- दिनेश यादव_________________________________________
‘म वास्तवमै धनाढ्य हू' डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनावमा उम्मेबार हुने उद्घोष गर्दा ताकाका भनेका थिए । आफ्नो सम्पतिबारे एउटा संक्षिप्त विवरण सार्वजनिक गर्दै उनले त्यसबेला आफूसंग ८ दशमलव ७ अर्ब अमेरिकी डलर बराबरको सम्पति रहेको जनाएका थिए । तर, उनको सम्पति विवरण अमेरिकी अखबार ‘फोब्र्स’ को अनुमानसंग कहिले मेल खाएन, खादैन । ‘दी बिजनेस बाईवीकली’ ले भने ट्रम्पको कूल सम्पति ४ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको अनुमान गरेको छ । यद्यपि कसैलाई अझैसम्म उनको अथाह सम्पतिबारे जानकारी छैन । तर, उनीसंग रहेको मनग्ये ‘कोल्ड हार्ड क्यास’ ले ट्रम्प निक्कै धनाढ्य रहेको पुष्टि गर्छ । ट्रम्पको खर्चिलो स्वभाव, आलिशान भवनमा बास, विलासी वस्तुहरूको प्रयोगलगायतले उनको सम्पति कति रहेछ भने कुरो जो कोहीले सजिलै अनुमान गर्न सक्छन् ।
फोब्र्सका अनुसार डोनाल्ड ट्रम्प विश्वका १५६ औं धनाढ्य हुन् । आम्दानीको प्रमुख स्रोत टेलिभिजन र रियलस्टेटबाटै उनको कूल सम्पती ३ दशमलव ७ अर्ब अमेरिकी डलर(रियल टाईम २८ अक्टोबर २०१६) रहेको उसको अनुमान छ । अघिल्लो वर्ष विश्वका सय शक्तिशाली व्यक्तिको सूचीमा उनी ७२ औं र सन् २०१३ मा सय सेलिब्रेटीमा ३० औं स्थानमा थिए । स्लोभेनियाबाट बसाईसरी अमेरिका आएकी पत्निले तथ्यगत जानकारी सार्वजनिक गरेपनि ट्रम्पको ‘एन्टी–इमाइग्रेन्ट’ बक्तव्यले उनको राष्ट्रपतिय चुनाव अभियानमा समस्या खडा गरिसकेको छ । उनको चुनावी अभियानमा यो मात्रै एक्लो विवाद होइन, अन्यमा समेत उनी तानिए, मुछिए । सफाई पेस गर्दागर्दै उनी हैरान छन् । यहा चुनावी अभियान भन्दा पनि उनको सम्पतिलाई केन्द्र बिन्दूमा राखेर यो आलेख तयार गरिएको छ ।
ट्रम्प टावर, पाचौ एभेन्युमा ६८ तल्लाको गगनचुम्बी भवन, ट्रम्पको प्राइड र आनन्द मध्येको एक हो । त्यहीबाट उनले रिपब्लिनका लागि उम्मेदबारको घोषणा गरेका थिए । यी अग्ला भवनको माथिल्लो तल्ला ‘पेन्थाउस’, जहा“ विलासी समानहरूले सजिएको मात्रै छैन, अति मनमोहन दृश्यहरु समेत हेर्न सकिन्छ, त्यही“ उनी सुत्छन् । यो भवनको ढोकामा सुन र हिरा जडित छ भने भित्र फोहरा र सिलिङलाई आकर्षक र दुर्लभ पेन्टिङहरुले सजाइएका छन् । यो बनाउनमा झण्डै ३ सय मिलियन अमेरिकी डलर भन्दा बढी खर्चिएको थियो । ‘दि जेन्टलम्यान जर्नल’ का अनुसार यसको एक टुक्रा हिस्सा भने चर्चित फूटबल खेलाडी क्रिस्टिएनो रोनाल्डोले १८ दशमलव ५ मिलियन अमेरिकी डलरमा खरिद गरिसकेका छन । अफिसियल र रिटेलका लागि बनाएको ट्रम्प टावर(७२५ फिफ्ट एभेन्यूमा ट्रम्पको आफ्नो २ लाख ४४ हजार बर्ग फिट जमिनमा स्वामित्व रहेको छ । यसको कूल मूल्य ४ सय ७१ मिलियन र नेट भ्यालु ३ सय ७१ अमेरिकी डलर छ । यो सन १९८३ मा खोलिएको हो ।
