Wednesday, 1 July 2020

सप्तरीमा युवा पत्रकारको विद्रोह

समाजमा व्याप्त बेथिति असामाजिक क्रियाकलापविरुद्ध सप्तरीका एक जना युवाले विद्रोह गरेका छन् त्यसको माध्यम तिनले चौथो खम्बालाई बनाएका छन् शायद समाजमा विद्यमान विकृति विसंगती हटाउने यो बाहेक अन्य सशक्त माध्यम उपाय नभएरै होला, तिनले आफूलाई पत्रकार भन्दै स्थलगत रिपोर्टिङ गरिरहेका छन् पछिल्लो केही दिनयता तिनीमाथि चौतर्फी आक्रमण भइरहेका छन् उनको शैली गलत हुन सक्छ, उनको बुझाई प्रस्तुति अमिल्दो हुन सक्छ तर, उनले उठाएको आबाज जनआबाज झै लाग्छ उनले उठान गरेका विषयवस्तु गलत भएको भए सामाजिक संजालमा धेरैको चासोको विषय नबन्नु पर्ने थियो समाचारकै विषयलाई लिएर सम्बन्धित व्यक्ति ती युवाविरुद्ध गालीगलौज जस्तो अमार्यादित तल्लोस्तरको शैलीमा उत्रिने थिएनन् हो यो कथा सप्तरीका एक जना विद्रोही युवा दिवाकर साहको हो उनीसंग धेरै विषयमा मेरो अथवा अन्यको विमति हुन सक्छ तर, जुन रुपमा उनी एक्लै एउटा युद्ध मैदानको जस्तो मोर्चामा डटिरहेका छन्, त्यो एक जना साहसी युवाबाहेक अन्यले गर्नै सक्तैन

के साँच्चिकै उनी गलत छन् ?, के साँच्चिकै उनी पत्रकारिताको इथिक्सको खिलाप काम गरिरहेका छन् ? के साँच्चिकै उनी सामाजिक सद्भाव विथोल्ने शान्ति/सुरक्षा भंग गरिरहेका छन् ? यी प्रश्नहरुको उत्तर सम्बन्धित निकाय सरोकारवाला संघसंस्थाले दिनै पर्ने हो जस्तो लाग्छ एउटा विद्रोही युवा सप्रमाण पेश हुँदा पनि सरोकारवाला संघसंस्थाहरु मौन वस्नु कुनै पनि दृष्टिकोणले राम्रो होइन, मानिन्न यो अवस्था दुर्भाग्यपूर्ण , हो खासगरि पत्रकारितासंग सम्बन्धित संघ/संस्था मानवअधिकारवादी संघ/संगठनहरुको मौनता शंकाको घेरामा रहेको महशुस धेरै सप्तरीवासीले गरिरहेका छन् धेरैले प्रश्न गरिरहेका छन्, ‘ यदि साँच्चै दिवाकर अराजक गतिविधिमा लिप्त छन्  भने नेपाल पत्रकार महासंघले तिनलाई पत्रकारकै हैसियतमा पत्रकारिताको मानमर्दन गर्ने छुट किन दियो वा दिइरहेको ? ’ यदि यो कुरो सत्य होइन भने महासंघले पत्रकारमाथिको

