Thursday, 7 May 2020

गुलामगीरी किन ?


‘विद्या बिना मति गयी ।उन्नाइसौं शताब्दीका एक महान क्रान्तिकारी पुरुष थिए, महात्मा जोतिराव फुले । उनले आफ्नो पुरै जीवन धर्मभेद्,वणभेद्, जातिभेद् र लिंगभेद्विरुद्ध एउटा महान विद्रोह गरेका थिए । अविद्याले हरेक प्रकारका अनर्थलाई जन्म दिन्छ । शिक्षाको अभावनै अंधविश्वास, कुरीतिहरु, गरीबी, विषमतालगायतका समस्याको जड हो । यसले सामाजिक गुलामीलाई प्रश्रय दिन्छ । महात्मा फुले त्यही गुलामीको कारक तत्वको जरो उखेल्लने काम गरेका छन् । फुलेले ‘गुलामीगीरी’ अर्थात् ‘गुलाम’ पुस्तकमा ब्राह्मणहरुले आफ्नो स्वार्थलाई धर्मशास्त्रहरुमा सनातन सिद्धान्त कसरी बनाए, पाप र पुण्यको मिथक  कयौं कथाहरु कसरी पुराणहरुमा लेखिए र ती कथाहरुले पण्डित–पुरोहित समुदायका मानिसलाई कसरी सर्वश्रेष्ठ बनाइयो भन्ने विषयमा केन्द्रित छ । उनले यी सबैलाई पाखण्ड र बहसंख्या जातिमाथि पडयन्त्रको संज्ञा दिएका छन् । अविद्याकै कारण ब्राह्मणेत्तर, शूद्रहरु, अतिशुद्रहरु र महिलाहरुले धर्मशास्त्रमाथि विश्वास गरे र त्यो क्रम आज पनि कसरी जारी छ भन्ने कुराको फुलेले आफ्नो किताब मार्फत् उजागर गर्ने प्रयास गरेका छन् । यसै सन्दर्भमा उनले लेखेका छन् M

मति बिना नीति गयी ।।

नीति बिना गति गयी ।

गति बिना वित्त गया ।।

वित्त बिना शूद्र गये ।

इतने अनर्थ, एक अविद्याने किये ।।’

  महात्मा फुले परम्पराभञ्जक थिए । कर्मकाण्डमाथि उनले आघात गरे । उनी बृद्धिवादी थिए । धर्मग्रन्थहरुको निर्माण ईश्वरले गरेको बारेमा उनको पटक्कै विश्वास थिएन । स्वर्ग र नरकको कल्पना उनलाई स्वीकार्य थिएन । जन्मतः कोही श्रेष्ठ हुने र कोही नीत हुने भन्ने विचारको जोडदार रुपमा उनले खण्डन गरे । ईश्वरलाई उनले ‘निर्भीक’ भने । सबै मानव समान छन् । फुलेजी हरेक ‘भेद्’ को विरुद्धमा थिए । भेदनीतिबाट विषमता र अन्यायको जन्म हुन्छ , विषमता र अन्यायको जब परिसीमा हुन्छ, तब गुलामी जन्मिन्छ । गरीब र पीडित मानिसको पिठ्युमा गुलामी चढेको हुन्छ । फुलेले केही मूलभूत प्रश्न हामी सबैमाथि तेर्साउदै सोधेका छन् M

मानिस–मानिसमा भेद किन <

महिला र पुरुषमा भेद किन <

ईश्वर र भक्त बीच दलाल किन <

धर्मभेद र जातिभेद किन <

यति धेरै धर्महरुको आवश्यकता नै किन <

हिन्दूधर्ममा यति धेरै देवीदेउता किन <

‘गुलामगिरी’ मा महात्मा फुलेले विभिन्न अवतारहरुको कथावस्तुलाई तार्किक रुपमा खण्डन गरेका छन् । सुर–असुरहरुबीचको संघर्षको चर्चा गरेका छन् । ब्राह्मणहरुले आफ्नो श्रेष्ठता प्रमाणित गर्नका लागि जुन मिथहरुलाई आधार बनाएका छन, त्यसको उनले निर्मम विश्लेषण गरेका छन् । मत्स्य, कत्छ, वराह, नृसिंह, वामन, परशुराम आदि अवतारहरुको सम्बन्धमा जुन पौराणिक कथाहरु छन्, त्यसको छानबीन महात्मा फुलेले कठोरताका साथ पुस्तकमा गरेका छन् । उनले पुस्तकमा लेखेका छन्, ‘नृसिंह र वामनले आफ्ना शत्रुहरुलाई छल–कपटबाट पराजित गरेको, परशुरामलाई क्रुरताका प्रतिक थिए, उनी यति क्रुर थिए कि आफ्नै आमा हत्या गरेका थिए ,वास्तवमा उनी पाषाण–ह्रदयी थिए, क्षत्रियहरुलाई उनले पूर्णतM निर्वश गरेका थिए । क्षत्रियहरुका पत्निहरुको हत्या उनले गरेका थिए । बालकहरुको हत्या गरेका थिए । तर ब्राह्मणहरुले उनको क्रुरतालाई वीरता ठानेर उनको गौरवगान गरेकै छन् ।  क्षत्रिय क्रुर थिए र उनीहरु न्यायका पक्षधर नभएरै परशुरामले उनको हत्या गरेका थिए, यस्तै कुरा उनकोबारेमा लिखेका छन् । ’ महात्वा फूलेले ब्रह्मा, उत्पत्ति, सरस्वती तथा ऐरानी अथवा आर्य मानिसको विषयमा बेजोड चर्चा पुस्तकको भाग एकमा गरेका छन् । भाग २ मा मत्स्य तथा शंखासुरको विषय, भाग ३ मा कच्छप, भूदेव अथवा भूमति, क्षत्रिय,द्विज तथा कश्यम राजाको विषय, भाग ४ मा बराह तथा हिरण्याक्षको विषय, भाग ५ मा नारसिंह, हिरण्यकश्यपु, प्रह्लाद, विप्र, विरोचन इत्यादिको विषयमा गजबले चर्चा गरेका छन् । पुस्तकमा १६ औ भागसम्म समेटिएका यी र यस्तै विषयहरुले हाम्रा आज्ञानका पर्दाहरु खोल्न कुने कसर बाँकी राख्दैन । 

यो पुस्तक एक पटक सबैले पढ्नै पर्ने सिफारिस म गर्न चाहन्छु । पुस्तकको भाषा हिन्दी भएपनि बुझ्न सरल छ । पाठकहरुलाई जोतीराव गोविन्दराव फुलेको पुस्तक ‘गुलामगिरी’ पढ्न सबैलाई सुविधा होस् भनेर यहाँ लिंक पनि राखि दिएको छु । उक्त लिंकमा पुस्तकको पीडिएफ फाईल उपलब्ध छ । कुनै समस्या भए, बिना कुनै हेजिटेशनको सम्पर्क गर्न सकिनेछ । आफनो कमेन्ट र यो सामग्री बढी भन्दा बढीमा शेयर गर्न चाहि नबिर्सनु होला । धन्यवाद । 

1)  https://ia801901.us.archive.org/23/items/in.ernet.dli.2015.481055/2015.481055.Gulami.pdf

2) https://ia801203.us.archive.org/2/items/Gulamgiri-Hindi-JyotibaPhule/h-jyotiba-phule-gulamgiri.pdf



1 comment: