मति बिना नीति गयी ।।
नीति बिना गति गयी ।
गति बिना वित्त गया ।।
वित्त बिना शूद्र गये ।
इतने अनर्थ, एक अविद्याने किये ।।’
महात्मा फुले परम्पराभञ्जक थिए । कर्मकाण्डमाथि उनले आघात गरे । उनी बृद्धिवादी थिए । धर्मग्रन्थहरुको निर्माण ईश्वरले गरेको बारेमा उनको पटक्कै विश्वास थिएन । स्वर्ग र नरकको कल्पना उनलाई स्वीकार्य थिएन । जन्मतः कोही श्रेष्ठ हुने र कोही नीत हुने भन्ने विचारको जोडदार रुपमा उनले खण्डन गरे । ईश्वरलाई उनले ‘निर्भीक’ भने । सबै मानव समान छन् । फुलेजी हरेक ‘भेद्’ को विरुद्धमा थिए । भेदनीतिबाट विषमता र अन्यायको जन्म हुन्छ , विषमता र अन्यायको जब परिसीमा हुन्छ, तब गुलामी जन्मिन्छ । गरीब र पीडित मानिसको पिठ्युमा गुलामी चढेको हुन्छ । फुलेले केही मूलभूत प्रश्न हामी सबैमाथि तेर्साउदै सोधेका छन् M
मानिस–मानिसमा भेद किन <
महिला र पुरुषमा भेद किन <
ईश्वर र भक्त बीच दलाल किन <
धर्मभेद र जातिभेद किन <
यति धेरै धर्महरुको आवश्यकता नै किन <
हिन्दूधर्ममा यति धेरै देवीदेउता किन <
‘गुलामगिरी’ मा महात्मा फुलेले विभिन्न अवतारहरुको कथावस्तुलाई तार्किक रुपमा खण्डन गरेका छन् । सुर–असुरहरुबीचको संघर्षको चर्चा गरेका छन् । ब्राह्मणहरुले आफ्नो श्रेष्ठता प्रमाणित गर्नका लागि जुन मिथहरुलाई आधार बनाएका छन, त्यसको उनले निर्मम विश्लेषण गरेका छन् । मत्स्य, कत्छ, वराह, नृसिंह, वामन, परशुराम आदि अवतारहरुको सम्बन्धमा जुन पौराणिक कथाहरु छन्, त्यसको छानबीन महात्मा फुलेले कठोरताका साथ पुस्तकमा गरेका छन् । उनले पुस्तकमा लेखेका छन्, ‘नृसिंह र वामनले आफ्ना शत्रुहरुलाई छल–कपटबाट पराजित गरेको, परशुरामलाई क्रुरताका प्रतिक थिए, उनी यति क्रुर थिए कि आफ्नै आमा हत्या गरेका थिए ,वास्तवमा उनी पाषाण–ह्रदयी थिए, क्षत्रियहरुलाई उनले पूर्णतM निर्वश गरेका थिए । क्षत्रियहरुका पत्निहरुको हत्या उनले गरेका थिए । बालकहरुको हत्या गरेका थिए । तर ब्राह्मणहरुले उनको क्रुरतालाई वीरता ठानेर उनको गौरवगान गरेकै छन् । क्षत्रिय क्रुर थिए र उनीहरु न्यायका पक्षधर नभएरै परशुरामले उनको हत्या गरेका थिए, यस्तै कुरा उनकोबारेमा लिखेका छन् । ’ महात्वा फूलेले ब्रह्मा, उत्पत्ति, सरस्वती तथा ऐरानी अथवा आर्य मानिसको विषयमा बेजोड चर्चा पुस्तकको भाग एकमा गरेका छन् । भाग २ मा मत्स्य तथा शंखासुरको विषय, भाग ३ मा कच्छप, भूदेव अथवा भूमति, क्षत्रिय,द्विज तथा कश्यम राजाको विषय, भाग ४ मा बराह तथा हिरण्याक्षको विषय, भाग ५ मा नारसिंह, हिरण्यकश्यपु, प्रह्लाद, विप्र, विरोचन इत्यादिको विषयमा गजबले चर्चा गरेका छन् । पुस्तकमा १६ औ भागसम्म समेटिएका यी र यस्तै विषयहरुले हाम्रा आज्ञानका पर्दाहरु खोल्न कुने कसर बाँकी राख्दैन ।
यो पुस्तक एक पटक सबैले पढ्नै पर्ने सिफारिस म गर्न चाहन्छु । पुस्तकको भाषा हिन्दी भएपनि बुझ्न सरल छ । पाठकहरुलाई जोतीराव गोविन्दराव फुलेको पुस्तक ‘गुलामगिरी’ पढ्न सबैलाई सुविधा होस् भनेर यहाँ लिंक पनि राखि दिएको छु । उक्त लिंकमा पुस्तकको पीडिएफ फाईल उपलब्ध छ । कुनै समस्या भए, बिना कुनै हेजिटेशनको सम्पर्क गर्न सकिनेछ । आफनो कमेन्ट र यो सामग्री बढी भन्दा बढीमा शेयर गर्न चाहि नबिर्सनु होला । धन्यवाद ।
1) https://ia801901.us.archive.org/23/items/in.ernet.dli.2015.481055/2015.481055.Gulami.pdf
2) https://ia801203.us.archive.org/2/items/Gulamgiri-Hindi-JyotibaPhule/h-jyotiba-phule-gulamgiri.pdf
Thanks for support and contribution.
ReplyDelete