‘योर कोट्स डट इन’मा कवि/साहित्यका आशिष आदर्शको ‘पत्रकारिता’ शीर्षकमा लेखिएको एउटा कविताको केही पंक्ति I
         ‘पत्रकारिता’ शीर्षकमा लेखिएको कविताको केही पंक्ति I   
थ्रेटबारे किन बोल्दैन ? महासंघले ती युवालाई पत्रकार नमानेकै हो भने तिनको रिर्पोटिङ/समाचार तिनी संलग्न संचार माध्यममा सम्प्रेषण भईरहेकै त्यसैले पत्रकार सम्बद्ध संघ/संस्थाले दिवाकरको विषयलाई गम्भिरपूर्वक लिई समस्याको समाधान गर्न आग्रह गर्दछु सप्तरीका सबै संघ/संस्था सरोकारवालाहरुलाई मेरो विनम्र निवेदन किसमय अझै बाँकी , तपाईहरु न्यायाधिशको भूमिका निर्वाह गर्न सक्नु हुन्न भने कम्तिमा मध्यस्थकर्ताको भूमिका अवश्य निर्वाह गर्नुस् किनभने कुनै पनि अपराधको बदला अपराध, कुनै पनि हिंसाको बदला हिंसा वा गालिगलौज किमार्थ हुन सक्तैन सप्तरीवासीको इज्जत यो या त्यो अर्थात् कुनैपनि बहानामा निलामी हुनुहुन्न कसैको पनि मानव अधिकारको उलंघन हुनुहुँदैन गल्ति गर्नेहरुमाथि कारवाही हुन पर्छ, होइन भने महासंघ, मानवअधिकारवादी, सरोकारवाला निकायमाथिको जनजनको विश्वास गुम्न सक्छ
पत्रकारलाई धम्की
इन्सेकको अनलाईन संस्करण ‘इन्सेक अनलाईन डट ओआरजी’मा असार १५ मा मनोहरकुमार पोखरेलको बाइलाइनमा ‘समाचार प्रसारणमा चित्त नबुझेपछि पत्रकारलाई धम्की’ शीर्षकमा समाचार प्रकाशित छ । समाचारमा पोखरेलले लेखेका छन्-
माउण्टेन टेलिभिजनका सप्तरी सम्वाददाता राजविराज नपा–४ का २७ वर्षीय दिवाकर साहलाई गहिल कन्ट्रक्सनका सञ्चालक राजविराज नपा–९ मलेठका ५१ वर्षीय भिमराज यादवले समाचार प्रशारणमा चित्त नबुझेपछि ज्यान मार्ने धम्की दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयमा असार १२ गते उजुरी दिनु भएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओ जनार्दन कट्टेलले जिल्ला प्रहरी कार्यालयलाई नियमानुसार आवश्यक कारवाही गर्न उजुरीसहित पत्र सोही दिन पठाएको बताउनु भयो । समाचारको विषयलाई लिएर ज्यान मार्ने धम्की दिएपछि शान्ति सुरक्षा कायम गरी जिउधनको सुरक्षा गरी पाउँ भनेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको पत्रकार साहले इन्सेक प्रतिनिधिलाई असार १४ गते जानकारी गराउनु भएको छ । माउण्टेन टेलिभिजनमा ०७७ असार ९ गते राजविराज नपा–९ मलेठस्थित राजविराज–रुपनी सडक खण्डमा ४८ लाख २८ हजारमा सम्पन्न हुनै लागेको ‘सहिद गेट’ निर्माणमा व्यापक अनियमितता र भ्रष्टाचार भएको समाचार प्र शारण भएको थियो ।
जनता समाजवादी पार्टीका नेता तथा सङ्घीय समाजवादी पार्टीका तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका निकटतम् प्रतिद्वन्दी  भिमराज यादवले करिब ८१ लाख रुपियाँमा सहिद गेट तथा पार्क निर्माणको ठेक्का लिएका छन् ।
समाचार प्रसारण भएपछि असार ११ गते राति ९स्४३ बजे यादवले ९८०४७३६१११ नम्बरको फोनमार्फत विभिन्न अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको साहले बताउनु भयो । सोही रातिदेखि मोटरसाइकलमा अपरिचित मानिसहरू घर वरिपरी आएर निगरानी गर्ने गरेकोले आफू र आफ्नो
परिवारका सदस्यहरूको जिउज्यानमा हानी–नोक्सानी हुन सक्ने सम्भावना भएकाले आवश्यक कानुनी कारवाहीको माग गरेको उहाँले जानकारी दिनु भयो । 
जनता समाजवादी पार्टीका नेता एवम् निर्माण व्यवसायी यादवले असार १४ गते पत्रकार सम्मेलन गरी पत्रकारको नाममा पटक–पटक पैसा मागेर हैरान बनाउने र नदिँदा आफूद्वारा भइरहेको निर्माण कार्यसँग जोडेर झुठा समाचार सम्प्रेषण गरेको दावी गर्नु भएको छ । फोनमार्फत पटक–पटक तर्साउन थालेपछि आवेशमा आएर अपशब्द प्रयोग गरेको उहाँले स्वीकार्नु भयो ।
पत्रकार साहले भने आफूले यादवसँग समाचार बापत आर्थिक लेनदेनको कुरा पुष्टि भएमा सधैंका लागि पत्रकारिता छोड्ने दावी गर्नु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले दुवै पक्षलाई बोलाएर छलफल गराउने योजना रहेको बताउनु भयो ।




1 comment: