Tuesday, 13 June 2017

राजपाप्रति कड्किए निधि


गृहमन्त्रीबाट हट्ने बित्तिकै नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि आन्दोलनरत मधेसी दलविरुद्ध एकाएक आक्रोसित भएका छन् । खासगरि राष्ट्रिय जनता पार्टी नेपालविरुद्ध एक अनलाइनसंगको अन्तर्वार्तामा उनी खनिएका छन । एकाएक उनको भाषा, शैली र राजपाप्रतिको आक्रोशित भनाई आउनुले धेरैलाई आश्चर्यमा पारेको छ । पूर्व गृहमन्त्री निधिले अन्तर्वार्तामा अभिव्यक्त गरेको भाषाले उनको राजपाप्रतिको आक्रोस सजिलै अनुभव गर्न सकिन्छ । लोकान्तर डट कममा जेठ ३० मा प्रकाशित अन्तर्वार्तामा उनले भनेका छन् ः राजपा नेपालभित्र आफै समस्या छ । राजपाको अहिलेसम्म केन्द्रीय समिति पनि बन्न सकेको छैन । विधान बनेको छैन । पदाधिकारीहरु पनि चयन भएको छैन । निर्वाचन आयोगमा दल दर्ताका लागि हुनुपर्ने आन्तरिक गृहकार्य नै गरिएको छैन ।.....वास्तवमा भन्ने हो भने स्थानीय तहको चुनाव लड्नका लागि राजपासंग उम्मेदवार नै छैन । अब उम्मेदवार नै नभएपछि चुनावमा आउने त कुरै भएन । त्यत्रो आन्दोलन गर्ने राजपाले स्थानीय तहमा सिट नै ल्याउने नभएपछि चुनावमा नआएको हो । राजपा नआएपनि असार १४ मै निर्वाचन हुन्छ । पूर्वमन्त्री निधिले आफ्नो अन्तर्वार्तामा भनेका छन्, ‘शुरुमा राजपाले दुई चरणमा निर्वाचन गर्नुहुन्छ भने हामी सहभागी हुन्छौ । त्यसैका लागि हामीले वैशाख ३१ र जेष्ट ३१ मा दुई चरणमा निर्वाचन घोषणा गर्यौ । त्यसपछि हामीले पहिलो चरणको निर्वाचन गर्यो । संघीय समाजवादी फोरम चुनावमा सहभागी पनि भयो । उता अन्य मधेसवादीहरुले राजपा नेपाल गठन गर्नु भयो । नोमिनेसनका लागि हस्ताक्षरको नमूना निर्वाचन आयोगमा दिने डेट नभएका कारण नोमिनेसनको डेट बढाइदिनु पर्यो भनेर उहाँहरुले भन्नु भयो । त्यसका लागि हामीले ऐन पनि संशोधन गर्यौ । फेरी दुई दिनअघि उहाँहरुले भन्नुभयो दल दर्ताका लागि पनि ऐन चाहियो । त्यो पनि संसदमा पारित भयो । अब राजपाका लागि हामीले यति गर्यो । अहिले एमाले र माओवादी मिलेर एउटा नयाँ पार्टी बन्यो भने के दल दर्ता र चुनाव चिन्ह सम्भव छ ?छैन नि । यति गुण गर्दा पनि राजपाले मानेको छैन ।
निधिले सहिदहरुको बारेमा भनेका छन्, ‘  मधेसवादी दलका नेताहरूले आफ्नो छातीमा हात राखेर भनून् कि जति शहीद घोषणा म गृहमन्त्री भएर गराएँ, त्यो सम्भव थियो रु साँच्चै भन्ने हो भने शहीदको परिभाषा नै अब स्खलित भएको छ । बिजुलीको करेन्ट लागेर निधन भएको, पानीमा डुबेर मृत्यु भएको जस्तोलाई पनि मैले शहीद घोषणा गरें । अब उहाँहरूले प्रस्ताव गर्नुभएकोमा नौजनालाई शहीद घोषणा गर्न बाँकी छ । अब दुर्घटनामा पनि मृत्यु भएकोलाई कसरी शहीद घोषणा गर्ने रु संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट जम्मा १९ जना मान्छे थपेर प्रस्ताव गर्नुभएको थियो । ५८र५९ जनालाई शहीद घोषणा गरिसकेपछि प्रस्ताव थपेर ल्याउनुभयो । त्यो १९ मध्ये नौजनालाई गरिसकें । वीरगञ्जमा एकजना भारतीय नागरिक मारिएका थिए । भारतीय नागरिकलाई शहीद घोषणा गर्ने कि नगर्ने भन्ने समस्या आयो । कसैको निधन भएको छ भने उसप्रति समवेदना वा सहानुभूति हुनसक्छ तर सबैलाई शहीद घोषणा गर्न सकिन्न नि । यस्तो कार्यले मधेस आन्दोलनको गरिमासमेत घटेको छ ।

No comments:

Post a Comment