–दिनेश यादव NEPALI POET
![]() |
| DINESH YADAV |
काठमाडौंको सिंहदरबारतिर मदारीहरुको डम डम डमरु,
अमेरिकी अविस्कार संजालतिर बेतालमै नाच्दै सबै बिना घुंघरु ।१।माहिर छन् तिनीहरु बजाउन बेमौसमी डम्फू,
बेसुराहरु खै किन छन् त्यसमा बेस्सरी कमर मर्काउन उतारु ।२।
नियत नै जसको छ करको बोझ मुनि जन रुवाउनु,
पटक–पटक चटके बन्दै तिनले किन जग न हँसाउनु ।३।
दिनचर्या बन्यो जसको सपना बाँड्दै जनभावनासंग खेल्नु,
जनमतको अवज्ञा गर्दै तिनले जन–जनलाई भेडा किन नठान्नु ।४।
राज्य ढुकुटीमा आफू रम्दै आसेपासेलाई रौवाफदार बनाउनु,
सडक सुनसान, तर साइरेनहरुबीच तिनी निर्लज्ज भई किन न रमाउनु ।५।
टमटमका घोडा जस्तै पार्टी कार्यकर्ता मात्र किन बन्नु,
जसको वाध्यता नै छ आँखामा पट्टी र चाबुकको त्रासमा बाँच्नु ।६।
चित्त नबुझे नी कथित मर्यादा पालकको आदेश पछाडि मात्रै किन डौडिनु,
व्यक्तिगत डिग्नीटीलाई सुलीमा चढाई किन अनेकौ वाध्यताबाट गुज्रीनु ।७।
काठमाडौंको सिंहदरबारतिर मदारीहरुको डमडम डमरु,
अमेरिकी अविस्कार संजालतिर बेतालमै नाच्दै सबै बिना घुंघरु ।८।
(कलंकी काठमाडौं । ०७७ जेठ ६)

No comments:
Post a Comment