| Published in Kantipur Kopila Dated 5th March 2016 |
- दिनेश यादव
![]() |
| दिनेश यादव |
भाईबहिनी हो, जुम्ल्यहाको जन्म हुन्छ, कसरी ? जान्ने चाहना पक्कै होला । हरेक महिना प्रत्येक महिला पर सर्छन्, जसलाई ‘नछुने’ वा ‘रजस्वला’ पनि भनिन्छ । किशोरी वा महिलाको डिम्बासयमा विकसित डिम्ब निशेचित नभएपछि ३० दिनमा त्यो बाहिर निस्कन्छ । यो अवस्थामा महिलालाई बढी आराम चाहिन्छ । त्यसैले कही–कही“ यसलाई धर्मसंग जोडि दिएको छ । तर यो विल्कुलै जैविक प्रक्रिया हो । रजस्वला शुरु भएको दिनदेखि १४ औं दिन(औसतमा) प्रत्येक महिलाको डिम्बाशयबाट एउटा डिम्बको निस्कासन हुनेगर्छ । त्यो भाले लैङ्गिक कोष(शुक्रकीट) संग मिलेर निशेचित हुन पुग्दा जाइगोट(युग्मक) बन्छ । यही जाइगोट भ्रुण बनेर गर्भाधारण क्रिया हुन्छ । अनि बच्चा जन्मिन्छ । भाईबहिनी हो, एउटै गर्भावस्थाबाट जन्मिने दुई संतानलाई जुम्ल्याहा भनिन्छ । मोनोजाइगोटिक (एकैखाले) या डाईजाइगोटिक (दुई अलग डिम्ब) बाट जुम्ल्याहाको जन्म हुने गर्छ । एउटा शुक्रकीट र डिम्बबाट बनेको जाइगोटका कारण जुम्ल्याहा भयो भने मोनोजाइगोटिक हुन्छन । तर, दुई फरक–फरक शुक्रकीट र डिम्बबाट बनेको छुट्टाछुट्टै जाइगोटका कारण जन्मिने चाही“ डाइजाइगोटिक हुन्छन । मोनोजाइटोटिक जुम्ल्यहा प्रति एक हजारमा तीन जना रहेको पाइन्छ । डाइजाइगोटिकमा प्रति एक हजारमा कही–कही ४ देखि ५ (जापानमा) , कही १५ (भारतमा) सम्म भेटिएका छन् । अमेरिकामा त यो संख्या २४ सम्म छ । त्यहा“ बढी हुनुको कारण चाही“ बढ्दो आईभीएफ (इन भिट्रो फर्टिलाइजेशन) हो, जुन एउटा कृर्तिम गर्भधारण प्रक्रिया हो । एउटा जाइगोट दुईटा भ्रूणमा विभाजित हुने कारण अझै थाहा हुन नसकेपनि कृर्तिम गर्भाधारणले जुम्ल्याहाको संख्या बढेकोबारे अनुशन्धानकर्ताको मतैक्यता पाइन्छ । प्रति हजार प्रसवमा प्राकृतिक गर्भाधानमा तीन जना भएपनि आईभीएफ प्रसबमा प्रति हजार करीब २१ जनाबाट जुम्यहाको जन्म हुने गरेको छ । जाइगोट फुटेर जुम्ल्यहा हुने गरेकाले यो जति पटक फुट्यो त्यतिवटासम्म बच्चा जन्मिन सक्छ । तिम्ल्यहा, चौम्ल्यहा आदिको जन्म यसै प्रक्रियाबाट हुन्छ । यदि फुटाई सात दिनभित्र भए छुटाछुटै जुम्ल्यहाको जन्म पुग्छ । कहिलेकाही शरिर जोडिएर पनि जन्मिने गर्छन । यसरी जन्मिएकाको लिंग, कद, रंग, रुप उस्तै–उस्तै देखिन्छ ।
हाल विश्वमा जुम्ल्यहाहरुको संख्या बढ्दो छ । अमेरिकी पत्रिका ‘पपुलेसन एन्ड डेभलपमेन्ट रिभ्यू’ मा प्रकाशित रिपोर्ट अनुसार विश्वमा जुम्ल्याहाहरुको जन्म दुई गुणा मात्र भएको छैन, अमेरिकामा सन् १९७५ मा प्रति एक हजार शिशूको जन्ममा ९ दशमलव ५ जना जुम्ल्यहा थिए । यो संख्या सन् २०११ मा बढेर प्रति हजार १६ दशमलव ९ पुगेको थियो । बेलायतमा पनि उस्तै । त्यहा“ प्रति हजार जनामा ९ दशमलव ९ बाट १६ दशमलव एक पुगेको थियो । जर्मनीमा प्रति हजार शिशुको जन्ममा जुम्ल्याहा बच्चाको संख्या ९ दशमलव २ बाट १७ दशमलव २, फ्रान्समा ९ दशमलव ३ बाट १७ दशमलव ४, डेनमार्कमा ९ दशमलव ६ बाट २१ दशमलव २ र दक्षिण कोरियामा ५ बाट बढेर १४ दशमलव ६ पुगेको छ । बैज्ञानिकहरुले यसको कारण चिकित्सकीय सहयोगमा गर्भधारण गर्ने प्रवृतिलाई प्रमुख मानेका छन् । सन् १९७० मा कृर्तिम गर्भधारण प्रक्रियाको विस्तार भएको हो । त्यसैक्रममा ओभेरियन स्टिमुलेशन र आईभीएफको चलन शुरु भएको हो । यी दुई तरीकामा एक भन्दा बढी भ्रुण (बहुभ्रुण) विकासको घटना सामान्य हुन्छ । जुम्ल्याहा शिशुको जन्ममा बढ्दो संख्या विगत चार दशकमा विकसित देशहरुमा सबैभन्दा बढी छ । बैज्ञानिकहरुले यो क्रम अगामी दिनहरुमा पनि जारी रहन सक्ने ठोकुवा गर्न नसकेपछि यसको बढ्दो संख्याले जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न बताउ“छन् । यो आमाका लागि मात्र होइन, शिशूका लागि पनि खतरापुर्ण अवस्था हुनसक्छ । अधिकांश जुम्ल्याहा शिशू समयअघि जन्मिने गरेका छन । धेरैको तौल कम हुन्छ र जीवित रहने संभावना न्यून हुन्छ । जनावरहरुको केही प्रजातिहरुमा जुम्ल्यहा बच्चा सामान्य झै । खासगरि विरालो, भेडा, बाख्रा, न्यारीमुसो र हरिणमा । चौपायामा भने यसको सभ्भावना १ देखि ४ प्रतिशत छ । Twins/Dinesh Yadav

No comments:
Post a Comment