दिनेश यादव (Dinesh Yadav)
शुरुवात संधै राम्रो हुन्छ भन्ने छैन । तर, आफूसंग कर्म गर्ने जा“गर र परिश्रमी स्वाभाव भए मानिसलाई सफल हुन बेर लाग्दैन । हो, त्यस्तै कर्मवीर मध्येका एक थिए, अमेरिकी नागरिक हेनरी फोर्ड । आज सडकमा गुडने ‘फोर्ड’ गाडिहरु उनकै ट्रेडमार्क हो । फोर्ड मोटर कम्पनीका संस्थापक हेनरीको जन्म ३० जुलाई १८६३ मा अमेरिकी राज्य मिसिगनमा भएको थियो । एक गरीब किसान परिवारमा जन्मेका थिए । जब उनी आठ वर्षका भए, बल्ल बुबा विलियम फोर्डले मिसिगन राज्यस्थित डियरबोर्न नजिकै एक विद्यालयमा उनको भर्ना गरिदिए । बुबा चाही“ खेतिकिसानी मै व्यस्त रहे । चाहन्थे, छोरो हेनरीले काम चलाउ शिक्षा लिएर खेतिकिसानी नै गरोस् । तर, हेनरी फोर्ड अत्यन्तै जिज्ञासु थिए, यन्त्र त उनले हेर्नै हुदैन्थ्यो, भेट्यो कि चलाई हाल्ने स्वभाव । बुबाले एक पटक जन्मदिनमा उनलाई घडी उपहार दिएका थिए । घडी के पाएका थिए, उनले त्यसलाई खोलेर सेट गर्ने सुरसार कसी हाले । त्यसका लागि उनले एउटा सानो किला, चिम्टा र सुई खोजे, जसलाई उनले औचार बनाए । यी साधारण ज्यावलहरुको सहयोगबाट उनले घडी खोले अनि फेरी पहिले कै जस्तै बनाइ दिए ।
यसले उनलाई यन्त्र बनाउनमा कति रुची थियो भन्ने कुरा पुष्टि हुन्छ । प्राइमरी शिक्षा पुरा गरेपछि बुबाले उनलाई खेतिकै काममा लगाए । तर, समय निकालेर उनी आफ्ना मित्रहरुको नया“–नया“ घडिको पार्टपुर्जा खोल्दै जोड्ने गर्थे । यो देखेर उनका बुका दिक्क हुन्थे, कहिलेकाही कुटपीट पनि गर्थे ।
१६ वर्षको
उमेरमा उनी घरबाट भागेर डेंट्राइट पुगे र त्यहा“ वाफ इन्जिन बनाउने वर्कसपमा काम गर्न थाले । त्यहा“ उनी धेरै मेहनत गर्थे । त्यसैको परिणाम थियो, वर्षभित्रै उनी वर्कसपको प्रमुख इन्जिनियर बने । त्यसताका उनको तलब १२५ अमेरिकी डलर थियो, जसबाट उनी सय डलर बचाउ“चे थे । जब उनीसंग हजार डलर भयो, त्यसपछि उनले एउटा यस्तो कार बनाउने योजना बनाए, जुन सस्तो होस र सबैले खरिद गर्न सक्ने मूल्यमा पाइयोस । एक वर्षभित्रै उनले ‘मोडेल टी’ कार तयार पारे । सडकमा आएलगतै त्यो कारले तहल्का मच्चाइ दियो । यो यति सस्तो थियो कि जो कोहीले पनि खरिद गर्न सक्थे । कालो रंगको यो कार ग्राहकले खुबै मन पराए । बिक्रीको रेकर्ड नै तोड्न सफल भयो, त्यो कार । जति कार बनाइन्थ्यो त्यो भन्दा बढी माग हुन थाल्यो । हेनरीलाई भ्याई न भ्याई भयो । उनी भन्थे , ‘परिश्रम कहिलेपनि खेर जादैन, कुनै न कुनै दिन त्यसले सफलताको शिखरमा पु¥याउ“छ तर यसका लागि दृढ विश्वास चाही हुनै पर्छ कि म जुनसुकै काम पनि गर्न सक्छु । त्यसैले त्यो रहस्य थाहा पाउन पनि प्रयास गर्नुपर्छ, त्यसबाट सफलताको मार्ग देखिदै जानेछ । ’ हेनरीले आफ्नो अथक परिश्रमबाटै आफूले खडा गरेको फोर्ड कार उत्पादन कम्पनीलाई सफलताको शिखरमा पुरयाए । हाल उनको नातीनातिनाहरुले त्यो कम्पनी चलाईरहेका छन् ।
