मिसन राजनीतिमा पद र वरियता ठूलो कुरा होइन । त्याग र सुझबुझ महत्वपूर्ण हो । जसपाको गठन/निर्माण जुन जगमा भएको छ, नेपालको राजनीतिमा त्यो एउटा नौलो अभ्यास हो । मधेसीमाथि राष्ट्रियता,भाषा,रंगढंग र नागरिकताको नाममा जारी चौतर्फी मानमर्दनको प्रतिकार गर्न एकता अपरिहार्य थियो, छ । ’विन–विन’ सिद्धान्त कुनैपनि विवादको सही समाधान हो । यसका लागि धेरैले तिलाञ्जली दिएका छन् । यसअघि अध्यक्ष, संयोजक, महासचिवलगायतका हैसियतमा बसेकाहरुले शक्तिसंचयका लागि गरेको यो योगदानलाई सकारात्मक रुपमा लिनै पर्छ । मधेसवाद, कांग्रेसवाद, कम्युनिष्टवादसहित विभिन्न राजनीतिक पृष्ठभूमिका नेता/कार्यकर्ताको समान घोलनप्रति आशावादी बन्नै पर्छ । भविष्य त कसलाई पो थाहा हुन्छ ? फेरी प्रयोगवाद सिद्धान्त र अनुशन्धान हाइपोथेसिस संधै सहि नहुन पनि सक्छ । जसपालाई एउटा मोडेल चाहिएको थियो, त्यो बन्यो अब त्यसैमा टेकेर अगाडि बढ्नुको विकल्प छैन ।



No comments:
Post a Comment