‘रोल मोडेल’ ठानिने पेशाकर्मीबाट भएको घिनलाग्दो यो घटनामा संलग्नमाथि कडा कारवाही हुनुपर्छ भन्नेमा कसैको दुई मत हुनैसक्तैन । तर यहाँ पत्रकार पनि चुकेकै छन् । दमकको समाचारमा पत्रकारिताको इथिक्सलाई पालना गरेको देखिन्छ । यो समाचारमा आरोपित व्यक्ति र उनी कार्यरत स्कूलको नाम उल्लेख नगरिएपनि तिनको अपराध प्रष्टै छ । तर, सिन्धुलीको समाचारमा इथिक्सलाई पूर्ण रुपमा बेवास्ता गर्दै पत्रकार न्यायाधिशको भूमिकामा देखिएका छन् । न्यायालयले अपराधीको अपराधलाई दोषी ठहर गर्ने हो, दोषी ठहरिएपछि तिनको नाम सार्वजनिक गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता नै छ । ती मान्यतालाई के पत्रकारले पालना गर्नु पर्दैन ? फेरी, प्रहरीले आरोपितलाई पक्राउ गर्दैमा अपराध प्रमाणित हुने होइन । धेरै मामिलामा प्रहरी पक्राउ गरी कयौ दिन हिरासतमा राखेकाहरु अदालतको फैसलबाट आरोपमुक्त हुने गरेका छन् । सिन्धुलीको दुखद घटनामा पत्रकार पूर्वाग्रही देखिएका छन् । गोरखापत्र पनि चुकेको छ । सम्बन्धित सबै पक्षबाट करेक्सनको अपेक्षा छ ।
(स्रोत:गोरखापत्रमा २०७७ कार्तिक २५ गते पृष्ठ ७ र १३ मा प्रकाशित समाचार)
No comments:
Post a Comment