- दिनेश यादव ______________________________
भारतको धार्मिक सहरमध्येको एक हो, हरिद्वार । यहा १५० एकडमा स्थापना गरिएको पतंजलीको ‘म्यानुफ्याक्चरी कम्प्लेक्स’ बाट दैनिक तीन सय ट्रक उत्पादनहरु बाहिरिन्छन् । त्यसमा जुस र हर्बल क्यान्डी, टूटपेस्ट र साबुन, पिठो र मसाला मात्रै होइन, विभिन्न हर्बल औधषीहरुले भरिएका कार्टुनहरु समेत हुन्छन् । कम्पनीले मार्च २०१६ सम्मको चार वर्षयता झण्डै १० गुणा राजश्व बृद्धि भएर ७ सय ५८ मिलियन अमेरिकी डलर पु¥याइसकेको छ । कम्पनीको वर्षेनी राजश्व बढेसंगै भारतको अर्बपतिहरुको सूचीमा यसका सिइओ आचार्य बालकृष्णको नया“ नाम पनि जोडिन पुगेको छ । अमेरिकी अखबार फोब्र्सका अनुसार २ दशमलव ५ अर्ब अमेरिकी डलर बराबरको सम्पति रहेको कम्पनीमा बालकृष्णको ९८ दशमलव ५ प्रतिशत हिस्सा छ । कारखाना नजिकै २००शैयाको आर्युवेद अस्पतालको एउटा करिडोरमा बालकृष्णको कार्यालय छ । हजारौं प्रकारका विरुवाहरुको नर्सरी पतञ्जली परिसरको १० एकड जग्गामा लगाइएको छ । त्यहा“ उनी आर्युवेद औषधीबारे अध्ययन र अनुशन्धान गर्ने गर्छन ।
योग गुरु बाबा रामदेवका विश्वासपात्र रहेका आचार्य बालकृष्ण थोरै रकमबाटै आर्युवेदिक औषधीको कारोबार थालेका थिए । उनका आमाबुबा नेपाली हुन । हरिद्वारस्थित आश्रममा उनका बुबा गार्ड थिए, त्यही छ दाजूभाईमध्ये बालकृष्णको जन्म भयो । पछि उनको परिवार नेपाल फर्केर आफ्नो पुर्खौली कृषि पेशामा संलग्न भए । तर ११ वर्ष उमेरमा बालकृष्ण भने भारत फर्केर विभिन्न गुरुकुलहरुमा भर्ना भए । त्यही मध्येको एक हो हरियाणास्थित गुरुकूल । सन् १९८८ मा उनको भेट योग गुरुका नामले परिचित बाबा रामदेवसंग त्यही गुरुकुलमा भएको थियो । पछि उनीसंगै मिलेर बालकृष्णले पतञ्जलीको स्थापना गरे । बालकृष्णको जन्म २५ जुलाई १९७२ मा भारतमै भएको उनको बुबा जयबल्लभ सुवेदी बताउछन् । उनको पैतृक घर पश्चिम नेपालको स्याङ्गजा जिल्लास्थित भरुवा गाउ हो । बुबा जयबल्लभका अनुसार बालकृष्ण तीन महिनाको छ“दै उनीसहित आफूहरु नेपाल फर्केको बताउछन् । पछि ११ वर्षमा छ कक्षामा बढिरहेकै बेला बालकृष्ण फेरी भारततिरै गएको जयबल्लभलाई उदृत गर्दै संचारमाध्यमहरुले जनाएका छन् । त्यसयता बालकृष्ण भारतमै रहेका छन् ।
बालकृष्णले आफ्नो औपचारिक शिक्षा समाप्त गरेपछि आर्युबेदका लागि महत्वपूर्ण मानिएको बोटविरुवा र त्यसको औषधीय मूल्यबारे अध्ययन गर्न भारतको भ्रमणमा निस्के । सन् १९९३ मा उनी र उमेरमा केही जेठो रामदेव हिन्दूहरुको धार्मिक सहर गंगोत्रीमा संगसंगै बसेका थिए । त्यहा बालकृष्णले जडिबुटी सम्बन्धी आफ्नो ज्ञान उपयोग गर्ने अवसर पाए । सामान्य रोगहरुको उपचार गर्ने औषधीमूलोका लागि आगन्तुकहरुबाट अनुरोधहरु बढै गयो । यो नै उनको आर्युवेदिक औषधी र उपचारका लागि च्यारेटिबल उत्पादनहरुको शुरुआत गर्ने आधार बन्न पुग्यो । यो काम उनले हरिद्वारको कनखलस्थित एउटा कुटीबाट थालेका थिए ।
