Wednesday, 9 February 2022

मानसिक गुलामी (#Mental_slavery) !

१. एक जना प्रोफेसर ५ कक्षा समेत उत्तीर्ण नभएका पुरोहितसंग आफ्नो विवाहको साइत हेराउँछन् र त्यस बाफत् ५०१ रुपैयाँ भेटी चढाउँछन् ।
२. एक जना नासाका बैज्ञानिक जो डिग्री त पीएचडीका लिएका छन् तर अन्डर म्याट्रिक र असफल राजनीतिक नेताको अधिनमा रही आफ्नै समुदायविरुद्ध विष वमन गर्न ललाईत हुन्छन् ।
३. १० रुपैयाको नोट जलाउन नसक्नेले कसैको भनाईमा प्रतिकिलोग्राम १२ सय रुपैयाँ मूल्य पर्ने घिउ आगोमा जलाउँछन् ।
४. आफ्नो समाजभित्र रहेका गरीबी र अशिक्षा हटाउन नसक्ने बुद्धिजीविहरु मुर्खहरुको भनाई शिरोधार्य गर्दै आफन्तहरुको मृत्युभोजमा जातिय परम्परा र संस्कारको नाममा लाखौं रुपैया खर्च गर्छन् ।
५. शिक्षालयमा रहेको बेथिति हटाउन नसक्ने नेतारकार्यकर्तारसमाजसेवीले विद्यालय परिसरमा अमूर्त र अमूक मन्दिर बनाउँन लगाई वर्षेनी हजारौं रुपैयाँ होम, जाप र पूजापाठमा खर्च गर्छन् ।
६. जनताका प्रतिनिधिहरु आम जनजीवनलाई सहज बनाउने बाटोघाटो, स्वास्थ्यचौकी, विद्यालयलगायतका मूलभूत भौतिक संरचनामा ध्यान नदिई धार्मिक स्थलहरुको निर्माणमा लाखौं रुपैयाँ खर्च गर्न आतूर हुन्छन् ।
७. आफ्ना बालबालिकाको शिक्षादीक्षाका लागि आर्थिक अभाव देखाउँनेहरु हनुमान आराधना, रामायण पाठ आदिमा हजारौं रुपैयाँ खर्चिन तम्तयार रहन्छन् ।
८. एक शिक्षित अभिभावक जो छोरीलाई पढाउनुको साटो जन्मिने बित्तिकै उसको विवाहमा दिइने दाइजोको बन्दोबस्तीमा व्यस्त रहन्छन् ।
९. सहर केन्द्रित पढेलेखेका कथित अभियन्ताहरु आफ्ना विपक्षमा रहेका वा मन नपराउने व्यक्तिरनेतारपार्टीविरुद्ध तत्क्षणिक प्रतिक्रिया जनाउँदै आत्मरतिमा लिन हुन्छन् ।
१०. केही पढेलेखेका मानिस कसैको उक्साहटमा निश्चित भूगोलरक्षेत्रमा आफ्नो राजनीतिको रोटी सेक्न पटक–पटक अजेण्डाविहिन आन्दोलन गर्ने र वितण्डा मचाउँछन् ।
११. समाजका बुद्धिजीविहरु शासकबाट थप शोसित हुने प्रपञ्चमा आफूलाई समर्पण गर्नछन् ।
१२. आफूलाई अमूक विषयका विशेषज्ञ ठान्नेहरु पद र प्रतिष्ठाका लागि आफ्नै आमाको बलात्कार गर्न उद्धत् रहन्छन् , सामाजिक संजालमा शासकका पृष्ठपोषक बनी प्रस्तुत् हुन्छन् ।

3 comments: