Monday, 21 March 2016

विरासत हैन संघर्षले महिला बनिन अर्बपति



  • दिनेश यादव (Dinesh Yadav)
Zhou Quinfei


  •  झाउको परिवार अत्यन्तै गरिब थियो । बाल्यकाल अभावैअभावमा वितेको थियो, उनको ।
  • झाउलाई आफू अभिभावकविहीन भएर पनि पढ्ने चाहना थियो


हामीले आफ्नो वरपर हेर्ने हो भने धेरै धनाढ्य र सफल व्यक्तित्वहरु पाउ“न सक्छौ । अनि सोच्छौ, हामी पनि त्यस्तै भई दिए क्या मज्जा हुन्थ्यो । तर, सफलता प्राप्त गर्न कुनै व्यक्तिले गरेको कठोर संघर्ष र लगनशिलतालाई हेर्दैनौ । रातारात कोही अर्बपति या सफल हुनै सक्तैनन । यसका लागि धेरै मिहिनेत, परिश्रम र सही अवसरसंगै सही दिशामा अग्रसर हुनु आवश्यक पर्छ । कडा संघर्ष र गरिबीलाई चिर्दै सफलताको शिखरमा पुग्ने मध्येका एक हुन, चिनिया“ महिला उद्यमी झाउ क्वीनफेइ । उनी गरिबीलाई धेरै नजिकबाट हेरेकी छन् । महिलाले जे पनि गर्न सक्छिन् भन्ने कुरोको साक्षात प्रमाण बनेकी छन, उनी ।  

चीनको हुनान प्रान्तको सिआङसिआङमा ४६ वर्षअघि उनको जन्म भएको हो । झाउको परिवार अत्यन्तै गरिब थियो । बाल्यकाल अभावैअभावमा वितेको थियो, उनको । अझ जन्म हुनुअघि सन १९६० को दशकमा उनको बुबा एउटा दुर्घटनामा परेर दृष्टिविहीन बनेका थिए । जब उनी पा“च वर्षकी भइन, आमालाई गुमाइन । जीवनमा संकट आइ प¥यो । स्कूल जाने छिप्दै गएको थियो उनको । ढिलै भएपनि स्कूल जान थालिन । तर १५ नपुग्दै स्कूल छाड्नु प¥यो, उनले । परिवारको आर्थिक अवस्था जर्जर थियो, दुई छा“क टार्न परिवारलाई धौ–धौ पनि । बर्खरै किशोरावस्था टेकेकी झाउलाई परिवारका लागि आर्थिक श्रोत कसरी जुटाउने भन्ने चिन्ता आइ प¥यो । केही सीप नचलेपछि उनी ग्वाङदोङ प्रान्तको विशेष आर्थिक क्षेत्रका रुपमा परिचित शेन्झेनमा एउटा प्रवासी कामदारका रुपमा रोगजारी थालिन । उनले शेन्झेनमा विश्वविद्यालय नजिकै रहेको कम्पनीलाई रोजेकी थिइन । यो उनको पढ्ने उत्कट अभिलाषाको परिणाम थियो । झाउले यसो गर्नुका कारण चाही“ उनी विश्वविद्यालयमा आंशिक रुपमा भएपनि पढ्न चाहन्थिन । हिजोआजका केटाकेटीहरुलाई अभिभावकले प्रयाप्त अवसर जुटाइ दि“दा पनि राम्ररी पढदैनन् । तर झाउलाई आफू अभिभावकविहीन भएर पनि पढ्ने चाहना थियो । त्यही चाहनाकै कारण उनले त्यहा“ धेरै विषयहरु पढ्न भ्याइन । लेखा, कम्प्युटर संचालन, कस्टम प्रोसेसिङलगायत विषयको परीक्षा पास गरि प्रमाणपत्र समेत प्राप्त गर्न उनी सफल भईन । अझ व्यावसायिक सावारीसधान चलाउन चालक अनुमतिपत्रको परीक्षामा समेत दिएर लाइसेन्स लिइन । अन्य अवसर नजुटे भाडाका सवारी साधन भएपनि हाक्ने उनको चाहना यसबाट छर्लङ हुन्छ । यति गर्दापनि उनी सन्तुष्ट भने हुन सकिनन् । उनको मनमा सबैभन्दा बढी दुःखको विषय अंग्रेजी पढ्न नपाउनु अझै रहेको छ । अंग्रेजीमा जानकार हुन नसकेकोमा उनलाई कता कता खिन्नता बोध भएको तितो अनुभव पटक–पटक पोख्दै आएकी छन, उनी ।  

कलिलै उमेरमा यतिका अनुभव प्राप्त गरिसकेर पनि उनको संघर्ष जारी थियो । परिवारका सदस्यका लागि आवश्यक दैनिक उपभोग्य वस्तुहरु प्रयाप्त मात्रामा उपलब्ध गराउने हैसियतमा अझै उनी नपुगिसकेको अवस्था थियो । त्यसैले उनी घडीको पार्टपुर्जा बनाउने एउटा सानो पसलमा काम गर्न थालिन । उनको आशा थियो, यो पसलमा गरेको कामबाट आफ्नो र परिवारको गुजारा राम्ररी चलाउने हैसियतमा पुगिएला कि ? भनिन्छ, ईश्वरको घरमा ढिलो छ, अन्धकार छैन । हो, त्यो पसल बास्तवमै उनको जीवनमा परिवर्तन ल्याउने औजार बन्न पुग्यो । उनले त्यहा“बाट २० हजार हङकङ डलर जोगाउन सफल भईन । त्यही डलरले झाउले सन् १९९३ मा आफ्नै कम्पनी स्थापना गरिन । कम्पनी खोल्नका लागि उनका भतिजले प्रोत्साहन गरेका थिए भने उनका भाई, बहिनी र दुई भतिजाहरुले उनलाई सघाएका थिए । यी सबैले झाउको व्यापारमा सहयोगी भई काम गरे । सन् २००१ मा उनको कम्पनीले ठूलै फडो मा¥यो, जब चिनिया“ ठूला इलेक्ट्रोनिक्स कम्पनी टीसिएल कर्पोरेसनसंग मोबाइल फोनको स्क्रिन बनाउन नाफामूलक सम्झोता भयो । झाउ भन्छिन्, ‘एक वर्ष भित्रै मैले ११ कम्पनी शुरु गरे । ’
सन् २००३ मा झाउले टच स्क्रिन बनाउने लेन्स प्रविधि शुरु गरिन र आफ्नो कम्पनीलाई ग्लास उत्पादनमै अब्बल श्रेणीमा पु¥याई दिइन । उनको कम्पनीले विश्व बजारमा इलेक्ट्रोनिक्स क्षेत्रमा बर्चस्प कायम गरेका एप्पल, सामसङ इलेक्ट्रोनिक्स र हुआवे कम्पनीका लागि टच स्क्रिनको आपूर्ति गर्न थाल्यो । उनकै कम्पनीबाट उत्पादित ग्लास स्क्रीनहरु एप्पल घडीहरु र स्याप्फारे क्रिस्टलका रुपमा पनि प्रयोग हुने भएको छ । सन् २०१५ को अप्रिलसम्म उनको कम्पनीमा काम गर्ने कर्मचारीको संख्या करीब ६० हजार पुगेको छ । अघिल्लो वर्षको मार्च १८ मा उनले आफूले शुरु गरेको व्यापारको २२ औं वार्षिकी समेत मनाएकी थिइन । 
उनी करोडपति त बनिन, तर उनको वैवाहिक जीवन भने सुखद रहेन । पहिलो पटक उनले फ्याक्ट्रिका पूर्व मालिकसंग विवाह गरिन । एक सन्तानलाई जन्म दिइन ,तर श्रीमानसंग लामो समय बिताउन सकिनन्, पारपाच्चुके लिन बाध्य भइन । त्यसपछि उनले फ्याक्टीमै लामो समयसंगै काम गर्ने एक सहकर्मी झेज जुन्लङसंग विवाह गरिन । हाल झेन र एउटी छोरीसंग उनी बस्छिन । पति झेन कम्पनीको बोर्डमा छन् । गरिबबाट अर्बपति बन्ने झाउको संघर्षमय जीवन चीनमा रहेका लाखौं अप्रवासी कामदारका लागि मात्रै होइन, विश्वका सबै नागरिकका लागि उत्तिकै प्रेरणदायक र उत्प्रेरित गर्ने खालको छ । झाउले गान्सु टेलिभिजनसंगको एक साक्षात्कारमा भनेकी थिइन, ‘मेरो सफतलाको रहस्य मेरो सिक्ने चाहनामा लुकेको छ ।’
 सन २०१५ को मार्चयता उनको कम्पनी शेन्झेन चाईनेक्सका रुपमा बजारमा लोकप्रिय छ । यही कम्पनीले उनलाई चिनकै सबैभन्दा धनाढ्य महिलाको ¥याङमा पु¥याइ दिएको छ । हाल उनी विश्वका २०५ औं अर्बपति बनेकी छन् । फोब्र्स अखबारका अनुसार उनको कूल सम्पति ६ दशमलव १ अर्ब अमेरिकी डलर (रियल टाइम १८ मार्च २०१६) रहेको छ । उनको सम्पतिको स्रोत चाही“ स्मार्टफोन ग्लास कभर नै हो । हाल हङकङमा बस्दै आएकी उनी सन २०१६ मा हङकङको धनाढ्यहरुको सूचीमा ९औं स्थानमा छिन । अघिल्लो वर्षको तुलनामा उनी नौ स्थान उक्लेकी छन । सन् २०१५ मा चीनको सर्वाधिक धनीहरुमा उनको स्थान १८ औं र टेक क्षेत्रमा विश्वकै धनाढ्यहरुमा ३० औं स्थानमा दरिएकी थिइन,उनी । विश्वकै टेक संस्थापक महिलाहरुमध्ये उनी सबैभन्दा धनी हुन । ८८ प्रतिशत कब्जा रहेको उनको लेन्स प्रविधि विश्वबजारमा छाएको छ । खासगरि मोबाइल फोनहरु र ट्याब्लेटका ग्लास कभरमा उनकै कम्पनीको पडक छ । एप्पल र सामसङका लागि उनको कम्पनीले ग्लास कभर आपूर्ति गर्ने गर्छ । चीनको मुख्यमूमिमा जन्मिएर झाउले हङकङको पासपोर्ट लिई सन् १९९३ यता सिसा उद्योगमा काम गर्दै आएकी छन् । उनी एउटा गरिबी ग्रामिण जीवन छाडेर शेन्झेनस्थित एउटा कारखानामा कामदार भई काम गरेकी सगौरव बताउ“छिन । भन्छिन, ‘त्यहा“ सीसा बनाउने सीप सिकेपछि मैले आफै कम्पनी खोले“ ।’(एजेन्सीहरुको सहयोगमा, Kantipur, 19 th March 2016) 
 #Zhou Quinfei #Billionair #China, #Forbes @Kantipur

No comments:

Post a Comment