Sunday, 24 December 2023

‘क्रिसमस डे’ले सबैलाई एकजुट बनाउन सहयोग गर्ने उपराष्ट्रपति यादवको विश्वास



उपराष्ट्रपति रामसहायप्रसाद यादवले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । उहाँले सम्पूर्ण इसाई धर्मावलम्बी, नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले ‘क्रिसमस डे’का अवसरमा जारी गर्नुभएको सन्देशमा  नेपालमा मनाइने अन्य पर्वहरु जस्तै प्रेम, हर्षोल्लास र एकजुटताका साथ मनाउने आनन्दमय सामाजिक र सांस्कृतिक उत्सव भएको उल्लेख गर्नुभएको छ । उहाँले नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र सांस्कृतिक पहिचान भएकामा एकता र एकजुटताको भावनालाई बढावा दिने विश्वास व्यक्त गर्नुभएको छ । 

उपराष्ट्रपति यादवले भन्नुभयो, “यस पर्वले अन्य चाडपर्वमा जस्तै मानिसलाई दया, दान र स्वयंसेवालगायत कार्यका समावेश गराउँदै खुशी र सद्भाव फैलाउन प्रोत्साहित गर्दछ । यो अत्यन्तै सकारात्मक पक्ष हो ।” खुशी, हर्ष र जोसका साथ मनाइने यो पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव, मैत्रीभाव आदिलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउन सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गर्नुभयो । 

उपराष्ट्रपति यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि अग्रसर र क्रियाशील हुनका लागि ‘क्रिसमस डे’ ले उत्प्रेरित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।  रासस

Saturday, 16 December 2023

जीवन_सूत्र (#Life_Formula)

 


गाउँ (#फकिरा) बाट राजधानी आएको साता जति भएछ । एता आए पनि गाउँले काकाको सम्झना झलझल्ती आइ रा'छ । गाउँमा छँदा उनीसंग पटक-पटक भएको संवादहरू जीवन, परिवार, समाज र देशको प्रगतिका लागि सूत्र झै लाग्न थालेको छ।

#काकाले एकदिन मसंगको संवादमा भन्दैथ्ये -

'बाबु ! तिमीहरू गाउँ बाहिर गएर राम्रो गर्यौं । यहाँ त अब बस्न सक्ने अवस्था नै रहेन । केही कथित मुहःपुरूख(अगुवाहरू) ले गाउँलाई पुरै भाँडी सकेका छन् । घर-घरमा झगडा लगाएका छन्..! '

काका ननस्टप बोली रहेका थिए । बीचमा रोक्दै मैले जिज्ञासा राखें, ' काका ! को मुहःपुरूख??, को-को छन् त्यस्ता ।'

काका : ' (अलिक कड्किदै) हैट ! गाउँको बच्चा-बच्चालाई थाहा छ । सोध्नु सबैले भनिदिनेछन् । म बुढालाई नाम ओक्लिन नलगाऊ । भित्ताको पनि कान हुन्छ, कसैले तिनीहरूलाई सुनाई दिए #मैदान (खुला दिशापिशाब गर्ने ठाउँ), #पैनछुवा (आफ्नो दिशा पखाल्ने कार्य), #चौरचरण(बस्तुभाउलाई चराउने ठाउँ) आदि सबै बन्द गर्ने उर्दि जारी गर्छन् । फेरी म गरीब जो परें..!' 

यी कुराहरू भनिरहँदा काकाको मनमा त्रास रहेको सजिलै जो कोहीले पनि लख काट्न सक्थे । म पनि त्यही निस्कर्षमा पुगें ।

म: (काकाको काँधमा हात राखेर अनुहार हेर्दै) 'काका यो युगमा पनि डराउने हो र ? '

काका खिसिक्क #हाँसे । एताउता हेर्दै गम्छाको पगडी टाउकोमा बेस्सरी बाँधेपछि भने, ' बाबु! म डराएको हैन, अनावश्यक झमेलामा पर्न मात्र नचाहेको हो...। ममाथि पंचायती बसाउलान भन्ने डर चाहीं छ, है। खैनी-बिडी, सुपारी जो खर्च गराउँछन् । पंचायतीको नाममा केही बेरोजगारहरूको दिनचर्या यसरी नै बित्ने गरेको छ ।'

काकाको गाउँमा दैनिक हुने अनावश्यक #पंचायतीप्रतिको आक्रोस सुनेपछि शुरूमा उनले भनेको कुरामा ध्यानाकर्षण गराउने प्रयास गरें । सोधें, ' काका ! क-कसको घरमा झगडा छ ?'

काका : 'भनि साध्य छैन , बाबु । क-कसको नाम भन्ने ...? ' लामो साँस लिँदै काकाले थपे -

 ' बाबु ! जुन घरपरिवारमा दाजुभाइहरूबीच प्रेम र ठूलाबडाको सम्मान र आदरभाव हुन्छ, त्यहाँ ईश्वरको बास हुन्छ । प्रेम विभाजित भएपछि रामायण लेखियो, सम्पत्ति बाँडिएपछि महाभारत लेखियो, मानिसको पतन तब शुरू हुन्छ,जब उसले आफ्नैलाई गिराउने सल्लाह अरूबाट लिन शुरू गर्छ...!'  काकाले समय सोधें, बिहानको ११ बजेको रहेछ । जलखोई (नास्ता) गरेर जान अनुरोध गर्दा स्नानध्यानपछि मात्र गर्ने भनेर काका #पुरनी पोखरीतिर लागे ।म भने काकाले भनेका अन्तिम पंक्तिमा घोत्लिदैं सोफामा बसिरहे । #Dineshyadav #uncle #questionoftheday #FacebookPage #dineshreel #fact #voice #AmaZing #village #villagelife 


#दिनेश_यादव 

@काठमाण्डौ_कलंकी

२०८०/०८/२९

Sunday, 3 December 2023

#एकताको_अंकगणित


गाउँमा काकालाई अचेल स्रोता पाउँनै मुश्किल छ । उनलाई सुन्न कोही तयार छैनन् । हुनु पनि कसरी ? गाउँ युवाविहिन छ, पिढी अन्तर छँदैछ, काकाका दौंतरीहरू रोग पत्ता नलागिकनै स्वर्गलोक पुगिसकेका छन् । उनी भने अझै उस्तै तन्दुरूस्त छन् । अझ उनका  सामाजिक ज्ञानका कुरा कुनै विश्वविद्यालयमा पठाइने पाठ्यपुस्तक भन्दा कम छैनन् । मैले एकताका पुस्तकहरूमा पढेका कुराहरू उनको मुखारबिन्दूबाट सुन्न पाउँदा बिछट्टै आनन्दको अनुभूति हुने गरेको छ ।


काका आज अन्ध्यारो मुद्रामा भेटिए । निराश, उदास र चिन्तित पनि देखिन्थे । मैले उनको अनुहार हेरेँ अनि सोधें -

'काका आज चिन्तित मुद्रामा किन ?'

नजिकै उर्मिले राखिदिएको चियाको ग्लास नियाल्दै, त्यसमा परेको तर पन्छाउने सुर उनले के कसेका थिए, उनको हातको लौरो भूँईमा एक्कासी बजारिएर चर्को आबाज निस्कियो ...! त्यो आबाज मेरो लागि विरलै सुनिने घटना थियो । 

म : काका ! चिया खानुस् , म लौरो उठाइँ दिन्छु...! 

काका : (अलिक भावुक भन्दै...) बाबु ! तिमी असाध्यै असल छौं । 

म: ए....ए....! (एक छिन अलमलिदैं) ।


काका चियाको चुस्कीसंगै सुनाउन थाले  - 'बाबु ! जसरी '१०', '१००ʼ, '१०००ʼ, ʼ१००००' ... बढ्दै  जान्छ, शून्य (ता) थपिदैं जान्छ । त्यसैले हाम्रा पूर्वजहरूले सगुन र व्यवहारमा '११ʼ, '२१', ʼ५१ʼ, '१०१', '१००१' दिने प्रचलनमा ल्याए ....। किन, थाहा छ ?'


वर्षौं कक्षाकोठामा गणित पढाएको म काकाको यो अंकगणित बुझ्नै मलाई गाह्रो भै रहेको थियो । तत्काल म अनुत्तरित थिएँ । एकैछिन मौन के बनेको थिएँ, काकाले मेरो मौनता भंग गर्दै भने - 'बाबु ! किताबी ज्ञान र व्यवहारिक ज्ञानमा फरक छ । सुन - सगुनमा शून्य अंकको साटो एक थपेर दिनुको अर्थ : एक (एकता) कायम रहोस् , शून्य(ता) हैन....!'

म: (काकाको अनुहार हेरेको हेरे गर्दै,छक्क पर्दै) काकाको अंकगणित गजबको रै'छ ...!


काकाको एकताको यो अंकगणित व्यवहारिक मात्र छैन अर्थपूर्ण, शिक्षाप्रद र धेरै अर्थमा सांकेतिक पनि छ ।


काका जुरूक्क उठ्दै खाटमा अडेस लगाएर राखिएको लौरो उचाल्दै मबाट छुट्टिने तर्खर गर्दै भने - 'बाबु ! गाउँमा अचेल पहिले जस्तो एकता कहाँ छ र ? हाम्रा पूर्वजले कायम गरेको एकता, सद्भाव, सदाचार, मैत्रीभाव, अपनत्वभाव, भाईचारा, मेलमिलाप ... अब छैन । मेरो चिन्ता र निराशाको कारण यही हो   ....।' काका आफ्नो गन्तव्यतिर लाग्नु भयो , म भने उनको एकताको मननयोग्य संदेशमा घोत्लिदैं गाउँमा आफ्नो दैनिकीमा व्यस्त भएँ ....। #एकता_नै_ठूलो_बल_हो  #uncle #questionoftheday #FacebookPage #dineshreel #fact #voice #AmaZing #village #villagelife 


#दिनेश_यादव 

@राजगढ_०६_फकिरा

२०८०/०८/१७

Saturday, 2 December 2023

उपराष्ट्रपति यादवद्वारा अपाङ्गता भएकाहरूको अन्तराष्ट्रिय दिवसको शुभकामना सन्देश

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले अपाङ्गता भएका व्यक्तिहरुको #अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण #अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र उत्तोत्तर प्रगतिका लागि हार्दिक #शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले आज डिसेम्बर ३ (मंसिर १७ गते) मा दिनुभएको शुभकामना सन्देशको #पूर्ण_पाठ :-

अपाङ्गता भएका व्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवस, २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । 


सन् १९९२ मा संयुक्त राष्ट्रसंघीय महासभाले हरेक वर्षको डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा गरेयता विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै आएको छ । यो दिवस मनाउनुको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्रवर्धन, समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्नु रहेको छ । यस वर्ष यो दिवसको नारा ‘अपाङ्गता भएका व्यक्तिहरुका लागि, उहाँहरुको साथ र उहाँहरुद्वारा ‘दिगो विकास लक्ष्यहरु (एसडीजी)’ को बचाउ र प्राप्त गर्ने कार्यमा एकता’ रहेको छ । यसले दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि उहाँहरुको अतूलनीय योगदान र महत्वलाई दर्शाएको छ । 


अपाङ्गता भएका व्यक्तिहरुलाई अधिकार सम्पन्न बनाउँदै उहाँहरुलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउन जरुरी छ । संविधानमा उहाँहरुका लागि भएको व्यवस्था अनुरुप सामाजिक सुरक्षा, सशक्तीकरण, सहभागिता र समावेशिताका अधिकारलाई अक्षरशः पालना गर्ने दायित्व सबैको हो । 


यो दिवसका अवसरमा वर्षेनी उठान गरिने र बहसमा ल्याइएका अपाङ्गता भएका व्यक्तिहरुको न्यायोचित सवालहरुलाई संवोधन गर्नु पर्दछ । खासगरी, नेपाल सरकारलगायत विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाहरुले गर्दै आएको पैरवीहरु कार्यान्वयनमा ल्याउनु पर्दछ । उहाँहरुलाई अर्काको भर नपर्ने गरी जीवनयापन गर्ने सीप र दक्षता प्रदान गर्दै आत्मनिर्भर र स्वावलम्बी बनाउन पनि आवश्यक छ । किनभने उहाँहरुको सीप, सेवा र क्षमता राज्यको दिगो विकासमा उत्तितै महत्वपूर्ण छ । अपाङ्गता भएका व्यक्तिमैत्री भौतिक संरचना निर्माण र कानूनको पालना सबैले गर्नु पर्दछ । उहाँहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा समान सहभागिता र अवसर दिएर समाज एवं देशको दिगो र फराकिलो विकासका लागि उहाँहरुलाई  उत्साहित गर्न सक्नुपर्दछ ।


अन्त्यमा, अपाङ्गता भएका व्यक्तिहरुको लागि क्रियाशिल सरकारी निकाय तथा संघसंस्थालाई यो अन्तर्राष्ट्रिय दिवसमा अपाङ्गता भएकाहरुको अधिकार प्राप्तिका लागि थप उर्जासहित दत्तचित्त भई लाग्न उत्प्रेरित गर्दै हौशला प्रदान गरोस् भन्ने कामना गर्दछु । 

धन्यवाद 

२०८० मंसिर १७ गते आइतबार ।

रामसहाय प्रसाद यादव 

उपराष्ट्रपति 


काकाको यक्ष प्रश्न (Uncle's question)

#नेपाली_लघुकथा 

 

 मेरो गाउँको एक जना काकाले भन्दैथ्ये- 

बाबु ! तिमी पढेलेखेका छौं । एउटा कुरा सोधौं ?'