उनी शुरु(शुरुमा दिनभरी साइकल चलाउने थे । कपडाको नाममा शरीर ढाक्ने धोती-कुर्ता मात्र थियो, उनीसंग । कसैले पनि सोचेका थिएनन, उनको नाममा हुने सम्पति औलामा होइन, क्यालकुलेटरबाटै हिसाब गरिनेछ । पाच वर्षअघि एक साक्षात्कारमा बालकृष्णले भनेका थिए, ‘मसंग कुनै बैंक एकाउन्ट छैन । ’
भारतीय अखबार दैनिक भास्करका अनुसार दुई दशकसम्म बालकृष्ण साइकल चलाउ“थे । तर आज उनी रेन्ज रोभर एसयुभीमा यात्रा गर्छन । पतन्जली परिसरमा कही जानआउनका लागि उनी यसको प्रयोग गर्छन । बाबा रामदेवले यो मह“गो कार सुरक्षाको दृष्टिले खरिद गरेको बताउदै आएका छन् । आचार्य बालकृष्ण आज कारमा मात्रै चढैनन आइफोन समेत चलाउछन् । कार्यालयमा भने उनी कम्प्युटरको प्रयोग गर्दैनन ।
सन १९९५ मा उत्तराखण्डस्थित हरिद्वारामा दिव्य फार्मेसीले आयुर्वेदिक उत्पादन शुरु गरेको थियो । ५० करोड भारु ऋण लिएर शुरु गरिएको यो कम्पनीको हाल विश्वभर अर्बौको व्यापार छ । हुन त यो कम्पनीको ‘ब्राण्ड फेस’ बाबा रामदेव भएपनि कम्पनीमा उनको नाममा कुनै पनि हिस्सेदारी छैन । सबै बालकृष्णकै नाममा छ । बाबा रामदेवले बालकृष्णका बारेमा एक टेलिभिजनमा भनेका छन्, ‘हामी बिजनेस पार्टनर होइनौं, स्प्रिच्युअल फ्रैण्ड हौं । ’
यस्तै धारणा आचार्य बालकृष्णको पनि छ । ‘तपाईले आज जुन कुरा हामीमा हेरिरहनु भएको छ , त्यो पहिलेदेखि यस्तै थिएन ’ ४४ वर्षिय बालकृष्ण भन्छन्, ‘ दर्शनशास्त्रमा पनि तपाईले देख्ने सबैकुरो सत्यनै हुनुपर्छ भन्ने छैन, यसमा केही घटी वा बढी हुनसक्छ ।’ उनले हामी धनाढ्य हुन्छौ भनेर कहिले नसोचेको बताउछन् । ‘हामी जब विद्यार्थी थियौं, हामीले कहिले सोचेका थिएनौ कि ठूला व्यापारी बन्ने र धेरै पैसा कमाउने । यो कुरो कदापी दिमागमा थिएन ’ हरेक कोठामा रामदेवको ठूला आकारको तस्बिर झुण्ड्याउने बालकृष्ण भन्छन्, ‘हाम्रा पारिवारिक पृष्ठभूमि पनि धेरै राम्रो थिएन, हाम्रा परिवार धनाढ्य हुन्थे भने हामी गुरुकुलमा भर्ना हुन्थ्यौं । सबैलाई थाहै छ कि मानिस गुरुकुल किन जान्छन, संस्कृत पढ्न । धनी बन्न त्यहा“ कोही पनि जादैनन् । हामी चाही हाम्रा प्राचीन ग्रन्थ र दर्शनहरुको विज्ञ बन्ने सोचमा गुरुकूल गएका थियौं । ’
