Monday, 17 August 2020

नेपाली कविता: बार्दलीमा खुर्सानीको बोट

                                    

                        – दिनेश यादव 

माटो एकै, 
कौशी र बोट पनि एकै,
रोप्ने व्यक्ति एकै, 
पानी र स्यार गर्ने पनि एकै, 
छिमेकीले दिएको बोट एकै, 
खुर्सानीको आकार भएन एकै,
 गुण एकै, 
स्वाद र पिरो नहुन सक्छ एकै,
 मेरो बार्दलीमा खुर्सानीको बोट एकै । 

 जिब्रोमा पिरो एकै, 
पिडा महशुस गर्ने पनि एकै, 
जिब्रोको पिरो भने हुन्न एकै, 
यो तीर समान हुन्छ एकै, 
धेरैलाई पीडित बनाउने एकै, 
चरित्र एकै,
 माध्यम र सोच नहुने रैछ एकै,
 जिब्रोको रसायन एकै, 
तर, जिब्रोको उपयोग नहुन सक्छ एकै ।।

पेशा एकै, 
सोच नहुन सक्छ एकै, 
समुदाय र क्षेत्र एकै,
धन्दा र आचरण पनि एकै, 
तर, अनुशासन भएन एकै, 
बार्दलीको त्यो खुर्सानीको बोट एकै,
तर, दुई फलको आकार भएन एकै,
 तछाड मछाड एकै–एकै, 
दुर्भाग्य हुनसक्छ घटना एकै ।।।






No comments:

Post a Comment