नस्लवाद
७ जुन १८९३: महात्मा गान्धीलाई आजकै दिन दक्षिण अफ्रिकाको पिटरमारित्सबर्गस्थित रेलवे स्टेशनमा प्रथम श्रेणीको रेलको डिब्बाबाट एक श्वेत नागरिकले धक्का दिएर बाहिर निकालेका थिए । ती अंग्रेज यात्रुले गान्धीलाई पहिलो श्रेणीको डिब्बाबाट तृतीय श्रेणीमा जान भनेका थिए । तर, गान्धीले विरोध गरेका थिए । आफ्नो टिकट देखाउँदा पनि ती श्वेतले पहिलो श्रेणीको डिब्बामा उनलाई बस्न दिएनन् । त्यो रात गान्धी त्यही स्टेशनको प्रतिक्षालयमा भुईमै सुतेर बिताएका थिए । यो घटनापछि गान्धीले नस्लवादलाई विरोध गर्ने निर्णय गरेका थिए ।
No comments:
Post a Comment