- दिनेश यादव
अब प्रकाशबाटै इन्टरनेट चलाउन सकिनेछ , सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, वैज्ञानिकहरुले यस्तै प्रविधिको विकास गरेका छन् । उनीहरुले पहिले ‘वाई–फाई’ अब ‘लाई–फाई’ प्रविधि विकसित गरेका हुन । यो प्रविधिबाट स्मार्टफोन, ल्यापटपलाई इन्टरनेटसंग जोड्न सजिलो हुनेछ । ‘लाइ–फाई’ को पुरा रुप ‘लाइट फिडेलिटी’ हो । यो वाई–फाईजस्तै ताररहित संचार प्रविधि हो, जसले हाइ स्पीड र पूर्ण नेटवर्कका साथ इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ । वाई–फाईको तुलनामा यसले सय गुणा बढी द्रूतगतिमा सेवा प्रदान गर्न क्षमता राख्छ । प्रति सेकेण्ड यसको स्पीड २२४ गीगाबाइट्स रहेको बताइएको छ ।
‘लाई–फाई’ प्रविधिबाट प्राप्त हुने इन्टनेट कनेक्सन अन्य प्रविधिको तुलनामा सय गुणा बढी तीव भएकाले यसको लोकप्रियता बढ्ने निश्चित छ । फ्रान्सेली स्टार्टअप कम्पनी ओलेडकमले बार्सिलोनामा आयोजित विश्वका सबैभन्दा ठूलो मोबाइल मेला ‘मोबाइल वल्र्ड कंग्रेस’ मा यो प्रविधिको प्रदर्शन गरेको छ । प्रदर्शनीमा एउटा एलइडी लाईटको तल स्मार्टफोन राखेर भिडियो चलाउदा, निर्वाध रुपमा त्यो चलेपछि त्यहा“ तालीको गडगडाहट गुञ्जियो । यस प्रविधिको विशेषतानै तीब्रता हो । प्रयोगशालामा भएको टेस्टबाट यसको स्पीड २०० जीबीपीएस भन्दा बढी रहेको पुष्टि भइसकेको छ । ओलेडकमका संस्थापक तथा प्रमुख सुआत टोप्सुका अनुसार यो स्पीड भनेको एक सेकण्डमा २३ वटा डीभिडी डाउनलोड गर्न सकिन्छ । यो प्रविधिमा एलईडी चीमबाट उत्पन्न भएको आवृत्तिको प्रयोग गरिन्छ । तारसहित यो प्रविधि आखा“ले देख्न सक्ने प्रकाश अर्थात इन्फ्रा–रेड र परावैजनी(रेडियो आबृत्ति तरंगबाहेक) वर्णपट नजिकै प्रयोगमा ल्याउन सकिन्छ । फ्रान्समा सन् २०१५ मा ल्याबमा लाईफाईको परिक्षण गरिएको थियो । अब यसलाई शपिङ मल र संग्रहालयलगायतका स्थानमा पनि परिक्षण गरि“दैछ ।
भारत र बेल्जियममा पनि गरिएको यसको परिक्षणले सकारात्मक संकेतहरु प्राप्त भएका छन् । डच कम्पनी फिलिप्सले पनि यसमा रुची लिइरहेको छ । एप्पलले आफ्नो नया“ स्मार्टफोन आईफोन–७ मा यो प्रविधिको प्रयोग गर्ने तयारी थालेको छ । आईफोन–७ सन २०१६ को अन्त्यमा बजारमा ल्याइने छ । विशेषज्ञहरुका अनुसार सन २०२० सम्म वाईफाईसंग सम्बन्धित उपकरणहरुको संख्या करीब ५ करोड हुनेछ । यस्तो अवस्थामा ‘लाई–फाई’ बढी व्यवहारिक हुने अपेक्षा यसका प्रचारहरुको छ । ‘लाई–फाई’को केही कमजोरीहरु पनि छन । यो संग जोडिएको उपकरण तब मात्रै इन्टरनेटबाट जोडिन सक्छ जब त्यो प्रशासको ठीक तल हुनेछ । यसबाट प्राप्त हुने इन्टरनेट पर्खाल पार गर्न सक्तैन । त्यस्तै यसको प्रयोग गर्नेहरु उपकरणका साथ यताउता जान सक्तैन । यसको डाटा सीमित क्षेत्रमा मात्र प्रयोग गर्न सकिन्छ । हुन त यसबाट डाटाको चोरीबाट भने बच्च सहयोग पुग्नेछ । ‘लाई–फाई’ का समर्थकहरु भन्छन्, ‘स्कूल र अस्पताल जस्ता क्षेत्रहरु जहा वाईफाई हु“दैन त्यहा“ यसको प्रयोग मजाले गर्न सकिनेछ ।’ अस्पतालमा लाईफाइको प्रयोग यो कारणले राम्रो हुन्छ किनभने मेडिकल सामग्रीको प्रयोगमा यसले कुनै अवरोध सिर्जित गर्दैन ।
त्यसैले विद्युत चुम्बकीय प्रभाव हुने विमानमा, हस्पिटलमा र न्युक्लियर पावर प्लान्टलगायतका स्थानमा पनि ‘लाई–फाइर्’ संचालनमा ल्याउन सकिन्छ । वाई–फाई र लाई–फाईले विद्युतचुम्बकीय वर्णपटबाट डाटा पठाएर नेटवर्क जोड्छ । तर, यसमा वाईफाईले रेडियो तरंग र लाईफाईले भिजिवल लाईट को प्रयोग गर्छ । रेडियो तरंग वर्णपट भन्दा १० हजार गुणा ठूलो भिजिवल लाईट वर्णपट हुन्छ । यसले पनि यसको डाटा प्रसारण दर बढी हुन्छ । यस्तै, ‘लाई–फाई’ वाई–फाई भन्दा १० गुणा सस्तो हुने अपेक्षा गरिएको छ । वार्सिलोनामा सन २०१४ मा भएको मोबाइल वल्र्ड कंग्रेसमा लाई–फाईको पहिलो व्यापारिक प्रदर्शन गरिएको थियो । घरमा प्रयोग हुने एलइडी बत्तीहरुले द्रूतगतिमा इन्टरनेट सेवा लिन सहयोग गर्न थालेपछि ‘वाई–फाई’लाई धेरैले बाईबाई भन्नेछन् । अनि घर–घरमा हुनेछन् ‘लाई–फाई’ । लाईफाईले सन २०१८ सम्ममा प्रतिवर्ष ६ खर्ब अमेरिकी डलर कमाउने लक्ष्य लिएको छ ।
#LIFI
No comments:
Post a Comment