म : सोध्नुस्, काका ! के कुरा हो ?


काका : जवाफ दिने शर्तमा मात्रै सोध्छु ।


म : (केही गम्भीर मुद्रामा) , सोध्नु न काका जानेको भनौंला ।


काका : (मेरो अनुहार हेर्दै...)

बाबु ! विज्ञानले भन्छ-सुन जल्दैन ।

रामायणले भन्छ-सुनको लंका जलेर राख/खरानी भयो !

यसमा कुन सत्य हो ??


म अक्कमकिँदै, काकाको अनुहार हेर्दै - प्रश्नको उत्तर दिनु भन्दा पनि उनको गम्भीर र गहिरो जिज्ञासाको स्तरप्रति आश्चर्यचकित भएँ । म विज्ञानको विद्यार्थी, वैज्ञानिक तथ्यलाई स्वीकार गरें, त्यही अनुरूप काकालाई उत्तर दिएँ ।


काका जोड्-जोड्ले हाँस्दै मेरो हात समाउँदै सोध्नुभयो-

...फेरी 'धार्मिक अन्धता' किन ? गाउँभरी लाउडीस्पीकर लगाएर चर्का-चर्का धर्मका कुरा किन ? धर्मले अरूलाई हानी पुर्याउनु हुन्न भन्छ । म मुटु, सुगर र प्रेसरको रोगी तथा मेन्टली विक्षिप्त भएको दीर्घ रोगी पनि हूँ, चर्को ध्वनीले म झनै सिकिस्त बन्दै गा'छु ......! मेरो आबाज कसले सुन्ने ? शान्त वातावरणमा बाँच्न पाउँने मेरो  अधिकारको रक्षा कसरी र कसले गर्ने .....??


काकाले श्रृंखलाबद्ध यस्तै धेरै प्रश्न तेर्साउन थालेपछि बल्ल थाहा भयो, काकाले शुरूमा राख्नु भएको जिज्ञासाको अर्थ ।


"कसैको आस्था र विश्वासविरूद्ध काकाको जिज्ञासा र प्रश्न होइन, प्रश्न उनको शान्तिपूर्ण बाँच्न पाउने अधिकारको हो । त्यो अधिकारको रक्षा हामी सबैले गरौं । कुनै पनि 'धर्मअन्धता' त्यागौं, सबैले आफ्नो ऊर्जा सिंगो मानव हित र कल्याणमा खर्चौं ।'


#दिनेश_यादव 

@राजगढ_०६_फकिरा

२०८०/०८/१६

Wednesday, 15 November 2023

मधेशको मौलिक संस्कृति हुर्राहुरी

नेपालको मधेश क्षेत्रमा परापूर्वकालदेखि प्रचलनमा रहेको हुर्राहुरीका लागि पशुचौपायालाई विशेष रूपमा सिंगारिन्छ । तिहारको तेस्रो दिन गोवर्धन पूजाको अवसरमा वस्तुभाउहरूलाई यसरी सिंगारेर गाउँको खुला ठाउँमा खरको बेलनाकार आकृतिमा कम्बलले बेरिएर बनाइएको डल्लोलाई साबैयको लामो डोरीले बाँधेर पशुचौपायाको टाउको/शरीरमा स्पर्श गराउँदै चमार समुदायले बजाएको ढोलको तालमा हुर्राहुरी खेलाउने ऐतिहासिक परम्परा रही आएको छ । कतै-कतै यसका लागि सुँगुरको पाठाको प्रयोग गर्ने चलन पनि छ । तर, सुँगुरको प्रयोगले पशु हिंसा भएको भन्दै पछिल्लो समय पशु अधिकारकर्मीले विरोध गरेपछि यसमा कमी आएको छ । हाम्रो गाउँ फकिरामा भने खरकै बेलनाकार आकृतिको प्रयोग परापूर्वकालदेखि नै हुँदै आएको छ । 


पशुचौपायालाई वर्षको एक दिन हुर्राहुरी खेलाउँदा पशुचौपायाहरू खुशी र स्वस्थ हुने तथा कृषिकर्ममा सहयोग पुग्ने एवम् खेतीपाति राम्रो र उत्पादन बढ्ने जनविश्वास रही आएको छ । हुर्राहुरी हेर्नका लागि गाउँका सबै धर्म, जाति, सम्प्रदायका सर्वधारण/नागरिकको बाक्लो उपस्थिति रहने गर्दछ । यो अवसरमा ढोलको तालमा कुस्ती खेलाउने परम्परा पनि छ । कुस्ती खेल्न गाउँका युवाहरूको छनौट हुर्राहुरी हेर्न भेला भएकाहरूमध्येबाटै केहीलाई त्यस खेलका आयोजन गर्नेहरू ( खासगरी जेष्ठ नागरिकहरू) ले तत्कालै   कुस्ती खेल्नेहरूको छनौट गर्छन् । यसरी छनौट भएकाहरूले नाइ भन्न नपाउँने मान्यता छ । हुर्राहुरी र कुस्ती खेलको आयोजनाले गाउँमा सामाजिक एकता, सद्भाव, सहिष्णुता, मैत्रीभाव र अपनत्वभाव बढाउन सहयोग पुग्दछ । मधेशको यो संस्कृति पछिल्लो समय कम हुँदै जानु चिन्ताको विषय हो । यसलाई जीवन्त बनाउँदै युवा पुस्ताहरूमा हस्तान्तरण गर्न अति आवश्यक छ ।
#हाम्रो_संस्कृति_हाम्रो_धरोहर @फकिरा

Saturday, 30 September 2023

स्वस्थ्य मुटुका लागि शारीरिक क्रियाकलाप बढाऔं : उपराष्ट्रपति

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विकसित मुलुकहरुमा मुटु रोगको प्रकोप बढ्दै गएको अवस्थामा पछिल्लो समय नेपाललगायतका विकासोन्मुख देशमा पनि यसको जोखिम बढेकोमा हामी सबै स्वस्थ्य मुटुका लागि शारीरिक क्रियाकलाप बढाउँदै स्वास्थ्यप्रति सचेत र सावधान हुन आवश्यक रहेको बताउनु भएको छ ।
ललितपुरमा ‘हर्ट टू हर्ट सेन्टर’ विश्व मुटु दिवस, २०८० को अवसरमा आयोजित जनचेतना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले ‘युज हर्ट फर इभ्री हर्ट’ (प्रत्येक मुटुका लागि मुटुको प्रयोग गरौं) भन्ने मूल नाराका साथ यो वर्ष हामीले विश्व मुटु दिवस मनाईरहेको जनाउँदै भन्नुभयो, ‘यो नाराको मुख्य उद्देश्य मानिसहरुलाई आफ्नो सोच र कार्यलाई मानवता, प्रकृति र स्वयंको प्रगतिमा उपयोग गर्ने अवसर प्रदान गर्नु रहेको छ । यसको माध्यमबाट मुटुजन्य रोग (ह्रदयघात) का कारण हुने ठूलो मृत्युदर रोक्न सकिन्छ ।’
उपराष्ट्रपति यादवले विभिन्न मुलुकहरुमा मुटु रोगको व्यवस्थापनको लागि जनचेतना, सहयोग, हेरचार सेवा र समर्थन फरक–फरक रहेका बताउँदै नेपालसहित गरीब र विकासशील देशहरुमा मुटुको हेरचारका लागि आवश्यक पर्ने जागरुकता र जनचेतना कार्यक्रम तथा सेवा–सुविधाहरुमा जनसाधारणको अझै पनि प्रयाप्त पहूँच नभएको उल्लेख गर्नुभयो । ‘यी देशहरुमा ७५ प्रतिशत मृत्यु मुटु रोगकै कारण हुने गर्दछ, जसलाई जनचेतना कार्यक्रमको आयोजना र यसमा धेरै भन्दा धेरैलाई सहभागी गराएर सुधार गर्न सकिन्छ ’ उहाँले भन्नुभयो, ‘ह्रदयघातको प्रमुख कारणहरु मध्ये वायु प्रदुषण पनि एक हो । हरेक वर्ष २५ प्रतिशत मानिस यसका कारण ह्रदयघात भई मृत्युवरण गर्ने गरेका छन् । त्यसैले, वायु प्रदुषणसंग लड्न हामी सबैले स्वस्थ प्रकृति र स्वच्छ वातावरणका लागि आ–आफ्नो तर्फ र स्तरबाट योगदान गर्न सक्नु पर्दछ । ’
उपराष्ट्रपति यादवले तनाव र खराब जीवनशैली ह्रदयघातको जोखिमपूर्ण कारक हुन, जसलाई नियमित व्यायाम, व्यवस्थित दिनचर्या, राम्रो निद्रा र असल बानी तथा जीवनशैलीबाट न्युनीकरण गर्न सकिने बताउनु भयो । ‘हामीले आफ्नो मुटु स्वस्थ राख्न अप्नाइने रोकथामका उपायहरु ‘बडी मास इन्डेक्स’ लाई नियन्त्रणमा राख्ने, उच्च रक्तचाप र कोलेस्ट्रोलको उच्च स्तर (हाइपरलिपिडेमिया) मा नियमित नजर राख्दै अतिरिक्त सोडियमको खपत सीमित गर्न सक्नु पर्दछ’ उहाँले भन्नुभयो, ‘गतिहीन जीवनशैली परित्याग गर्दै शारीरिक क्रियाकलापमा संलग्न हुन पनि जरुरी छ । परामर्श र सचेतना कार्यक्रम मार्फत् मुटुको स्वास्थ्य अनुगमन गर्ने, स्वस्थ एवम् सन्तुलित आहार लिने, ‘ट्रान्स फ्याट’ एवम् ‘जंक फूड्स’ बाट टाढा रहने, धुम्रपान तथा मद्यपानको सेवन नगर्ने, तनाव व्यवस्थापन गर्ने तथा गुणस्तरीय निद्राका लागि प्रयाप्त अभ्यास गर्न पनि अति आवश्यक छ ।’
उहाँले जोखिम न्युनिकरणका लागि मुटु रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर, बुकलेट, पम्प्लेट तथा सञ्चार माध्याबाट आमजनताको जनचेतना अभिवृद्धि, मुटु रोग विशेषज्ञहरुको विभिन्न तहमा छलफल, गोष्ठी तथा सेमिनार सञ्चालनलगायत नयाँ रणनीतिका साथ अघि बढ्नुमा जोड दिनुभयो । उपराष्ट्रपति यादवले विश्व मुटु दिवसका अवसरमा सम्पूर्ण नेपालीको स्वस्थ्य मुटु र सु–स्वास्थ्यको कामना गदै संस्थाबाट कार्यक्रममा सम्मानीत हुने व्यक्तित्वहरुलाई बधाई दिँदै उहाँहरुको सुख, शान्ति, सुदीर्घ र सुस्वास्थ्यको कामना समेत गर्नु भएको थियो ।
News Links ::
https://accuratekhabar.com/?p=44500
https://sunaulonepal.com/content/262743/
https://newspolar.com/archives/203152
https://www.osnepal.com/456525
https://www.swasthyadarpannews.com/news/14605
https://nepalmarga.com/news/detail/39603/
https://www.nepaljapan.com/09/30/586715/

Wednesday, 20 September 2023

उपराष्ट्रपति यादवद्वारा संविधान दिवसको शुभकामना

उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
“सिङ्गो मुलुकको समृद्धि एवं दिगो विकासका लागि संविधान दिवस, २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “हजारौँ नेपालीको बलिदान, योगदान आहुति, त्याग, तपस्या र जनताले चुनेका जनप्रतिनिधिमार्फत आठ वर्षअघि नेपालको संविधान, २०७२ आजकै दिन [असोज ३ गते] जारी भएको सम्झना र सम्मानमा मनाइने संविधान दिवस ९राष्ट्रिय दिवस० को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।”
उहाँले संविधानको अक्षर र भावनाले निर्दिष्ट गरेको समाजवादोन्मुख आर्थिक सामाजिक प्रणाली तथा गणतन्त्रात्मक सङ्घीयता, समावेशितालाई सबैले पालना गर्नुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा उहाँले सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन ध्यानाकर्षणसमेत गराउनुभएको छ ।
“सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँटमा केही ढिलाइ भएकाले आगामी दिनमा सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन अति आवश्यक र अपरिहार्य छ । यसप्रति सम्बन्धित सबैको ध्यानाकृष्ट हुने विश्वास लिएको छु”, सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले वैदेशिक रोजगारीका लागि युवा बिदेसिने क्रम बढेकोप्रति चिन्ता प्रकट गर्दै स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नका लागि सरोकारवाला सबैलाई आह्वान गर्नुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेस जनविद्रोह, आदिवासी, जनजाति र विभिन्न जनसमुदायको अधिकार प्राप्तिको सङ्घर्षका क्रममा ज्यान गुमाउनुभएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते र अङ्गभङ्ग भएकाप्रति सम्मानसमेत व्यक्त गर्नुभएको छ ।
सम्मानीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव ज्यूले संविधान दिवस (राष्ट्रिय दिवस) २०८० को सुखद अवसरमा दिनुभएको शुभकामना सन्देशको पूर्ण पाठ-
हजारौं नेपालीको वलिदान, योगदान, आहूति, त्याग, तपस्या र जनताले चुनेका जनप्रतिनिधिमार्फत आठ वर्षअघि नेपालको संविधान २०७२ आजकै दिन (असोज ३ गते) जारी भएको सम्झना र सम्मानमा मनाइने संविधान दिवस (राष्ट्रिय दिवस) को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइहरु तथा दिदीबहिनीहरुलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।
नेपालको संविधानको प्रस्तावना ‘हामी सार्वभौम सम्पन्न नेपाली जनता’ बाटै शुरु भएको छ । संविधानको आत्मा भनेको जनताको प्रतिस्पर्धात्मक संघीय बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्य, समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने हो ।
हाम्रो संविधानले मुलुकमा वर्षौदेखि अक्षुण्ण रहेको विविधता र एकतालाई संवोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प लिएको छ । प्रजातान्त्रिक राजनीतिक व्यवस्था अपनाइएका मुलुकहरुमा संविधानलाई मुल कानूनको रुपमा मानिएको हुन्छ । संविधानसंग बाँझिने कानूनहरु बाँझिएको हदसम्म अमान्य हुन्छन् ।
नेपालको संविधानले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात समेत गरेको छ । कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैक्तिगत स्वतन्त्रताबाट वञ्चित गरिने छैन भने विषय मौलिक हकमै समावेश गर्नुले संवैधानिक उच्चता र गरिमालाई दर्शाउँदछ ।
संवैधानिक अंग र निकायहरुको पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिने संवैधानिक व्यवस्था हाम्रो संविधानको मूल मर्मलाई किन्चित अवहेलना गरिनु हुन्न । संविधानको अक्षर र भावनाहरुले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली तथा गणतन्त्रात्म लोकतान्त्रिक संघीयता, समावेशीता आदिलाई सबैले पालना गर्नु पर्दछ । संघ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँडमा केही ढिलाईहरु भएकोले आगामी दिनमा संघीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन अति आवश्यक र अपरिहार्य छ । यसप्रति सम्बन्धित सबैको ध्यान आकृष्ट हुने विश्वास लिएको छु ।
तर,जनसांख्यिक लाभांशको रुपमा रहेका लाखौं कर्मशील युवाहरु श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको लागि निरन्तररुपमा विभिन्न मुलुकमा विदेशिनुले नेपाली नागरिकहरुले गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुन कठिन हुने भएकाले सम्बन्धीत सबैले यो विषयबारे गम्भिर चिन्तन र मनन गर्दै समस्या समाधान उन्मुख हुन जरुरी छ । संविधानको मर्म र भावना अनुसार प्रत्येक नागरिकलाई स्वदेशमै रोगजारीको अवसर प्राप्त हुनेगरी काम गर्न सबैजना दत्तचित्त भै अघि बढ्नै पर्दछ ।
अन्तमा, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेश जनविद्रोह, आदिवासी, जनजाति र विभिन्न जनसमुदायको अधिकार प्राप्तिको संघर्षका क्रममा अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण ज्ञात÷अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइते र अंगभंग भएकाहरुप्रति उच्च सम्मान एवं संघर्षका लागि पथ प्रदर्शन गर्नु भएका सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मानसहित उच्च प्रशंसा व्यक्त गर्दै संविधानको कार्यान्वयनमार्फत नेपाली आमजनको हित र सिंगो मुलुकको समृद्धि एवं दिगो विकासका लागि संविधान दिवस २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु
समाचारका सम्बन्धीत लिंकहरु
https://gorkhapatraonline.com/news/78934
https://www.nepalpress.com/2023/09/20/376825/
https://onlineradionepal.gov.np/2023/09/20/427486.html
https://www.sanghunews.com/content/75013
https://shilapatra.com/detail/121393
https://purwanchaldaily.com/176590/
https://newspolar.com/archives/200783
https://www.newsabhiyan.com.np/news-details.php?nid=307279
https://vpn.gov.np/message-details/65/16345334
https://barnanmedia.com/detail/1695165513-u-p0-23-09-20
https://nepaltvonline.com/2023/09/79654/

Monday, 18 September 2023

नेपाल र चीन घनिष्ठ मित्र र भरपर्दो विकास साझेदार : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको चीनको युनान प्रान्तको सीपीसीका स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेको छ ।
उपराष्ट्रपतिले चिनियाँ टोलीको भ्रमण सुखद एवं फलदायी हुने विश्वास व्यक्त गर्दै भ्रमणको सफलताको शुभकामना समेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘यो भ्रमणले नेपाल र चीनबिच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्नेछ सक्छ, नेपाल र चीन असल छिमेकी, घनिष्ठ मित्र एवं भरपर्दो विकास साझेदार रहिआएका छन् ।’’
उपराष्ट्रपति यादवले नेपाल र चीनबिचको सम्बन्ध शान्तिपूर्ण, सहअस्तित्वका पाँच सिद्धान्त, मित्रता, आपसी सहयोग एवं साझेदारी र एकअर्काको आधारभूत स्वार्थ, चासो तथा संवेदनशीलताको जगमा बलियोसँग उभिएको बताउनु भयो ।
‘‘मेरो विचारमा उच्चस्तरका भेटघाट, सम्पर्क तथा भ्रमणहरू हाम्रो सम्बन्धलाई थप मजबुत तथा प्रगाढ बनाउन र जनस्तरसम्म पुराउन महत्त्वपूर्ण रहने भएकाले आगामी दिनमा दुवै देशबिच भ्रमण आदानप्रदानलाई महत्वका साथ प्राथमिकता दिनुपर्दछ’’ उपराष्ट्रपतिले भन्नुभयो ।
उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताउनु भयो । उहाँले गत अगस्टमा चीन भ्रमणका क्रममा युनान प्रान्तबाट पाएको अतिथि सत्कारको उच्च प्रशंसा गर्दै युनानको कुनमिंगमा ७ औँ चाइना–साउथ एसिया एक्स्पोजिसन र २७ औ चाइना (कुनमिङ) इम्पोर्ट एण्ड एक्स्पोर्ट फेयर सफलतापूर्वक आयोजना गरेकोमा टोली समक्ष धन्यवाद व्यक्त गर्नुभयो ।
‘नेपालको कुल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेकोमा यसलाई वृद्धि गर्न सकिने सम्भावना धेरै छन् ’ उहाँले भन्नुभयो, ‘द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षलाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरूमा उत्पादक क्षमता बढाउनुका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटीजस्ता उत्पादनहरूको निकासी गर्न अनुरोध गर्दछु ।’
उपराष्ट्रपति यादवले सुमधुर द्विपक्षीय सम्बन्धका आयामहरूमध्ये जनस्तरको सम्बन्ध एउटा महत्त्वपूर्ण आयाम रहेकाले दुई देश बिचको सम्बन्ध जनस्तरमा अझै सुदृढ हुनेमा आफू विश्वस्त रहेको समेत बताउनु भयो ।
चिनियाँ भ्रमण टोलीका नेतृत्व गर्नु भएका जेङ यानले आफूहरूको यो भेटघाटबाट असाध्यै खुसी भएको जनाउँदै दुई देशीय सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन आफ्नो स्तरबाट प्रयास गर्ने बताउनु भएको थियो ।(Gorkhapatra)
https://gorkhapatraonline.com/news/78784
https://www.drishtinews.com/archives/276557
https://www.ratopati.com/story/385446/ramasahaya-yadav-cpc-leader-meeting
https://www.setokhabar.com/news/287597
https://sunrisekhabar.com/news-details/71171/mail-to
https://www.risingnepaldaily.com/news/32592
https://ekantipur.com/news/2023/09/18/169503702549495560.html
https://www.nepalkhabar.com/politics/178379-2023-9-18-19-50-46
https://onlineradionepal.gov.np/2023/09/18/427249.html
https://www.reportersnepal.com/2023/09/855423
https://deshsanchar.com/2023/09/18/840404/
https://nepalpatra.com/politics/281784/
https://suryakhabar.com/2023/09/351762/
https://ehimalayatimes.com/2023/09/157792/
https://www.drishtinews.com/archives/276557
https://www.dcnepal.com/2023/09/514424/
https://www.prasashan.com/2023/09/18/472988/
https://nagariknews.nagariknetwork.com/politics/1297641-1695046937.html?click_from=category
https://www.sanghunews.com/content/74925
https://www.drishtinews.com/archives/276557

उपराष्ट्रपति यादवद्वारा हरितालिका तीज, विश्वकर्मा पूजा, र चौरचनको शुभकामना

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हरितालिका तीज, विश्वकर्मा पूजा र चौरचनको पावन अवसरमा स्वदेश र विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि, सुदीर्घ, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
उपराष्ट्रपति यादवद्वारा हरितालिका तीज, विश्वकर्मा पूजा र चौरचनको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशको पूर्ण पाठ
हरितालिका तीज, विश्वकर्मा पूजा र चौरचन (चकुचन) पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुदीर्घ र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
विविधतामा एकता हाम्रो मौलिक पहिचान हो । हामीले वर्षभरी नै विभिन्न चाडपर्वहरु धूमधामका साथ मनाउँदै आएका छौ । हाम्रा सामाजिक मान्यता, परम्परा, रीतिरिवाज, र पूर्व संस्कारहरुको आधारमा मनाइने चाडपर्वहरुले हाम्रो जीवनमा परिवर्तन र उल्लासको संचार गर्ने गर्दछ । जसरी प्रत्येक समुदाय, जाति र धर्मको आ–आफ्नै मान्यताहरु छन्, त्यसरी नै चाडपर्वहरुको अनुष्ठान र विधिहरुमा स्थान र भूगोल अनुसार विविधता रहेको पाइन्छ । तर, यी सबैभित्र सामुहिकता, एकता, जातिय सहिष्णुता, भाइचारा र मेलमिलापको महत्वपूर्ण सन्देश र मूल भावहरु निहित रहेका हुन्छन् । आपसमा उत्साह, उमङ्ग र खुशी साटासाट गर्दै आपसी वैमनस्यता, रिसराग, द्वेश, क्लेश, हिंसा, हिनता र कलुषित मनोभाव हटाउनमा चाडपर्वहरुले सहयोग गर्नुका साथै सत्य, निष्ठा, निष्कपटता र आत्मविश्वासको उच्च र श्रेष्ठ भावनाहरु व्यक्तिहरुमा संचार गर्न पनि सहयोग गर्दछ । सांस्कृतिक र सामाजिक चेतनाको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्व र उत्सवहरु समाज र देशको कल्याण एवं सुख, शान्ति र समृद्धिहरुको माध्यम पनि भएकाले यही महत्वपूर्ण उद्देश्य, ध्येय र मान्यताका साथ हामीले पर्वहरु मनाउनु पर्दछ ।
हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज हिन्दू महिलाहरुले अत्यन्तै हर्षोल्लास र आनन्दका साथ मनाउने एउटा मौलिक र महान पर्व हो । विवाहित महिलाहरुले आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायू तथा अविवाहिताहरुले सुयोग्य वर पाउने आकांक्षा र आस्थाका साथ तीजको व्रत बस्ने परम्परा छ । श्रद्धालु महिला तथा दिदीबहिनीहरुले नेपाली मौलिकतालाई जीवन्त राख्ने संस्कार र संस्कृतिको परिधीभित्रै रहेर यो पर्व मनाउनु पर्दछ । यसरी मनाउँदा मात्र नेपाली जनजीवनको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचान जर्गेना हुन सक्दछ । आधुनिकताको नाममा मौलिक संस्कृतिलाई ओझेलमा पार्ने र आर्थिक भार पर्ने गरी चाडवाड मनाउने विकृतिहरुलाई हटाउँदै यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना हामी सबैले गर्न अति आवश्यक छ ।
यसैगरी, प्रत्येक वर्षको कन्या संक्रान्तिका दिन विश्वकर्मा पूजा (विश्वकर्मा जयन्ती) कलकारखाना, पार्टपूर्जा, यन्त्रहरुको पूजापाठ गर्दै अत्यन्तै भक्तिभाव, श्रद्धाभाव, आस्था र हर्षोल्लासका साथ मनाइन्छ । विश्वकर्मालाई विश्वकै पहिलो वास्तुकार र इन्जिनियर भएको मानिन्छ । सम्पूर्ण सृष्टिमा सबै सृर्जनात्मक कर्मको मूल/स्रोत भगवान विश्वकर्मा भएको मान्यता अनुसार उहाँको पूजा गरे प्रत्येक व्यक्तिलाई प्राकृतिक ऊर्जा प्राप्त हुने र काममा आउने अवरोधहरु हट्ने जनविश्वास परापूर्वकालदेखि रही आएको छ । यो पर्वले सम्पूर्ण नेपाली नागरीकमा सकारात्मकताको सन्देश संचार गरोस् । विश्वकर्मा पूजाका अवसरमा समाज र देशलाई नवनिर्माणको पथमा लम्काउन सहयोग गर्ने सम्पूर्ण शिल्पीकार, रचनाकार र वास्तुकारलाई हार्दिक बधाई दिँदै सुख, वैभव एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
त्यस्तै, मधेशका जिल्लाहरुमा भदौ शुक्ल चौथीका दिन सूर्यास्तपछि आंगनीमा गाईको गोबरले लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै हिन्दू ब्रतालुले फलफूल र विभिन्न मौलिक परिकारसहित आस्था र निष्ठापूर्वक चौरचन (चकुचन) पर्व मनाउने मौलिक प्रचलन रही आएको छ । गणेश चौंठीको नामले समेत लोकप्रिय यो लोकपर्वमा दही, नरिवल, केरा, पुरी, खीर र मौसम अनुसारको फलफूल चन्द्रमालाई अघ्र्य दिएर यो पूजाको अनुष्ठान सम्पन्न गरिन्छ । यो पर्वले मधेशमा धार्मिक सहिष्णुता, भाइचारा र मेलमिलापमा सघाउ पुर्याउने विश्वास लिएको छु ।
अन्तमा, हाम्रा सबै चाडपर्व, त्यौहार र उत्सवहरु देशलाई एकताको सुत्रमा बाँध्दै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियतालाई बलियो बनाउने भएकाले हामी सबै एक आपसमा मिलिजुली यी पर्वहरु मनाऔं । सामाजिक, सांस्कृतिक, सहिष्णुता र एकताको प्रतीकका रुपमा मनाइने हरितालिका तीज, विश्वकर्मा पूजा एवं चौरचन (चकुचन) को फेरी पनि मंगलमय शुभकामना व्यक्त गर्दछु ।
सम्बन्धीत समाचारका लिंकहरु :-
https://www.ratopati.com/story/385335/ramsahaya-yadav
https://nepalpatra.com/politics/281745/
https://www.nepalpress.com/2023/09/18/376134/
https://www.facebook.com/ramsahay2021/?locale=ro_RO&paipv=0&eav=AfbPEpHWi2z8gsZ9RPH5gGHOmBOa17Uwu4Ge8q7mzyJk30d-HxjEA0HJs2bdZlJfSE0&_rdr
https://www.prasashan.com/2023/09/18/472858/
https://gorkhapatraonline.com/news/78717
https://onlineradionepal.gov.np/2023/09/18/426936.html
https://tesroaakha.com/posts/18061
https://purwanchaldaily.com/176472/
https://corporatekhabar.com/yadav-11/
https://www.sunakharinews.com/182723/
https://www.dainiknepal.com/2023/09/649963.html
https://www.drishtinews.com/archives/276399
https://www.digitalkhabar.com/2023/09/18/151281/
https://www.deshkonews.com/archives/157363
https://nepalsamaj.com/2023/09/18/215168/

