Sunday, 2 July 2017

अर्बपति गेट्स र बफेटको अनौठो बानी


  • दिनेश यादव(DINESH  YADAV)
रिश्रमले मात्रै व्यक्ति सफल हु“दा हुन् त केही व्यक्ति जीवनभर मिहिनेत गर्छन, सफल हुन्नन् । धनाढ्य बन्ने कुरो त झनै टाढाको भइहाल्यो। परिश्रमस“गै सानासाना उपाय अपनाएरै केही मानिस थोरै समयमा धनाढ्य भने बनेका छन् । ती उपायहरूमध्ये पुस्तक पढ्नु पनि एक हो । सीपका विकासमा पुस्तकहरू सहयोगी हुन सक्छन् । विश्वका अर्बपतिहरूले समेत आफ्नो व्यापार र उद्यमशिलतामा सफलता प्राप्त गर्न पुस्तकहरू पढ्ने गरेका छन् । बिल गेट्स र वारेन बफेटजस्ता अर्बपतिको त पुस्तकस“ग लगावै छ । धनाढ्यहरू जतिसुकै व्यस्त भए पनि पुस्तक पढ्न भने छाडदैनन् । यी त्यस्ता पुस्तकहरू हुन्, जुन एकपटक पढिसकेपछि पनि उनीहरू फेरि फेरि पनि पढ्ने गर्छन् ।
किनभने हरेकपटक तिनले पुस्तकहरूबाट केही नया“ कुरा सिक्ने गरेका हुन्छन् । बिल गेट्सलाई नचिन्ने मानिस सायदै भेटिएला । हाल उनी विश्वकै सबैभन्दा ठूला अर्बपति हुन् । ‘फोब्र्स’ को यो वर्षको अर्बपति सूचीमा उनी पहिलो स्थानमा छन् । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहसंस्थापक बिल गेट्सको कुल सम्पत्ति ८८ दशमलव ७ अर्ब अमेरिकी डलर (रियल टाइम ३० जुन २०१७) रहेको छ । संसारकै सबैभन्दा ठूलो निजी च्यारेटेबल फाउन्डेसनका मालिकसमेत रहेका उनको संस्थाले मानिसको जीवन बचाउने र विश्वव्यापी रूपमा स्वास्थ्यमा सुधार गर्ने अभियानमा सक्रिय छ । उनको संस्थाले पोलियो निवारणका लागि रोटरी इन्टरनेसनलस“ग मिलेर काम गर्दै आएको छ । ‘फोब्र्स’ को विश्वका अर्बपतिहरूको सूचीमा उनी १८ जनाभित्र विगत २३ वर्षदेखि पर्दै आएका छन् । सन् १९७५ मा पउल एलेनले स्थापना गरेको सफ्टवेयर कम्पनी ‘माइक्रोसफ्ट’ का उनी बोर्ड सदस्य हुन् । अघिल्लो वर्षको अन्त्यतिर गेट्सले २० अन्य व्यक्तिस“ग मिलेर १ अर्ब अमेरिकी डलर बराबरको ‘ब्रेकथ्रु इनर्जी इन्भेस्टमेन्ट फन्ड’ को घोषणा गरेका थिए । ६१ वर्षीय उनी हावार्ड विश्वविद्यालयबाट ‘ड्रप आउट’ भएका थिए । सानो छ“दा उनी किताब पढ्नमा धेरै समय खर्चिन्थे । यो बानी थाहा पाएरै उनका बुबाले डिनर टेबलमा नया“–नया“ पुस्तकहरू राखिदिने गर्थे । पुस्तक पाएपछि गेट्स हुरुक्कै हुन्थे । हाई स्कुलमा उनले आफ्ना साथी पउल अलेनको पावर प्लान्टबारेको प्रोग्रामिङमा सहयोगीको भूमिका निर्वाह गर्ने अवसर पाएका थिए ।  
उनीस“ग जोडिएको अर्को रोचक कुरो के छ भने जब उनी कतै घुम्न निस्कन्छन्, आफूस“ग अन्य वस्तुहरूको तुलनामा पुस्तकलाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्छन् । पुस्तकका लागि उनीस“गै छुट्टै ब्याग हुने गर्छ । उनी ‘बिजनेस एडभेन्चर्स’ पुस्तकको चर्चा गर्दै भन्छन्, ‘यो व्यापारस“ग जोडिएका ती बेस्ट बुक्समध्येका हुन्, जो म आज पनि पढ्ने गर्छु । जोन बुरक्स आज पनि मलाई मन पराउने बिजनेस लेखकमध्येका एक हुन् ।’