यसैगरि, ट्रम्पको ‘दि मार-ए-ल्यागो’ इस्टेट उनको महगो ‘पाम बीच’ हो । उनले सन् १९८५ मा १० मिलियनमा यो खरिद गरेका थिए । यसमा ५८ वटा जति बेडरुम, ३३ वटा बाथरुम र ३ वटा बम सेल्टरहरु एउटा केसमा सजाएर राखिएका छन । यसलाई एक विशेष नीजि क्लबमा परिवर्तन गर्नुअघि अर्बपति ट्रम्प यहा करीब एक दशकसम्म बसेका थिए ।
त्यस्तै, ‘सेभेन स्प्रिङ्ग म्यान्सन’ पनि ट्रम्पको सबैभन्दा महगो जायजेथा मध्ये पर्छ । उनले दुई दशक अघि मात्रै सापेक्षित रुपमा धेरै सस्तोमा खरिद गरेका थिए । अहिले यसको मूल्य धेरै भइसकेको छ । ट्रम्पले ७ दशमलव ५ मिलियन डलरमा न्युयोर्कको बेडफर्डमा खरिद गरेको यो हवेली २ सय १३ एकरमा बनाइएको छ । शुरुमा उनले यसलाई गल्फ कोर्समा विकसित गर्न चाहेका थिए । तर पछि ३९ हजार वर्ग फुट लामो विशाल हवेली आफ्ना परिवारका लागि गर्मिमा बस्ने घरमा परिवर्तन गरे ।
‘ट्रम्प विनेरी’ उनको अर्को चर्चित प्रोपर्टी हो । यो भर्जिनियाको चाललोटसभिल्लेमा छ । यहा“ जमिनको मूल्य मात्र ३ दशमलव ६ मिलियन रहेको छ, जुन उनको कूल सम्पतिको २५ प्रतिशत मात्रै हो । ट्रम्पले अर्बौको सम्पति जोड्छन तर पछि ती सबैलाई जम्मा गरेर राख्दैनन । यसो गर्नुको कारण उनी आफ्नो वास्तविक सम्पतिलाई विभाजन गरि रियलस्टेट खरिदमा लगाउनु हो ।
एक जना अर्बपतिले कर्मसियल यात्रा गर्नु अनपेक्षित नै हुनसक्छ । ट्रम्प त्यसको अपवाद बन्न चाहेनन । त्यसैले त उनले आकासलाई हिट्स गर्ने गरि सय मिलियन अमेरिकी डलर खचेर प्राइभेट जेटमा चढ्ने गर्छन । ती जेटभित्र एउटा लाउन्ज, बेडरुम र बाथरुम समेत हुन्छ । उनी महगा र विलासीताका लागि सजाइएका जेटमा मात्रै चढैनन आफैले खरिद गरेको एयरक्राफ्टमा पनि यात्रा गर्छन् । उनीसंग ७ मिलियन अमेरिकी डलरको एउटा नीजि हेलिकप्टर पनि छ । उनी चढ्ने हेलिकप्टरमा २४ क्यारेटको सुनको जलप हार्डवेयरदेखि सिटबेल्ट र ह्याण्डमा लगाइएको छ । यति मात्रै होइन, उनी रोल्स रकीका फ्यान भएकाले मर्सिडिज(बेन्ज एसएलआर मैकल्यारेनको प्रयोग गर्छ । निलो डियाब्लो आफ्नो जीवनमै खरिद गर्न भ्याए उनी । ट्रम्पसंग एउटा ‘कस्टम गोल्ड मोटरबाईक’ समेत रहेको छ । यसको मूल्य थाहा नभएपनि यसमा २४ क्यारेटको सुन जडित छ । ट्रम्पका अन्य प्रोपर्टीहरुमा कूल मूल्य १ सय ९१ मिलियन अमेरिकी डलर पर्ने ‘ट्रम्प पार्क एभेन्यू’ , कूल मूल्य २ दशमलव ३१ अबै अमेरिकी डलर रहेको ‘१२९० एभ अफ अमेरिकाज’, कूल मूल्य ४ सय मिलियन अमेरिकी डलर रहेको ‘नाइटटाउन’, र कूल मूल्य ३८ मिलियन अमेरिकी डलरको ट्रम्प इन्टरनेशनल होटेल एन्ड टावर , सेन्ट्रल पार्क वेस्ट रहेको छ । यसैगरि स्प्रिङ क्रीट टावर, ट्रम्प वल्र्ड टावर, ८४५ यनाइटेड नेसन्स प्लाजा, ट्रम्प प्लाजा थर्ड एभेन्यू , ट्रम्प पार्क/ट्रम्प पार्क इस्ट र ४० वाल स्ट्रीट लगायतका मह“गा प्रोपर्टीहरु समेत रहेको छ । (एजेन्सीहरु) (Published on Kantipur Daily dated 29 Oct 2016)

No comments:
Post a Comment