हेनरी फोर्डका बारेमा धेरै कथनहरु चर्चित छन् । ती मध्येको एउटा हो, उनको लन्डन यात्राको कथा । त्यहा“ उनले सोधपुछ अफिसमा गएर सस्तो होटेलका बारेमा जानकारी लिएका थिए । एक जना अर्बपति जसले सस्तो बासस्थानको खोजी गर्छन, त्यो पनि लन्डनमा । यो देखेर उनका नीजि सचिवले हेनरीसंग जिज्ञासा राखेका थिए, ‘ ‘तपाईका आफन्तहरु जब यहा“ आउन्छन, आलीशान होटेलमा बस्छन, तपाई चाही सस्तो होटेलबारे जानकारी माग्दै हिड्नु हुन्छ ।’ हेनरीले जबाफ फर्काएका थिए, ‘म एउटा गरीब किसानको छोरा हू“ र मेरा छोराहरु धनी बुबाका सन्तान ।’ यो जबाफ सुनेर ती नीजि सचिव अक्क न बक्क बनेका थिए । हेनरीले अगाडि भनेका थिए, ‘जब तपाई अरुको जस्तो बन्ने प्रयास गर्नु हुन्छ , तब तपाई संधै दोस्रो स्थानमा रहनु हुन्छ । त्यसैले भिडको अंश नबन्नुस, रेलको इन्जिन बन्नुस । किनभने इन्जिनलाई कसैले तान्दैन , त्यो आफ्नै ऊर्जाबाट चल्छ । तर डिब्बालाई चलाउन इन्जिनको आवश्यकता पर्छ ।’ यो महान उद्गारबाट हेनरीप्रति नतमस्तक नहुने पक्कै कोही भेटिदैनन होला ।
त्यस्तै, अर्बपति हेनरी फोर्ड बारे एउटा अर्को कथन पनि लोकप्रिय छ । उनी आफ्नो सन्तानलाई जुत्तामा पलिस गर्न सडकमा पठाउ“थे रे । भन्थे, ‘आफ्नो पकेट खर्चा आफै निकाल । ’ एक दिन छिमेकीले हेनरीलाई मख्खिचुस मात्रै भनेन यो कार्यलाई आफ्नै सन्तानप्रतिको अत्याचारको संज्ञा दिन भ्याएका थिए । यो सुनेर हेनरी केही बेर मौन बसे । अनि जबाफ फर्काए, ‘मैले शुरुमा जुत्ता पलिस गरेर रुपैया“ कमाएको थिए । अहिले अर्बपति छु । मेरो समयमा जो अर्बपति थिए, ती सबैको अवस्था भिखमाग्ने भइसकेको छ , अर्थात उनीहरुको अवस्था ठीक छैन । म आफ्नो सन्तानलाई भिखमाग्ने बनाउन चाहन्न, त्यसैले उनीहरुलाई जुत्ता पलिस गर्न पठाउ“छु ।’ जुत्तामा पलिस गर्ने खुलासा भने उनले पहिलो चोटी गरेका थिए ।
हेनरीसंग जोडिएको अर्को चर्चित प्रसंग उनले लगाउने लत्ताकपडासंग जोडिएको छ । उनी कारखानामा कहिले पनि तडकफडक कपडा लगाएर गएनन । उनी भन्थे, ‘महगो पोशाकमा केही छैन, हु“दैन ।’ अत्यन्तै सादा र साधारण पोशाकमा उनलाई देखेर कर्मचारीहरुले भन्ने गर्थे , ‘हाम्रा मालिक अर्बपति भएर पनि साधारण लुगा मात्र लगाउ“छन । तर यसबारे जिज्ञासा राख्ने साहस भने कसैको हुदैन्थ्यो । एक दिन उनका नीजि सचिवले सोधि त हाले, ‘श्रीमान तपाई अर्बपति हुनुहुन्छ तर कम मूल्यको कपडा मात्रै प्रयोग गर्नु हुन्छ ।’ हेनरी मुस्कुराउदै भने, ‘यहा“ सबैले मलाई चिनेकै छन कि म हेनरी फोर्ड हु“ । म मह“गो कपडा लगाएर , सबैलाई देखाउने चिन्ता किन गरु“, म हेनरी फोर्ड हु“ ।’ एक पटक हेनरी विश्व भ्रमणमा गए , त्यहा पनि उनी साधारण कपडा लगाएरै गए । नीजि सचिवले फेरी प्रश्न तेर्साइ हाले , ‘श्रीमान विदेशमा त हजुरलाई कसैले चिन्दैनन । त्यसैल मह“गो र राम्रा लुगा लगाउनु राम्रो होला कि ? हेनरी मुस्कुरादै भने , ‘मैले आफ्नो शरीर ढा“क्ने लुगाको चिन्ता किन गरु“ , त्यो पनि तिनीहरुका लागि जसले मलाई चिन्दै चिन्दैन कि म अमेरिकी अर्बपति हेनरी फोर्ड हू“ । ’ उनको यो भनाई मानिसले कामका कारण सम्मान पाउ“छन, महगाो पोशाकले होइन भन्ने सन्देश दिन्छ । महगो र ब्रान्डेड कपडा लगाएर अनि लोगो भिड्याएर आफूलाई ठूलो देखाउन खोज्नेहरु भित्रबाट खोक्रा हुन्छन । रचनात्मक कामबाट व्यक्तिको पहिचान हुन्छ ।
