ट्रिय वनलाई सहज किसिमले अन्तर–प्रादेशिक वन भन्दा पृथक वन भनेर उल्लेख गरियो । जसले गर्दा हाल वन प्रदेशमा रहने कि संघमा समस्या उत्पन्न भएको छ । यदि यस परिभाषा अनुसारै प्रदेशभित्रको राष्ट्रिय वन मान्ने हो भने कुनै पनि प्रदेशमा टुक्रे वन करिब दुई हजार हेक्टर भन्दा वढी वन क्षेत्र प्रदेशमा पर्दैन अनि किन प्रदेशमा वन मन्त्रालय चाहिन्छ ? संघबाट हाल यसको परिमार्जन भई रहेको छ, जसमा संविधानको अनुसूची ७ (२३) मा रहेको अन्तर–प्रादेशिक रूपमा फैलिएको जङ्गल, हिमाल, वन संरक्षण क्षेत्र र जल उपयोगलाई संघको तथा साझा अधिकारबाट संघमा रहने अधिकार समावेश गरिएको छ । यसैगरी, स्थानीय तहको एकल अधिकारको बूंदा (३) मा वस्तीभित्र र वरपर रहेका सम्बन्धित स्थानीय तहमा फैलिएका राष्ट्रिय वन, सार्वजनिक वनभित्र रहेका सामुदायिक, ग्रामिण तथा शहरी, धार्मिक, कवुलियती वनको संरक्षण, सम्वर्द्धन, उपयोग र नियमन एवम् वन उपभोक्ता समूहको व्यवस्थापन राख्ने प्रस्ताव गरेको छ । बूँदा २४ स्थानीय तह भित्र मात्र कार्यक्षेत्र रहेको स्थानीयस्तरका सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियतिर साझेदारी वनको संरक्षण, सवर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहहरूको व्यवस्थापन समेत उल्लेख गरेको छ । स्थानीय तहको विस्तृतिकरणको बूंदा (२०) मा संघीय मापदण्ड बमोजिम बस्तिसँग जोडिएका सामुदायिक, धार्मिक, कबुलियती वन र निजी जमिनमा रहेको सिमसार संरक्षण, संवर्द्धन, प्रवर्द्धन, सदुपयोग र नियमन गर्ने प्रस्ताव गरेको छ । हाल सरकारले केही संघसंस्था तथा सल्लाहकारहरुका राय–सुझावमा कार्य विस्तृतीकरण –परिमार्जित प्रतिवेदन तयार गरि प्रधानमन्त्री कार्यालयमा पेश गरेको छ । यस्तो प्रस्ताव तयार गर्नुको अर्थ देशमा एउटै भूगोल छ र वन स्रोतमा सबैको पहुँच समान छ भन्ने बुझिन्छ । तर, बास्तविकता के हो ? के नेपालको सबै स्थानीय तहमा वनजंगल छ ? तराई–मधेशमा ५३ प्रतिशत जनसंख्याको बसोवास छ । नेपालको १३५ पालिकामा वन छैन । त्यहाँको वन पैदावारको आवश्यकता कहाँबाट र कसरी पुरा गर्ने ? मधेश प्रदेशमा मात्र १० दशमलव ५ प्रतिशत जनता सामुदायिक वनमा आवद्ध छन् र अन्य वन पनि उत्तरतिरको गाउँपालिका र नगरपालिकामा छन् । यसलाई ती पालिकाले नै संरक्षण, सवर्द्धन, उपयोग, अनुगमन र नियमन गर्ने अधिकार दिइयो भने दक्षिणका पालिकामा बसोबास गर्ने आमनागरिकहरुको वन पैदावार कहाँबाट पुरा गर्ने ? सबैको चासोको विषय रहेको चुरेको के होला ? तराई–मधेशका जिल्लाहरुमा कार्यरत साझेदारी वनको के हुने हो ? के, फरक भूगोलमा बसोवास गर्ने जनताको आवश्यकता भन्दा विपरित विभेदीय नियम कानून लाँध्नु पक्षपात होईन ? यस्तो निर्णय नीति–नियम नेपालको संविधान २०७२ अनुसार राज्यद्वारा निर्देशित सिद्धान्त, नीति तथा दायित्वमा धारा ५१ मा उल्लेखित प्राकृतिक साधनस्रोतको संरक्षण र उपयोग राष्ट्रिय हित अनुकूल तथा अन्तरपुस्ता समन्यायको मान्यता र मर्मको विपरित हुन जान्छ । संविधान अनुसार वन र प्राकृतिक स्रोत राष्ट्रिय सम्पति भएकोले यसबाट कसैलाई बञ्चित गर्न मिल्दैन । वन ऐनमा अन्तर–प्रादेशिक वनलाई नियोजित रुपमा परिभाषित गरी संघको हालीमुहाली हुनेगरी समावेस गर्नु सरासर गलत हो । हाल विभिन्न बहानामा वनलाई स्थानीय तहमा लग्नु भनेको प्रदेशको आवश्यकता र औचित्यमाथि ठाडो प्रश्न खडा गर्नु हो । वनलाई स्थानीय तहमा राख्दा पहाडमा त फरक न पर्ला, तर, तराई–मधेशको लागि यो निर्णय घातक हुन्छ । राजमार्ग दक्षिणका पालिकाहरुका जनताहरु वन स्रोतमाथिको आफ्नो पहुँचबाट बञ्चित हुने छन, यसले थप समस्या सिर्जना हुने हुने देखिन्छ । (यो लेखकको नीजि विचार हो) https://www.researchgate.net/profile/Nagendra-Prasad-Yadav https://kathmandupost.com/columns/2023/06/27/managing-nepal-s-community-forests
Subscribe to:
Comments (Atom)

































