Saturday, 6 June 2020

अमेरिकामा मधेसीहरूको संस्था #ANTA मा विवाद


निर्वाचित अध्यक्ष अपराजिता झाले संस्थामा एकल र मनोमानी शैलीमा गरेको निर्णयको बहुमत सदस्यहरूबाट बिरोध भएपछि राजिनामा दिएकी छन् । उनको राजिनामा पछि संस्थाको बिधान अनुसार आकस्मिक बैठकले ३एन्टाका वरिष्ठ उपाध्यक्ष डा.इन्द्रदेव साहुलाई अध्यक्षको जिम्मेवारी तोकेको छ ।

डा.साहु अध्यक्ष पद स्विकारी सकेपछि झाले आफ्नो राजिनामा फिर्ता लिएकी छन् । तर झाले राजिनामा फिर्ता लिएपनि विधान अनुसार उनी फेरी अध्यक्ष बन्ने हैसियत गुमाई सकेको एन्टाका एक सदस्यले बताएका छन् । केही वर्षअघि एन्टामा अन्य जातिरसमुदायको नेतृत्वलाई तत्कालिन अध्यक्षहरुले पटक–पटक अस्वीकार गरेपछि संस्थाको विभाजन भएको थियो । त्यही संस्थाबाट विभाजित भई ‘मधेसी एशोसिएसन इन अमेरिका #MAA अर्थात् ‘मा’० त्यहाँ सक्रिय छ ।

‘एन्टा’ र ‘मा’ को गतिबिधिलाई नेपालबाट संचार माध्यमहरुमा कभरेज गर्दै आएका एक पत्रकारका अनुसार एन्टा जातिय दल–दलमा फँसेको र दिनानूदिन संकुचित बन्दै गएको छ । अझ अपराजिता झाको नेतृत्वमा त एन्टा झनै ओरालो लागेको छ । पछिल्लो बिवाद तब शुरु भयो जब झाले संस्थाको विधान अनुसार मनोनित गरिनुपर्ने ५ सदस्यहरुमा मनोमानी ढंगले नियुक्ति गर्न थालिन । बिहार माइती भएकी झा विश्व बैंकमा कार्यरतसिरहा माडरका अरविन्द झाकी श्रीमति हुन ।

 यसअघि उनले एन्टामा गुड गभर्नेन्सको कुरा उठाउदा पनि बखेडा झिकेकी थिइन । संस्थाका बहुमत सदस्यले गुड गभर्नेन्सको विषय उठाउँदै ट्रस्टी वा बोर्ड अफ ट्रस्टी बनाई एन्टालाई बोर्ड अफ डाइरेक्टरको मातहतमा लगि अघि बढ्नु पर्ने सुझाब दिएका थिए । यस्तो मत राख्नेहरुको बिचारमा संस्थाका अध्यक्षद्वारा पटक–पटक हुने गरेको मोनोपली निर्णय र हैकमबादको अन्त्य हुने र एन्टाको अस्तित्व दीर्घकालिन समयसम्म कायम रहने तर्क थियो । पछिल्लो घटनाक्रममा झाले राजिनामा दिएपछि पुन पद बहाल हुन खोजेपछि एन्टाको विवाद एक पटक फेरी सतहमा आएका हो ।

‘ओन्स यु गोन, नेभर रिर्टन योर पोजिसन (एक पटक राजिनामा दिई सकेपछि पुन पदमा फर्किन सकिन्न)’ एक सदस्यले भने, ‘फेरी पदमा फर्किने प्रावधान विधानमै छैन ।'

3 comments:

  1. Bibad na garau je bidhan xha sohi anusar garau

    ReplyDelete
  2. मेरो गोरुको बार्है टक्का भन्ने मान्छेहरूको कारणले गर्दाखेरि समस्याहरु आएको हो

    ReplyDelete
  3. it is not necessary to do politics in USA to earn money but you can do in Nepal. Not try to do corruption in USA following Nepales politics

    ReplyDelete