२० औं शताब्दीको शुरुमा उद्योगपतिहरुले श्रमिक बर्गलाई एउटा यन्त्रका रुपमा लिन्थे र न्युनतम तलव दिन्थे । हेनरी फोर्डले भने ‘धेरै देऊ..... धेरै फर्किन्छ’ भन्ने बिचार अप्नाए र अघि बढे । सबैभन्दा पहिले उनले त्यस्ताका ‘मोडेल टी’ को मूल्य घटाएर ३४० अमेरिकी डलर बनाए । कारखानामा काम गर्ने समय ९ घन्टाबाट घटाएर आठ घन्टा पु¥याए । मजदुरहरुको तलब दुई गुणाले बृद्धि गरिदिए । फोर्ड मोटर कम्पनीमा काम गर्ने अवधि घटेपछि तीन शिफ्टमा उत्पादन हुन थाल्यो, त्यही मेसिनबाटै तीन गुणा उत्पादन हुन थाल्यो । कम्पनीलाई फाइदानै फाइदा हुन थाल्यो । श्रमिक वर्गहरु पनि खुशी मालिक पनि दंग ।
सन १८८२ मा हेनरीले आफ्नै गाउ“मा कृषि उपकरण सुधारर्ने वर्कसप खोले, तर दुई वर्षमै उनलाई दिक्क लाग्यो । आफूले चाहे अनुसारको सफलता नपाएपछि त्यहा“बाट फेरी निस्के । त्यसपछि नया“ केही गर्नुपर्छ भनेर एडिसन एल्युमिनेटिङ कम्पनीमा रात्री कालिन अपरेटरको रुपमा ४० डलर पाउने गरी काम थाले । त्यो कम्पनी महान बैज्ञानिक थोमस ए एडिसनको थियो । एडिसनलाई आफ्नो कामबाट प्रभावित पार्दै हेनरी स्टीम इन्जिन मेन्टेनेस विभागका प्रमुख बनाइए । हेनरीले बिजुली चीमका जनक एडिसनको कम्पनीमा ज्वाइन गर्नुको एउटा मात्रै कारण थियो, इलेक्ट्रीकल इन्जिनियरी सिक्नु । त्यस्ताका आफ्नो नोकरीबाट फर्केर आएपछि हेनरी फोर्ड घरको शेडमा अबेरराती सम्म वाष्प इन्जिन बनाउने प्रयास गर्थे । सन् १९९६ जुन ४ मा उनले वाष्पबाट चल्ने बाहन बनाए, जब शेडबाट त्यसलाई निकाल्न खोजे, सकेनन । किनभने यन्त्र ठूलो र ढोका सानो थियो । यो उपलब्धिपछि उनी निक्कै उत्साहित थिए । त्यो उत्साहले उनी हथौडाले चौकसै उखालि दिए । भर्खर तेत्तिस वर्ष टेकेका उनी वास्प इन्जिन बनाउनु चानचुन कुरा थिएन । तर, त्यो सफलता उनले हात पारेका थिए ।
७ अप्रिल १९४७ मा निधन हुनुअघि उनले आफ्नो डायरीमा एउटा वृतान्त लेखेका थिए, ‘म जब आफ्नो कारखानामा काम गर्ने मजदुरहरुलाई मोटो मोटो रोती खाएको र राती ना“च्दै गरेको देख्छु , मलाई डाह लाग्छ कि म हेनरी फोर्ड संसारको सबैभन्दा धनी व्यक्ति हू“ । मलाई निद्रा लाग्दैन तर मजदुरहरु मजाले सुत्छन्... । हे भगवान अर्को जुनीमा मलाई जन्म दि“दा कारखानाको मजदूरसंगै काम गर्ने मौका दिनु पनि दिनु । ताकी मैले पनि मजदुरसंग हथौडा चलाउन सकू र रात्री मजाले सुत्न पनि ।’ हेनरी आफनो मृत्यु हुनु भन्दा दुई वर्षअघि कम्पनीको अध्यक्ष आफ्नो नाति हेनरी फोर्ड द्वितीयलाई बनाएका थिए । आजपनि उनले स्थापना गरेको कम्पनी विश्वविख्यात छ । (12 March 2016, Kantipur)
#Henary Ford, #Billionaire #America #Nepal # Dinesh #Yadav
No comments:
Post a Comment