Friday, 26 April 2024

मधेशको सर्लाहीमा उन्नाइस करोडको तरकारी बिक्री

फागुन महिनामा मात्रै लालबन्दी तरकारी बजारबाट १० करोड सात लाख ५६ हजार ८७ रुपैयाँको तरकारी अन्यत्र निकासी भएको छ । किसानले फागुन महिनामा गोलभेँडा मात्रै चार करोड ७३ लाख ४२ हजार ८८७ रुपैयाँ र सिमी एक करोड ५७ लाख ३६ हजार ८७५ रुपैयाँको बिक्री गरेका छन् । फागुन महिनामा हरियो खुर्सानीबाट ७१ लाख ४६ हजार रुपैयाँ, काउलीबाट ४५ लाख ९३ हजार ७ सय ५० रुपैयाँ, बन्दाबाट २६ लाख ६२ हजार दुई सय रुपैयाँ, भिन्डीबाट ११ लाख ७३ हजार रुपैयाँसहित अन्य हरियो तरकारी बिक्रीबाट किसानले राम्रो आम्दानी गरेका छन् ।
सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारमा किसानले दुई महिनामा १९ करोड बढीको तरकारी बिक्री गरेका छन् । कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार लालबन्दी–७, डुमडुमेस्थित तरकारी बजारबाट फागुन र चैत महिनामा किसानले बिक्री गरेको १९ करोड बढीको तरकारी बाहिरी बजारमा निकासी भएको छ ।
फागुन महिनामा मात्रै लालबन्दी तरकारी बजारबाट १० करोड सात लाख ५६ हजार ८७ रुपैयाँको तरकारी अन्यत्र निकासी भएको छ । किसानले फागुन महिनामा गोलभेँडा मात्रै चार करोड ७३ लाख ४२ हजार ८८७ रुपैयाँ र सिमी एक करोड ५७ लाख ३६ हजार ८७५ रुपैयाँको बिक्री गरेका छन् । फागुन महिनामा हरियो खुर्सानीबाट ७१ लाख ४६ हजार रुपैयाँ, काउलीबाट ४५ लाख ९३ हजार ७ सय ५० रुपैयाँ, बन्दाबाट २६ लाख ६२ हजार दुई सय रुपैयाँ, भिन्डीबाट ११ लाख ७३ हजार रुपैयाँसहित अन्य हरियो तरकारी बिक्रीबाट किसानले राम्रो आम्दानी गरेका छन् ।
त्यस्तै चैत महिनामा लालबन्दी बजारमा किसानले नौ करोड १८ लाख ८३ हजार ४२५ रुपैयाँको तरकारी बिक्री गरेका छन् । चैत महिनामा पनि सबैभन्दा धेरै गोलभेँडा मात्रै चार करोड ४२ लाख दुई हजार छ सय रुपैयाँको बिक्री भएको छ । यो महिनामा किसानले एक करोड नौ लाख ७५ हजार पाँच सय रुपैयाँको सिमी, ६४ लाख ३० हजार रुपैयाँको हरियो खुर्सानी, ४३ लाख ४८ हजार १२५ रुपैयाँको भान्टा, २५ लाख ७० रुपैयाँको परबरसहित अन्य हरियो तरकारी बेचेका छन् ।
लालबन्दी बजारमा किसानले ल्याएर बिक्री गर्ने तरकारी अहिले काठमाण्डुको कालीमाटी र बल्खु तरकारी बजारसहित नारायणघाट, पोखरा, गौर, मलङ्गवा, जनकपुरधाम, सिन्धुलीसहित पहाडी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुसम्म पनि पुग्ने गरेको कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए । लालबन्दी बजारमा सर्लाहीको आधा दर्जनभन्दा बढी पालिका र महोत्तरीको बर्दिबास तथा गौशाला नगरपालिकाका किसानले समेत आफूले फलाएको तरकारी ल्याएर बिक्री गर्ने गरेका छन् ।
स्रोत: जनकपुर टूडे, पृ.३, २०८१ वैशाख १४ गते शुक्रबार
https://ejanakpurtoday.com/wp-content/uploads/2024/04/combinepdf-121.pdf

No comments:

Post a Comment