Tuesday, 4 July 2017

राजपामा पदाधिकारी थप्न होडबाजी


बैशाख ५ गते राजधानीमा आयोजित एक विशेष भेलाबाट मधेस केन्द्रित छ वटा दलहरु मिलेर राष्ट्रिय जनता पार्टी(राजपा) गठन भएको हो । दलहरु मर्ज भई बनेको एकिकृत राजपाभित्र हाल पदाधिकारी थप्ने होडबाजी नै चलेको छ । पहिलेका छ वटै दलपिच्छे ३–४ जनाजति गरि २४ जना वरिष्ठ उपाध्यक्ष नियुक्त गरिसकिएको छ । त्यस्तै,उपाध्यक्ष मात्रै ४० जना बनाइएको छ । कोषाध्यक्ष र सहकोषाध्यक्ष गरि १० जना पुगेका छन् । पहिलेको सद्भावना पार्टीको मात्रै ५ जना महासचिव बनाइएको छ । यो संख्यालाई उछिन्नदै नेपाल सद्भावना पार्टीले आठ वटा महासचिव आफ्नो तर्फबाट बनाएको छ । जिल्लास्तरका अधिकांश नेताहरु केन्द्रिय पदाधिकारी बनि बनाइएको छ । पहिलेका केन्द्रिय पदाधिकारीलाई जानकारी नै नदिई धमाधम केन्द्रिय प्रतिनिधिको छनौटप्रति राजपाका केही नेताहरु आक्रोशित समेत बनेका छन् । विभिन्न संचारमाध्यमहरुमा तिनीहरुको आक्रोसपूर्ण अभिव्यक्तिहरुले त्यसको पुष्टि थोरबहुत गरेकै छ । राजपा स्रोतका अनुसार पार्टी माओवादी केन्द्रको जस्तै जम्बो केन्द्रिय समिति बनाउन थालेकोले अगामी दिनहरुमा पार्टी चलाउन कठिन हुनसक्छ । वरिष्ठताको विवाद त राजपामा छँदैछ । सही समयमा सही निर्णय गर्न नसक्दा कार्यकर्ताहरु रुष्ट र निराश बन्न थालेको एक केन्द्रिय पदाधिकारीले बताए ।


No comments:

Post a Comment