Tuesday, 15 December 2020

मैथिली पोथी पर तुलनात्मक समालोचना आ विवेचना

 








‘आंजूर’ पत्रिकाको असोज–कात्तिक अंकमा मैथिलीमा पढाई हुने प्राथमिक तहका पाठ्यपुस्तक र पाठ्यसामग्रीबारे प्रकाशित मेरो तुलनात्मक समालोचना र अनुसन्धानमुलक आलेख । नेपालको तथ्यांक अनुसार मैथिली नेपालको दोस्रो सबैभन्दा बढी बोलिने भाषा हो । तर, सीमित व्यक्तिले वर्षौदेखि जारी राखेको सिण्डिकेटको प्रभावले यो भाषा माथि उक्लनै सकेको छैन । यसो हुनुमा ती सिण्डिकेटधारीहरुले कहिले पंचायतकालिन सत्ता त कहिले राजाकालिन सत्ता, अहिले लोकतान्त्रिक राज्यसत्तामाथि दोष थुपारेर उम्कने गरेका छन् । तर, राज्यसत्ताबाट मैथिलीका नाममा सबैभन्दा बढी सुख, सुविधा, पद र अवसर पाउनेमा तिनीहरु नै रहने गर्छन् । सत्तामा पहुँचका भरमा अवसरका खोजीमा रहेका तिनीहरुले गरेका घिनौना कर्तूत् र कल्पनासम्म गर्न नसकिने कुकर्महरुमाथिको पर्दा पछिल्लो समय विस्तारै हट्दै गएको आभास हुन थालेको छ । यो एउटा सकारात्मक पक्ष हो । तर, सबैभन्दा दुखद कुरो त के छ भने ती सिण्डिकेटधारीहरुले मैथिली मातृभाषी बालबालिकाको बालमनोविज्ञानमाथि समेत अन्याय गर्न पछि परेनन् । यसो गर्नुका दुई कारण छन्– एउटा,तिनका बालबालिकाले मैथिली पढ्दैनन्  र दोस्रो, तिनीहरुमा भाषा भन्दा पनि द्रव्य बढी हुनु हो । नत्र यसरी पटक–पटक तिनीहरुले गल्ती नगर्नुपने हो । यहाँ तिनीहरुले कसरी बालमनोविज्ञान र शिक्षण सिकाई क्रियाकलापलाई धज्जी उडाएका छन्, त्यसको ठोस प्रमाणको एउटा अंश यो आलेख पनि बन्न सक्छ । मेरो यो खोजबिन पढेर प्रतिक्रिया दिन विनम्र निवेदन छ । यो आलेख प्रकाशित गरी मैथिली भाषी मात्र होइन, सरोकारवाला सबै पक्ष (सरकारी निकायसहित) को ध्यानाकर्षण गराउन सहयोग गर्नुभएकामा ‘आंजूर’ पत्रिकाका प्रकाशक एवं सम्पादक रामभरोस कापडि ‘भ्रमर’ प्रति कृतग्न र आभारी छु । धन्यवाद ।   

No comments:

Post a Comment