बिल गेट्सलाई मन पर्ने पुस्तकमा लेखक थोमास पिकेट्टीको ‘क्यापिटल इन द ट्वेन्टी (फस्ट सेन्च्युरी’ पनि हो । उनले यो पुस्तक विश्वमा बढदो असमानता जस्तो समस्यास“ग जुध्न मार्गचित्र बनाउन सहयोग पुग्ने बताउ“छन् । विश्वव्यापी रूपमा यसबारे बहस चलाउनसमेत यो पुस्तक कारगर रहेको उनको भनाइ छ । त्यस्तै, नीति निर्माणमा समेत पिकेट्टीको
पुस्तक सहयोगी हुन सक्ने बिलको धारणा छ । बिल गेट्स १३ वर्षको छ“दै जेडी स्यालिङको पुस्तक ‘द क्याचर इन द राई’ पढेका थिए । यो पुस्तकबारे उनी भन्छन्, ‘दोधारमा रहेका युवाहरूलाई त्यसबाट उन्मुक्ति दिलाउने गरी तथ्यहरू पुस्तकमा छन् ।’ यसैगरी ‘ग्रामी सिम्सियनका ‘द रोसी इफेक्ट’ उनलाई औधी मन पर्ने पुस्तक हो । उनले यो पुस्तकलाई मानिसहरूस“गको सम्बन्ध बढाउन र सही समयमा सही लगानी गर्ने ऊर्जाको सञ्चारमा सहयोगी भनेर प्रतिक्रिया दिएका छन् । विलेको ‘मेकिङ द मोर्डन वल्र्ड’ पुस्तकले उनलाई विश्वलाई राम्रो बनाउने उपायहरूको जानकारी दिएको एक अन्तर्वार्तामा उनले बताएका छन् । पुस्तकमा सिलिकन, काठ, प्लास्टिक र सिमेन्टमा प्रयोग हुने सामग्रीहरूका बारेमा जानकारी समेटिएका छन ।
पुस्तकमा औधी रुचि राख्नेमा वारेन बफेट पनि हुन् । आफ्नो व्यापार र लगानीमा सधैं सफल हुने उद्यमीमा पर्छन्, उनी । ८६ वर्षीया उनी बर्कसाएर हाथावेजका सीईओ हुन् । अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार बफेटको कुल सम्पत्ति ७५ दशमलव ९ अर्ब अमेरिकी डलर (रियल टाइम ३० जुन २०१७) रहेको छ । ‘ओमाहाका भविष्य निर्माता’ भनेर चिनिने उनी गिको, डुरासेल र डेरी क्विनलगायतका ६० भन्दा बढी कम्पनीका मालिक हुन् । एकजना अमेरिकी कांग्रेसम्यानका छोरा उनी ११ वर्षकै उमेरमा सेयर खरिद गरेका थिए भने १३ वर्षमै पहिलोपटक कर बुझाउन भ्याइसकेका थिए । उनी आफ्नो सम्पत्तिको ९९ प्रतिशत मानवकल्याण सेवामा लगाउने प्रतिबद्धता जाहेर गरिसकेका छन् । त्यसै अनुरूप उनले हालसम्म २८ दशमलव ५ अर्ब अमेरिकी डलर दान गरिसकेका छन् । ‘फोब्र्स’ को यस वर्षको अर्बपति सूचीमा उनी दोस्रा हुन् । बफेट आफैंले खोलेको व्यापारबाट अर्बपति बनेका हुन् । उनी अर्बपति भइसक्दा पनि अमेरिकी राज्य ओमाहास्थित नेब्रास्कामा सन् १९५८ मा ३१ हजार ५ सय अमेरिकी डलरमा खरिद गरेको आफ्नो पुरानै घरमा बस्छन् । उनले हावार्ड बिजनेस स्कुलमा पढ्न अस्वीकार गरी कोलम्बिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका हुन् ।
उनलाई सबैभन्दा बढी मनपर्ने पुस्तक बेन्जामिन ग्राहमको ‘द इन्टेलिजेन्ट इन्भेस्टर’ हो । सेयर बजारमा सफलतापूर्वक लगानी गर्ने मानसिकता बनाउने यो पुस्तकले उनलाई सहयोग गरेको उनी आफैं बताउ“छन् । भन्छन्, ‘पहिलोपटक लगानीकर्तालाई यो पुस्तक बुझ्न केही कठिन हुन्छ, किनभने यसमा वित्तीय शब्दावलीहरू जटिल खालका छन् ।’ यो पुस्तकलाई बुझ्न कठिन भए ‘द
इन्टेलिजेन्ट इन्भेस्टर’ को सय पृष्ठको सारांश पनि पढ्न सकिने सुझाव उनको छ । पुस्तकका लेखक ग्राहम र बफेटका बारेमा एउटा रोचक कुरो के छ भने कोलम्बियामा विद्यार्थी छ“दा ग्राहम उनका शिक्षक थिए । ग्राहमको इन्भेस्टमेन्ट क्सासेसमा बफेट मात्रै ‘ए प्लस’ ल्याउने विद्यार्थी थिए ।  
एउटा अन्तर्वार्तामा उनले भनेका छन्, ‘यो पुस्तक म पटकपटक पढ्न रुचाउ“छु । यसबाट मैले लगानी गर्ने धेरै उपायहरू सिकेको छु, यसको फाइदा मेरो पोर्टफोलियोमा समेत हेर्न सकिन्छ ।’ उनका अनुसार लगानीबाट प्रतिफल पाउनका लागि धेरै पढ्नुपर्छ । भन्छन्, ‘यो पुस्तक मेरा लागि भाग्य बनाउने ज्यावल पो बनेछ ।’ यसैगरी बफेटलाई मन पर्ने अर्को पुस्तक हो, बेन्जामिन ग्राहम र ड्याभिड एल डुडको पुस्तक ‘सेक्र्युरिटी एनालिसिस’ । उनी बेन्जामिनका चेला छ“दै यो पुस्तक कलेजमा पढेका थिए ।
व्यापारमा लगानी गर्ने अनेकौं टुल्स यसमा रहेकाले धेरैका लागि उपयोगी हुन सक्ने उनले भनेका छन् ।  उनले भनेका छन्, ‘हुन त यो पुस्तकमा पठनीय सामग्रीहरू धेरै समेटिएकाले बुझ्न र ती सबै पढ्न समय लाग्न सक्छ । भर्खरै लगानीमा हात हालेकाहरूलाई यो पुस्तकको ‘समरी गाइड’ पढ्न म सल्लाह दिन्छु ।’ पुस्तक ‘सेक्र्युरिटी एनालिसिस’ अल–टाइम वेस्ट सेलरमध्येको एक हो । लगानीकर्तालाई सफल हुन महŒवपूर्ण सीपहरू सिकाउने भएकाले सबैलाई यो पुस्तक पढ्न पटकपटक सल्लाह दिने गर्छन् । बफेटको अर्को मन पराउने पुस्तकमध्ये डेल कारनेगीको ‘हाउ टु विन फ्राइन्ड्स एन्ड इन्फ्युएन्स पिपल’ पनि हो । उनी आफ्नो कार्यालयको भित्तामा कलेजबाट प्राप्त भएका प्रमाणपत्रहरू झुन्ड्याउ“दैनन्, डेल कारनेजी कोर्स गर्दा पाएको सर्टिफिकेट र लेखकका महŒवपूर्ण भनाइहरू बालमा टा“सेका छन् । बफेटले यसबारे भनेका छन्, ‘डेल कारनेगीको लेखन र कोर्सले मेरो जीवनमै परिवर्तन ल्याइदियो ।’यसो त बफेटले आफैंले पनि पुस्तक लेखेका छन् । ‘बर्कसाएर हाथावे लेटर्स टु सेयरहोल्डर्स’ नामक पुस्तकमा उनले आफ्नो कम्पनी सफल हुनुको रहस्य र आफूले समय–समयमा लिएको निर्णयहरूको बेलिविस्तार गरेका छन् । यो पुस्तक उनले आफ्नो कम्पनीको वेबसाइटमा समेत निःशुल्क पढ्ने व्यवस्था गरेका छन् । तर, सबै सूचना र जानकारीहरू प्राप्त गर्न पुस्तकको हार्डकपी नै पढ्नुपर्ने सुझाव उनको छ । बफेटलाई लेखक फिलिप ए फिसरको ‘कमन स्टक्स एन्ड अनकमन प्रोफिट’ पनि मन पर्ने पुस्तकमध्येको एक हो । उनी यो पुस्तकबाट निकै प्रभावित छन् । भन्छन्, ‘म ८५ प्रतिशत ग्राहम र १५ प्रतिशत फिसर हु“ । मैले आफ्नो जीवनमा यी दुई लेखकका पुस्तकबाट धेरै कुरो सिकेको छु । यसमा उद्यमीका लागि आवश्यक पर्ने अधिकांश टुल्सहरू रहेको मैले पाएको छु । ती टुल्सहरू उपयोग गरेरै म सफल पनि भएको हु“ ।(Published @ Kantipur on 1st July 2017)  (एजेन्सीहरू)




No comments:

Post a Comment