उपराष्ट्रपतिसँग साउदी अरबका राजदूतको भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरबका राजदूत साद नासिर अब्दुल्लाह अबु हैमीदले आज शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उनीहरुबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध आयामबारे छलफल भएको थियो ।
भेटमा उपराष्ट्रपति यादवले आपसी हितका लागि द्विपक्षीय सहकार्य थप सुदृढ र विस्तार गर्ने प्रशस्त सम्भावना र अवसर रहेको बताए । उनले संयुक्त राष्ट्र सङ्घ तथा असंलग्न राष्ट्रहरुको समूहका सदस्य रहेका नेपाल र साउदी अरबले अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा मामिलाहरुमा सहकार्य गर्दै आएकामा सन्तुष्टि व्यक्त गरे ।
“साउदी अरब नेपाली कामदारका लागि वैदेशिक रोजगारीको एक मुख्य गन्तव्य बनेको छ । करिब पाँच लाख नेपाली कामदार रहेको साउदी अरब ठूलो सङ्ख्यामा नेपाली रहेका विदेशी मुलुक मध्येको एक हो”, उपराष्ट्रपति यादवले भने, “नेपाली कामदारलाई ठूलो सङ्ख्यामा रोजगारीको अवसर उपलब्ध गराएकामा साउदी सरकारप्रति आभार व्यक्त गर्दछु ।”
उनले जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, विकास, जडीबुटी औषधिजस्ता प्रचुर सम्भावनाका क्षेत्रमा नेपालले साउदी लगानीलाई सधैँ स्वागत गर्ने बताए । “नेपाल र साउदी अरबबीच सहकार्य गर्नका लागि पर्यटन एक सम्भावित क्षेत्र हुनसक्छ”, उनले भने, “नेपालको अनुकूल मौसमका कारण वर्षे बिदा मनाउन विदेश यात्रामा जाने साउदी पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य हुने र प्रत्यक्ष हवाई सम्पर्कले त्यसमा ठूलो मद्दत पुग्ने देखिन्छ । यसका लागि पहल हुनु जरुरी छ ।”
सो अवसरमा राजदूत साद नासिरले आफ्नो मुलुकले नेपालको अर्थतन्त्रमा नेपालीलाई रोजगारी दिएर ठूलो सहयोग गरिरहेको बताए । उनले साउदी अरब नेपालको पर्यटनलगायत क्षेत्रमा सहयोग गर्न इच्छुक रहेकोसमेत बताएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सम्बन्धीत समाचारका लिंकहरु :- https://www.ratopati.com/story/385314/bhetghat
https://newstoday.com.np/2023/09/17/48038

Friday, 15 September 2023

बालअधिकारको संरक्षण र प्रवर्द्र्धनमा दत्तचित्त भएर लाग्नुपर्नेमा उपराष्ट्रपतिको जोड

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशको पूर्णपाठ –
नेपालले संयुक्त राष्ट्र संघीय बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनको स्मरण गर्दै मनाइने राष्ट्रिय बाल दिवस–२०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली बालबालिकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
सन् १९९० सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको हो । हरेक वर्षको भदौं २९ गते बालबालिकाको विशेष दिनको रुपमा आत्मसात गरी मनाइने यो दिवस बाल अधिकारको क्षेत्रमा नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न थप अठोट लिने अवसर पनि हो । हरेक वर्ष विभिन्न नारासहित महत्वपूर्ण सन्देश दिने र बाल अधिकारको सान्दर्भिकता र उपादेयिताबारे सु–सुचित गराई बाल अधिकार संरक्षणका लागि यसले महत्पूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास लिएको छु । यो दिवसको यस वर्षको मूल नारा ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ रहेकोमा यसको कार्यान्वयनमा हामी सबै प्रतिबद्ध भई अघि बढ्नु पर्दछ । तर, यो नारा र औपचारिकतामा मात्र सीमित नभई त्यसको कार्यान्वयनमा जोड दिन आवश्यक छ ।
संविधानमा भएको व्यवस्था अनुरुप बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकूद, मनोरञ्जन तथा व्यक्तित्व विकासका योजनाहरु अनिवार्य रुपमा तर्जूमा गरी लागु गर्नु पर्दछ । खासगरी, स्थानीय तहमा बाल क्लब तथा किशोर–किशोरी समूहका सृजनात्मक एवं व्यक्तित्व विकासका कार्यहरुलाई प्राथमिकतामा राख्नु पर्दछ । उनीहरुका लागि प्राविधिक शिक्षा तथा सीपमूलक प्रशिक्षणहरुको आयोजना गर्नु पर्दछ । बालश्रम, बालगृहमा अनधिकृत सिफारिस, बाल हिंसा तथा दुव्र्यवहार गर्ने र बालविवाहलाई संरक्षण र समर्थन गर्ने जस्ता गलत कार्यहरु समाजबाट निषेध गर्नु पर्दछ ।
सबै स्थानीय तहमा बालकोषको स्थापना गरी नेपाल सरकारले तय गरेका कार्यहरु सामाजिकरण सेवा, जोखिममा परेका बालबालिकालाई आपतकालीन राहत सेवा, स्वास्थ्य उपचार सहायता आदिमा जोड दिँदै बालअधिकारको संरक्षण र प्रवद्र्धनमा सबै दत्तचित्त भएर लाग्नु पर्दछ । यसमा जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहेकाले उहाँहरुले यसका लागि बालमैत्री कार्यक्रमहरुको संचालन गर्न आवश्यक छ । बाल संरक्षण घटना व्यवस्थापन कार्यमा स्वास्थ्यकर्मीहरुको भूमिका पनि त्यतिकै महत्वपूर्ण छ । बालबालिकाको उपचारको लागि आएका अभिभावक र बालबालिकालाई स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध गराउने, बालबालिकालाई बालमैत्री रुपमा उपचार र स्वास्थ्य परिक्षण आदिका लागि सहजीकरण गर्न स्वास्थ्यकर्मीहरु सदैव अग्रसर हुनुपर्दछ ।
बाल अधिकारको संरक्षणमा शिक्षकहरुको दायित्व, कर्तत्व र जिम्मेवारी पनि महत्वपूर्ण हुन्छ । किनभने विद्यालय तहमा सबैभन्दा बढी बालबालिकाहरु शिक्षककै रेखदेखमा शिक्षण सिकाई क्रियाकलामा सहभागि हुने गर्दछ । शिक्षकहरुले खासगरी विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन आवश्यक पहल गर्ने, विद्यालयमा भय तथा हिंसा रहित सिकाइका उपायहरु अवलम्बन गरी शिक्षण सिकाई गर्ने, विद्यालयमा बाल सहभागिता प्रवर्धन, बालक्लब गठन लगायत विभिन्न सिर्जनात्मक क्रियाकलापमहरुमा बालबालिकाको सहभागिताका लागि सहजीकरण गर्ने जस्ता कार्यहरु गर्न सक्नु पर्दछ ।
अन्तमा, आजका बालबालिका नै भविष्यका कर्णधार भएकाले बालबालिकालाई नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले व्यवस्था गरेको उनीहरुको हक, अधिकार प्रत्याभूत हुने गरी कार्य गर्न हामी सबै अझ बढी सचेत हुँदै सक्रिय हुन जरुरी छ । बालबालिकाहरुमाथि हुने कुनैपनि हिंसा र दुव्र्यहारहरु रोक्ने कार्य सबैको दायित्व, जिम्मेवारी र कर्तव्य भएको बोध गराउन राष्ट्रिय बाल दिवसले उत्प्रेरणाको काम गर्नेछ भन्ने विश्वासका साथ फेरी पनि यो अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
योसंग सम्बन्धित समाचारहरुका लिंकहरु :-
https://nepalpatra.com/message/281562/
https://onlineradionepal.gov.np/2023/09/15/426278.html
https://nepaltvonline.com/2023/09/79346/
https://www.newsabhiyan.com/news-details.php?nid=306811
https://www.dainiknepal.com/2023/09/649462.html
https://mainbatti.com/892323/
https://www.sunakharinews.com/182276/
https://nepalpatra.com/message/281562/
https://www.halkarosamachar.com/archives/123798
https://www.gothalokhabar.com/news/detail/111924/
https://khabarpost.com/2023/09/49790/
https://www.eknepal.com/news/details?id=69623370
https://onlineradionepal.gov.np/2023/09/15/426278.html
https://nawasancharonline.com/2023/09/67109/
https://www.ratopati.com/story/384838

Wednesday, 30 August 2023

'गौर घटनाबारे तथ्य–सत्य र यथार्थ '

१७ वर्ष अघि गौरमा भएको दुखद घटना कसैको सुनियोजित र कसैले योजना बनाएर भएको घटना थिएन । विभिन्न प्रतिवेदनहरुले पनि यसको पुष्टि गरिसकेको छ । ‘त्यो राजनीतिक घटना थियो, तत्कालिन नेकपा (माओवादी) का पूर्व जनसरकार प्रमुख र मधेशी राष्ट्रिय मुक्ति मोर्चाका तत्कालिन महासचिव प्रभु साहलगायतका माओवादी नेता तथा कार्यकताहरुको हठका कारण भएको थियो ’ प्रतिवेदनहरुमा उल्लेख छ ।
त्यस्ताका मिडिया रिपोर्टहरुमा घटनाको भोलिपल्टै तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहालले विज्ञप्ति जारी गरी, ‘दरबारिया प्रतिगामी तत्वहरु, भारतीय अति हिन्दूवादी–विस्तारवादी र शान्तिविरोधी विदेशी प्रतिगामी शक्तिहरुको साँठगाँठपूर्ण षडयन्त्रबाट घटना भएको’ उल्लेख छ । यी आरोपहरु सत्य नभएको संयुक्त राष्ट्रसंघीय प्रतिवदेनले पुष्टि गरिसकेको छ । पछिल्लो समय तिनै दरबारिया, प्रतिगामी तत्वहरु, शान्तिविरोधी विदेशी प्रतिगामी शक्तिहरुको सक्रियता बढेकै बेला तिनैलाई पृष्ठपोषण गर्ने गरि २०८० साउन २३ गतेको भएको सम्झौता रहस्यमय छ । जनता समाजवादी पार्टी (जसपा) ले पछिल्लो सम्झौतालाई दुखद र खेदजनक भएको प्रतिक्रिया दिइसकेको छ । जसपाले पछिल्लो समय जारी गरेको ‘गौर घटनाको सत्यतथ्य र यथार्थ’ शीर्षकको रिपोर्टमा लेखिएको छ–
तत्कालिन सरकारले गौर घटना छानविन गर्न तत्कालिन सर्वोच्च अदालतका न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा २०६४ मा छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिले घटनाको अध्ययन पश्चात सरकारलाई रिपोर्ट समेत सुम्पिसकेको अवस्थामा २०८० साउन २३ गते सरकार (गृह मन्त्रालय) ले त्यसबारे फेरी छानबिनको नाममा कसैको उक्साटमा सम्झौता किन गरेको छ ? यो सम्झौताको बूँदा १ बाट स्पष्ट हुन्छ– केही पार्टीका नेतृत्व मुलुकलाई फेरी पनि राजनीतिक द्वन्द्वमा धकेल्ने आफू शक्ति बन्दै सत्तास्वार्थ पुरा गर्ने ।
गौर घटनाबारे विभिन्न संस्थाले गरेको अध्ययनले तत्कालिन माओवादी र जनअधिकार फोरमका हठका कारणले भएको निस्कर्ष निकालेको अवस्थामा प्रतिक्रियावादी, राजनीतिक पूर्वाग्रहीलाई खुशी तुल्याउने गरी चालिने कुनै कदम देश र सरकारका लागि आत्मघाती हुने हेक्का सम्बन्धीत सबैले राख्नै पर्दछ ।
गौर घटनापछि पुनरावेदन अदालतका न्यायाधीश र सुरक्षा निकायका अधिकारीहरु रहेको जाँचबुझ आयोगलाई तत्कालिन माओवादीले किन अस्वीकार गरेको रिपोर्ट सार्वजनिक भईसकेका छन् । आफू अनुकूल रिपोर्ट नआउने भएपछि त्यसको विरोध गरिएको जगजाहेर छ । पछि पुनरावेदन अदालतका न्यायाधीश हरिप्रसाद शर्मा, अनन्तराज डुम्रेलगायत सुरक्षा निकायका अधिकारीहरु रहेको जाँचबुझ आयोग गठन गराएर घटनामा ६४ जनालाई दोषी देखाउदै तत्कालिन माओवादीले आफू अनुकूल प्रतिवेदन लेख्न लगाएको साँचो हो ।
गौर घटना गराउने नायकमध्येका एक तत्कालिन मधेशी मुक्ति मोर्चाका महासचिव विश्व हिन्दू युवा संघका तत्कालिन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मुछिएको भन्दै तिनी भूमिसुधार तथा व्यवस्था मन्त्री बनेपछि बर्खास्तगीको माग गर्दै २०६८ असोज २६ गते संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नु अगावै कांग्रेस–एमालेसहितका प्रतिपक्षी दलका सभासद्हरुले आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएपछि सदन स्थगित भएको कुरा स्मरण गराउन चाहन्छौ । प्रहरी अनुसन्धानबाट दोषी देखिएका तिनीविरुद्ध मुद्दा दायर नगरी जिल्ला सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिन खोजेको प्रतिपक्षी दलले आरोप समेत लगाएका थिए । तत्कालिन संसदीय दलका नेता रामचन्द्र पौडेल (हालका सम्माननीय राष्ट्रपति ), रामशरण महत, एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाललगायतले ती मन्त्रीलाई तत्काल बर्सास्त गर्न माग गरेको थिए । त्यस्ताका कांग्रेस नेता पौडेलको भनाईलाई कान्तिपुर अनलाइनले लेखेको थियो, ‘एउटा कर्तव्यनिष्ट प्रहरी अधिकारी खरो उत्रँदै, खतरा मोलेर अनुसन्धान गरेका छन्, यति ठूलो अपराधलाई ढाकछोप गर्ने प्रधानमन्त्रीको कस्तो नैतिकता ?’ खनालले अनुसन्धान गर्ने प्रहरी भएकाले उसको प्रतिवेदनलाई विश्वास गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका थिए । यसबारे अनुसन्धान गरेका प्रहरी अधिकारीले तिवारीको हत्याको दोषीबारे आफ्नो भनाई अन्तर्वार्ता माफ्त् स्पष्ट रुपमा राखेकै छन् । तर, तिनैको अगुवाईमा पछिल्लो सम्झौता हुनु पडयन्त्रको गन्ध र मनसुवा स्पष्ट हुन्छ ।
घटनापछि माओवादीको तत्कालीन जनसरकारको नामबाट मधेशी जनअधिकार फोरम र कांग्रेसका एक सय २७ जनाको नाममा कर्तव्य ज्यान मुद्दामा जाहेरी ल्याएकोमा तत्कालिन एसपी रामकुमार खनालले हुँदै नभएको मानिसको नाम समावेश गरिएको भन्दै जाहेरी दर्ता गरेनन् । पछि जाहेरीमा अभियुक्तको सूची कटौती गरी केहीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । यसले पनि गौर घटनाको पीडितको पक्षपाती भन्नेहरुको पूर्वाग्रही मानसिकता पुष्टि हुन्छ ।
गौर घटना गराउने मतियार र पछिल्लो समय पीडितको पक्षपाती भएको ढोंग गर्दै हिडेका व्यक्ति २०६७ मा कानुन, २०६८ मा भूमि सुधार, २०७४ र २०७७ मा सहकारी गरी चार पटक मन्त्री भए । तर, तिनलाई त्यसताका पीडितहरुको चिन्ता भएन । यस पटक मन्त्री बन्न नपाएपछि हतास मानसिकताले ग्रसित भई सम्झौता गर्दै हिडेका छन् । फेरी त्यस्तासंग सम्झौता गर्नुको के तुक छ ?
एसपी सिद्धिविक्रम शाहले गौर घटनालाई राजनीतिक प्रकृतिको घटना भएकोले आफू यसबारे थप बोल्न नमिल्ने प्रतिक्रिया २०७७ चैत ७ मा कान्तिपुर अनलाइनमा शिव पुरी द्वारा सम्प्रेषित समाचारमा उल्लेख छ ।
आमसभाको अघिल्लो राति मकवानपुर, सिन्धुली, दाङ, बाजुरा, बारा, पर्सा, सिरहा, चितवन, काभ्रे, रुकुम , सप्तरीलगायतका जिल्लाबाट वाईसीएल कार्यकर्तालाई सभास्थलमा साना हतियारसहित गौरस्थित रामजानकी धर्मशालामा परिचालन गरिएको कान्तिपुरमा प्रकाशित छ ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले अप्रिल २००७ मा गौर घटना सम्बन्धमा जारी गरेको आफ्नो १० पृष्ठ लामो प्रतिवेदनमा निम्न लिखित निस्कर्ष सार्वजनिक गरेको थियो –
• As part of an MPRF initiative to hold rallies in Parsa , Bara and Rautahat, the Rautahat district-level MPRF decided to organise a rally at the Rice Mill in Gaur on 21 March and begun preparations well in advance, including announcing it publicly .The decision was taken at least a week before the CPN-M decided to do the same............A clash was widely expected, including by Police.
(मधेशी जनअधिकार फोरम (एमपीआरएफ) ले पर्सा, बारा र रौतहटमा र्याली आयोजना गर्ने निर्णय अनुसार एमपीआरएफ– रौतहट जिल्ला समितिले मार्च २१ मा गौरको राईस मिल मैदानमा कार्यक्रम गर्ने सार्वजनिक रुपमा घोषणा गरेको थियो । कार्यक्रमलाई सफल बनाउन एमपीआरएफले तयारी पनि शुरु गरिसकेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) (सीपीएन–एम) ले झण्डै सात दिनपछि त्यही स्थान र मितिमा उस्तै कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको थियो । प्रहरीसहित धेरैले त्यहाँ मुठभेड हुने संभावनाको आंकलन गरेका थिए) (ओएचसीएचआरको प्रतिवेदन : २००७/पृ.२–३)
माथि उल्लेखित भनाईले सीपीएन–एमले एमपीआरएफको कार्यक्रमलाई विथोल्ने र हिंसा भड्काउने रणनीति र मानसिकताले ग्रसित भएको देखाउँछ । आफ्नो बर्चस्प र दबदबा कायम गर्न तथा कथित जनयुद्धको ह्याङ्ग ओभरका कारण यो घटना भएको पुष्टि गर्छ ।
....... the local CPN-M leadership and representative of CPN-M sister organization Madheshi Rastriya Mukti Morcha made no attempt to reach a compromise that would avoid the expected clash.
(............स्थानीय नेकपा माओवादी नेतृत्व र उसको भ्रातृ संगठन मधेशी राष्ट्रिय मुुक्ति मोर्चाका प्रतिनिधिले अपेक्षित झडप हुन नदिने गरी सहमतिका लागि कुनै पहल गरेनन् )
.........CPN-M cadres had been arriving in Gaur from Chitwan,Makwanpur, Bara and other Central Region areas in two days prior to 21 March and were staying at local guest houses. The CPN-M procession (of several hundred ) was led by Young Communist League (YCL) cadres, a few with backpacks, some carrying sticks or bhaatas.Older supporters , probably local residents, took up the rear of the procession , some of them also carryoin sticks .
(...........२१ मार्चको कार्यक्रमलाई मध्यनजर गर्दै चितवन, मकवानपुर, बारालगायत अन्य क्षेत्रका माओवादी कार्यकर्ताहरु दुई दिनअघिबाटै गौर आएर स्थानीय गेस्ट हाउसहरुमा बसेका थिए । सयौंको संख्यामा माओवादीको युवा कम्युनिष्ट लिग (वाईसीएल) का कार्यकर्ताहरुले पिउँठूमा झोला , हातमा लाठी (भाटा) बोकेर कार्यक्रमअघिको जुलुसमा सहभागी भएका थिए । त्यसमा पुराना समर्थकहरु (सम्भवतः स्थानीय बासिन्दाहरु पनि सहभागी थिए, ती मध्ये केहीले लाठो बोकेका थिए)
• ........a group.... attacked the unattended CPN-M stage . An apeal to stop the destruction of the stage made over the microphone from MPRF stage was ignored . In response to the attack, CPN-M cadres .......some of them using slingshots and throwing stones at the retreating MPRF crowd .
(एउटा समूहले सभाका लागि माओवादीले बनाएको मञ्चमा आक्रमण गर्यो । त्यसलाई रोक्न मधेशी जनअधिकार फोरमले बनाएको मञ्चबाट माइकिंग गरिएको थियो । तर फोरमको उक्त अपिल अस्वीकार गरियो । आक्रमणको जवाफमा नेकपा–माओवादीका कार्यकर्ताहरुले.....केहीले गोलाबारी गर्दै पछाडि हटिरहेको फोरम कार्यकर्ताको भीडमाथि ढुंगा हान्न थाल्यो ।
During the charge, some shots were also fired and a small number of explosions were heard. It has not been possible to establish who fired the first shots or who was responsible for the explosions. However, information gathered by OHCHR shows that at least one shot was fired in the air by a CPN-M cadre during the initial charge......
( (एउटा समूहले सभाका लागि माओवादीले बनाएको मञ्चमा आक्रमण गर्यो । त्यसलाई रोक्न मधेशी जनअधिकार फोरमले बनाएको मञ्चबाट माइकिंग गरिएको थियो । तर फोरमको उक्त अपिल अस्वीकार गरियो । आक्रमणको जवाफमा नेकपा–माओवादीका कार्यकर्ताहरुले.....केहीले गोलाबारी गर्दै पछाडि हटिरहेको फोरम कार्यकर्ताको भीडमाथि ढुंगा हान्न थाल्यो ।)
.......No deaths as a result of bullet injuries were recorded.
(.....गोली लागेर कुनै मृत्यु भएको रेकर्ड गरिएको छैन )
.............OHCHR did not receive any eye-witness account of rape or sexual mutilation. None of those who made the allegations and who were interviewed by OHCHR were able to provide evidence to support their allegations. OHCHR staff saw two of the women’s bodies, which showed no signs of sexual mutilation.
(.....ओएचसीएचआरलाई बलात्कार वा यौन उत्पीडनको घटनासंग सम्बन्धीत कुनै प्रत्यक्षदर्शी फेला परेन । ज–जसले यी आरोपहरु लगाएकाक थिए तिनीहरुसंग ओएचसीएचआरले साक्षात्कार गर्दा आफूले लगाएको आरोपको पुष्टि हुने प्रमाण दिन सकेनन् । ओएचसीएचआरका कर्मचारीले दुई महिलाहरुको शरीर हेर्दा तिनीहरुमा यौन उत्पीडनको कुनै निशान भेटिएन )
• .....according to medical experts, there were no external signs of rape on any of the female victims.
(....चिकित्सकहरुका अनुसार पीडित महिलामा बलात्कारको कुनै पनि बाहिरी चिन्हरु देखिएको थिएन )
There have been numerous allegations that the killings in Gaur were premeditated and planned. OHCHR has not yet found evidence to substantiate claims that the killings themselves were preplanned and the individual identities of those responsible or any possible affiliations have yet to be established.
(.....गौरमा हत्या सुनियोजित र योजनाबद्ध रुपमा भएको आरोप थुप्रैको थियो । तर, ओएचसीएचआरले हालसम्म यी आरोपहरुलाई पुष्टि गर्ने र घटनामा कुनै व्यक्ति जिम्मेवार रहेको प्रमाण फेला पारेको छैन )
There have also been a number of allegations that other armed groups were involved either in planning or carrying out the violence and/or the killings. Some sources allege that MPRF leaders had hired armed men as security personnel, possibly from India..... The scope of OHCHR’s investigations did not enable it to determine the individual identities of those responsible for the incidents in Gaur.
(हिंसा वा हत्याको योजना बनाउन वा गराउनमा अन्य सशस्त्र समूहहरु सलंग्न रहेको आरोप समेत लगाइए । केही स्रोतहरुले फोरम नेताहरुले सम्भवतः भारतबाट हतियारधारीहरुलाई सुरक्षा कर्मचारीको रुपमा नियुक्त गरेका थिए ।....ओएचसीएचआरको अनुसन्धानको दायरामा गौरमा भएका घटनाहरुका लागि जिम्मेवार व्यक्तिहरुको व्यक्तिगत पहिचान निर्धारण गर्न सक्षम हुन सकेन )
तर, पूर्वाग्राही भई कसैको नाम किटानीका साथ मुछेर बदनाम गराउनेहरुलाई उक्साउने र मनोवल बढाउने गरी पछिल्लो समय गृहमन्त्रालयको मातहतमा जुन सम्झौता भएको छ, त्यो खेदजनक मात्रै छैन, मुलुकलाई मुठभेड र अस्थिरतातिर धकेल्ने षडयन्त्र पनि हो ।
OHCHR’s investigation shows that local authorities failed to take even minimum action both to prevent the violence which had been anticipated, failed to intervene once the violence started and made no attempt to arrest anyone during the violence.
(ओएचसीएचआरको अनुसन्धानले स्थानीय अधिकारीहरुले अपेक्षित हिंसालाई रोक्नका लागि न्यूनतम कदम समेत चाल्न सकेनन्, हिंसा शुरु भएपछि हस्तक्षेप गर्न असफल हुनुका साथै हिंसाको समयमा कसलाई पक्राउ गर्ने प्रयाससम्म गरेनन् । )
Under the chairmanship of the CDO, the District Security Committee decided to try to persuade the CPN-M to alter their venue..... The ex-president of the Chamber of Commerce took the initiative to try to bring together all parties to find a solution, and, having first consulted with the police, invited the MPRF and political parties, including the CPN-M, to a meeting. However, the meeting was cancelled because the CPN-M did not attend.
(....सीडीओको अध्यक्षतामा जिल्ला सुरक्षा समितिले नेकपा माओवादीलाई स्थान परिवर्तन गर्न मनाउने प्रयास गर्ने निर्णय गर्यो....। चेम्बर अफ कमर्शका पूर्वअध्यक्षले सबै दललाई एकजुट गरी समाधान खोज्ने क्रममा पहिले प्रहरीसंग परामर्श गरी नेकपा माओवादीलगायत राजनीतिक दललाई बैठकमा बोलाए । तर, नेकपा माओवादी उपस्थित नभएकाले बैठक स्थगित भएको थियो ।
तत्कालिन नेकपा माओवादीले सर्वदलिय बैठक वहिष्कार गर्यो । यसको पछाडि जिल्ला नेताका दब्भ, घमण्ड र हठ नै हो । त्यसपछिको के भयो, सबैजनालाई थाहै छ । यही दम्भ र हठ पालेर बसेका रौटहटका नेताको लहड र पूर्वाग्रहलाई पछ्याउदै गृहमन्त्रालयमा सम्झौता भएको छ , जुन गलत छ ।
Police made no attempt to arrest the attackers.
(.....प्रहरीले आक्रमणकारीहरुलाई पक्राउ गर्न कुनै प्रयास गरेन )
On 23 March, the Government announced that it was setting up a high level committee headed by an appellate court judge to investigate the Gaur incidents. Press reports indicated that they had been asked to submit a report within 15 days but it did not immediately begin its work after the composition was challenged by the CPN-M.
(.....मार्च २३ मा, सरकारले गौर घटनाको छानबिन गर्न पुनरावेदन अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति गठन गर्ने घोषणा गरेको थियो । १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो । तर, नेकपा माओवादीले त्यसको विरोध गरेपछि समिति त्यतिकै निस्क्रिया बन्यो )
The MPRF has since announced the formation of its own investigation team, headed by a former Supreme Court judge from Gaur, because the Government had not taken into account its demand in the formation of the official investigation team.
(.....फोरमले सरकारसंग आधिकारिक जाँच टीम गठन गर्नुपर्ने मागलाई सम्वोधन नगरेपछि उसले आफैले जाँच समिति गठन गर्ने घोषणा गरेको थियो )
Throughout the unrest in the Terai, the police have often vacillated between excessive use of force and inaction. In this case as has happened in the past, it was particularly disturbing that the police and local administration placed more emphasis on guarding government property than protecting lives and physical integrity and that only a handful of police were deployed at the time of the rallies.
( तराईमा आन्दोलनका क्रममा प्रहरीले अत्याधिक बल प्रयोग गर्छन् । तर, गौर घटनाका क्रममा प्रहरी र स्थानीय प्रशासनले मानिसको जीवन रक्षाको साटो सरकारी सम्पत्तिको सुरक्षामा बढी जोड दिएको, र्यालीका बेला थोरै मात्र प्रहरी खटाइएको थियो )
Nothing can justify the killings which occurred. However, the CPN-M action in organizing a rally at the same time and place as the MPRF, as it has done in other locations, was provocative.
( कुनै पनि कुराले हत्याको औचित्य प्रमाणित गर्न सक्तैन । तर, नेकपा(माओवादील अन्य स्थानमा गरे झै एउटै समयमा र स्थानमा रयाली आयोजना गर्ने कायृ उत्तेजक थियो ।)
राष्ट्रिय मानव अधिकार आयोगले पनि ओएचसीएचआरकै रिपोर्ट वरपर रहेर गौर घटनाबारे आफ्नो निर्णय सार्वजनिक गरिसकेको छ । आयोगले उजूरी नं. ४०४२/गौर घटना बारे मिति २०७९/०९/१९ मा सार्वजनिक गरेको निर्णयमा भनिएको छ –
उजूरी मिसिल र प्रतिवेदनहरुको अध्ययनबाट घटना हुनुको पछाडि मुख्य रुपमा तल उल्लेख चार कारणहरु रहेको देखियो –
–तत्कालीन नेकपा (माओवादी) प्रति मधेशी जनअधिकार फोरम र तत्कालीन मधेशी जनअधिकार फोरमप्रति नेकपा(माओवादी) को प्रतिशोधयुक्त व्यवहारको कारण मिति २०६३ साल माघ १७ गते गौरमा नेकपा(माओवादी) बाट मधेशी जनअधिकार फोरम समर्थित नेता तथा कार्यकर्तामाथि भएको कुटपीट, लाठी प्रहार(ज्यादति) विरुद्धको प्रतिशोधी भावना ।
–मधेशी जनअधिकार फोरमले मिति २०६३/१२/७ गते कार्यक्रम गर्ने भनी कार्यक्रम स्थल तय गरी १०/१२ दिन अघिदेखि प्रचार–प्रसार गरिरहेको अवस्थामा कार्यक्रम हुनुभन्दा दुई दिनअघि मात्र तत्कालीन नेकपा(माओवादी) को भातृसंगठन मधेशी मुक्ति मोर्चाले फोरमले कार्यक्रम गर्न तय गरेको स्थान गौर राइस मिलको चौरलाई नै छनोट गरी भिडन्तको अवस्था सिर्जना गर्नु ।
-एकै स्थान र समयमा कार्यक्रम नगर्नकालागि स्थानीय वाणिज्य संघले गरेको पहलमा भएको बैठकमा नेकपा माओवादी अनुपस्थित रहनु र यस सम्बन्धमा दुवै पक्षलाई स्थानीय प्रशासनले मौखिक रुपमा गरेको आग्रहको दुवै पक्षबाट वेवास्ता हुनु ।
-जिल्ला सुरक्षा समितिले थप सुरक्षाकर्मी माग गर्ने भनी मिति २०६३/१२/६ गते गरेको निर्णय बमोजिम थप सुरक्षाकर्मी पठाउने कार्यमा सम्बन्धित तालुक कार्यालयबाट वेवास्ता हुनु ।
पार्टीका तर्फबाट संवैधानिक निकायहरुा राजनीतिक नियुक्ति लिएकाहरुको प्रतिवेदन पदमा बहाल गर्ने पार्टीको पक्षमा हुने गर्छ । तिनका प्रतिवेदन र विचार त्यही लाइनमा आउने भएकाले त्यसका पछाडि नलागीकन संचार माध्यमहरुले सत्य र तथ्यको अध्ययन गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गर्दछौं ।
सन्दर्भ स्रोतहरु
–संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त को कार्यालय (ओएचसीएचआर) ले अप्रिल २००७ मा गौर घटना सम्बन्धमा जारी गरेको आफ्नो १० पृष्ठ लामो प्रतिवेदन .
–राष्ट्रिय मानव अधिकार आयोगको उजूरी नं. ४०४२/गौर घटनाबारे मिति २०७९/०९/१९ मा सार्वजनिक गरेको निर्णय.

Saturday, 26 August 2023

उपेन्द्र यादवले भने : मधेससँग भएको सम्झौता नमान्ने हो भने विस्तृत शान्ति–सम्झौता पनि संकटमा पर्छ !

२२ बुँदे र आठबुँदे सम्झौतालाई उल्लंघन गर्ने हो भने विस्तृत शान्ति–सम्झौता पनि संकटमा पर्छ । कुन नैतिकताले त्यो सम्झौता कायम गर्ने ? त्यो पनि द्वन्द्वकालीन समस्या, यो पनि द्वन्द्वकालीन समस्या । द्वन्द्वकालीन समस्याको समाधान विवेक र ढंग पुर्‍याएर गरिएन भने त्यसले फेरि अर्को विध्वंस र अनिष्टकारी द्वन्द्व निम्त्याउँछ । त्यसो नहोस् भन्ने हाम्रो चिन्ता हो ।
गठबन्धनको सरकार बन्दा तपाईं जति उत्साही हुनुहुन्थ्यो, अहिले त्यति नै निराश देखिनुहुन्छ । सरकारले त्यस्तो के गर्‍यो र यति चाँडै निराशा र असन्तुष्टिका अभिव्यक्ति दिन थाल्नुभयो ?
निराश पनि छैन र असन्तुष्ट पनि छैन । गठबन्धन निर्माण गरेर केही लक्ष्य प्राप्तिका लागि अगाडि बढिएको हो । जस्तो कि राजनीतिक लक्ष्यमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, संघीयतालाई बलियो बनाउन प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने, प्रशासन, प्रहरी, स्रोतसाधनलगायत आवश्यक कुरा उपलब्ध गराउने जुन संविधानमा पनि उल्लेख छ । तर, संविधान घोषणा भएको आठ वर्ष भइसक्दा पनि त्यसको कुनै अत्तोपत्तो छैन ।
राजनीतिक रूपले हामीले मुलुकलाई समावेशी बनाउनुपर्छ भन्यौँ । केही निकायहरू त आंशिक रूपमा भए पनि समावेशी भए तर शासन प्रशासन र शक्तिकेन्द्रहरूको संरचना समावेशी हुन सकेन । अर्को हामीले खोजेका थियौँ– यो मुलुकमा धेरै भाषाभाषी भएकाले सबैले अपनत्व महसुस गर्ने गरी बहुभाषिक नीति लागू होस् । तर, आज पनि एउटै भाषाको वर्चस्व यथावत् छ । अरू भाषाको अत्तोपत्तो नै छैन । हामीले राजनीतिक रूपले सबैभन्दा पछि परेका समुदायलाई अगाडि बढाउन खोजेका हौँ ।
आर्थिक रूपले कृषि, उद्योगको क्षेत्रमा छलाङ मान्नुपर्ने वेला हो यो, ताकि कृषिलाई आधुनिकीकरण गर्न, बन्द भएका उद्योग सञ्चालन गरेर नयाँ औद्योगीकरणलाई अगाडि बढाउन सकियोस् । त्यसबाट गरिबी र बेरोजगारीलाई अन्त्य गर्दै बिदेसिएका युवालाई आफ्नै भूमिमा रोजगारको अवसर सिर्जना गर्ने । तर, त्यो पनि सकिएन । ध्वस्त भइसकेको शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रलाई राम्रो बनाएर विदेशका स्कुल–कलेजमा गइरहेको अर्बाैं रकमलाई स्वदेशमै रोकौँ भन्ने थियो । तर, संविधान जारी भएको यत्रो वर्ष बितिसक्दा पनि हामी यी कुरामा पछाडि गइरहेका छौँ । जुन लक्ष्य प्राप्तिका लागि हामीले गठबन्धन बनाएर अघि बढेका थियाँै, त्यसमा प्रयासहरू त भइरहेको छ तर कुनै पनि क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सकेका छैनौँ । त्यसकारण देश र जनताप्रति चिन्तन गर्ने कुनै पनि व्यक्तिलाई यो कुराले जरुर चिन्तित बनाउँछ । तर, यसको प्रयासमा लाग्नुको सट्टा हामी कता हो कता, अलमलिरहेका छौँ । यो अलमलको राजनीतिले मुलुकलाई अगाडि बढाउँदैन भन्ने सबैको चिन्ताको विषय हो ।
मुख्यतः सरकारसँग तपाईं र तपाईंको पार्टीका गुनासाचाहिँ के हुन् त ?
सरकार हामीले नै बनाएका हौँ । हामीले जनतालाई डेलिभरी दिने र मुलुकलाई अगाडि बढाउने गरी आफ्ना नीति तथा योजना र कार्यक्रम ल्याउनुपथ्र्यो । त्यसका लागि दुइटा सम्भावना थियो । एउटा, सरकार नीति तथा कार्यक्रमको तर्फबाट अघि बढ्ने । अर्को सशक्त सम्भावना आर्थिक बजेटको नीतिबाट अगाडि बढ्ने । तर, दुवैमा कतै न कतै हामी चुक्यौँ कि भन्ने अनुभूति भइरहेको छ ।
प्रधानमन्त्रीले त सुशासन र नागरिकलाई सहज सेवा दिनेलगायत राम्रै काम भएको बताउनुभएको छ । सरकारको कार्य–सम्पादनमा कहाँनेर कमी भयो त ?
हामी प्रधानमन्त्रीले नराम्रो काम गर्नुभयो भनेर भनिरहेका छैनौँ, तर के सत्य हो भने हाम्रो कार्यले जनताले राहत पाएको महसुस गर्न सकिरहेका छैनन् । हाम्रो अर्थतन्त्र अघि बढ्नुको सट्टा पछाडि गइरहेको छ । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्र ध्वस्त हुँदै गएका छन् । कृषिको हालत उस्तै छन् । देशमा रहेको प्राकृतिक स्रोतसाधनको सही सदुपयोग गरेर मुलुको हितमा कति अगाडि बढ्यौ ? कहाँ अलमलमा पर्‍यौ ? यी प्रश्न महत्वपूर्ण छन्, जसमा हामीले पुनर्विचार गर्नैपर्छ  ।
अहिलेका ताजा परिदृश्यकै कुरा गरौँ न । भ्रष्टाचार र सुन तस्करी नियन्त्रणमा सरकारको प्रयास ठिक छ कि संशयपूर्ण छ ?
ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको सर्भेअनुसार नेपाल अत्यन्तै भ्रष्ट मुलुकमा पर्छ । विदेशी मित्रराष्ट्रहरूको विश्लेषण पनि उनीहरूले दिएको सहयोगको केही अंश पनि राम्रोसँग सदुपयोग हुन सकेन भन्ने छ । सबै भ्रष्टाचार र कमिसनतन्त्रमा जान्छ । त्यसको अन्त्य गर्न जरुरी छ । भ्रष्टाचार हुने कारणलाई पो निर्मूल गर्नुर्‍यो ! के कारणले भ्रष्टाचार बढिरहेको छ, त्यसको पनि खोजी हुनुपर्‍यो । त्यसपछि भ्रष्टाचारीलाई कानुनको दायरामा ल्याउने । यी दुवै कार्यलाई सँगसँगै लानुपर्छ । एकाध प्रतिनिधि घटनामा पक्राउ पर्नु सकारात्मक रूपमा लिएर सरकारलाई धन्यवाद नै दिनुपर्छ । तर, के यति मात्रैले मुलुकमा भ्रष्टाचार रोकिएको छ त ? भ्रष्टाचारका कारण के–के हुन् ? एकातर्फ केही व्यक्ति पक्राउ परिरहेका छन्, अर्कोतिर हरेक क्षेत्रमा दिन–प्रतिदिन हजारौँको संख्यामा भ्रष्टाचार बढिरहेकै छ । तलदेखि माथिसम्म कमिसनखोरकै राज्य छ । गाउँ टोल हुँदै वडासम्म पुगिसक्यो भ्रष्टाचार । कसैले मलाई बताइदेओस्, आज त्यस्तो कुनै मन्त्रालय, कुनै कार्यालय, कुनै विकास निर्माणको काम छ, जहाँ कमिसनविना भइरहेको छ ? यसबाट मुक्ति कसरी पाउने भनेर हामीले सोच्नुपर्छ भन्ने मेरो मत हो ।
तपाईं आफै पनि त पटक–पटक सरकारमा पुग्नुभयो । यसबारे किन पहल गर्नुभएन त ?
हामी सरकारमा सधैँ सहयोगीका रूपमा गयौँ । तर, संसदीय प्रणालीमा निर्णायक भूमिका, जसको नेतृत्वमा सरकार बनेको हुन्छ, जुन दलले सत्ताको नेतृत्व गरेको हुन्छ, उसैको हुन्छ । सहयोगी निर्णायक हुँदैन, सल्लाह र सुझाब दिने मात्रै हो । त्यसैले मन्त्री हुँदैमा सुधार हुन सक्ने हुँदैन । यो पूरै सिस्टमको कुरा हो । यसमा सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले यो विषयलाई समिष्टगत रूपमा हेर्दा अहिलेको अवस्थामा नेपाली जनता निराश छन्, मित्रराष्ट्रहरू नेपाललाई हेरेर चिन्तित छन् ।
केन्द्रमा सरकारको नेतृत्व गर्न नपाए पनि मधेस प्रदेशमा त हिजो पनि जसपाकै नेतृत्वमा सरकार थियो, अहिले पनि छ । तैपनि भ्रष्टाचारका विषय त व्यापक उठे । त्यहाँ रोक्नचाहिँ केले छेक्यो नि तपाईंहरूलाई ?
प्रदेश सरकारहरूसँग के छ ? के ले नियन्त्रण गर्ने ? पुलिस छ ? प्रशासन छ ? कानुन, स्रोत के छ ? केही पनि छैन । मात्र सरकार छ । एउटा झन्डा छ, गाडी छ, अगाडि–पछाडि पुलिस उभिन्छन् । त्यति हो । त्यसैले हामीले भन्दै आएको के हो भने सबै प्रदेशहरूलाई अधिकार–सम्पन्न र कानुनी रूपमा मजबुत बनाउनुपर्छ । यहाँ त प्रदेश सरकारसम्बन्धी कानुनहरू संघीय कानुनबमोजिम हुने व्यवस्था छ, तर संघले कानुन नै बनाउँदैन । ७–८ वर्षसम्म पनि प्रदेश सरकारलाई प्रहरी र कर्मचारी हस्तान्तरण भएन । स्रोत–साधनमाथिको अधिकार सुनिश्चित भएन । त्यसैले यो अवस्थामा उनीहरूले केही गरेनन् भनेर मूल्यांकन गर्नु पनि अर्थहीन हुन्छ ।
सरकारले पीडित परिवारसँग गौरकाण्डको फाइल खोल्ने सहमति गर्‍यो । तर, आतंकित तपाईंहरू हुनुभयो, किन ?
राजनीतिक रूपले दुःखद हो, गौर घटना । सबैभन्दा पहिले त्यो घटनाको कारक जान्न जरुरी छ । ०६३ माघ १ गते राति जब अन्तरिम संविधानको घोषणा भयो, त्यसले मधेसी, आदिवासी जनजाति, दलित, थारू, मुस्लिम, महिला, सीमान्तकृत समुदाय र समावेशिताका मुद्दा केही पनि सम्बोधन गर्न सकेन । गलत संविधान जारी भएको विरुद्धमा तत्कालीन मधेसी जनाधिकार फोरमले मधेस आन्दोलनको घोषणा गर्‍यो । आन्दोलनलाई हामीले शान्तिपूर्ण अहिंसात्मक जनसंघर्ष भनेका थियौँ । माघ २ गते काठमाडौंमा अन्तरिम संविधान जलाएर विरोध गर्‍यो । राज्यले मलगायत २१ जनालाई गिरफ्तार ग¥यो र आफ्नो हक माग्दा राजद्रोहको मुद्दा चलायो । त्यसपछि जनताले विरोध गरे । लहानमा माघ ४ र ५ गते आमहड्ताल भयो । आमहड्ताल भइरहेका वेला माओवादीका नेताहरू चढेको गाडीबाट फायरिङ गरेर रमेश महतोको निधन भयो ।
महतोको हत्याका विषयमा छानबिन नभएर न्याय नपाएसम्म शव नउठाउने भन्दै जनताले आन्दोलन गरे । चार दिनपछि राति १२ बजेतिर बन्दुक पड्काउँदै शव लिएर गए । त्यसपछि जनआक्रोश बढ्यो । अलिकति आक्रोश माओवादीविरुद्ध पनि भयो । माओवादीका केही गलत नेतृत्वका कारण मधेसी जनाधिकार फोरममाथि दमन गर्ने निर्णय भयो । त्यो निर्णयअनुसार भैरहवाको शान्तिपूर्ण सभामाथि माओवादी छापामारले आक्रमण गरे । संजोग भनौँ, त्यहाँ कुनै हताहत भएन । त्यसपछि नेपालगन्जमा पनि आमसभामाथि आक्रमण भयो ।
बर्दियामा पनि हामीले आमसभा गरेकै ठाउँमा माओवादीले जर्बजस्ती आमसभा गर्‍यो । त्यसवेला माओवादी सरकारमा थियो र सेना पनि आफ्नै थियो । त्यो वेलाको दम्भ त बेग्लै थियो । निरन्तर हाम्रो शान्तिपूर्ण सभा बिथोल्ने र आक्रमण गर्ने घटना हुँदै गयो । हामीले गौरमा १२–१५ दिनअगाडि स्थानीय प्रशासनसँग अनुमति लिएर शान्तिपूर्ण आमसभामा राखेका थियौँ । माओवादीले त्यही ठाउँमा आमसभा राख्ने घोषणा गर्‍यो । प्रशासन, बुद्धिजिवी, उद्योग वाणिज्य व्यवसायी संघ सबैले माओवादीलाई त्यो ठाउँमा सभा नगर्न आग्रह गरे । तर, माओवादीले सभा गर्नका लागि बाराको दरबार होटलमा छापामार बोलाएर आक्रमण गर्न तालिम दियो ।
त्यसपछि गौरमा हाम्रो सभा हुनै लाग्दा छापामारहरू कम्ब्याट ड्रेसमा सभामा आक्रमण गर्न आइपुगे । त्यो आक्रमण गर्ने निर्णय नै गलत थियो । त्यहाँ बम पड्काइयो । हाम्रा सहभागी नेता–कार्यकर्ता सबैको भागाभाग भयो । तर, त्यहाँ हजारौँ जनता भेला भइसकेका थिए । त्यो वेला माओवादीबाट त्यो क्षेत्र हेर्ने जिम्मा जसले पाएका थिए, उनीहरूले हरेक घरमा जनयुद्धका नाममा पैसा असुली गरेका थिए । जनता त्यसकारण आक्रोशित थिए । अन्ततिरका माओवादी मुक्तिका लागि लडिरहेका थिए, रौतहटका माओवादीचाहिँ जनतासँग असुली गरेर धन कमाउनतिर लागेका थिए । त्यही वेला विभिन्न भूभागबाट ल्याइएका माओवादीलाई गौरमा हामीमाथि आक्रमण गर्न लगाइयो । त्यसपछि त्यो दुःखद घटना हुन पुग्यो । अब हामीमाथि आक्रमण गर्नेहरू दोषी कि को दोषी ?
यो घटनामा अरूको त कुरै छोड्नुस्, माओवादी स्वयंले छानबिन समिति बनाएको थियो । उक्त समितिले गलत व्यक्तिको हठ र दम्भका कारण घटना भएको निष्कर्ष निकालेको थियो । खासगरी त्यसमा प्रभु साहको नाम लिइएको छ । गल्ती माओवादीको थियो भनेर स्विकारिएको थियो । म त त्यो दिन अर्कै कारण काठमाडौंमा थिए । त्यतिवेला राष्ट्र संघीय मानवअधिकार आयोगले घटनाको अनुसन्धान गरेर बुझाएको रिपोर्टमा पनि माओवादीको आक्रमण गर्ने निर्णयका कारण त्यो घटना भएको स्पष्ट लेखिएको छ । त्यसपछि नेपाल सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन ग¥यो ।
सर्वोच्च अदालतको बहालवाला न्यायाधीश खिलराज रेग्मीको संयोजकत्वमा बनेको उक्त समितिले समेत रिपोर्ट बुझायो । त्यसपछि पाटनका बहालवाला न्यायाधीशको अध्यक्षतामा छानबिन समिति बन्यो । मानवअधिकार आयोगले पनि छानबिन गर्‍यो । ती सबै छानबिन समितिका प्रतिवेदनहरू किन लुकाएर राखेको ? हामी त भन्छौँ, सार्वजनिक गरौँ ।
वास्तवमा त्यो राजनीतिक द्वन्द्वका कारण भएको घटना हो । त्यसपछि नेपाल सरकार र मधेसी जनअधिकार फोरमबीच २२ बुँदे सम्झौता भयो । त्यसमा हाम्रा पक्राउ परेका कार्यकर्ता रिहाइ गर्ने, हाम्रा कार्यकर्तामाथि लागेका सम्पूर्ण मुद्दाहरू फिर्ता गर्ने सम्झौता भयो । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र वास्तवमा त्यही सम्झौताको आधार हो । त्यसलाई कार्यान्वयनमा गर्न ढिलाइ भएपछि फेरि मधेस आन्दोलन भयो ।
मधेसी जनाधिकार फोरमसहित अन्य मधेसका दल मिलेर मधेसी मोर्चा नै बन्यो । त्यसपछि तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड सबैको उपस्थितिमा आठबुँदे सम्झौता भयो । हाम्रा कार्यकर्तामाथि लागेका सम्पूर्ण मुद्दा खारेज गर्ने सम्झौता भयो । संविधानसभाको निर्वाचन भयो र मुलुक नयाँ प्रक्रियामा प्रवेश गर्‍यो । पीडितलाई राहत दिने कुरा छँदै छ, सरकारले त्यतिवेला पनि दिएकै हो, सहिद घोषणा गरेकै हो । यसमा हाम्रो कुनै प्रतिक्रिया छैन ।
कोही छुटेका छन् भने अहिले पनि दिँदा कुनै आपत्ति छैन । तर, अहिले आएर घटना भएको १७ वर्षपछि अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, उच्चस्तरीय न्यायिक छानबिन समिति, बहालवाला न्यायाधीशहरूले छानबिन गरिसकेको यो घटनामा फेरि प्रहरीबाट छानबिन गराउने जुन सहमति भएको छ, त्यो साँच्चै रहस्यमय छ । हिजो भएका छानबिनका प्रतिवेदन सार्वजनिक नगर्ने अनि फेरि पुलिसबाट छानबिन गराउने ? यदि त्यसो गर्ने हो भने सरकारले गरेको २२ बुँदे र आठबँुदे सम्झौता उल्लंघन गरेको भन्नुपर्‍यो । यो सम्झौता उल्लंघन गर्ने हो भने त विस्तृत शान्ति सम्झौता पनि उल्लंघन हुन्छ, १२ बुँदे सम्झौता पनि उल्लंघन हुन्छ नि ! त्यसरी उल्लंघन हुँदै गयो भने मुलुक फेरि कहाँ जान्छ ? खासमा यो निर्णय अनेक समस्याका बाबजुद पनि बिस्तारै शान्ति र स्थिरतातर्फ गइरहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बिथोल्ने, हामीले बनाएको गठबन्धन र समाजवादी मोर्चालाई भताभुंग पार्ने र मुलुकलाई अस्थिरता र अराजकता तर्फ धकेल्ने षडयन्त्र भै रहेको छ ।
यही विषयले गर्दा तपाईं र प्रधानमन्त्रीबीच दूरी बढेको अनुमान गरिएको छ नि ?
कुनै दूरी बढेको छैन । प्रधानमन्त्रीलाई केही व्यक्तिहरूले गुमराहमा राखेर यो प्रक्रिया अघि बढाउन खोजेको र मुलुकमा अनिष्ट ल्याउन खोजेको देखिन्छ ।
गौर काण्डको फाइल खोल्ने सरकारको सहमतिपछि प्रधानमन्त्रीसँग तपाईंको के कुरा भयो ?
मसँग मात्रै होइन, सत्ता गठबन्धनको बैठकमै पनि प्रधानमन्त्रीले यो गलत भइराखेको छ भन्ने कुरा आफैँले राख्नुभएको थियो । आफैँले त्यस्तो महसुस गरेपछि प्रधानमन्त्रीसँग पनि शंका गर्नुपर्ने ठाउँ रहेन ।
त्यसो भए कसले राख्यो त प्रधानमन्त्रीलाई गुमराहमा ?
यो पनि समयले बताउँछ । जसले यो मुलुकको संघीयता, लोकतन्त्र र गणतन्त्र विरुद्ध षड्यन्त्र गर्न खोज्दै छ, त्यसैले गरेको हो । त्यस्तो सहमति गर्न मिल्छ ? पुलिसलाई रोहबरमा राखेर संसारमा कहीँ पनि सम्झौता हुन्छ ?
तपाईंको भनाइअनुसार प्रधानमन्त्रीलाई जानकारी नदिई गृहमन्त्रीले पीडित परिवारसँग सहमति गरेका हुन् ?
कहीँ न कहीँ ग्याप छ । प्रधानमन्त्रीलाई गुमराहमा राख्न खोजिएको छ । अहिले प्रधानमन्त्रीज्यू स्पष्ट हुनुभएकोजस्तो लाग्छ ।
भनेपछि तपाईं अब यसको छानबिनको पक्षमा होइन ?
छानबिन नै गर्ने हो भने पनि हामीले अर्को विकल्प दिएका छौँ । सर्वपक्षीय उच्चस्तरीय छानबिन समिति बनाऊ र सबै घटनाको छानबिन गरौँ भनेर हामीले प्रस्ताव राखेका छौँ । राज्यको पनि आफ्नो मान्यता हुन्छ नि ! २२ बुँदे र आठबुँदे सम्झौतालाई उल्लंघन गर्ने हो भने विस्तृत शान्ति–सम्झौता पनि संकटमा पर्छ । कुन नैतिकताले त्यो सम्झौता कायम गर्ने ? त्यो पनि द्वन्द्वकालीन समस्या, यो पनि द्वन्द्वकालीन समस्या । द्वन्द्वकालीन समस्याको समाधान विवेक र ढंग पुर्‍याएर गरिएन भने त्यसले फेरि अर्को विध्वंस र अनिष्टकारी द्वन्द्व निम्त्याउँछ । त्यसो नहोस् भन्ने हाम्रो चिन्ता हो ।
सरकारमै बसेर सरकारको विरोध गर्नु नैतिक रूपमा ठिक नहोला नि ? सरकार सहमतिअनुसार अघि बढ्यो भने के गर्नुहुन्छ ?
सरकार त्यसरी अघि बढ्न मिल्दैमिल्दैन । मधेसका जनताले सबै कुरा बुझेका छन् । दूधका दूध पानीको पानी छुट्याएका छन् । यति सहजै अन्याय सहेर बस्लान् त ? त्यसपछि अरू मुद्दा पनि निस्केलान् नि ! माओवादी र प्रचण्ड दुवैका लागि यो कदम आत्मघाती हुन सक्छ । प्रधानमन्त्रीले त्यस्तो आत्मघाती कदम चाल्नुहोला भन्ने मैले कल्पना पनि गरेको छैन ।
किनभने मेरो बुझाइमा प्रचण्डलाई पार्टीभित्र र बाहिर दुवैतिरबाट धरापमा पार्ने खेल भइरहेको छ । १७ वर्षअघिको गौर घटना को कुरा उठाउँदा त्यससँगसँगै प्रचण्डमाथि दुइवटा मुद्दा दायर भएका छन् । एउटा, नाबालकलाई सेनामा भर्ती गरेको जसमा अन्तर्राष्ट्रिय कानुन नै आकर्षित हुन्छ । अर्को, १७ हजार होइन, पाँच हजार जनता मारेको भनेर स्वीकार गरेको मुद्दा । यो धरापमा पार्ने खेल होइन र ? यद्यपि माओवादीसँग हामीले सरकारमा रहँदा या नरहँदा धेरैपटक सहकार्य गरेका छौँ । अहिले कुनै नै कुनै रूपमा त्यसलाई बिथोल्ने र सारा परिवर्तनलाई धरापमा पार्ने खेल भइरहेको छ । हामी गठबन्धनमा छौँ, यसलाई तोड्न चाहँदैनौँ । यद्यपि अहिले हामी गठबन्धनलाई बलियो बनाएर सरकारलाई अझ गतिशील र मजबुत बनाउन चाहन्छौँ ।
गौर काण्डको विषय अगाडि बढे त समाजवादी मोर्चामा पनि विवाद सुरु होला नि ?
बहसहरू हुन सक्छन्, तर समाजवादी मोर्चाले आफ्नो लक्ष्य स्पष्ट गरिसकेको छ । मुलुकमा रहेका विकृति, विसंगति, असमानता र विभेदलाई अन्त्य गर्दै संघीयता, सुशासन, समृद्धिको बाटो हुँदै समाजवादतर्फ लाने प्रयासस्वरूप यो मोर्चा बनेको हो । विवाद होला तर समाधान पनि होला । छलफल गर्दै अघि बढ्ने हो ।
गौर काण्डको सहमति हुनु र त्यही समयमा जनमत सरकारमा कमब्याक हुनु संयोग मात्रै हो कि रणनीतिजस्तो लाग्छ ? यस विषयमा अध्ययन–विश्लेषण गरौँ । हतारहतारमा टीकाटिप्पणी गर्नु उचित हुँदैन । यसको मनसाय राम्रो पनि हुन सक्छ । यसलाई समयकै जिम्मामा छाडौँ ।
जनमत पार्टी सरकारमा सहभागी हुँदा तपाईंहरूलाई किन असहज लागेको हो ?
हामीलाई किन असहज लाग्नु ? हामी त सरकारमा आओस्, देशजनताका लागि काम गरोस् अनि न बजारको भाउ पत्ता चल्छ । कहाँ देश टुक्राएर अलग मधेस बनाउन दौडिएको मान्छे अहिले आएर सरकारमा आउँछ भने त्यो त जनमतको पराजय हो नि ।
०७९ को निर्वाचन परिणामले मधेसका पुराना शक्ति खुम्चिए । विश्लेषकहरू मधेसका मुद्दा र मधेसी जनताको भावनाअनुरूप काम गर्न नसकेको परिणाम भन्छन् । तपाईंको बुझाई के छ ? त्यस्तो होइन । मधेसका मुद्दा भनेको के हो ? संघीयता होइन ? त्यो पनि आयो । गणतन्त्र होइन ? त्यो पनि आयो । समावेशिता होइन ? आज आरक्षण छ देशमा । वर्षांैदेखि अल्झाइएको नागरिकताको मुद्दा थियो, त्यो पनि समाधान भएको छ । यसरी हेर्दा मधेसका मुद्दा त अगाडि बढेर गएका छन् । म सबै मुद्दा सम्बोधन भइसके भन्दिनँ, केही महत्वपूर्ण मुद्दा बाँकी छन्, तर मधेस आन्दोलनले मुलुकलाई जुन दिशा दियो, त्यसलाई उपलब्धि होइन भन्न मिल्दैन । त्यसैले मधेस आज बलियो भएको छ, कमजोर भएको छैन । यद्यपि चुनावका हिसाबले भन्दा त्यहाँ कल, बल, साधनस्रोत, शक्ति सबै चाहिने रहेछ । त्यसमा भने क्रान्तिकारी शक्ति पछाडि नै पर्ने रहेछन् । पुँजीवादी र विकृतिमूलक निर्वाचन प्रणालीमा कहिले पछाडि पर्नु, कहिले अगाडि आउनु स्वाभाविक हो । तर, राजनीतिक मुद्दा र विचार मूल कुरा हो, जसमा हामी पछाडि छैनौँ, अगाडि नै बढिरहेका छौँ ।
मधेसमै सिके राउत नेतृत्वको जनमत पार्टी नयाँ शक्तिका रूपमा उदाएको छ । ०८४ मा मधेसको पहिलो शक्ति बन्ने उसको योजना देखिन्छ । कत्तिको थ्रेट महसुस गर्नुभएको छ ?
त्यस्तो तपाईंहरूलाई लागेको छ (हाँस्दै) । हामीलाई लागेको छैन । प्रत्यक्षतर्फ एक सिट जित्ने पार्टी, अलग देश नै बनाउँछु भन्ने पार्टी अब मधेसमा चर्चाको विषय नै रहेन, थ्रेट त परको कुरा ।तपाईं र सिके राउतबीच तिक्तता र प्रतिशोधको राजनीति छ । सप्तरी २ बाट बारा २ हुँदै उपराष्ट्रपति निर्वाचनसम्म आइपुग्दा यो छताछुल्ल भइसक्यो ।
आजको दिनमा तपाईं र सिके राउतबीचको सम्बन्ध कस्तो छ ?
हामीले त्यस्तो महसुस गरेका छैनौँ । राजनीतिमा प्रतिस्पर्धा हुन्छ, तर मधेसलाई जात–जातको नारामा तोड्ने, जातकेन्द्रित राजनीति गरेर एउटालाई अर्कोविरुद्ध घृणा फैलाउने षड्यन्त्रमा त लाग्नु भएन नि ?
मधेसवादी शक्तिहरूबीच एकताको आवश्यकता देख्नुहुन्छ ?
एकता भनेको विचार, सिद्धान्त र मुद्दा मिल्नेसँग हुने हो । अनुहार हेर्दा उस्ताउस्तै देखियो भन्दैमा दुनियाँमा कतै एकता हुँदैन । युरोपियनहरू सबैको अनुहार उस्तै देखिन्छ तर त्यहाँजतिको हिंसा र युद्ध कहाँ भएको छ र ? अनुहार हेर्दा रुसी र युक्रेनी उस्तैउस्तै छन् नि, तर त्यहाँ त युद्ध भइरहेको छ । त्यसकारण अनुहार होइन, विचार, सिद्धान्त, लक्ष्य र मुद्दाका आधारमा एकता वा संघर्ष हुने हो । त्यसैले तत्काल मैले सम्भावना देखेको छैन ।
 स्रोत:नयाँ पत्रिकाका अनिल यादवसौरभ यादव ले जनता समाजवादी पार्टी (जसपा) र यस घटनामा मुछिएका जसपाका अध्यक्ष उपेन्द्र यादवसँग गरेको कुराकानी :
Link:https://www.nayapatrikadaily.com/news-details/122686/2023-08-25
#उपेन्द्र यादव #मधेशनामा #Madheshnama