चुनाव नजिकिदै गर्दा मुलुकको विभिन्न भूभागमा आपराधिक घटना बढेको छ । २४ घन्टायता भएका सात वटा घटनाले मुलुकको सुरक्षा अवस्थालाई उजागर गर्न काफी छ । यसैबीच, सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको समाचार आएको छ । तर, अन्य भूभागमा हत्या, अपहरण र कुटपीटका घटना बढेका छन् । निर्वाचनअघि सुरक्षा व्यवस्थालाई चुस्त/दुरुस्त बनाउनु पर्ने देखिन्छ ।
- धनुषाको जनकनन्दनी गाउँपालिका १ स्थित सीमावर्ती क्षेत्रमा शुक्रबार राती घाँटी रेटिएको अवस्थामा शब बरामद ।
- नुवाकोट विदुर नगरपालिका २ मा शम्भे मिजार शनिबार मृत अवस्थामा भेटिए । उनी तीन दिनदेखि बेपत्ता थिए ।
- खोटाङको दिप्रुङ गाउँपालिका ३ छोरम्बुका एमालेको तर्फबाट वडाअध्यक्ष उम्मेदबार इन्द्र तामाङ नेपाली कांग्रेसको कार्यकर्ताको कुटाईबाट घाइते ।
- दाङ तुलसीपुरस्थित बुटवल बस्त्रालयका संचालक राजकुमार श्रेष्ठ शुक्रबार साँझ अपहरित ।
- पाँचथरको फिदिम १२ स्थित भोटेगाउँका ४० वर्षिय मिङमा शेर्पाको छिमेकी युमा शेर्पाले हानेको ढुंगाले लागेर मृत्यु ।
- पोखरा–लेखनाथ महानगरपालिका ९ पृथ्वीचोकमा शनिबार दिउँसो एक व्यक्तिको शब भेटियो ।
- झापाको दमक नगरपालिका २ का हेमकुमार दाहालकी नौ वर्षिया छोरी गंगाको हत्या ।
समाचारको स्रोत: राष्ट्रिय समाचार समिति(०७४जेठ २७)
No comments:
Post a Comment