एक जना आर्युवेद प्रयाक्टिसनर बालकृष्णको न्वारनको नाम नारायणप्रसाद सुवेदी हो । उनको भारतीय नागरिकताबारे विवाद छ । हरेक कार्यक्रममा बाबा रामदेवसंग देखिने बालकृष्ण कम्पनीको विस्तारसंगै उनको सार्वजनिक सक्रियता तुलनात्मक रुममा कम भएको देखिन्छ । उनी हरिद्वारस्थित पतन्जली परिसरमै बिताउ“छन र पुरै कारोबारको रेखदेख पनि गर्छन । उनी भारतको अर्बपतिको सूचीमा परेपनि सादा जीवन उच्च विचारलाई नै अवलम्बन गर्दै आएका छन् । आज पनि उनी चप्पल, कुर्ता र लुंगीमै देखिन्छन्, परिसरमा औषधीजन्य बनस्पतिहरुबारे विभिन्न टेलिभिजनमा जानकारी पनि दिन्छन् । उनीमा कुनै फरकपन देखिन्छ भने त्यो हो पहिले बालकृष्णले गेरुवा वस्त्र लगाउथे, हिजोआज बढी भन्दा बढी सेतो कपडामा देखिन्छन् । र उनको वरपर बाउन्सरहरुको घेरामा रहने गर्छ । बाबा रामदेवसंग दुई हजार भारुको फोन भएपनि बालकृष्णसंग महंगो आईफोन रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
बाबा रामदेवका सहयोगी समेत रहेका बालकृष्णलाई हालै फोब्र्सले सय जना सर्वाधिक धनाढ्य भारतीयको सूचीमा उनको नाम पनि समावेश गरेको छ । उनी कम्पनीका सिइओ हुन् । तर, तलब बुझैनन् । पहिले पनि उनले कम्पनीबाट तलब बुझैन थिए । चिनिया बिजनेस अखबार हुरुनले हालै जारी गरेको भारतीय धनाढ्य उद्योगपतिहरुको सूचीमा २५ हजार करोड भारतीय रुपैयासहित बालकृष्ण २५ औं नम्बरमा छन् ।
सन् २०१६ मा भारतका सर्वाधिक धनाढ्य फोब्र्सको सूचीमा उनी ४८ औं स्थानमा छन् । आफैले उत्पादन गरेको उपभोग्य सामनहरु नै उनको कूल सम्पति २ दशमलव ५ अर्ब अमेरिकी डलर पु¥याएको छ । पंतजली आयुर्वेद कम्पनी विश्वको धनी कम्पनीमा पर्नु ठूलो कुरो भएको बालकृष्णले संचारमाध्यमहरुलाई बताएका छन् । उनले भने , ‘यो एउटा अनलिस्टेट कम्पनी हो,उपभोक्ताहरुको अपार माया र स्नेहले यो एक नम्बर कम्पनी बन्ने छ ।’ रजिष्ट्रार अफ कम्पनीजका अनुसार पतन्जली आयुर्वेदको सन् २०१३(१४ मा कुल नाफा ९५ दशमलव १९ करोड भारतीय रुपैया थियो । सन २०१४(१५ मा यो १९६ दशमलव ३१ करोड भारतीय पुग्यो । एक वर्षभित्रै १०८ प्रतिशत भन्दा बढीले बृद्धि भयो । कम्पनीको प्रगतिबारे एक साक्षात्कारमा बालकृष्णले भनेका थिए, ‘हामीले ऋण लिएर काम शुरु गरेका हौ, आज हरेक दिन १५ घन्टा काम गर्छौ , एक दिन पनि छुटी लिदैनौ । त्यसैको परिणाम हो आज यो अवस्थामा हामी पुगेका छौं । ’एक जना एनआरआई दम्पति सुनिता र श्रवण पोदार र गोविन्द अग्रवालले काम थाल्न रकम दिएको बताइएको छ । त्यही रकमबाटै पतंजली कम्पनी आजको स्थितिमा आएको हो । (एजेन्सीहरु)
(Published on Kantipur 5 Nov 2016)
(Published on Kantipur 5 Nov 2016)


No comments:
Post a Comment